ताजा अपडेट

आजको मौसम : आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं ।मनसुनी प्रणालीको प्रभावले देशभर आंशिक देखि साधारणतया बदली रही कोशी,बागमती,गण्डकी, लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश,लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । हाल देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ।बागमती प्रदेश,गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार राती देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।कोशी प्रदेश, बागमती प्रदेश,गण्डकी प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको...
मध्यरातमा सहमति गरेको आरोपबारे प्रधानमन्त्रीको टिप्पणी : राजनीतिक दलको अफिस टाइम हुँदैन

मध्यरातमा सहमति गरेको आरोपबारे प्रधानमन्त्रीको टिप्पणी : राजनीतिक दलको अफिस टाइम हुँदैन

ताजा अपडेट, राजनीति, विचार, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलहरूबीच सहमतिका लागि कुनै पनि समयको सीमा नहुने बताएका छन्। कांग्रेस र एमालेबीच मध्यरातमा सहमति भएको आरोपलाई चिर्दै उनले राजनीतिक दलको कुनै अफिस टाइम नहुने बताएका हुन्।मंगलबार वैठकमा जारी प्रधानमन्त्रीसँग सवालजवाफमा सांसद दुर्गा राईले सोधेको मध्यरातमा सहमति गर्नुको कारण के हो ? भन्ने प्रश्नको जवाफमा उनले यस्तो जवाफ दिएका हुन् । जवाफमा उनले भनेका थिए,‘मैले नबुझ्या हामी यो गरिमामय सदनमा के कस्ता कुरामा अल्झिदैछौं ? पार्टीभित्र भएका सहमति ‘एएम’ मा कि ‘पीएम’ मा हुनुपर्छ ? कति बजेर कति बजेमा हुनुपर्छ ? यस्तो कहीँ कतै छ र ? यस्तो हुन्छ ? एएमभित्र सक्नुपर्छ ? यति बजेर यति मिनेट गएपछि अफिस अफ हुन्छ र ? राजनीतिक दलको अफिस अफ हुँदैन।राजनीतिक गतिविधिको समय अफ हुँदैन ।घडी अफ हुँदैन ।’ ‘समय गतिशील छ।थकाइ लागेकाहरू दिउँसो पनि सुत्छन्, थकाइ नला...
आजको विदेशी मुद्राको विनिमय दर

आजको विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.५६ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.१६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५.३९ रुपैयाँ रहेको छ भने बिक्री दर १४६.०५ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.६१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.५४ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६६ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७२.७३ रुपैयाँ रहेको छ भने बिक्री दर १७३.५१ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.८६ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.३६ रुपैयाँ रहेको छ ।...
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजेका लागि बोलाइएको छ । बैठकमा विभागीय मन्त्रीहरूले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने भएका छन् । बैठकको कार्यसूचीअनुसार सांसदहरूको मौखिक प्रश्नको जवाफ मन्त्रीहरूले दिनेछन् । स्वास्थ्य तथा जनसङ्ख्या, बन तथा वातावरण, कृषि तथा पशुपक्षी विकास र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीले दिनेछन् । यस्तै, बैठकमा सभामुखले संयुक्त समितिअन्तर्गतको संसदीय सुनुवाइ समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ । सभामुखले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची छ । यस्तैगरी, प्रतिमा गौतमले “डेंगीको प्रकोप तीव्र रूपमा देशभरि फैलिई जनस्वास्थ्य सङ्कट उत्पन्न हुन गई अस्पतालमा गम्भीर अवस्थाका बिरामीहरू भर्ना हुने सङ...
नेपाल रेडक्रस सोसाईटी काठमाडौंले ग¥यो आधारभूत प्राथामिक उपचार तालिम सम्पन्न

नेपाल रेडक्रस सोसाईटी काठमाडौंले ग¥यो आधारभूत प्राथामिक उपचार तालिम सम्पन्न

जीवनशैली, ताजा अपडेट, ब्यानर-२, समाचार, स्थानीय, स्वास्थ्य
सीता पौडेल(अर्चना) काठमाडौं ।नेपाला रेडक्रस सोसाईटी काठमाडौं जिल्ला शाखाले दुर्घटनामा परेका व्यक्तिलाई उसको समस्याको सही पहिचान गरी त्यसको निदानका लागि तुरुन्तै सेवा प्रदान गरिने आधारभूत प्राथामिक उपचार तालिम सम्पन्न गरेको छ । शाखाले काठमाडौंको बागबजार स्थित कार्यालयको सभाहलमा ४ दिनको उक्त तालिमको आयोजना गरेर हालै सम्पन्न गरेको शाखाका अध्यक्ष श्यामकाजी डोटेलले जानकारी दिए ।२७ जना सहभागि रहेको उक्त तालिममा ५ जना प्रशिक्षकहरुबाट घाइते वा विरामीको प्राथमिक उपचार गर्नु पूर्व तथा पश्चात गरिने उपचार सम्बन्धमा सैद्धान्तिक तथा प्रयोगात्मक तवरबाट तालिम सञ्चालन गरिएको अध्यक्ष डोटेलले बताए । सो समापन कार्यक्रममा उनले आकास्मिक तथा सामान्य अवस्थामा गरिने प्राथमिक उपचार विधि र तरिकाहरुका बारेमा स्पष्ट पार्दै सिकेका कुरालाई व्यवहारमा उतार्न सबै सहभागिहरुलाई अनुरोध समेत गरे । तालिममा स...
रोटरी क्लब अफ काठमाडौं नर्थका चार्टर प्रेसिडेन्ट एवं सांग्रीला होटलका संचालक पाण्डेको निधन

रोटरी क्लब अफ काठमाडौं नर्थका चार्टर प्रेसिडेन्ट एवं सांग्रीला होटलका संचालक पाण्डेको निधन

ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं ।निजी स्वार्थ भन्दा माथि उठेर सामाजिक सेवामा समर्पित सामाजिक संस्था रोटरी क्लब अफ काठमाडौं नर्थका चार्टर प्रेसिडेन्ट एवं काठमाडौंको लाजिम्पाटमा अवस्थित सांग्रीला होटलका संचालक श्याम बहादुर पाण्डेको निधन भएको छ। डाइमेन्सियाबाट ग्रसित रोटरीयन पाण्डेको ८८ वर्षको उमेरमा आज सोमबार बिहान धापासी स्थित ग्रान्डी अस्पतालमा उपचारका क्रममा निधन भएको रोटरी क्लब अफ काठमाडौं नर्थका प्रेसिडेन्ट पिताम्बर पौडेलले जानकारी दिए । प्रेसिडेन्ट पौडेलका अनुसार पाण्डेले रोटरीयन भएर क्लबमार्फत र व्यवसायि र व्यक्तिगतसँगै संस्थागत रुपमा ठूलो योगदान पु¥याएका छन्।उनले मुलुकको पर्यटन क्षेत्रमा पनि अतुलनिय योगदान पुर्याएका छन्। समाजसेवी तथा रोटरीयन पाण्डेको निधनले रोटरी र समाजमा अपूरणीय क्षती भएको रोटरी क्लब अफ काठमाडौं नर्थले जनाएको छ । उनका श्रीमति र दुइ छोरा छन् ।...
शिक्षा र सञ्चारलाई प्रविधिसँग जोड्नुपर्छ : मन्त्री भट्टराई

शिक्षा र सञ्चारलाई प्रविधिसँग जोड्नुपर्छ : मन्त्री भट्टराई

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने बताएकी छन् । मिडिया एडभोकेसी ग्रुप म्याग र हाई कमिसन अफ क्यानाडाद्वारा संयुक्त रूपमा आज यहाँ आयोजित ‘राजनीतिका विषयमा समाचार सङ्कलन गर्ने महिला पत्रकारको क्षमता अभिवृद्धि’ विषयक दुईदिने गोष्ठीमा उनले सञ्चारमाध्यममा महिला सहभागिता कम देखिनु चिन्ताको विषय भएको बताइन् । “शिक्षा र सञ्चारलाई प्रविधिसँग जोडनुपर्छ, विश्व एआइमा पुगिसकेको अवस्थामा हामीले प्रविधिको अधिकतम प्रयोग गर्नुपर्छ”, मन्त्री भट्टराईले भनिन्, “सञ्चारमाध्यममा राजनीतिका विषयमा समाचार सङ्कलन गर्ने पत्रकार महिलालाई प्रोत्साहन गर्न जरुरी छ ।” नेपालका लागि क्यानाडाका राजदूत क्यामेरोन म्याकेले नेपालमा सामाजिक न्यायमा लागि पत्रकार महिलाको उपस्थिति जरुरी रहेको बताइन् । उनले क्यानाडामा महिला सहभागिता ५० प्रतिशत र महिला पत्...
लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका चेतनारायण आचार्यको दाबी पेश

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका चेतनारायण आचार्यको दाबी पेश

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेशका उपनेता चेतनारायण आचार्य प्रदेश मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । ५६ सांसदको समर्थनसहित उनले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । आचार्यले नेकपा एमालेका २९ जना र कांग्रेसका २७ जना सांसदको समर्थनसहित दाबी पेश गरेका हुन् । ८७ सदस्यीय प्रदेशसभामा सरकार गठनको लागि ४४ मत चाहिन्छ । आइतबार प्रदेश प्रमुख शेरचनले सोमबार साँझ साढे ६ बजेसम्म बहुमत सदस्यको हस्तान्तरणसहित मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । ...
किशोरी बलात्कार घटनाका दोषीमाथि कारबाहीको माग

किशोरी बलात्कार घटनाका दोषीमाथि कारबाहीको माग

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं । छाउपडी बसेकी किशोरी बलात्कार घटनाका दोषीमाथि कारबाही गर्न सांसदहरुले माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसद राजेन्द्रलक्ष्मी गैरेले अछाममा छाउपडीमा बसेकी किशोरीमाथि भएको बलात्कारको घटनाको छानबिन गरी दोषीमाथि कारवाही गर्न सरकारसँग माग गरिन् । सांसद पूजा चौधरीले इलामदेखि कञ्चनपुरसम्मको चुरे क्षेत्र, भावर क्षेत्रको जलाधार क्षेत्र क्षयीकरण हुँदै गएको विषयमा सरकारको ध्यानाकर्षण गराइन् । यसबाट वातावरणीय समस्या बढ्दै गएको तथा पानीको स्रोत सुक्दै गएकाले त्यसप्रति गम्भीर बन्न सरकारसँग आग्रह गरिन् । उनले गाउँबस्ती कटान र डुबानले प्रभावित भएको उल्लेख गर्दै चुरे क्षेत्रको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिइन् ।...
मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आज साँझ ६ बजे बैठक बोलाइएको हो । नेकपा एमाले अध्यक्ष ओली नेतृत्वको सरकार बनेपछि मन्त्रिपरिषद्को तेस्रो बैठक बस्न लागेको हो ।यो नियमित बैठक भएको सचिवालयले जनाएको छ। हरेक सोमबार र बिहीबार मन्त्रिपरिषदको बैठक बस्ने गरेको छ।  बैठकमा मन्त्रालयका नियमित एजेण्डाहरूमाथि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।...