ताजा अपडेट

पुष्पलालप्रति उच्च सम्मान : प्रधानमन्त्री

पुष्पलालप्रति उच्च सम्मान : प्रधानमन्त्री

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठप्रति उच्च सम्मान र श्रद्धा व्यक्त गरेका छन् । पुष्पलालको ४६औँ स्मृति दिवसका अवसरमा आज उहाँले सामाजिक सञ्जालमार्फत निरङ्कुश राजतन्त्रविरुद्ध कम्युनिष्ट र नेपाली कांग्रेसले मिलेर जनआन्दोलन गर्नुपर्ने पुष्पलालको विचार सही सावित भएको स्मरण गरे । “उनले नै सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्यसाथ कम्युनिष्ट घोषणापत्र नेपालीमा अनुवाद गर्नुभयो र पार्टी स्थापनाको नेतृत्व गरे”, प्रधानमन्त्रीले भने । विसं २००६ साल वैशाख १० गते पुष्पलालको नेतृत्वमा नारायणविलास जोशी, निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, मोतीदेवी श्रेष्ठसहितले भारतको कोलकातामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो ।...
माइक्रोबस दुर्घटना हुर्दा तीन जना घाइते

माइक्रोबस दुर्घटना हुर्दा तीन जना घाइते

ताजा अपडेट, वातावरण, समाचार
मुग्लिन  । चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिकै माइक्रो बस दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार कावासोतीबाट काठमाडौँतर्फ जादैँ गरेको ग१ख ९१५५ नं को माइक्रो आज बिहान नारायणगढ–मुग्लिन खण्डअन्तर्गत इच्छाकामना–६ जलबिरेस्थित सडकको डिभाइडरमा ठोकिँदा बसमा सवार तीनजना घाइते भएका हुन् । घाइतेहरुको पुरानो मेडिकल कलेज भरतपुर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये माइक्रोका सहचालक नवलपुरको कावासोती नगरपालिका–८ बस्ने ३६ वर्षीय को धनश्याम न्यौपानेको अवस्था गम्भीर छ । बस आफैँ अनियन्त्रित भई दुर्घटना भएको अनुमान गरिएको बताउँदै प्रवक्ता रिजालले माइक्रो चालक चितवनको माडी नगरपालिका–१ का नन्दलाल महतोलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जानकारी दिए । उक्त माइक्रोमा १७ यात्रु सव...
नागरिकको चाहना अनुसार संविधान संशोधन हुन्छ :उपप्रधानमन्त्री सिंह

नागरिकको चाहना अनुसार संविधान संशोधन हुन्छ :उपप्रधानमन्त्री सिंह

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आम नागरिकको चाहनाअनुसार संविधान संशोधन हुने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित वर्तमान संविधान र समाजवादउन्मुख लोकतन्त्र विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।उनले संविधानको विशेषता नै संविधानमा उल्लेखित दफाहरू विधि, प्रक्रिया पूरा गरेर परिवर्तन गर्न सकिने बताए । उनले समयको माग, जनताको चाहनाअनुसार संविधान परिवर्तन हुने बताए । उनले संघीयताको मर्म र भवनाअनुसार कानूहरू बनाउन नसक्दा अहिलेको परिस्थिति सिर्जना भएको बताए । उनले भने, ‘खासगरी हामीले प्रथम संविधान सभा भन्नुस्, दोस्रो संविधान सभा यो खासगरी कांग्रेसकै नेतृत्वमा अहिलेको नयाँ संविधान जारी गरेका हौँ । तर संविधान जारी गर्दाखेरी यो संविधानको विशेषता के हो भन्दा एउटा प्रोसेस पूरा गरेर कुनै त्यो संविधानमा उल्लेखित जुन दफाहरू छन्, ति दफाहरू परिवर्तन ग...
नेपाली जनता दलको छैटौँ महाधिवेशन भदौ पहिलो साता

नेपाली जनता दलको छैटौँ महाधिवेशन भदौ पहिलो साता

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं। नेपाली जनता दलको छैटौँ महाधिवेशन भदौको पहिलो साता हुने भएको छ । आगामी भदौ १ देखि ३ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको सो पार्टीका राष्ट्रिय अध्यक्ष हरिचरण साहले बताए । उनका अनुसार महाधिवेशनमा सातै प्रदेश र जिल्लाबाट प्रतिनिधि छनोट भई आउनेछन् । यसका लागि साउनभित्र प्रतिनिधि छनोट गरिने छ । महाधिवेशनमा दलको नीति, सिद्धान्त, विचार, विधान र समसामयिक राजनीतिक आर्थिक, सामाजिकलगायत विषयमा गहन छलफल र बहस गरी परिमार्जनसहित पार्टीको नीति तय हुने अध्यक्ष साहले बताए ।मुलुकमा बारम्बार सरकार परिवर्तन हुने घटनाले राजनीतिक अस्थिरता देखिएको भन्दै नेपाली जनता दलले यसबाट आर्थिक समृद्धि, सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा अवरोध उत्पन्न हुने दाबी गरेको छ । अर्थतन्त्रलाई चलायमान बनाएर उच्च आर्थिक वृद्धिदर हासिल गर्ने आवश्यक नीति अख्तियार गरिनुपर्नेमा सो दलको जोड छ । पुँजीगत ब...

अवरुद्ध वीपी राजमार्ग एकतर्फी खुल्यो

ताजा अपडेट, वातावरण, समाचार
काभ्रेपलाञ्चोक । वर्षाले पहिरो जाँदा गए रातिदेखि अवरुद्ध वीपी राजमार्ग एकतर्फी खुलेको छ । उक्त राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिकाका विभिन्न स्थानमा बाढी तथा पहिराले रातिदेखि सडक अवरुद्ध भएको थियो । अवरुद्ध रोशी–मङ्गलटार सडकखण्ड आज बिहानेदेखि एकतर्फी सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ । राजमार्गको माम्तीखोला र भ्याकुरेखोलाको बाढी तथा मङ्गलटार क्षेत्रका विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । अहिले पनि सुरक्षाकर्मी परिचालन गरी पहिरो पन्छाउने काम भइरहेको जनाइएको छ । सडकलाई दुईतर्फी सञ्चालनमा ल्याउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए ।...
आज साउनको पहिलो सोमबार,पशुपति लगायत देशभरका शिवालयहरुमा विशेष पूजा–अर्चना र भजन कृतन

आज साउनको पहिलो सोमबार,पशुपति लगायत देशभरका शिवालयहरुमा विशेष पूजा–अर्चना र भजन कृतन

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं।आज श्रावण महिनाको पहिलो सोमबार श्री पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयहरुमा श्रद्धालु भक्तजनहरुले विषेश रुपमा पूजा–अर्चना गरिरहेका छन्। यस अवसरमा पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ।कतिपय ठाउँहरुमा पानी परिरहेको भएतापनि यसलाई वेवास्ता गरेर छाता ओडेरै वा रुझ्दै भक्तजनहरु शिवालयमा लामबद्ध भएर पूजा–अर्चना गरिरहेका छन्।   नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिकाका अनुसार विशेषत: गुरु पूर्णिमादेखि जनै पूर्णिमासम्मका सोमबारका व्रत लिनुपर्ने कुरा सिन्धुलगायतका ग्रन्थमा उल्लेख छ। विशेषगरि साउन महिनालाई भगवान् शिवजीको महिना र सोमबारलाई भगवान् शिवजीको बारका रुपमा आत्मसात् गर्दै व्रत बस्ने र शिवजीको पूजा–अर्चना गर्ने चलन छ। यसरी ब्रत बसेर  पूजा–अर्चना गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ । ...
पृथ्वीराजमार्गको फिस्लिङमा लेदोसहितको पहिरो

पृथ्वीराजमार्गको फिस्लिङमा लेदोसहितको पहिरो

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना(३ फिस्लिङमा सोमबार बिहान लेदोसहितको पहिरो खसेको छ । बिहान ५ बजे खसेको पहिरोका कारण मुग्लिङ–काठमाडौँ सडक दुइतर्फी अवरुद्ध बनेको छ। पहिरोलाई एक्स्काभेटरको सहायताले पन्छाइँदैछ ।
प्रतिनिधि सभाको बैठक बस्दै : प्रधानमन्त्रीसँग प्रश्नोत्तर

प्रतिनिधि सभाको बैठक बस्दै : प्रधानमन्त्रीसँग प्रश्नोत्तर

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार आज प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूसँग प्रश्नोत्तर कार्यक्रम रहेको छ । त्यस्तै आजको बैठकमा कानुनमन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । ...
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
काठमाडौं। सोमबार सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख ४६ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसै गरी, सोमबार चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा घटेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ९० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।...
पूर्वराज्यमन्त्री रायको हत्या

पूर्वराज्यमन्त्री रायको हत्या

अपराध, ताजा अपडेट, बिशेष, राजनीति, समाचार
काठमाडौं। पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । ८० वर्षीय राय सर्लाहीस्थित आफ्नै निवासमा मृत फेला परेका हुन् । सोमबार बिहान १ बजे चन्द्रनगर गाउँपालिका(१ स्थित निवासमा राय मृत फेला परेको सूचना प्रहरीकहाँ पुगेको थियो । सूचना प्राप्त हुनासाथ मोहनपुर प्रहरी चौकी र इलाका प्रहरी कार्यालयबाट टोली रायको घरमा पुगेको थियो । प्रहरीका अनुसार राय आफ्नै एक तल्ले पक्की घरको सुत्ने कोठामा मृत फेला परेका थिए । उनको टाउकोको बायाँ पट्टी भागमा धारिलो हतियार प्रहार गरिएको पाइएको छ । उनको शव सुत्ने खाटको छेउमा उत्तानो अवस्थामा रहेको थियो ।प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ । सोमबार बिहानै धनुषा लालगढबाट कुकुरसहितको टोली घटना स्थलमा आइपुगेको छ । त्यस्तै मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक यज्ञ बिनोद पोखरेलको टोली पनि घटनास्थलमा पुगेको...