अब स्नातक तहको चौथो वर्षमा पनि मौका परीक्षाको व्यवस्था गरिने
काठमाडौं।विद्यार्थीको शैक्षिक वर्ष खेर नजाओस भनेर त्रिभुवन विश्वविद्यालयले स्नातक तहको वार्षिक कार्यक्रम तर्फका विद्यार्थीलाई पनि मौका परीक्षा दिने व्यवस्था गर्ने भएको छ ।
त्रिविका रजिष्ट्रार प्रा.डा.केदार रिजालले स्नातक तहको पहिलो,दोस्रो,तेस्रो वर्षको परीक्षामा उत्तीर्ण भएका तर चौथो वर्षमा एक वा दुई विषय लागेका विद्यार्थीले तत्काल मौका परीक्षा दिन पाउने व्यवस्था गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।
प्राज्ञिक परिषद्ले आगामी वर्षदेखि लागू हुने गरी निर्णय गरे अनुसार त्रिविले चौथो वर्षको नतिजा आएको एक महिनाभित्र मौका अथवा पूरक परीक्षा सञ्चालन गर्नेछ।
अहिलेसम्म सेमेष्टर प्रणालीमा मात्रै मौका परीक्षा दिन पाउने व्यवस्था रहेको छ ।
...








