ताजा अपडेट

उदयपुरमा भाइरल ज्वरोका बिरामी बढे, जिल्ला अस्पतालमा शय्या अभाव

उदयपुरमा भाइरल ज्वरोका बिरामी बढे, जिल्ला अस्पतालमा शय्या अभाव

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा भाइरल ज्वरोको बिरामी बढेका छन् । बिरामीको सङ्ख्या बढैसँगै जिल्ला अस्पतालमा शय्या अभाव भएको छ । अस्पताल प्रशासनका अनुसार पचास शय्या क्षमताको अस्पतालमा दैनिक तीन सय जना भाइरल ज्बरोका बिरामी आउने गरेका छन् ।पर्याप्त शय्या अभावमा उपचार गर्न कठिन भएको अस्पतालका सूचना अधिकारी रमेश श्रेष्ठले राससलाई बताए । ‘बिरामीलाई भूमिमा राखेर सेवा गर्नुपरेको छ, अन्य रोग लागेका बिरामीलाई बेड छैन । भाइरल ज्वरोका बिरामीको चाप अनपेक्षित रूपमा बढेको छ’ उनले भने । त्रियुगा नगरपालिका क्षेत्रको गाइघाट, पुरानो गाइघाट, असारी, मोतिगडा, देउरी, बगाहा, जलजले, राजाबास, चुहाडे, लक्ष्मीपुर, पोर्ताह, खैराहा झोडा, बिषणपुर, खैजनपुर, मोथ्याई, र जोगिदह क्षेत्रमा अहिले ब्यापक भाइरलको प्रकोप फैलिदै गएसँगै प्रत्यक घरमा एक, दुईदेखि सम्पूर्ण परिवारहरूसमेत भाइरलबाट प्रभावित भइरहेका छन...
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको संसदीय दलको बैठक बस्दै छ । आज बिहान ११ बजे सिंहदरवारस्थित दलको कार्यालयमा बैठक बस्न लागेको रास्वपाका कार्यबहाक प्रवक्ता मनिष झाले जानकारी दिए । आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दै छ । सोही बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिंदैछन् । सोही बैठकमा कसरी प्रस्तुत हुने विषयमा बैठकमा छलफल हुनेछ । रास्वपाले यसअघि नै प्रधानमन्त्रीलाई विश्वासको मन नदिने निर्णय गरिसकेको छ ।...
सिमलतालमा बेपत्ता बस खोज्न भारतीय टोली परिचालन

सिमलतालमा बेपत्ता बस खोज्न भारतीय टोली परिचालन

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
चितवन । नारागणगढ(मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका दुई बस र बसमा सवार यात्रुको खोज तथा उद्धार कार्यमा शनिबारदेखि भारतीय टोली पनि परिचालन भएको छ । भारतीय नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) को १२ सदस्यीय टोली शनिबारदेखि खोजतलासका लागि घटनास्थल आइपुगेको हो ।खोजतलासमा परिचालिन हुनुअघि भारतीय टोलीले जिल्ला प्रशासन कार्यालय चितवनमा प्रमुख जिल्ला अधिकारीसहित यहाँका सुरक्षा निकायका अधिकारीहरुसँग छलफल गरेको थियो । छलफलपछि प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले टोलीमा रहेका १२ जनामध्ये चार जना गोताखोर रहेको बताए । टोलीले विपद् व्यवस्थापन शिक्षालय कुरिनटारका उद्धारमा खटिएकासँग छलफल गरेपछि काम सुरु गर्ने उनले बताए ।खोजतलासका लागि आएका एनडीआरएफका प्रतिनिधि कुनाल तिवारीले अब यथासक्य छिटो खोजतलासको काममा जुट्ने बताए । उनले नेपालका जस्तै नदी भारतमा पनि रहेको जनाउँदै ...
बंगलादेशमा समस्यामा परेका विद्यार्थीलाई अनलाइनमार्फत आवेदन दिन आह्वान

बंगलादेशमा समस्यामा परेका विद्यार्थीलाई अनलाइनमार्फत आवेदन दिन आह्वान

अन्तर्राष्ट्रिय, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं । बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा परेका नेपाली विद्यार्थी तथा उनीहरूका अभिभावक एवं आफन्तहरूले अनलाइनमार्फत आवेदन दिन सक्ने भएका छ्न । परराष्ट्ट्र मन्त्रालयले आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि अनलाईन निवेदन दिन सकिने व्यवस्था मिलाएको शनिबार जानकारी गराएको छ । निवेदन नेपालबाट सम्बन्धित परिवारका सदस्यहरूले समेत दिन सक्नेछन् ।...
प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदबाट विश्वासको मत लिँदै छन्। प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बोलाइएको छ। काँग्रेसको समर्थनमा एमाले अध्यक्षसमेत रहेका ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए। प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। २७५ सदस्यीय प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रधानमन्त्री ओलीले कम्तिमा १३८ सांसदको समर्थन पाउनुपर्छ। नेकपा एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्विप जारी गरिसकेको छ। प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गर्नका लागि प्रतिनिधि सभाको बैठकअघि काँग्रेसको संसदीय दलको बैठक बस्दै छ। सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका कारण ओलीलाई विश्वास प्राप्त गर्न काँग्रेसको ८८ र एमालेको ७९ सांसदकै मात्र स...
दाङमा जिप दुर्घटना हुँदा १० जना घाइते

दाङमा जिप दुर्घटना हुँदा १० जना घाइते

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
तुलसीपुर । दाङको दङ्गीशरण–७ बोगटी नजिकै जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार आज दाङको तुलसीपुरबाट सल्यानको कालीमाटी जाँदै गरेको लु१ज १३८३ नंको जिप दुर्घटना हुँदा चालक सल्यान कालीमाटी गाउँपालिका–२ का ४१ वर्षीय खिमबहादुर बोपाल मगर, जिपमा सवार कालीमाटी–३ का १६ वर्षीय किरण बोहरा, सोही ठाउँका १४ वर्षीय विपिन केसी, १० वर्षीया आरती थापा, ३० वर्षीय गणेश केसी, ५० वर्षीया धनसरी खत्री, १५ वर्षीया करिष्मा खत्री घाइते भएका छन् । दुर्घटनामा कालीमाटी–२ का ५४ वर्षीय हुकुमराज पुन, सोही ठाउँका ४९ वर्षीय भानुभक्त वली र बर्दियाको बासगडी नगरपालिका–४ की ३८ वर्षीया सङ्गीता राणासमेत घाइते भएका छन् । घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।...
प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै,देशवासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै,देशवासीका नाममा सम्बोधन गर्ने

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
काठमाडौं ।नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदैछन्। दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले  विश्वासको मत लिन लागेका हुन्। प्रधानमन्त्री ओलीले आजै देशवासीका नाममा सम्बोधन पनि गर्दैछन्। सम्बोधनका क्रममा सहमती पत्र सार्वजनिक गर्न कांग्रेस महामन्त्री गगन थापाले माग गरेका छन्। नेकपा एमालेले आफ्नो दलका सांसदहरुलाई प्रधानमन्त्री ओलीको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ। प्रधानमन्त्री ओलीलाई सत्ता घटक दलहरू नेपाली काँग्रेसको ८८, नेकपा एमालेको ७८, अशोक राई नेतृत्वको जसपा ७, जनमत पार्टी ६, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल ५, लोसपा ४, नागरिक उन्मुक्ति पार्टी ४, स्वतन्त्र २ गरी १९४ मत पक्षमा आउने देखिन्छ। नेकपा माओवादी केन्द्र, रास्वपा र नेकपा एकीकृत समाजवादी, राप्रपाले भने मत नदिने बताएका छन् । संसदमा प्रतिनिधित्व गर्ने साना दल न...
आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं ।देशभर आंशिक देखि साधारणतया बदली रही देशको पाँच प्रदेशमा भारी वर्षा हुने भएको छ । कोशी र बागमती प्रदेशका पहाडी भू–भाग लगायत गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू – भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार राती देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती,गण्डकी,लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, बागमती, गण्डकी र लुम्...
कांग्रेस–एमालेको ७ बुँदे सहमति प्रधानमन्त्रीले आइतबार संसदबाट सार्वजनिक गर्नुपर्छ : कांग्रेस महामन्त्री थापा

कांग्रेस–एमालेको ७ बुँदे सहमति प्रधानमन्त्रीले आइतबार संसदबाट सार्वजनिक गर्नुपर्छ : कांग्रेस महामन्त्री थापा

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले  प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस र एमालेबीच भएको सहमति आइतबार संसदबाट सार्वजनिक गर्नुपर्ने बताएका छन्। ४२ औं बीपी स्मृति दिवशको अवसरमा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्री आफैं हस्ताक्षरकर्ता भएकाले उक्त सहमति सार्वजनिक गर्नु पर्ने दायित्व भएको बताए। प्रधानमन्त्री ओलीले आज आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । ‘ हाम्रो समर्थनमा बन्ने प्रधानमन्त्रीले विश्वासको मत लिँदै गर्दा, संसदमा आफ्नो विचारहरु राख्दै गर्दाखेरि‘ नेपाली कांग्रेस र नेकपा एमालेबीच ७ बुँदाका बीचमा सहझदारी भयो भनिएको छ।७ बुँदा के हो भन्ने कुरा त्यहाँ पढेर सुनाउनुपर्छ भन्ने म ठान्छु’,थापाले भने । कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति आफूहरुले पढेको र कांग्रेसले त्यसै अनुसार कार्यसम्पादन समिति र संसदीय दलबाट निर्णय गरेको थापाले बताए । ‘हामीले पढ्यौं,...
नागार्जुन–७ को जगन्नाथेश्वर मन्दिरमा २७ फिटको त्रिशुल स्थापना गरियो

नागार्जुन–७ को जगन्नाथेश्वर मन्दिरमा २७ फिटको त्रिशुल स्थापना गरियो

ताजा अपडेट, पर्यटन, ब्यानर-१, वातावरण, समाचार, स्थानीय
सीता पौडेल(अर्चना) काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर–७ मा अवस्थित ऐतिहासिक सम्पदा ‘जगन्नाथेश्वर मन्दिर’ मा पञ्चधातुद्धारा निर्मित २७ फिटको त्रिशुल स्थापना गरिएको छ। उक्त त्रिशुल स्थापनार्थ वडा नं ७ को स्युचाटार,पानीटयांकीका ‘फूर्तिला महिला कृषक समुह’को आयोजना र काठमाडौंको ‘श्रीसूर्यनारायण प्रेम सेवा आश्रम’को सह–आयोजनामा गत बिहिबारदेखि शनिबारसम्म वडा नं ७ सँगको समन्य र सहकार्यमा  त्रिदिवसीय प्राण प्रतिष्ठा पुजन गरि शनिबार सो त्रिशुलसहित नन्दी,घण्टा र गजुरको स्थापना गरिएको वडा नं ७ का वडा अध्यक्ष शैलेन्द्र लामाले बताए । अध्यक्ष लामाका अनुसार त्रिदिवसीय सो धार्मिक कार्यक्रममा उपस्थित श्रद्धालुभक्तजनहरुलाई मुख्य पंडित नारायण प्रसाद खनालज्युबाट विभिन्न धार्मिक अनुष्ठानसहित शिवमहापुराणका कथाहरु श्रवण गराएर आनन्द प्रदान गरिएको थियो । उक्त समापन कार्यक्रमलाई सम्बोधन गर...