ताजा अपडेट

‘गणतन्त्रविरुद्ध हुने गतिविधिविरुद्ध एक भएर लाग्नुपर्छ’: महासचिव पोखरेल

‘गणतन्त्रविरुद्ध हुने गतिविधिविरुद्ध एक भएर लाग्नुपर्छ’: महासचिव पोखरेल

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१२, जेठ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले लोकतान्त्रिक गणतन्त्रका विरोधीहरू जनविरोधी भएको बताएका छन् । एमाले बागमती प्रदेश कमिटीले पार्टीबाट निर्वाचित बागमती प्रदेशका वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने गतिविधि जनताका विरुद्धका गतिविधि भएको बताए । गणतन्त्रविरुद्ध हुने गतिविधिविरुद्ध सिंगो पार्टी एक ढिक्का भएर लाग्नुपर्ने उनको भनाइ थियो । “लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा हुने सबै गतिविधि जनताको सम्प्रभुताका विरुद्धका अर्थात् जनताका विरुद्धका गतिविधिहरू हुन् भन्नेमा आम जनतालाई सचेत र जागरूक बनाउने अभियानमा सिंगो पार्टी पङ्क्ति क्रियाशील हुनु पर्दछ,” महासचिव पोखरेलले भने । उनले गणतन्त्र दिवस जनताको उत्सवको दिन भएकाले पार्टीले विशेष उत्सवका रूपमा मनाउन लागिएको बताए ।...
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आगामी जनवरी १ देखि सञ्चालन गर्ने तयारी

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आगामी जनवरी १ देखि सञ्चालन गर्ने तयारी

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
१२, जेठ काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको अनुगमन गरेका छन् । मन्त्रालयका सचिवसहितका उच्चस्तरीय अधिकारीसँगै मन्त्री दाहालले आइतबार निर्मार्णाधिन सुरुङमार्गको अनुगमन तथा निरीक्षण गरेका हुन् । सो अवसरका सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री दाहालले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग नेपालको गोरवको विषय भएको बताए । उनले लामो समयको प्रतिक्षापछि सञ्चालनमा आउने तयारीमा रहेको सुरुङमार्गको अपरेशनको काम अगामी कात्तिक ७ गतेदेखि सुरु गरिने उल्लेख गरे । मन्त्री दाहालले अगामी वर्ष सन् २०२६ को जनवरी १ देखि सुरुङमार्गलाई पूर्णरुपमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको जानकारी दिए ।  ...
गणतन्त्र उत्सव मनाउन एमालेका शीर्ष नेताको जिम्मेवारी बाँडफाँड

गणतन्त्र उत्सव मनाउन एमालेका शीर्ष नेताको जिम्मेवारी बाँडफाँड

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१२, जेठ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले गणतन्त्र दिवसका अवसरमा आयोजना गर्ने उत्सवलाई सफल पार्न पार्टीका शीर्ष नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा जनसंगठनका अध्यक्ष, इन्चार्ज र काठमाडौँ उपत्यकाका वडा तहसम्मका पदाधिकारीको भेलाले उत्सवसँगै शक्ति परिचालन गर्न नेताहरूको जिम्मेवारी बाँडफाँड गरेको हो । भेलामा महासचिव शंकर पोखरेलले गणतन्त्र दिवसलाई आम जनताले सम्झने गरी मनाउन र राजावादीले फैलाएका भ्रम चिर्न जनप्रदर्शनको तयारी गरिएको बताए । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार जनमानस परिचालन गर्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । कोशी प्रदेशका जिल्लाहरूको समन्वय गर्न उपाध्यक्ष रामबहादुर थापालाई जिम्मेवारी दिएको छ । मधेश प्रदेशका आठ वटै जिल्लाका सम्पर्क मञ्चहरू...
सुनको मूल्य घट्यो,आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो,आज कतिमा हुँदैछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
१२, जेठ काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा सात सयले घटेर १ लाख ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार ८ सयमा कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य भने आज पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला दुई हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।...
सत्तारुढ दल काँग्रेसको पदाधिकारी बुढानीलकण्ठमा बैठक सुरु

सत्तारुढ दल काँग्रेसको पदाधिकारी बुढानीलकण्ठमा बैठक सुरु

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१२, जेठ काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । बैठक केही बेर अगाडि पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बैठक सुरु भएको हो । आजको बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि लागेको आरोपका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । साथै पछिल्ला गतिविधि, राजनीतिक समसामयिक गतिविधि, आगामी आर्थिक वर्षको बजेटबारे छलफल हुनेछ । बैठकमा गृहमन्त्री रमेश लेखक पनि सहभागी भएका छन्।...
आज दुई संसदीय समितिको बैठक बस्दै

आज दुई संसदीय समितिको बैठक बस्दै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१२, जेठ काठमाडौं । संघीय संसद् अन्तर्गत रहेका दुई संसदीय समितिको बैठक आज (सोमबार) बस्दै छन्। बैठक अर्थ समिति र उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको हुने जनाइएको छ। अर्थ समितिको बैठक दिउँसो १२ बजेका लागि तय गरिएको छ। बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकबारे सरोकारवाला निकाय र विज्ञहरूसँग छलफल गरिने कार्यसूची रहेको छ। त्यसअघि बिहान ११ बजे सिंहदरबारमा उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्नेछ। उक्त बैठकमा निकासी पैठारी (नियमन) विधेयक, २०८१ सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गरिने संघीय संसद् सचिवालयले जनाएको छ ।...
चालु खाता र शोधनान्तर बचतमा

चालु खाता र शोधनान्तर बचतमा

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
१२, जेठ काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा चालु खाता रु दुई खर्ब १० अर्ब २२ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको मौद्रिक नीतिको समिक्षा अनुसार सो अवधिमा शोधनान्तर रु तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता रु एक खर्ब ७९ अर्ब ८३ करोडले र शोधनान्तर रु तीन खर्ब ६५ अर्ब १६ करोडले बचतमा थियो । चालु आवको नौ महिनामा कुल वस्तु निर्यात ६५.२ प्रतिशतले वृद्धि भई रु एक खर्ब ८८ अर्ब २० करोड पुगेको छ भने वस्तु आयात १२.२ प्रतिशतले वृद्धि भई रु १३ खर्ब नौ अर्ब ५३ करोड पुगेको छ । समीक्षा अवधिमा व्यापार घाटा ६.४ प्रतिशतले बढेर रु ११ खर्ब २१ अर्ब ३४ करोड पुगेको छ । चालु आवको नौ महिनामा विप्रेषण आप्रवाह अमेरिकी डलरमा ७।३ प्रतिशतले वृद्धि भई रु ११ खर्ब ९१ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धिदर १५।२ ...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
१२, जेठ काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८४ रुपैयाँ १८ पैसा र बिक्रीदर १८४ रुपैयाँ ९९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १६५ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६६ रुपैयाँ ३७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ३६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ०२ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४६ पैसा, सिंगापुर डलर एकको खरिददर १०५ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०६ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ५४ पैसा र बिक्रीदर नौ रुपैयाँ ५९ पैसा, चिन...
अनेरास्ववियुमा ३२ वर्षे उमेर हद तोक्ने निर्णय

अनेरास्ववियुमा ३२ वर्षे उमेर हद तोक्ने निर्णय

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
१२, जेठ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले अनेरास्ववियुमा उमेर हद ३२ वर्ष तोक्ने निर्णय गरेको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार बसेको सचिवालय बैठकले अनेरास्ववियुमा ३२ वर्षे उमेर हद तोकिएको एमालेले जनाएको छ । एमाले सचिव पद्म अर्यालले अनेरास्ववियुको उमेर हदसम्बन्धी भएको निर्णय चाँडै सर्कुलर गरी जानकारी गराउने बताए । उनले अन्य पार्टीले आफ्नो विद्यार्थी संगठनमा उमेर हदबन्दी लगाएको सन्दर्भमा एमाले अनेरास्वविुमा पनि उमेर हद लागू हुने बताए ।...
आजको मौसम : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

आजको मौसम : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
१२, जेठ काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीको उत्तर(पश्चिमका केही क्षेत्र तथा दक्षिण-पश्चिमका अधिकांश क्षेत्रहरूमा साथै भारतको केरला आसपासको क्षेत्र, माल्दिभ्स, श्रीलङ्का लगायतका भू-भागसम्म मनसुनको आगमन भएको र बंगालको खाडीबाट जमिनको भू(भागतर्फ मनसुन अगाडि बढ्ने क्रममा रहेको छ । दिउँसो कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू(भागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको...