ताजा अपडेट

एमालेलाई स्पष्ट बहुमत ल्याउने ‘मिसन २०८४’ मा जुट्न जनप्रतिनिधिलाई प्रधानमन्त्रीको आग्रह

एमालेलाई स्पष्ट बहुमत ल्याउने ‘मिसन २०८४’ मा जुट्न जनप्रतिनिधिलाई प्रधानमन्त्रीको आग्रह

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
११, जेठ काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहका निर्वाचित वडाध्यक्षहरूले जनता र पार्टीसँगको घनिष्ठ सम्बन्धलाई सुदृढ बनाएर विकास र सुशासनका लागि काम गर्नुपर्ने बताएका छन् । नेकपा (एमाले) को बागमती प्रदेशस्तरीय जन निर्वाचित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै अध्यक्ष ओलीले जनतालाई छिटो र सहज सेवाका साथै विकास र सुशासन कायम गर्ने क्रममा निर्वाचित पालिकाका प्रमुख तथा उपप्रमुखसहित अन्य राजनीतिक पार्टीसँग समेत समन्वय गरेर आमजनताको विश्वास जित्ने गरी काम गर्न आग्रह गरे । “तपाईँहरू पार्टीबाट निर्वाचित भएर जिम्मेवारीमा गएको हो । निर्वाचन जितेपछि चङ्गाको धागो काटिएजस्तो पार्टीसँगको सम्पर्क काटिनु हुँदैन । मैले जितेँ, मलाई अरु मतलब छैन भन्न मिल्दैन। अर्को निर्वाचन पनि आउँछ । त्यसकारण तपाईँहरूले अहिले पार्टीका नीति तथा निर्देशनला...
यस वर्षको विपद्‍मा २० लाख नागरिक प्रभावित हुने अनुमान

यस वर्षको विपद्‍मा २० लाख नागरिक प्रभावित हुने अनुमान

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
११, जेठ काठमाडौं । यसवर्षको प्रि–मनसुन सुरु भएसँगै मनसुन भित्रिने अवस्थामा पुगेको छ । यस वर्षको मनसुनबाट मुलुकमा चार लाख ५० हजार घरका २० लाख नागरिक प्रभावित हुने अनुमान गरिएको छ । मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबै विषयवस्तुको विश्लेषण गरी तयार पारेको प्रस्तावित मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ मा उक्त अनुमान गरिएको हो । प्रभावितमध्ये १० प्रतिशत मानिसलाई उद्धार र राहत गर्नुपर्ने अवस्था आउनसक्ने आँकलनसहितको कार्ययोजना निर्माण गरिएको प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिएका छन् । “हामीले अबको मनसुनमा २० लाख मानिस प्रभावित हुने आँकलन गरेका छौँ, देशका सबै प्रदेश प्रभावित हुने छन्, त्यही अनुसारका तयारी गर्न क्षेत्रगत रूपमा जिम्मेवारी समेत तोकिएको छ”, उनले भने, “मौज्दात सामग्री के ...
शौचालयमा लडेर भारतीय पर्यटकको मृत्यु

शौचालयमा लडेर भारतीय पर्यटकको मृत्यु

ताजा अपडेट, वातावरण, समाचार
११, जेठ काठमाडौं । मनकामना दर्शन गर्न आएका एक जना भारतीय पर्यटकको शौचालयमा लडेर मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका-४ स्थित मनकामना केबलकारको स्टेशनमा रहेको शौचालयमा लडेर गुजरात पालनपुरका ६२ वर्षीय मन्नुप्रसाद भट्टको आज मृत्यु भएको हो । मुग्लिनस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार शौचालयमा लडेर अचेत भेटिएका भट्टलाई उपचारार्थ इच्छाकामना आधारभूत अस्पताल कुरिनटार ल्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । शव परीक्षणका लागि भरतपुर अस्पतालतर्फ लगिएको छ ।...
अनलाइन पत्रकारको अध्यक्षमा शिव सत्याल निर्विरोध निर्वाचित

अनलाइन पत्रकारको अध्यक्षमा शिव सत्याल निर्विरोध निर्वाचित

ताजा अपडेट, वातावरण, समाचार
११, जेठ काठमाडौं । नेपाल पत्रकार महासङ्घको एसोसिएट संस्था अनलाइन पत्रकार सङ्घ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न सङ्घको १४ औँ वार्षिक साधारणसभाबाट वडापालिकामा आवद्ध सत्यालको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । सङ्घको उपाध्यक्षमा उकेरा डटकमकी प्रजु पन्त, सचिवमा विकासन्युजका सन्तोष रोकाया, कोषाध्यक्षमा इक्विटी नेपालका निर्दोष घोरसाइने साथै सदस्यहरूमा बाह्रखरीका कृष्ण लोत्थ्याल, कान्तिपुरकी पुष्पा केसी र हिमवतखण्ड डटकमका श्रीकृष्ण धिमाल चयन भएका छन् । सङ्घको १४ औँ साधारणसभामा संस्थापक अध्यक्ष केपी ढुङ्गाना नेतृत्वको निर्वाचन समितिले निर्विरोध निर्वाचित भएको नयाँ कार्यसमितिको घोषणा गरेको हो ।...
सामान्य प्रशासन मन्त्रालयमा कर्मचारीको धर्ना

सामान्य प्रशासन मन्त्रालयमा कर्मचारीको धर्ना

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
११, जेठ काठमाडौं । प्रस्तावित निजामती सेवा विधेयकमा रहेका केही व्यवस्थाप्रति असहमति जनाउँदै निजामती कर्मचारीहरू आन्दोलित भएका छन् । कर्मचारीहरूले वृत्ति विकास, सेवा सुविधा र अन्य प्रावधानमा असन्तुष्टि व्यक्त गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि विरोध गरेका हुन् । निजामती कर्मचारी युनियनका प्रतिनिधिहरूले विधेयकमा कर्मचारीहरूको वृत्ति विकासको विषय स्पष्ट नरहेको, सरुवा र बढुवामा अस्पष्टता रहेको र सेवा सुविधा कटौती गर्ने प्रावधान राखिएको भन्दै विरोधमा उत्रिएको बताए । नेपाल निजामती कर्मचारी ट्रेड युनियनका कार्यवाहक अध्यक्ष उत्तम कटुवालले पाँच वर्ष काम गरेको कर्मचारीको एक तह र दश वर्ष काम गरेको कर्मचारीको एक श्रेणी बढुवा हुनुपर्ने, शाखा अधिकृतले पाँच वर्षसम्म खुला प्रतिस्पर्धामा सहभागी हुन पाउने व्यवस्था कायम हुनुपर्ने, कर्मचारीको अन्तर प्रदेश सरुवा हुनुपर्ने लगायतका माग...
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
११, जेठ काठमाडौं । प्रतिनिधि सभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे समितिको बैठकमा बस्नेछ । आजको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदन माथि छलफल गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
एमालेबाट निर्वाचित बागमती प्रदेशका वडाध्यक्षहरुको भेला आजदेखि

एमालेबाट निर्वाचित बागमती प्रदेशका वडाध्यक्षहरुको भेला आजदेखि

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
११, जेठ काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश कमिटीले आज वडाध्यक्षहरुको भेला बोलाएको छ । भेलालाई प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विहान ११ बजे उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम छ । ललितपुरको गोदावरी स्थित होटल भ्यू भृकुटीमा आयोजित भेलामा बागमती प्रदेश अन्तर्गतका स्थानीय तहहरुमा एमालेबाट निर्वाचित ३५९ जना वडाध्यक्षहरुलाई बोलाइएको छ । भेला आज र भोलि दुई दिन सञ्चालन हुनेछ । निर्वाचित जनप्रतिनिधिको सबैभन्दा तल्लो निकायका रुपमा वडाध्यक्षहरुबाट एमाले र वर्तमान सरकारप्रति आम जनताको धारणा बुझ्दै उनीहरुमा भएका अस्पष्टता र भ्रम चिर्ने प्रयास स्वरुप भेला बोलाइएको बताइएको छ । बागमती प्रदेश इन्चार्ज डा।राजन भट्टराईले पार्टीको संगठन विस्तारका लागि जनताका अपेक्षाहरु संकलन गरेर त्यसअनुसार नीति तथा कार्यक्रम तय गर्नका लागि वडाध्यक्षहरुको भेला बोलाइएको जानकारी दिए ।...
सुनको मूल्य १४ सयले बढ्यो

सुनको मूल्य १४ सयले बढ्यो

अर्थतन्त्र, ताजा अपडेट, राजनीति, वातावरण, समाचार
११, जेठ काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ। तोलामा एक हजार ४ सय रुपैयाँले बढेर आज प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुनको मूल्य १ लाख ९० हजार ४ सय रुपैयाँमा कायम भएको थियो । यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार चाँदी तोलामा २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि सोही मूल्यका कायम भएको थियो ।...
एमालेका सबै जिल्ला कमिटीको अधिवेशन सम्पन्न

एमालेका सबै जिल्ला कमिटीको अधिवेशन सम्पन्न

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
११, जेठ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सबै जिल्ला कमिटीका अधिवेशन सम्पन्न गरेको छ । धनुषा जिल्ला कमिटीको अधिवेशन सम्पन्न भएसँगै सो पार्टका सबै जिल्लाका अधिवेशन सम्पन्न भएका हुन् । विसं २०८१ जेठ महिनाभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गर्नुपर्ने समय तोकिएको थियो । पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले धनुषामा अधिवेशन सम्पन्न भएसँगै सबै जिल्ला कमिटीको अधिवेशन सम्पन्न भएको जानकारी दिए । यही जेठ महिनाभित्र जनसङ्गठनको महाधिवेशन सम्पन्न गर्न निर्देशन दिइएको उनले बताए । निर्वाचन आयोग अध्यक्ष डा।सुब्बाका अनुसार अनेरास्ववियु, अखिल नेपाल महिला सङ्घ, नेपाल किसान महासङ्घ, नेपाल खेलकुद महासङ्घ, राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घलगायतको महाधिवेशन गर्न बाँकी रहेको छ । ठूला जनसङ्गठनको १५१ केन्द्रीय कमिटी र साना जनसङ्गनठको ९९ केन्द्रीय कमिटी बनाउन पार्टीले निर्देशन ...
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
११, जेठ काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु. ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु. ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु. ६५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु. ८०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु. ६०, आलु रातो प्रतिकिलो रु. ४०, आलु रातो (भारतीय) प्रतिकिलो रु. ३८, आलु रातो (मुडे) प्रतिकिलो रु. ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु. ५०, गाजर (तराई) प्रतिकिलो रु. ३०, बन्दा (लोकल) प्रतिकिलो रु. १८, काउली (स्थानीय) प्रतिकिलो रु. ३०, मूला रातो प्रतिकिलो रु. ३०, मूला सेतो (लोकल) प्रतिकिलो रु. १५, सेतो मूला .(हाइब्रिड) प्रतिकिलो रु. ३०, भन्टा लाम्चो प्रतिकिलो रु. ३०, भन्टा डल्लो प्रति...