११, जेठ काठमाडौं । नेकपा (एमाले) ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । बैठक एमाले केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा आज (आइतबार) दिउँसो २ बजे बस्नेछ ।
बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेटबारे छलफल हुनेछ। त्यस्तै पार्टीको सांगठनिक गतिविधि, सरकारको कामको समीक्षा र मूल्यांकन हुने एमालेले जनाएको छ।
जेष्ठ ११, २०८२, ०८:०८ मा प्रकाशितजेष्ठ ११, २०८२, ०८:०८ मा प्रकाशितजेष्ठ ११, २०८२, ०८:०८ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
११, जेठ काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।
सो प्रणालीको प्रभावले कोशी र मधेस प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । कर्णाली, लुम्बिनी, बागमती र कोशी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
बङ्गालको खाडीको उत्तर पश्चिमका केही क्षेत्र तथा दक्षिण पश्चिमका अधिकांश क्षेत्रहरूमा साथै भारतको केरला आसपासको क्षेत्र, मालदिभ्स, श्रीलङ्का लगायतका भूभागसम्म मनसुनको आगमन भएको र बङ्गालको खाडीबाट जमिनको भूभागतर्फ मनसुन अगाडि बढ्ने क्रममा रहेको छ ।
दिउसो कोशी, मधेस र बागमती प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा म...
जेष्ठ १०, २०८२, १७:१४ मा प्रकाशितजेष्ठ १०, २०८२, १७:१४ मा प्रकाशितजेष्ठ १०, २०८२, १७:१४ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
सीता पौडेल ( अर्चना)
१० जेठ,काठमाडौं । विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले नाट्यकर्मी एवम् साहित्यकार पुरु लम्साललाई सम्मान गरेको छ ।
प्रतिष्ठानले शनिबार वरिष्ठ संगीतकार एवम् लेखक बुलु मुकारुङको प्रमुख आतिथ्यतामा काठमाडौं स्थिति घट्टेकुलो विकास समाजको सभाहलमा ‘स्रष्टा सम्मान तथा सृजना बाचन समारोहको आयोजना गरेर नाट्यकर्मी लम्साललाई सम्मान गरेको हो ।
विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानका अध्यक्ष गोपीकृष्ण प्रसाइँले बहुप्रतिभाशाली लम्साललाई प्रतिष्ठानद्दारा ‘विश्व नेपाली ऋषि रंगमञ्च शीर्ष सम्मान एवं पुरस्कार—२०८१’ अर्पण गरेको बताउनुभयो । उहाँका अनुसार लम्साललाई ११ हजार १ सय ११ रुपैंयाँ नगद राशीसहित कदर पत्रले सम्मान गरिएको थियो ।
समारोहमा संस्थाका अध्यक्ष प्रसाइँले प्रतिष्ठानको एैतिहासिक पृष्ठभूमी केलाउनुका साथै संस्थाले नेपाली भाषा र साहित्यको श्रीबृद्धिका लागि स्थापना...
जेष्ठ १०, २०८२, १५:५४ मा प्रकाशितजेष्ठ १०, २०८२, १५:५४ मा प्रकाशितजेष्ठ १०, २०८२, १५:५४ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
१०, जेठ काठमाडौं । जेठ ११ र १२ गते सात वटै प्रदेशमा आयोजना हुने “संघीयता सबलीकरणमा राष्ट्रिय सभाको जिम्मेवारी, प्रदेश र स्थानीय तहसँग समन्वय र साझेदारी” विषयमा आयोजना हुने छलफलमा भाग लिन राष्ट्रियसभा सदस्यहरू आ–आफ्ना प्रदेशतर्फ प्रस्थान गरेका छन् ।
छलफलमा संघीयता कार्यान्वयन, वित्तीय संघीयता, सार्वजनिक सेवा र विकासका बारेमा विचार विमर्श हुने संसद् सचिवालयले जनाएको छ । कोशी प्रदेशमा हुने छलफलको संयोजन कृष्णप्रसाद सिटौला, मधेसमा मोहम्मद खालिद र बागमती प्रदेशमा गंगाकुमारी बेलबासेले गर्नेछन् ।
यसैगरी, गण्डकी प्रदेशका लागि कमलादेवी पन्त, लुम्बिनीका लागि गोपाल भट्टराई, कर्णालीमा मायाप्रसाद शर्मा र सुदूरपश्चिम प्रदेशका लागि मदनकुमारी शाहलाई संयोजकको जिम्मेवारी तोकिएको सचिवालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ । सम्बन्धित प्रदेशबाट निर्वाचित राष्ट्रियसभाका सबै सदस्य छलफलमा सहभागी हुनेछ ...
जेष्ठ १०, २०८२, १२:५९ मा प्रकाशितजेष्ठ १०, २०८२, १२:५९ मा प्रकाशितजेष्ठ १०, २०८२, १२:५९ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
१०, जेठ काठमाडौं । नागढुङ्गा–नौबिसे सडक आजदेखि हरेक दिन दिउँसो साढे ४ घण्टा बन्द हुने भएको छ ।
नारायणगढ– मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले आजदेखि यही जेठ २५ गतेसम्म बिहान १०:३० बजेदेखि अपराह्न ३ बजेसम्म उक्त सडक बन्द गरेर काम थालेको जनाएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौँ र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा उक्त निर्णय भएको जानकारी दिए।
आयोजनाले नागढुङ्गा–पिपलामोड खण्ड निर्माणका लागि सडक बन्द गर्नुपरेको बताएको छ । नारायणगढ मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले काठमाडौँबाट जाने सवारीसाधन नागढुङ्गामा र नौबिसेतर्फबाट काठमाडौँ आउने सवारीसाधन खानीखोलामा रोकिने जनाएको छ ।
प्रहरीले विकल्पमा धार्के–सीतापाइला तथा टोखा–छहरेत्रिशूलीगल्छी सडक प्रयोग गर्न अनुरोध गरेको छ ।
...
जेष्ठ १०, २०८२, ११:३५ मा प्रकाशितजेष्ठ १०, २०८२, ११:३५ मा प्रकाशितजेष्ठ १०, २०८२, ११:३५ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
१०, जेठ काठमाडौं । अविरल वर्षाका पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । शुक्रबार साँझदेखि परेको वर्षाका कारण करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा करिडोर अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाका अनुसार करिडोर अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारी साधन ठप्प भएको भएका छन् । मेसिन ल्याएर सडक खुलाउने प्रयास भएको प्रहरी निरीक्षक थापाको भनाइ छ ।
सडक अवरुद्ध हुँदा सदरमुकामसँग दक्षिण बागलुङको सिधा यातायात विच्छेद भएको छ । बागलुङ नगरपालिकाको विभिन्न स्थानसहित जैमिनीको छिस्ती, जैदी, अर्जेवा, बिनामारे लगायतका स्थानदेखि जिल्ला सदरमुकाम बागलुङ बजार आउने सावारी साधान ठप्प भएका छन् ।...
जेष्ठ १०, २०८२, ११:३१ मा प्रकाशितजेष्ठ १०, २०८२, ११:३१ मा प्रकाशितजेष्ठ १०, २०८२, ११:३१ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
१०, जेठ काठमाडौं । शुक्रबार रातिदेखि अवरुद्ध पुर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ ।
बर्दघाट नगरपालिका वडा नम्बर ४ खुर्सानी खोला नजिकै सडक भत्किएपछि सवारी साधन आवागमन बन्द भएको थियो ।
आज बिहान ७ बजेबाट भत्किएको सडक मर्मतको काम सुरु गरी १० बजेदेखि तत्कालका लागि एकतर्फी सडक सञ्चालनमा ल्याइएका इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक दीपेन्द्र वानियाले जानकारी दिए ।
...
जेष्ठ १०, २०८२, ११:२७ मा प्रकाशितजेष्ठ १०, २०८२, ११:२७ मा प्रकाशितजेष्ठ १०, २०८२, ११:२७ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
१०, जेठ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय र केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टी सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतले पनि थुनामै राख्ने आदेश सदर गरेपछि रास्वपाले बैठक बोलाएको हो ।
शुक्रवार राति बसेको केन्द्रीय सचिवालयको आकस्मिक भर्चुअल बैठकले सचिवालय र केन्द्रीय समितिको भर्चुअल बैठक बोलाउने निर्णय गरेको हो । सचिवालयको भर्चुअल बैठक दिउँसो ३ बजे र केन्द्रीय समितिको बैठक दिउँसो ४ बजे बस्नेछ ।
शनिबारको बैठकपछि आइतबार दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक बस्ने रास्वपाको निर्णय छ ।...
जेष्ठ १०, २०८२, ०६:४४ मा प्रकाशितजेष्ठ १०, २०८२, ०६:४४ मा प्रकाशितजेष्ठ १०, २०८२, ०६:४४ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
१०, जेठ काठमाडौं । आगामी पुसपछि नागढुंगा सुरूङमार्ग सञ्चालनमा आउने भएको छ । पहिलेकै गतिमा काम गर्ने वातावरण भएमा आगामी छ महिनाभित्र सुरूङमार्ग सञ्चालनमा आउने गरी तयारी गरिएको हो ।
कूल ९० प्रतिशत भौतिक प्रगति गरी हाल १० प्रतिशतको काम बाँकी रहेको नागढुंगा सुरूङमार्गमा उपकरणहरूको संयोजन चलिरहेको आयोजनाको परामर्शदाता संस्था निप्पन कोइका इञ्जिनियर रमेशप्रसाद कोइरालाले बताए ।
“अहिले उपकरणहरूको परीक्षण र समग्र सुरूङमार्गको कार्यमा त्यसलाई संयोजना सम्झौताअनुसार आगामी कात्तिकको पहिलो साता निर्माण सम्पन्न गरी सञ्चालक निकायलाई हस्तान्तरण गर्ने लक्ष्यमा छौँ,” इञ्जिनियर कोइरालाले भने, “अहिले उक्त सञ्चालक निकायको छनोटको प्रक्रिया अघि बढिरहेको छ र त्यो निकाय छनोट भएपछि पनि त्यसपछि तालिम लिनुपर्ने हुन्छ ।
त्यसमा पनि दुई महिना जति लाग्न सक्छ ।” उनका अनुसार आयोजनाले सुरूङमार्गको सुरक्षा, सहज आवागम...
जेष्ठ १०, २०८२, ०६:४० मा प्रकाशितजेष्ठ १०, २०८२, ०६:४० मा प्रकाशितजेष्ठ १०, २०८२, ०६:४० मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
१०, जेठ काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसकासाथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।
सो प्रणालीको प्रभावले कोशी, मधेस र बागमती प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको छ । बागमती प्रदेशको थोरै स्थानहरूमा तथा कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
बङ्गालको खाडीको उत्तर पश्चिमका केही क्षेत्र तथा दक्षिण पश्चिमका अधिकांश क्षेत्रहरूमा साथै मालदिभ्स, श्रीलङ्का लगायतका भूभागसम्म मनसुनको आगमन भएको र बङ्गालको खाडीबाट जमिनको भूभागतर्फ मनसुन अगाडि बढ्ने क्रममा रहेको छ ।
दिउसो सातै प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही एक–दुई स्थानमा चट्याङ्गसहित ...