Author: सगरमाथा प्रेस

नेपालप्रेसकर्मी नविनकाजीको स्वास्थ्यमा सुधार,भेन्टिलेटरबाट बाहिर निकालियो

ताजा अपडेट, समाचार, स्वास्थ्य
काठमाडौं । स्कुटर दुर्घटनामा गम्भीर घाइते भएका नेपालप्रेस डटकमका वरिष्ठ संवाददाता नविनकाजी राईको स्वास्थ्यमा सामान्य सुधार आएको छ । उपचारमा संलग्न काठमाडौं मेडिकल कलेजका चिकित्सकका अनुसार उनलाई भेन्टिलेटरबाट बाहिर निकालिएको छ ।उनको शनिबार करिब ६ घण्टा लगाएर टाउकोमा जमेको रगत निकाल्ने शल्यक्रिया सम्पन्न भएको थियो। अहिले नविनले श्वासप्रश्वास लिन, शरीरका अंगहरू चलाउन थालेको लेचिकित्सकले बताएका छन्।उपचारमा संलग्न चिकित्सकका अनुसार उनमा रक्त चाप निकै कम रहेकाले बढाउनका लागि औषधि चलाइएको छ। चिकित्सकले १४ दिनसम्म प्रत्यक्ष निगरानीमा राखेर हेर्ने बताएका छन्।नविन शनिबार बिहान दरबारमार्गको राइजिङ मलअगाडि सडक दुर्घटनामा परेका थिए ।उनलाई ट्रमा सेन्टरले केएमसीमा रिफर गरेको थियो ।...

सुन बढ्यो,चाँदी घट्यो

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौं ।आइतबार सुन प्रतितोला ४ सय रुपैयाँ बढेको छ ।तर,चाँदीको भाउ भने घटेको छ। शुक्रबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज आइतबार १ लाख ३७ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै अघिल्लो दिन प्रतितोला १ हजार ६७५ रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार १ हजार ६६० रुपैयाँमा झरेको महासंघको भनाई छ।...

शंखमुलको एक पसलमा आगलागी

ताजा अपडेट, समाचार
काठमाडौं । काठमाडौंको शंखमुलस्थित एक पसलमा आगलागी भएको छ । दोभानपुल नजिकैको एक पसलमा ग्यास पड्किएर आगलागी भएको प्रहरीले जनाएको छ । दमकलको सहायताले आगो निभाइएको छ।भने, आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

काठमाडौं महानगरले देशभरका अशक्त र गरिबलाई निःशुल्क स्वास्थ्य सेवा दिने

ताजा अपडेट, ब्यानर-२, समाचार, स्थानीय, स्वास्थ्य
काठमाडौं । काठमाडौं महानगरपालिकाले देशभरबाट आउने गरिब तथा अशक्त बिरामीको निःशुल्क उपचारको व्यवस्था गरेको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेपालका जुनसुकै स्थानीय तहको भए पनि अशक्त र गरिब नागरिकको उपचार निःशुल्क गर्ने सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन्।सो सेवा सुविधाका लागि बिरामी पक्षले आफ्नो स्थानीय तहबाट विपन्न तथा असहायको सिफारिस लिएर महानगरपालिकामा सम्पर्क गर्नु पर्ने उनको भनाई छ। मेयर बालेनले महानगरसँग ५२ वटा अस्पतालका ३७४ बेड रहेको र त्यहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुने उल्लेख गरेका छन् । ‘नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौं महानगर आउनुहोला,’ उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘हामीसँग ५२ अस्पतालका ३७४ बेड छन् ।जहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुनेछ।...

उदार आर्थिक नीतिप्रति नेपाल प्रतिबद्ध छ,लगानी गर्नुहोस् : प्रधानमन्त्री

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, पर्यटन, ब्यानर-१, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध भएको स्पष्ट पार्दै लगानीका लागि उपयुक्त ठाउँ भएको बताउनु भएको छ । नेपाल लगानी सम्मेलन २०२४ को पहिलो चरणमा उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा कानुनी,भौगोलिक एवं रणनीतिक तवरले लगानीका लागि उपयुक्त वातावरण भएको जिकिर गर्नुभयो।नेपाल उदार आर्थिक नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको भन्दै उहाँले लगानीकर्ता,उद्योगी,नवप्रवर्तक र व्यवसायीलाई सहज अवस्था सिर्जना गर्न नेपाल निरन्तर अगाडि बढेको स्पष्ट पार्नुभयो। लगानीको वातावरण सृजना गर्न विभिन्न कानुन समेत परिपार्जन गरिएको जानकारी गराउँदै उहाँले भन्नुभयो,“मलाई विश्वास छ,यसले नेपालमा लगानी गर्ने लगानीकर्ताको आत्मविश्वास बढाउँछ।” “नेपालले पर्यटन, कृषि, उत्पादन,सूचनाप्रविधि,गार्मेन्ट, कृषि प्रशोधन र पूर्वाधारलगायत उच्च मूल्यका बाली उ...

तेस्रो लगानी सम्मेलन आजदेखि सुरु हुँदै,कति परियोजना प्रस्तुत होलान् !

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
मीना घोरसाइने काठमाडौं ।तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आजदेखि काठमाडौंमा शुरु हुँदै छ । आज १६ गते पहिलो दिन उद्घाटन सत्र र भोलि १७ गते दोस्रो दिन गरी ११ वटा समानान्तर सत्र सञ्चालन हुँदै छन् । उद्घाटन सत्र र  विभिन्न सत्रमा हुने सो सम्मेलनमा ५५ भन्दा बढी देशका एक हजार छ सय(सोह्रसय) लगानीकर्ताले भाग लिने नेपाल लगानी बोर्डले जनाएको छ । लगानीका निम्ति प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरण सहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलन स्थलमा राखिने बा्ेर्डको भनाई छ।सम्मेलनमा लगानीका निम्ति रु नौ खर्ब बराबरका एक सय ५१ परियोजना प्रस्तुत गरिँदै छन् ।सम्मेलनका क्रममा लगानीकर्ताले प्रधानमन्त्री र अर्थमन्त्रीसँग साक्षात्कार गर्ने व्यवस्था मिलाइएको छ । देशको आर्थिक वृद्धिको वाहक निजी क्षेत्रलाई सहआयोजक बनाएर सरकारले सम्मेलन आयोजना गरेको  छ । उद्घाटन सत्रमा लगानी सम्मेलन निर्देशक अर्...

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

ताजा अपडेट, समाचार
कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना भएको छ । शनिबार साँझ ७ः३०बजे पोखरा महानगरपालिका–२५ हेमजाको भोटे क्याम्पमा ग१ख ९२९७ नम्बरको बस दुर्घटना हुँदा १९ जना यात्रु  घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त शर्माले जानकारी दिएका छन् । अनियन्त्रित भई दुर्घटना भएको उक्त बसमा ३६ जना यात्रु सवार रहेको प्रहरीको भनाइ छ।घाइतेलाई पोखराका विभिन्न अस्पतालमा उपचारका लागि लगिएको बताइएको छ ।भने, दुर्घटनाको थप विवरण आउन बाँकी  छ । “घाइतेलाई उद्धार गरी पोखराका विभिन्न अस्पतालमा पुर्याइएको छ । चालकलाई प्रहरीको नियन्त्रणमा लिएका छौँ, थप विवरण आउन बाँकी छ”, शर्माले भने । रिजर्भ गरेर तनहुँबाट बाग्लुङ गएको बस पोखरा हुँदै तनहुँ फर्किदै थियो ।...

आज यी स्थानमा वर्षको सम्भावना

ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने जनाएको छ ।आज कोशी,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहनुका साथै लुम्बिनी प्रदेश,मधेस प्रदेश र कोशी प्रदेशका केही स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको महाशाखाको भनाई छ। उता आज राति पनि कोशी,गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशको बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने र गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भा...

नागार्जुनको ठूलो भर्‍याङबाट नक्कली परीक्षार्थी पक्राउ

ताजा अपडेट, शिक्षा, समाचार
काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका,३ ठूलो भर्‍याङस्थित रेन्बो इन्टरनेसनल कलेजको परिक्षा सेन्टरबाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । नक्कली परीक्षार्थी बनेर कक्षा १२ को अंग्रेजी विषयको परीक्षा दिएको आरोपमा जाजरकोटको छेडागाड नगरपालिका,५ घर भई काठमाडौं बागबजार बस्दै आएका २३ वर्षीय आदेशजंग शाहीलाई प्रहरीले पक्राउ गरेको हो । शाहीले टंकबहादुर घर्तीको परीक्षा दिएको पाएपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले बताएका छन् । घर्तीको प्रवेश पत्रमा आफ्नो फोटो टाँस गरेर शाहीले परीक्षा हलमा प्रवेश गरेपछि बिहान सवा ८ बजे पक्राउ गरिएको उनको भनाई छ ।...

चाउचाउमा एसिड भ्यालु अधिक पाइएपछि चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार, स्वास्थ्य
काठमाडौं ।काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । महानगरको कृषि तथा पशुपन्छी विभागले गरेको गुणस्तर परीक्षणमा चाउचाउमा प्रयोग भएको एसिड भ्यालु अधिक रहेको पाइएपछि जरिवाना गराएको हो । काठमाडौं महानगरपालिकाको वडा नं. ६, सरस्वती नगरको किराना पसलबाट वैशाख २ गते जफत गरिएको चाउचाउको १५० ग्राम नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइएको थियो । महानगरले जरिवाना तोक्नुका साथै सो लटको उत्पादन बजारबाट फिर्ता लगी त्यसको प्रमाण समेत पेस गर्न निर्देशन दिएको छ । खाद्य प्राविधिकका अनुसार एसिड भ्यालु अधिक रहेनुको अर्थ तेलको गुणस्तर नभएको भन्ने बुझिन्छ ।  ...