Author: सगरमाथा प्रेस

उपनिर्वाचन अपडेट : इलाम २ मा एमालेको फराकिलो अग्रता

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
 इलाम । इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा निर्वाचनका लागि भएको उपनिर्वाचनमा ११ वटा वडाको मत गणना हुँदा एमालेका उम्मेदवारले २ हजार २८२ को फराकीलो मतान्तर बनाएका छन् । इलामको फाकफोक थुम गाउँपालिकाका सबै वडा र चुलाचुली गाँउपालिकाको १ ,२,३ र ४ नम्बर वडाको मत गनिसक्दा एमालेको मतान्तर बढ्दै गएको हो। वडा नम्बर ४ को मत गनिसक्दा एमालेका उम्मेदवार सहाङ नेम्वाङले ७६७७ मत पाएका छन्।भने,कांग्रेसका उम्मेदवार डम्बर खड्काले ५३९५ मत पाएका छन्।त्यस्तै चुलाचुलीमा भने पहिचान पक्षधरका उम्मेदवार डकेन्द्र सिंह थेगिमले ४हजार ५८ मत पाएका छन् ।यस्तै रास्वपाका उम्मेदवारले ११६२ मत प्राप्त गरेका छन्। हेर्नुस् कसको मत कति ?...

विद्यार्थी बोक्ने सवारीको गति निर्धारणबारे गृहमन्त्रीको चासो

ताजा अपडेट, राजनीति, शिक्षा, समाचार
काठमाडौं । गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई आग्रह गरेको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आइतबार भौतिक पूर्वाधार मन्त्रालयलाई पत्राचार गर्दै मातहतका निकायलाई आवश्यक निर्देशन दिन तथा समन्वय गरिदिन आग्रह गरेका छन् । गाडीको गति बढी हुँदा बालबालिकामा नकारात्मक असर पर्ने र दुर्घटनाको जोखिम हुने भन्दै सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ११५ अनुसार यातायात व्यवस्था विभागलाई गति निर्धारणबारे जिम्मेवार बन्न आग्रह गरेको हो । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मुलुकभर सञ्चालित सरकारी एवं निजी विद्यालयमा अध्ययनरत बालबालिका बोक्ने सवारी साधनको दुर्घटना न्यूनीकरण गर्न सवारी साधनहरूको गति निर्धारण गर्न आवश्यक देखिएको पत्रमा उल्लेख गरेका छन् ।...

गृह मन्त्रालय जान अनलाइनबाटै प्रवेश पास

ताजा अपडेट, ब्यानर-१, राजनीति, विचार, समाचार
काठमाडौं ।अबदेखि गृह मन्त्रालय प्रवेशका लागि अनलाइनबाटै पास पाइने भएको छ । गृह मन्त्रालयले हिजो आइतबार सूचना जारी गर्दै आज सोमबारदेखि अनलाइनबाटै प्रवेश पास पाइने जनाएको हो। मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सिंहदरबारपास डट जीओभी डट एनपी सर्च गरी क्यूआर कोडसहितको पास अनुरोध गर्नुपर्ने हुन्छ । मन्त्रालयबाट अनुरोध स्वीकृत भइसकेपछि मात्र ई–गेट पास जारी हुन्छ ।  ...

नेपाल पत्रकार महासंघ,उपत्यका प्रदेशको अधिवेशन सम्पन्न

जीवनशैली, ताजा अपडेट, ब्यानर-२, शिक्षा, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं ।नेपाल पत्रकार महासंघ,उपत्यका प्रदेश समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार उपत्यका प्रदेशका अध्यक्ष श्रिजन झाको अध्यक्षतामा भक्तपुरको मध्यपुर थिमिस्थित थिमि बैंक्वेटमा उक्त अधिवेशन सम्पन्न भएको हो । मध्यपुर नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ प्रमुख अतिथि रहेको अधिवेशनको उद्घाटन सत्रमा उप—मेयर विजय कृष्ण श्रेष्ठ,नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट,केन्द्रिय सदस्य शान्ताराम विडारी, नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष सूर्य सुवेदी,पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति लगायतको उपस्थिति रहेको थियो । यस्तै बागमति प्रदेशका अध्यक्ष शिवप्रसाद सिमखडा, प्रेस युनियनका अध्यक्ष नकुल अर्याल,प्रेस सेन्टरका अध्यक्ष विष्णु साप्कोटा ‘जुगल’,प्रेस चौतारी उपत्यका प्रदेशका इन्चार्ज हेमराज सिलवाल, श्रमजीवि पत्रकार संघमा अध्यक्ष जन्...

इलाम–२ मा एमालेका सुहाङको अग्रता

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
इलाम । इलाम–२ को उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाएका छन् । सुहाङले ३ हजार २४९ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई २ हजार ४६९ मत प्राप्त भएको छ । त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र लिम्बुले ७०३ मत प्राप्त गरेका छन् भने रास्वपाका मिलन लिम्बुले ४३४ मत प्राप्त गरेका छन् ।...

कोशी प्रदेश राष्ट्रिय महिला लिगमा छनोट

खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौं ।कोशी प्रदेश राष्ट्रिय महिला लिग फुटबलमा छनोट भएको छ ।सुर्खेतमा भइरहेको एन्फा महिला लिग छनोट प्रतियोगितामा आइतबार मधेश प्रदेशसँग गोलरहित बराबरी खेलेपनि कोशीले शीर्ष तीनमा रहने पक्का भएको छ । यसअघि लगातार चार खेल जितेको कोशीको यो पहिलो बराबरी हो । ५ खेलबाट कोशी १३ अंकसहित शीर्ष स्थानमा छ । कोशीले अब बागमती प्रदेशसँग खेल्न बाँकी छ ।सात प्रदेश सहभागि छनोट प्रतियोगिताबाट शीर्ष तीन टोली आसन्न राष्ट्रिय महिला लिगमा छनोट हुनेछन् । मधेशलाई शीर्ष तीनमा रहेर राष्ट्रिय लिगमा छनोट हुन अन्तिम खेल जित्नैपर्नेछ भने अन्य टोलीको नतिजा पनि कुर्नुपर्नेछ । सुदूर पश्चिम र कर्णाली प्रदेशले समान ९ अंक छ र दोस्रो र तेस्रो स्थानमा छ । दुवै टिमले समान चार खेल खेलेका छन् । अब आगामी मंगलबार कर्णाली र सुदूरपश्चिमबीच खेल हुँदैछ । यस खेलको विजेता शीर्ष तीनमा रहने पक्का हुनेछ । त्यसपछि कर्णालीले गण्डकी ...

बझाङमा एमाले उम्मेदवारको अग्रता कायमै, ६०८ मतले अगाडि

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं । बझाङ प्रदेश सभा १ ‘क’को मतगणनामा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता कायमै राखेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वीभन्दा उनि ६०८ मतले अगाडि छन् । भण्डारीले २८९० मत प्राप्त गरेका छन् ।भने, दोस्रो नम्बरमा रहेका नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले २२८२ मत प्राप्त गरेका छन् । यो संख्या ८०७२ सदर मतमध्येको हो । त्यस्तै गरि नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढा तेस्रो नम्बरमा छन् । उनले १७५३ मत प्राप्त गरेका छन् । एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले ९९९ र राप्रपाका उम्मेदवार किशोरकुमार खड्काले ६३ मत प्राप्त गरेका छन् ।...

काठमाडौंको टौदहमा विपद् अभ्यास मनसुन –२

जीवनशैली, ताजा अपडेट, फिचर, ब्यानर-१, साहित्य
काठमाडौं । काठमाडौंको टौदहमा विपद् अभ्यास मनसुन २को सम्पन्न गरिएको छ । मनसुनको सुरुवातसँगै हुने विपद्का घटनाहरुलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नं.९ पशुपतिनाथ बाहिनी बलम्बुले काठमाडौँको कीर्तिपुर नगरपालिका–६ टौदहमा विपद् प्रतिकार्य अभ्यास मनसुन–२ आज सम्पन्न गरेको छ। अभ्यासमा गृहमन्त्रालय,राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणलगायत विभिन्न सुरक्षा निकायका प्रतिनिधिहरु तथा स्थानीय जनप्रतिनिधिको सहभागिता थियो। सम्भावित विपद्का घटनामा प्रतिकार्यका लागि तयार रहन सुरक्षा फौजको क्षमता अभिवृद्धि गरी विपद्को समयमा हुनसक्ने क्षति न्यूनिकरणका लागि प्रभावकारी रुपमा सुरक्षा फौज परिचालन गर्न उक्त अभ्यास गरिएको हो। बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाले बताएका छन् । उनका अनुसार कार्यक्रममा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजहरुले स्थानीय...

इलाम–२ मा कांग्रेस–एमालेबीच प्रतिस्पर्धा,कांग्रेसले लियो अग्रता

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
इलाम । इलाम–२ को उपनिर्वाचनको मतगणनामा नेपाली कांग्रेस र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । फाकफोकथुम गाउँपालिकाको मतदान केन्द्रबाट सुरु भएको मतगणनाको पछिल्लो विवरणमा कांग्रेसका डम्बरबहादुर खड्काले ११४५ र एमालेका सुहाङ नेम्वाङले १०६३ मत पाएका छन् । त्यसपछि स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ३११ मत पाएका छन् ।भने ,राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले २०९ मत पाएका छन् । त्यस्तै राप्रपाका लक्ष्मी गुरुङले ४ मत पाएकी छन् । नेकपा एसका सम्मानित नेता झलनाथ खनाल चुनावी कमाण्डर बनेको इलाम २ को प्रारम्भिक मतगणनामा नेकपा एसका उम्मेदवारले भने शून्य मत पाएका छन् ।...

बझाङको सुरुवाती मतगणनामा एमालेको अग्रता

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
कैलाली । बझाङ छविस पाथिभरा गाउँपालिका वडा नम्बर १ र २ को मतगणनामा एमाले अग्रता बढाएको छ । नेकपा एमालेका दमन भण्डारीले ७५७ मत पाउँदा नेपाली काँग्रेसका अविशेक सिंहले ३८० मत पाएका छन् । त्यस्तै जनक बुढा (माओवादी)ले २२६,दिल बहादुर सिंह (समाजवादी)ले ११५ र किशोर खड्का(राप्रपा)ले ९ मत पाएका छन् । अहिले छविस पाथिभरा गाउँपालिका ३ र ४ को मत गणना भइरहेको बताइएको छ ।  ...