बालेनको फोटोसहितको पोष्टरमा डोजरछाप लिएका उम्मेदवारको मत कति ?
विराटनगर।काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फोटोसहितको पोष्टरमा डोजरछाप लिएर उम्मेदवार बनेका अर्जुन शाहीले हालसम्म २८ मत पाएका छन् ।
इलाम क्षेत्र नम्बर २ अन्तरगत पर्ने तीन वटा पालिकाको मतगणना सकिँदा उनले जम्मा २८ मत पाएका हुन् । उनले मेयर बालेनको चुनाव चिन्ह लौरो चुनाव चिन्ह माग गरेका थिए । तर निर्वाचन आयोगले उनलाई डोजर चुनाव चिन्ह दिएको थियो ।
बाँके कोहलपुरका शाही त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिमा स्नातकोत्तर गर्दै गरेका छन् । निर्वाचन हुनुभन्दा केही महिना अघिबाट इलाममा उनले चुनाव प्रचार प्रसार थालेका थिए ।...
