सूचना प्रविधिमा लगानी गर्न सञ्चारमन्त्रीको आह्वान
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रमा लगानीका लागि नेपाल उपयुक्त मुलुक रहेको भन्दै यसमा लगानी गरेर लाभ लिन लगानीकर्ताहरुलाई आह्वान गरेकी छिन्।
सोमबार काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनकामा मन्त्री शर्माले सूचना प्रविधि लगानीको उत्कृष्ट क्षेत्र’ विषयक सत्रलाई सम्बोधन गर्दै सूचना प्रविधि उद्योगमा लगानी गर्न नेपाली मात्र नभई विदेशी लगानीकर्ताका लागि पनि नेपाल उपयुक्त स्थल रहेको भन्दै आह्वान गरेकी हुन् ।
मन्त्री शर्माले संसारकै अग्लो हिमाली मुलुक नेपाललाई सूचना प्रविधिको अन्तर्राष्ट्रिय ‘हब’ बनाउन सरकारले दृढ सङ्कल्पि गरेको भन्दैमुनाफा आर्जनको वातावरण बनाएर लगानी र लगानीकर्ताको सुरक्षा गर्ने समेत बताइन । उनले भनिन्, ‘सूचना प्रविधि क्षेत्रको लगानीमार्फत हुने डिजिटल रूपान्तरण र समृद्धिको यो महाअभियानमा सहभागी हुन र यसबाट मनग्य लाभ लिन देश भित्र...
