ब्यानर-१

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्दै छ । महामन्त्री र पार्टी प्रवक्ताबाट मुकुल ढकाललाई बर्खास्त गरेपछि रास्वपा केन्द्रीय समितिको यो पहिलो बैठक हो ।  आज बिहान ११ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।...
यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं।मनसुनी प्रणालीको प्रभावलृे आज देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी,बागमती, गण्डकी,कर्णाली,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको। साथै कोशी,बागमती,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागलले जनाएको छ। आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ।कोशी,बागमती,गण्डकी,कर्णाली,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको।कोशी,बागमती,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज राति कोशी,बागमती,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थ...
दुर्घटनापछि बन्द भएको विमानस्थल खुल्यो

दुर्घटनापछि बन्द भएको विमानस्थल खुल्यो

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
काठमाडौं । सौर्य एयरको विमान दुर्घटना भएपछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । आज बिहान ११ बजे तिर काठमाडौंबाट पोखरा उड्न लागेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै दुर्घटना भएपछि उडान तथा अवतरण प्रभावित बनेको थियो । दुर्घटना भएको झण्डै दुई घन्टापछि सञ्चालनमा आएको सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए ।...
सौर्य एयरको जहाज दुर्घटना : एकै परिवारका तीन जनाको मृत्यु

सौर्य एयरको जहाज दुर्घटना : एकै परिवारका तीन जनाको मृत्यु

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं । सौर्य एयरलाइन्सको जहाजमा सवार एकै परिवारका तीन जनाको मृत्यु भएको छ । जहाजमा सवार मनुराज शर्मा, प्रिजा खतिवडा र अधिकार शर्माको मृत्यु भएको हो । मनुराज र प्रिजा श्रीमान–श्रीमती हुन् भने अधिकार उनीहरुका छोरा हुन् । प्रिजाका बुबा प्रकाश खतिवडाले ज्वाइँ मनुराज प्राविधिक भएको बताए ।
सौर्य एयरको जहाज दुर्घटना : १ जना घाइते,१८ जनाको मृत्यु

सौर्य एयरको जहाज दुर्घटना : १ जना घाइते,१८ जनाको मृत्यु

ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा जहाजमा सवार १ जनालाई जिवितै उद्धार गरिएको र बाँकी १८ जनाको मृत्यु भएको पुष्टि भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको छ । प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा १८ वटा शव संकलन गरिएको उल्लेख छ । ९ एन–एएमई सीआरजे २०० विमान आज बिहान काठमाडौंबाट पोखरा जाने क्रममा विमानस्थल परिसरभित्रै दुर्घटना भएको थियो । विमानमा चालक दलका सदस्यसहित १९ जना सवार थिए । विमानका क्याप्टेन मनिष शाक्यलाई घटना स्थलबाट उद्धार गरेर सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको जनाइएको छ ।  ...
इन्जिन परीक्षणका लागि पोखरा लगिंदै थियो जहाज

इन्जिन परीक्षणका लागि पोखरा लगिंदै थियो जहाज

ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त सो जहाजको इन्जिनको पूर्ण मर्मत (सी–चेक)का लागि पोखरा उडेको खुलेको छ । ९ एन–एएमई जहाजमा १९ जना सवार थिए ।उनीहरु सौर्यका इन्जिनियर तथा प्राविधिकहरु रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यो जहाज पोखरास्थित ह्यांगरमा एक महिना राखेर मर्मत गर्ने तयारी रहेको समेत खुलेको छ । जहाज बुधबार बिहान करिब ११ बजेतिर दुर्घटना भएको हो । जहाज उड्नेवित्तिकै विमानस्थलको धावनमार्गबाट उत्तर पूर्वतर्फ पर्ने नजिकैको क्षेत्रमा दुर्घटनाग्रस्त भएको जनाएको छ।  जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । विमानस्थलबाट हुने उडान–अवतरण सबै बन्द भएको विमानस्थल स्रोतले जनाएको छ  । सो जहाजमा १९ जना सवार भएको भनिए पनि २२ जना सवार भएको समेत सुन्नमा आएको छ ।सावार यात्रुको अवस्था कस्तो छ भन्ने आधिकारिक विवरण र जानकारी आउन बाँकी छ । ...
जहाज दुर्घटनास्थलबाट क्याप्टेनको उद्धार

जहाज दुर्घटनास्थलबाट क्याप्टेनको उद्धार

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं । सौर्य एअरलायन्सको जहाज दुर्घटनामा परेको स्थानबाट क्याप्टेनको उद्धार गरिएको छ । उद्धार गरिएका क्याप्टेन ३७ वर्षीय मनिष शाक्य रहेका छन् । उनलाई सिनामंगलको केएमसी अस्पतालमा उपचारका लागि पठाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा एसएसपी दिनेशराज मैनालीले जानकारी दिए । हालसम्म १९ जना यात्रुको उद्धार भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । थप विवरण आउन बाँकी रहेको छ ।...
बागमतीका नवनियुक्त मुख्यमन्त्रीको शपथ ग्रहण आज

बागमतीका नवनियुक्त मुख्यमन्त्रीको शपथ ग्रहण आज

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुर सिंह लामाको शपथ ग्रहण आज हुने भएको छ । आज बिहान ११ः११ बजे लामाको शपथ ग्रहण प्रदेश प्रमुख कार्यालय हेटौंडामा हुने भएको हो । मंगलबार साँझ ५ बजे प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका लामालाई एमाले २७ र कांग्रेसका ३७ गरी ६४ सांसदहरूको समर्थन रहेको छ । लामासहित १३ मन्त्रीको शपथ ग्रहण पनि आज नै हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।...
काठमाडौं उपत्यका पोलियोविरुद्धको खोप अभियान : जन्मिएदेखि पाँच वर्षसम्मका बालबालिकालाई घरमै पुगेर खुवाइँदै

काठमाडौं उपत्यका पोलियोविरुद्धको खोप अभियान : जन्मिएदेखि पाँच वर्षसम्मका बालबालिकालाई घरमै पुगेर खुवाइँदै

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, स्वास्थ्य
काठमाडौं । काठमाडौं उपत्यकामा आज बुधबारदेखि पोलियोविरुद्ध विशेष खोप अभियान सञ्चालन हुँदैछ। काठमाडौंमा ढल मिसिएको पानीमा ‘भ्याक्सिन डिराइभ्ड भाइरस’ देखिएपछि सरकारले काठमाडौं उपत्यकामा खोप अभियान सञ्चालन गर्न लागेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको खोप शाखाले जन्मिएदेखि पाँच वर्षसम्मका बालबालिकालाई घर–घरमै पुगेर शनिबारसम्म खोप दिने जनाएको छ।निययमित खोप लिएकाले पनि अभियानका बेला अनिवार्य खोप लिनुपर्ने शाखाको भनाइ छ। २६ मे २०२४ मा संकलन गरिएको टुकुचा र वाग्मती मिसिएको पानी परीक्षण गर्दा पोलियोको परिवर्तित भाइरस (भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप ३०) देखिएको हो। सरकारले सन् २०२६ सम्ममा नेपालबाट पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ।...
बागमतीको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त

बागमतीको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त भएका छन्। नेपाली कांग्रेस संसदीय दलको नेता लामालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। नेपालको संविधानको धारा १६८ ९२० अनुसार लामा मुख्यमन्त्रीमा नियुक्त भएका भएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ । लामालाई एमाले र कांग्रेसका ६४ सांसदको समर्थन रहेको छ ।...