ब्यानर-१

सोसल टुर्स एण्ड ट्राभलले शनिबार साइकल ¥याली गर्दै,विश्व साइकल यात्री महर्जन पनि काठमाडौं कोरा च्यालेन्जमा सहभागि हुँदै

सोसल टुर्स एण्ड ट्राभलले शनिबार साइकल ¥याली गर्दै,विश्व साइकल यात्री महर्जन पनि काठमाडौं कोरा च्यालेन्जमा सहभागि हुँदै

ताजा अपडेट, पर्यटन, ब्यानर-१, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं ।नेपालको पर्यापर्यटनको विकास र प्रवद्र्धनका लागि सामाजिक संस्था ‘ सोसल टुर्स एण्ड ट्राभल्स’ ले भोलि श्रावण ५ गते शनिबार वृहत साइकल ¥याली गर्ने भएको छ ।उक्त ¥यालीमा विश्व साइकल यात्री ज्ञान महर्जनले पनि सहभागिता जनाउने भएका छन् ।  विश्व साइकल यात्री एवं वल्ड साइकलिष्ट क्लब नेपालका सल्लाहकार महर्जनले सो साइकल ¥याली बिहान ७ बजे ललितपुरको पाटन दरबार स्क्वायरमा रहेको मंगलबजारबाट शुरु हुने र बौद्धको समता स्कुलसम्म गएर अन्त्य हुने जानकारी दिएका छन्। साथै उनले सो साइकल ¥याली ५० कि.मि.,७५ कि.मि.र १०० किलोमिटरमा हुने बताए । उनले बिहान ७ बजेदेखि शुरु भएको साइकल ¥याली दिउँसो ३ बजे बौद्दमा गएर टुङ्गिने र फेरि फर्किएर पाटनको नागबाहलमा आई औपचारिक कार्यक्रम सहित पुरस्कार तथा प्रमाणपत्र वितरण गरेर समापन गर्ने कार्यतालिका रहेको समेत सगरमाथाप्रेस डटकमलाई जानकारी दिए । ...
चुरे संरक्षणको माग गर्दै काठमाडौंमा प्रदर्शन

चुरे संरक्षणको माग गर्दै काठमाडौंमा प्रदर्शन

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं। तराई (मधेशमा चुरे संरक्षण र पानीको अभाव समस्या समाधान गर्न माग गर्दै माइतीघरदेखि बानेश्वरसम्‍म मधेशवासीहरू पुनस् प्रदर्शनमा उत्रिएको छ । शुक्रबार माइतीघरदेखि बानेश्वरसम्‍म उनीहरूले प्रदर्शन गरेका हुन् । उनीहरूको प्रदर्शनमा बृहत् नागरिक आन्दोलन पनि समर्थन जनाउँदै ब्‍यानरसहित सडकमा उत्रिएको छ ।‘सरकार पानी देऊ, वनलाई डढेलोमुक्त बनाऔ, भूमिविहीनका नाममा चुरे अतिक्रमण बन्द गर, खानीका खातिर रुख रोपौं’ लगायतका नाराहरू मधेशवासी र वृहत नागरिक आन्दोनलमा सहभागीहरूले नारा लगाइरहेका छन् । वैशाख १६ गतेदेखि पैदल हिंडेर मधेशको पानीको समस्याबारे सरकारलाई जानकारी गराउन र समस्या सम्बोधनका लागि दबाब दिन काठमाडौं आएका मधेशका विभिन्न जिल्लाका बासिन्दा करिब ३ महिनाअखि माइतीघरमा धर्ना बसिरहेका थिए ।...
गृहमन्त्री लेखक र अमेरिकी राजदूतबीच भेटवार्ता

गृहमन्त्री लेखक र अमेरिकी राजदूतबीच भेटवार्ता

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । गृहमन्त्री रमेश लेखक र नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनबीच शुक्रबार भेटवार्ता भएको छ। भेटमा अमेरिकी राजदूत डिनले गृहमन्त्री लेखकलाई नयाँ कार्यकालको बधाई तथा सुभकामना दिएका छन्। नयाँ सरकार गठन भएसँगै विभिन्न देशका राजदूतहरुले प्रधानमन्त्रीसहित मन्त्रीहरुलाई भेटेर बधाई तथा शुभकामना दिइरहेका छन् ।...
ट्रक सहचालकले त्रिशूलीमा हामफाले

ट्रक सहचालकले त्रिशूलीमा हामफाले

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट ज्वाङखोला नजिकबाट एक ट्रक सहचालकले त्रिशूलीमा हामफालेका छन् । शुक्रबार बिहान करिब ८ बजे मकवानपुरगढी गाउँपालिकाका ३२ वर्षीय वीरबहादुर योञ्जनले त्रिशूलीमा हामफालेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । उनी ना ६ ख ४९४७ नम्बरको ट्रकमा सहचालकको रूपमा काम गर्दै आएका छन् । प्रहरीले उनको खोजी भइरहेको र ट्रकका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।...
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं । सङ्घीय सांसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक सङ्घीय संसद् भवन बानेश्वरमा आज दिउँसो सवा १ बजे सुरु हुनेछ । बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयकहरू प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।...
आजको मौसम : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं । मनसुनी प्र(णालीको प्रभावलृे शुक्रबार देशभर आंशिक देखि साधारणतया बदली रही सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती ,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार राति देशभर आंशिक देखि साधारणतया बदली रही बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्...
देशको अहिलेको अवस्था बदल्नुपर्छ : प्रधानमन्त्री ओली

देशको अहिलेको अवस्था बदल्नुपर्छ : प्रधानमन्त्री ओली

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अहिलेको अवस्था बदल्नुपर्ने बताएका छन् । बिहीबार ६२ औँ इन्जिनियर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले देशको अवस्था अहिले राम्रो नभएको पनि बताए । देश प्रशंसा गर्न लायक भएपनि देशको अवस्था भने प्रशंसा गर्न लायक नभएको बताए । देशको इतिहास गौरवपूर्ण र प्रशंसा गर्न लायक भएको बताए । देशको भविष्य उज्वल रहेको भएपनि अहिलेको अवस्था भने सन्तोष मान्न र खुशी हुन सकिने नरहेको जानकारी दिए । समस्यामा छ । शरीरमा सन्चो छैन बिरामी छु भनेपछि यो हात चाहीँ ठिकै छ भन्ने कुरा हुन्छ र रु ज्वरो चाहीँ आएको छ तर हात चाहिँ ठिकै छ भन्ने कुरा हुन्छ र रु ज्वरो आएपछि त सबैतिर ज्वरो आउँछ नि । त्यसकारण देशको अवस्था राम्रो छैन’, उनले भने । उनले इन्जिनियरहरुले उच्च आत्मबल, उच्च मनोबलका र उच्च नैतिक बलका साथ देशको सेवा...
डेंगुको आशङ्का लागेमा ११८० मा फोन गर्न काठमाडौँ महानगरको आग्रह

डेंगुको आशङ्का लागेमा ११८० मा फोन गर्न काठमाडौँ महानगरको आग्रह

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार, स्वास्थ्य
काठमाडौंं । काठमाडौँ महानगरपालिकाले डेंगु लागेको आशङ्का लागेमा तत्काल ११८० मा सम्पर्क गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको छ । अहिले नियमित पानी परिरहेकाले डेङ्गी सङ्क्रमण बढ्न सक्ने भन्दै कामपाले उक्त रोग लागेको शङ्का लागे तत्काल ११८० मा फोन गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको हो । परामर्श सेवाका लागि कामपाले निःशुल्क ‘हटलाइन टेलिफोन ११८०’ चौबिसै घण्टा सञ्चालनमा ल्याइएको कामपाको डेंगुसम्बन्धी स्रोतव्यक्ति ९फोकलपर्सन० ऋषि भुसालले जानकारी दिए । उनले अकस्मात अस्पताल जानुपरे १०२ नम्बरमा सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स सेवा प्रयोग गर्न पनि नागरिकलाई आग्रह गरे । कामपाले उक्त सङ्क्रमण फैलन नदिन हरेक बुधबार र बिहीबार ६४ स्वास्थ्यकर्मी र पाँच सय ५८ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरी सचेतना अभियान अघि बढाइएको फोकलपर्सन भुसालले जानकारी दिए । “डेंगु सार्ने र महामारी फैलाउने सबै...
आइसिसी डिजिटल अवार्ड पाएकोमा प्रधानमन्त्रीद्वारा बधाई ज्ञापन

आइसिसी डिजिटल अवार्ड पाएकोमा प्रधानमन्त्रीद्वारा बधाई ज्ञापन

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’ मुलुकलाई प्राप्त भएकामा सम्पूर्ण नेपालीलाई बधाई दिएका छन् । इन्टरनेसनल क्रिकेट काउन्सिलले यस वर्षको आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड नेपाललाई प्रदान गर्ने घोषणा गरेको छ । “यस वर्षको आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड नेपालले पाएको छ, बधाई नेपाली”, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन् । नेपालले राम्रो क्रिकेट मात्र खेलेको नभई त्यति नै मात्रामा खेललाई पनि साथ दिएको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।“हामी राम्रो क्रिकेट खेलिरहेका छौँ, अनि त्यति नै मात्रामा खेललाई समर्थन गरिरहेका छौँ, यसका लागि नेपाली खेलाडी, क्रिकेट प्रशासन र विश्वभर छरिएका खेलप्रेमी नेपाली दर्शक पनि बधाईका हकदार छन्”, प्रधानमन्त्री ओलीको ‘फेसबुक पेज’मा लेखिएको छ ।...
पाँच संसदीय समितिका बैठक आज बस्दै

पाँच संसदीय समितिका बैठक आज बस्दै

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । आज संसदका विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दै छन् ।सङ्घीय संसद् सचिवालयका अनुसार आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, विकास, आर्थिक मामिला तथा सुशासन, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै छ । शिक्षा, स्वस्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधन कर्तासँग छलफल गर्ने कार्यसूची छ ।यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक साढे ११ बजे सिंहदरबारमा बस्ने छ । बैठकमा सुर्ती, खैनी तथा गुट्खा उद्योगको पुँजी तथा क्षमता वृद्धिको सम्बन्धमा छलफल हुनेछ । यस्तै, झापा, सुनसरी र मोरङको स्थलगत अनुगमनको प्रतिवेदनमाथि छलफल, चिनी उद्योग तथा उखु किसानहरूका समस्या समाधान सुझाव उपसमितिको प्रतिवे...