ब्यानर-१

प्रजातन्त्र दिवस तीन दिन मनाउने सरकारको निर्णय

प्रजातन्त्र दिवस तीन दिन मनाउने सरकारको निर्णय

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
२२ माघ,काठमाडौं ।सरकारले यस वर्ष तीन दिनसम्म प्रजातन्त्र दिवस मनाउने भएको छ । २००७ साल फागुन ७ गते नेपालमा राणा शासनको अन्त्य गरी पहिलोपल्ट प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा सरकारले आउँदो फागुन ६, ७ र ८ गते यो दिवस मनाउने निर्णय गरेको हो । आज बिहिबार प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले सो निर्णय गरि यसका लागि मूल समारोह समिति पनि गठन गरेको छ । प्रधानमन्त्री अध्यक्ष रहने समितिमा गृह मन्त्रालयका सचिव सदस्य–सचिव छन् ।भने,नेपाल सरकारका मन्त्रीहरू, उपत्यकाका सबै नगरपालिकाका प्रमुखहरू,नेपाल सरकारका मुख्य सचिव,प्रधान सेनापति,नेपाल सरकारका सचिवहरू,नेपाल प्रहरी,सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू सदस्य छन् । मूल समारोहको कार्यक्रम काठमाडौँको सैनिक मञ्चमा गरिनेछ ।...
निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने अनुमान छ,चुनाव सर्दैन : प्रधानमन्त्री

निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने अनुमान छ,चुनाव सर्दैन : प्रधानमन्त्री

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२१ माघ,काठमाडौं ।प्रधानमन्त्री सुशीला कार्कीले यस पटकको निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने अनुमान गरिएको बताएकी छन् । राष्ट्रिय सेवा दलको कार्यक्रममा सहभागी हुन मंगलबार नवलपुर पुगेकी प्रधानमन्त्री कार्कीले पत्रकारहरुसँगको कुराकानीमा यसबारे जानकारी दिएकी हुन् । पूर्वनिर्धारित समयमै निर्वाचन सम्पन्न गराउन सरकार क्रियाशील रहेको भन्दै उनले चुनाव सर्ने हल्लाबारेको भ्रममा नपर्न पनि सबै मतदाताहरुलाई आग्रह गरेकी छन् । उनले निर्वाचन स्वच्छ,निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्न पनि सबैलाई आग्रह गरेकी छन् । कहीँ कतै केही कारणले निर्वाचन रोकिएमा दोस्रो चरणमा भएपनि निर्वाचन सम्पन्न गराउने तथा हिमाली जिल्लाहरुमा चिसोका कारण केही जटिलता आए सवारी साधन प्रयोग हुनसक्ने स्थानमा मानिसहरु ओसारेर भए पनि निर्वाचन गराउने प्रधानमन्त्री कार्कीको स्पष्टोक्ती छ । प्रधानमन्त्री...
आज विश्व क्यान्सर दिवस : विश्वमा हरेक वर्ष १० लाखको मृत्यु

आज विश्व क्यान्सर दिवस : विश्वमा हरेक वर्ष १० लाखको मृत्यु

जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार, स्वास्थ्य
२१ माघ,काठमाडौं ।आज विश्व क्यान्सर दिवस हो ।क्यान्सर रोगप्रति चेतना अभिवृद्धि गर्ने,यसको रोकथाम,समयमै पहिचान र उपचारमा जोड दिने उद्देश्यका साथ हरेक वर्ष फेब्रुअरी ४ का दिन विश्वभर ‘विश्व क्यान्सर दिवस’ विविध चेतनामूलक कार्यक्रमहरु गरि मनाउने गरिन्छ । सन् २००० मा फ्रान्सको पेरिसमा आयोजित ‘नयाँ सहस्राब्दीका लागि क्यान्सरविरुद्ध विश्व शिखर सम्मेलन’बाट पारित ‘चार्टर अफ पेरिस अगेन्स्ट क्यान्सर’ पछि यो दिवस चेतनामूलक कार्यक्रमका साथ मनाउन थालिएको हो । विश्व स्वास्थ्य सङ्ठन (डब्ल्यूएचओ)का अनुसार हरेक वर्ष करिब १० लाख मानिसको क्यान्सरका कारण मृत्यु हुने गरेएको छ । धूमपान,तमाखु सेवन,अस्वस्थ जीवनशैली यो रोगका प्रमुख कारण हुन् । अन्य कारणमा एचआइभीरएड्स, हेपाटाइटिस बी,एचपिभी भाइरस, एच पाइलोरी आदि रहेका छन्।विकिरण उत्पन्न हुने क्षेत्रमा काम गर्ने,रंग्याउने रसायन,एसबेस्टस तथा प्रदूषित वातावरण प...
सामाजिक सञ्जाल सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय

सामाजिक सञ्जाल सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय

ब्यानर-१, समाचार
२१ माघ, काठमाडौं ।सरकारले सामाजिक सञ्जाल सम्बन्धी विधेयक २०८१ संघीय संसदबाट फिर्ता लिन स्वीकृत प्रदान गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक संसद्‌बाट फिर्ता लिन स्वीकृत प्रदान गर्ने निर्णय गरेको हो । प्रस्तावित विधेयक सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित,मर्यादित र सुरक्षित बनाउने उद्धेश्यले ल्याइएको तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले स्पष्ट पारेका थिए। तत्कालीन सञ्चारमन्त्री गुरुङले विधेयकमै भनेका थिए,‘सामाजिक सञ्जालको सही र व्यवस्थित प्रयोग गरी सामाजिक सद्भाव,सांस्कृतिक सहिष्णुता र सुशासन प्रवर्द्धन गर्न सामाजिक सञ्जालका प्लेटफर्म सञ्चालक र प्रयोगकर्तालाई जिम्मेवार तथा जवाफदेही बनाई सामाजिक सञ्जालको सञ्चालन र प्रयोगलाई मर्यादित,सुरक्षित र व्यवस्थित गर्ने तथा नियमन गर्ने सम्बन्धमा कानून निर्माण गर्न आवश्यक भएकोले सामाजिक सञ्जालको सञ्च...
सुन तोलामा ३७ सयले बढ्यो

सुन तोलामा ३७ सयले बढ्यो

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
२० माघ,काठमाडौं ।नेपाली बजारमा सुनको भाउ फेरि बढेको छ। तीन दिन निरन्तर घटिरहेको सुनको भाउ आज मंगलबार तोलामा ३ हजार ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार सुनको भाउ प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँ कायम छ। आइतबारको तुलनामा हिजो सोमबार सुन प्रतितोला १३ हजार ४ सय रुपैयाँले घटेर २ लाख ८६ हजार ६ सय रुपैयाँ कायम थियो। आज चाँदीको भाउ पनि बढेको छ ।चाँदी प्रतितोला १ सय ३५ रुपैयाँले बढेर ५ हजार ३ सय ३५ रुपैयाँ कायम छ । सोमबार चाँदी ५ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो।...
तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावितको मुआब्जा निर्धारण

तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावितको मुआब्जा निर्धारण

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
२० माघ,दमौली (तनहुँ) ।ऋषिङ गाउँपालिका –१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित १० घरपरिवारको मुआब्जा निर्धारण गरिएको छ। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा हालै बसेको मुआब्जा निर्धारण समितिको बैठकले लोक्पा, धारापानी, धोक्लाक,बुल्साट र झापुटार क्षेत्रमा आयोजना निर्माणका क्रममा भएको क्षतिका आधारमा मुआब्जा निर्धारण गरिएको आयोजनाले जनाएको छ। यस्तै,समितिको स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा व्यास नगरपालिका–१४ सोेढेमा दमौली भरतपुर प्रसारण लाइनअन्तर्गत टावरको रिटेनिङ वाल निर्माणका क्रममा क्षति पुगेका सुन्तलाका बोटको क्षतिपूर्ति निर्धारण गरिएको छ । साथै बैठकबाट आयोजनाको जलाशय तथा बफर जोनको सीमाङ्कनभित्र लामो समयदेखि खेती, उपयोग, बसोबास भई आएका ऐलानी जग्गासम्बन्धी स्थलगत अध्ययन तथा सर्वेक्षण गर्ने विषयमा समेत छलफल भएको थियो । आयोजनाको प्याकेज–१ अ...
संसद्‌मा पहिलोपटक प्रधानमन्त्रीको सम्बोधन

संसद्‌मा पहिलोपटक प्रधानमन्त्रीको सम्बोधन

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१९ माघ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पहिलोपटक संघीय संसद्को राष्ट्रिय सभामा सम्बोधन गरेकी छिन् । आज सोमबार उनले पहिलोपटक संसद्लाई सम्बोधन गरेकी हुन् । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी कार्कीले आफूलाई परिस्थितिले प्रधानमन्त्री बन्ने अवसर दिएको पनि जिकिर गरिन् । यस्तो छ उनको सम्बोधन :- सम्माननीय अध्यक्षज्यू, २०८२ भदौ २३ र २४ गते जेनजी युवाहरुको अगुवाइमा भएको आन्दोलनका जगमा गठित अन्तरिम सरकारको प्रधानमन्त्रीको हैसियतले मैले पहिलोपटक राष्ट्रिय सभाको यस गरिमामय बैठकमा उपस्थित भई केही कुरा राख्न पाउँदा मलाई एउटा ऐतिहासिक मोडको साक्षीका रूपमा गम्भीर जिम्मेवारी बोध भएको छ। हालै सम्पन्न राष्ट्रिय सभाको निर्वाचनबाट निर्वाचित हुनुभएका सम्पूर्ण सदस्यज्यूहरुलाई बधाईसहित उपलब्धिमूलक कार्यकालका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । त्यस्तै आफ्नो कार्यकाल पूरा...
आजको मौसम : हिमाली भू‍–भागका केही स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना

आजको मौसम : हिमाली भू‍–भागका केही स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१९ माघ,काठमाडौं ।मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ। एकदुई स्थानमा हल्का हिमपात र वर्षा भइरहेको छ साथै कोशी र मधेश प्रदेशमा आंशिक बादल लागेको छ। आज तराई भू–भागका केही स्थानमा हुस्सुरकुहिरो रहिरहनेछ। देशका हिमाली भू‍–भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्ने महाशाखाको भनाई छ। देशका हिमाली भू‍–भागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।...
निर्वाचन सुरक्षाका लागि प्रहरीले माग्यो सेनासँग हतियार सापटी

निर्वाचन सुरक्षाका लागि प्रहरीले माग्यो सेनासँग हतियार सापटी

ताजा अपडेट, ब्यानर-१, समाचार
१८ माघ, काठमाडौं । प्रतिनिधि सभा निर्वाचनका लागि नेपाल प्रहरीले नेपाली सेनासँग साना हतियार (पेस्तोल) सापटी मागेको छ । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन सुरक्षाका लागि आफ्ना हतियार अपुग भएको भन्दै नेपाल प्रहरीले सेनासँग पेस्तोल सापटी मागेको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार करिब ३ हजार पेस्तोल सापटी माग गरिएको छ । प्रहरीले यसअघिका निर्वाचनमा पनि सेनासँग हतियार सापटी मागेर चलाउँदै आएको छ । यो पटक पनि हतियार अपुग भएपछि सापटी माग गरिएको कार्यालयको भनाइ छ ।  ...
सुनको मूल्यमा उच्च गिरावट,कति भयो तोलाको ?

सुनको मूल्यमा उच्च गिरावट,कति भयो तोलाको ?

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
१८ माघ,काठमाडौं ।नेपाली बजारमा दिनहुँ नयाँ रेकर्ड राखेको सुनको भाउ ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा १८ हजार ८ सय रुपैयाँले घटेको हो । सुनको भाउ आज प्रतितोला ३ लाख रुपैयाँ कायम छ ।शुक्रबार प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार सुनको भाउ प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको भाउ पनि आज तोलामा १५ सय ६५ रुपैयाँले घटेको छ । आइतबार चाँदीको भाउ तोलामा ५ हजार ५ सय रुपैयाँ कायम भएको  थियो । शुक्रबार चाँदीको भाउ तोलामा ७ हजार ६५ रुपैयाँ थियो ।...