ब्यानर-१

नेपाल आयल निगमको नाफा नौ अर्ब ५० करोड

नेपाल आयल निगमको नाफा नौ अर्ब ५० करोड

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
३०, चैत काठमाडों । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा रु नौ अर्ब ५५ करोड नाफा आर्जन गरेको छ । निगमको आज आयोजित ४३औँ वार्षिक साधारणसभामा सो जानकारी दिइएको हो । निगमले गत आवमा रु तीन खर्ब ५६ अर्ब ७२ करोडको पेट्रोलियम पदार्थ आयात गरेकामा रु तीन खर्ब ६४ अर्ब ५२ करोड बराबरको पेट्रोलियम पदार्थ बिक्री गरेको थियो । निगमले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा रु तीन खर्ब ८३ अर्बको पेट्रोलियम पदार्थ बिक्री गरेको जनाएको छ । पेट्रोलियम पदार्थको आयात र बिक्रीवितरणमा एकाधिकार रहेको निगमले मुलुकभर पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाउँदै आइरहेको छ ।...
बालाजु बाईसधारा (ल्हुती पुन्ही) मेलामा भक्तजनहरुको बिहानैदेखि भीड

बालाजु बाईसधारा (ल्हुती पुन्ही) मेलामा भक्तजनहरुको बिहानैदेखि भीड

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
३०, चैत काठमाडौं । काठमाडौंको बालाजु बाइसधारामा (ल्हुती पुन्ही) मेलामा आज बिहानदेखि श्रद्दालु भक्तजनहरुको भीड लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ मेला लाग्दै आएको छ ।    बालाजु बाइसधारा मेला बालाजु बाइसधारा (ल्हुति पुन्ही) मेला भर्नका लागि बिहानैदेखि बालाजु बाइसधारामा भक्तजनको घुइँचो लागेको बताएको छ । बाइसधारामा स्नान गरे मुक्तिनाथ तथा गोसाइँकुण्डमा स्नान गरेबराबरको पुण्य प्राप्त हुने जनविश्वास छ । भक्तजनलाई स्नान गर्न सहज होस् भन्ने उद्देश्यले २२ वटै धाराबाट जल प्रवाहको व्यवस्था मिलाइएको छ ।...
दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति

दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२९, चैत काठमाडौं । तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईँलाई १२ दिन हिरासत राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रसाईँसँगै पक्राउ परेका उनका बडीगार्ड दीपक खड्कालाई पनि प्रहरीले १२ दिनकै म्याद मागेको छ । प्रसाईँलाई प्रहरीले कम्तीमा १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि माग गरेको थियो । सोही अनुसार ढकालको इजलासले म्याद थपको अनुमति दिएको हो ।...
दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो

दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२९, चैत काठमाडौं । तीनकुनेको हिंसात्मक घटनापछि फरार भएका दुर्गा प्रसाईंलाई भारतबाट नियन्त्रणमा लिएर आज काठमाडौं ल्याइएको छ । उनलाई आसामको गुवाहाटीबाट झापा हुँदै विमानमार्फत् काठमाडौं ल्याइएको हो । उनलाई काठमाडौं जिल्ला प्रहरी परिसरमा ल्याइएको छ। जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा बिहान केहीबेर राखेर उनलाई चन्द्रगढी विमानस्थल पुर्‍याइएको थियो । जिल्ला प्रहरी कार्यालयबाट विमानस्थलसम्म पुर्‍याउँदा उनलाई हतकडी लगाइएको थियो । विमानमा चढाइसकेपछि भने उनको हतकडी खोलिएको थियो । काठमाडौं ओर्लिएपछि पुनः हतकडी लगाइएको थियो । अहिले उनलाई जिल्ला प्रहरी परिसर लगिएको छ ।...
वनस्पति क्षेत्रको थप विकास र व्यवस्थापन गर्न जरुरी छ : वनमन्त्री ठकुरी

वनस्पति क्षेत्रको थप विकास र व्यवस्थापन गर्न जरुरी छ : वनमन्त्री ठकुरी

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२९, चैत काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालको वनस्पति क्षेत्रको अध्ययन र अनुसन्धान गरी थप व्यवस्थित गर्नुपर्नेमा जोड दिएका छन् । वनस्पति विभागको ६५ औँ वार्षिकोत्सव तथा २६ औँ वनस्पति दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वमै नपाइने वनस्पतिहरू नेपालमा रहेको भन्दै यसको संरक्षण गर्नुपर्नेमा जोड दिएका हुन् । उनले नेपालले विभिन्न प्रजाति, हावा, प्राकृतिक श्रोत, भू बनावटले आफ्नै पहिचान बनाएको बताए । उनले नेपालमा रहेका वनस्पतिहरूको अध्ययन र अनुसन्धान गरेर थप व्यवस्थित र विकास गर्न सके देशको समृद्धिका लागि महत्त्वपूर्ण साबित हुने जिकिर गरे । मन्त्री ठकुरीले भने, ‘नेपाल विभिन्न प्रजातिहरू, हाम्रो यो अत्यन्तै हाम्रो हावा, प्राकृतिक श्रोत, भू बनावट, नेपालको आफ्नै किसिमको पहिचान, भू बनावट, नेपाल अनेक प्रजातिका फूलहरू, वनस्पतिहरू रहेको देश नेपाल ...
आजको मौसम : देशभर हल्कदेखि मध्यम वर्षाको सम्भावना

आजको मौसम : देशभर हल्कदेखि मध्यम वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२९, चैत काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । उक्त प्रणालीको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदलीको अवस्था रहेको छ। कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । आज दिउसो सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेस प्रदेश बाहेक अन्य ६ प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रही हल्का हिमपातको समेत सम्भावना रहेको छ । सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षा र देशको उच्च पहाडी तथा हिमाली भूभागका हिमपातको सम्भावना रहेको कारण स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।...
बालाजु बाइसधारा मेलाको तयारी पुरा,चिटिक्क प¥यो बालाजु बाइसधारा क्षेत्र

बालाजु बाइसधारा मेलाको तयारी पुरा,चिटिक्क प¥यो बालाजु बाइसधारा क्षेत्र

जीवनशैली, ताजा अपडेट, पर्यटन, ब्यानर-१, समाचार, स्थानीय
सीता पौडेल (अर्चना)२८ चैत्र,काठमाडौं ।हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाको दिन लाग्ने बालाजु बाइसधारा (ल्हुती पुन्ही) मेलाको तयारी पुरा भएको छ ।यस अवसरमा बालाजु बाइसधारा परिसर सरसफाई,रंगरोगन र सजावट गरि चिटिक्क पारिएको छ । बालाजु बाइसधारा (ल्हुती पुन्ही) मेला व्यवस्थापन समितिले आज बिहिबार बाइसधारा परिसरमा पत्रकार सम्मेलन गरेर पर्सि ३० गते शनिबार,चैत्र शुक्ल पूर्णिमाको दिन लाग्ने बालाजु बाइसधारा मेला व्यवस्थापनको सम्पुर्ण तयारी पूरा भएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा समितिका संयोजक प्रकाश बलामीले काठमाडौं महानगरपालिका वडा नं १६ को बालाजुमा रहेको बाइसधारा धार्मिक,सांस्कृतिक,पर्यटकीय एवम् ऐतिहासिक दृष्टिकोणले समेत महत्त्वपूर्ण रहेको बताए। उनले बालाजु बाइसधारालाई नेवार समुदायले ल्हुती पुन्ही मेलाका रुपमा मान्दै आएको पनि उल्लेख गरे । वि.सं. १८१२ तिर (नेपाल संवत् ८७५ ) मा कान्तिप...
काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा वर्षा

काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा वर्षा

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२७, चैत काठमाडौ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अहिले काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भइरहेको बताएको छ । महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार अहिले काठमाडौँ उपत्यकाको त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थल क्षेत्र र ललितपुरको फुलचोकी आसपासको क्षेत्रमा वर्षा भइरहेको छ । यसैगरी, कोशी प्रदेशको झापा, सुनसरी, सोलुखुम्बु क्षेत्रमा वर्षा भइरहेको छ ।उनका अनुसार खासगरी, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको लमजुङ क्षेत्रमा मेघ गर्जनसहित वर्षा भइरहेको छ । उनले यो वर्षा केही बेरमा रोकिने सम्भावना रहे पनि बिहीबार र शुक्रबारसम्म नै वर्षाको सम्भावना रहेको जानकारी दिए ।  ...
ऊर्जा क्षेत्रको विकासबाट नै मुलुक समृद्ध बन्छ : ऊर्जामन्त्री खड्का

ऊर्जा क्षेत्रको विकासबाट नै मुलुक समृद्ध बन्छ : ऊर्जामन्त्री खड्का

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२७, चैत काठमाडों । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको विकासले मुलुक समृद्ध बन्ने बताएका छन् । बुधबार सान्जेन खोला हाइड्रोपावर परियोजनाको शुभारम्भ गदै उनले यस्तो बताएका हुन् । उनले १० वर्ष भित्रमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सरकारले कामहरू अघि बढाइरहेको बताए । उनले दुई ठुला छिमेकी देशहरूसँग काँधमा काँध जोडेर अघि बढ्दै नेपालको ऊर्जा क्षेत्रको विकास गर्ने भनाइ व्यक्त गरे । मन्त्री खड्काले पछिल्लो समय जलविद्युत् क्षेत्रमा स्वदेशी तथा विदेशी सहयोग बढिरहेको भन्दै खुसी प्रकट गर्नुभयो । विद्युत् क्षेत्रमा लगानी गरेर मात्रै आर्थिक समृद्धि आउँछ भन्ने महसुस गरेर सबैले लगानी बढाइरहेको बताए । उनले अहिले ऊर्जा क्षेत्रले छिमेकीहरूको बिचमा सम्बन्ध प्रगाढ बनाएको जिकिर गरे । १० वर्ष भित्रमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको ...
पोखरामा सवा अर्ब लगानीमा टेम्पल बेल बुटिक होटल

पोखरामा सवा अर्ब लगानीमा टेम्पल बेल बुटिक होटल

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२७, चैत काठमाडौं । पर्यटन राजधानी पोखराको लेकसाइडमा रु. एक अर्ब २५ करोड लगानीमा ‘टेम्पल बेल बुटिक होटल एण्ड स्पा प्रालि’ सञ्चालनमा आएको छ । पर्यटन व्यवसायी विश्वराज पौडेल र भीष्मराज पौडेल नेतृत्वको चिल्ली ग्रुपले होटल सञ्चालनमा ल्याएको हो । नेपाली मौलिकता र अन्तर्राष्ट्रिय स्तरको सुविधासहितको होटल ‘बुटिक’ अवधारणामा निर्माण गरिएको होटलका अध्यक्ष विश्वराज पौडेलले जानकारी दिए। पोखराको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र आतिथ्य परम्परालाई समेट्दै ‘टेम्पल बेल बुटिक होटल’ सञ्चालनमा ल्याइएको उनले उल्लेख गरे । होटलमा नेपाली काष्ठकला, ढुंगा, ढाका, थान्का, झुमर तथा पेन्टिङले सजाइएको छ । पर्यावरणमैत्री शैलीमा सजाइएको कोठा, करिडोर र खुला क्षेत्रले आगन्तुकलाई आत्मियता र मौलिकता प्रदान गर्ने विश्वास लिइएको छ । करिब साढे दुई रोपनी क्षेत्रफलमा निर्माण भएको होटलमा दुई वटा इन्टरकनेक्टेड ब्लकह...