ब्यानर-१

आजदेखि भ्यालेन्टाइन सप्ताह सुरु : आज रोज डे

आजदेखि भ्यालेन्टाइन सप्ताह सुरु : आज रोज डे

ताजा अपडेट, ब्यानर-१, समाचार
२४ माघ,काठमाडौं।प्रेमील जोडीहरुले रोमन राजा क्लाउडियस द्वितीयको शासनकालमा,सेन्ट भ्यालेन्टाइनले प्रेम र विवाहलाई प्रवर्द्धन गर्न कडा संघर्ष गरेको सम्झनामा १४ फेब्रुअरीको दिनलाई भ्यालेन्टाइन डेको रुपमा मनाइँदै आएका छन् । यसलाई प्रेमी–प्रमीकाले प्रेम व्यक्त गर्ने दिनको रुपमा लिने गरेका छन् । उनीहरुले यसलाई हप्ताभरि उत्सवको रुपमा मनाउने गरेका छन् ।यस मान्यतानुसार आज फेब्रुअरी ७ बाट भ्यालेन्टाइन सप्ताहमा रोज डे सुरु भएको छ ।भ्यालेन्टाइन सप्ताहमा प्रेमील जोडीहरूले एक अर्कालाई आफ्नो भावनाहरू र प्रेम व्यक्त गर्न गुलाफको फूल दिने गर्छन् । रोज डेको सुरुवातको बारेमा कुनै आधिकारिक जानकारी छैन।तर यो युरोपको मध्ययुगीन प्रेम परम्परासँग जोडिएको छ। गुलाफलाई प्रेम,मित्रता र भावनाको प्रतीक मानिन्छ।त्यस कारण,गुलाफको प्रत्येक फरक रंगको फरक महत्त्व हुन्छ र फरक भावनाहरूको प्रतिनिधित्व गर्दछ। रातो गुलाफल...
दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२५, माघ काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छन् । जसअन्तर्गत बिहान ८ बजेबाट शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक सुरु भएको छ । बैठकमा आगामी दिनमा हुने राष्ट्रिय खेलकुदको विद्यमान अवस्था, भए गरेका कामकारबाही, समस्या र भावी कार्यदिशाका सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालयसँग छलफल हुनेछ । त्यस्तै बिहान ९ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग छलफल हुनेछ ।...
प्रेस चौतारी काठमाडौंको अध्यक्षमा लक्ष्मण शर्मा

प्रेस चौतारी काठमाडौंको अध्यक्षमा लक्ष्मण शर्मा

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२४, माघ काठमाडौं । प्रेस चौतारी काठमाडौंको अध्यक्षमा लक्ष्मण शर्मा चयन भएका छन् । बुधबार सम्पन्न काठमाडौं जिल्ला समितिको छैटौँ जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको निवर्तमान अध्यक्ष मुकुन्द भुषालले जानकारी दिए। त्यस्तै उपाध्यक्षमा प्रविण  रिजाल र सुभद्रा धिताल सर्वसम्मत चयन भएका छन्। यस्तै सचिवमा श्रीकृष्ण ढकाल,सहसचिवमा राजु नापित र उत्सव बजगाईँ तथा कोषाध्यक्षमा कमल पन्थी निर्वाचित भएको निवर्तमान अध्यक्ष भुषालले  बताए। सदस्यहरूमा रामेश्वर ढकाल,रामकुमार प्याकुरेल, रामकुमार अधिकारी,अमृता नेपाली,अमृत बस्नेत, पूजा सापकोटा,हरिप्रसाद सिग्देल,श्रीकृष्ण बस्नेत र सुजन मैनाली निर्वाचित भएको प्रेस चौतारी काठमाडौंले जनाएको छ। ।...
रविलाई ५४ लाख धरौटीमा छाड्न चितवन जिल्ला अदालतको आदेश

रविलाई ५४ लाख धरौटीमा छाड्न चितवन जिल्ला अदालतको आदेश

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२४, माघ काठमाडौं । चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख रुपियाँ धरौटीमा छाड्न आदेश दिएको छ । बिहीबार चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको एकल इजलासले सभापति लामिछानेलाई ५४ लाख रुपियाँ धरौटी लिएर छाड्न आदेश दिएको हो । साथै न्यायाधीश ढकालले सो धरौटी दिन नसके कानुन बमोजिम थुनामा राख्न सम्बन्धित कारागार कार्यालयमा पठाउन आदेशमा भनिएको छ ।लामिछानेको बुधबारदेखि बयान र थुनछेक बहस भएको थियो ।...
राष्ट्रियसभामा दुई विधेयक पेस

राष्ट्रियसभामा दुई विधेयक पेस

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२४, माघ काठमाडौं । राष्ट्रियसभाको आज बसेको बैठकमा दुई वटा विधेयकहरु पेस भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सभासमक्ष पेस गरेका हुन् । त्यस्तै शिक्षमन्त्री विद्या भट्टराईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ पेस गरिन् ।...
सङ्घीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

सङ्घीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२४, माघ काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक सवा १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभा बैठकमा अध्यादेश स्वीकार गरियोस् भन्ने प्रस्ताव र अध्यादेश अस्वीकार गरियोस् भन्ने सूचना टेबुल हुनेछ । आजको बैठकमा समितिको प्रतिवेदन, मूल्याङ्कन प्रतिवेदन र वार्षिक प्रतिवेदन पेस गर्ने पनि कार्यसूची छ । अर्थ समितिका सभापति सन्तोष चालिसेले “सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ र“आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।...

प्रचण्डले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२४, माघ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । दिउँदे अधिवेशनको पहिलो बैठकमा सम्बोधन नगरेका प्रचण्डले संसदमा आज बस्ने दोस्रो बैठकमा सम्बोधन गर्न लागेका हुन् । अधिवेशन सुरु भएको दिन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति समेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गरेका थिए । तर, प्रचण्ड बोलेका थिएनन् । प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा सरकारले ल्याएका सबै ६ वटा अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ ।...
कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२४, माघ काठमाडौं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका भूभागहरूमा हुस्सु तथा कुहिरो लागेको छ । आज दिउँसो कोशी र गण्डकी प्रदेशमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । मधेस, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ । कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा बिहानीपख तराईका भूभागहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकोले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।  ...
राष्ट्रिय किताब खानामा शिक्षामन्त्रीको छड्के अनुगमन

राष्ट्रिय किताब खानामा शिक्षामन्त्रीको छड्के अनुगमन

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२३, माघ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय किताब खाना शिक्षक को छड्के अनुगमन गरेकी छन् । ताहाचलस्थित किताबखानाको कार्यालयमा पुगेर मन्त्री भट्टराईले छड्के अनुगमन गरेकी हुन् । अनुगमनका क्रममा मन्त्री भट्टराई समक्ष सेवाग्राहीहरूले छिटो छरितो सेवा प्रवाह नभएको, अनलाइनमार्फत सेवा दिनुपर्ने जस्ता विषयमा गुनासा राखेका थिए । सेवाग्राहीहरूको गुनासो सुनेपछि मन्त्री भट्टराईले कर्मचारीहरूलाई छिटो छरितो काम गर्न निर्देशन दिइन् । शिक्षकहरूले पेन्सन पट्टा बनाउन निकै सास्ती खेप्नुपरेको गुनासो बढेपछि शिक्षामन्त्री भट्टराई आफैँ छड्के अनुगमनमा पुगेकी हुन् ।...
सूचना प्रविधिको अधिकतम उपयोगमा अर्थमन्त्रीको जोड

सूचना प्रविधिको अधिकतम उपयोगमा अर्थमन्त्रीको जोड

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२३, माघ काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी सेवाप्रवाहसँग सम्बन्धित सूचना प्रविधि प्रणालीलाई पूर्णरुपमा आधुनिक, प्रभावकारी एवं विश्वासनीय बनाउनुपर्नेमा जोड दिएका छन् । साथै उनले सहज सेवा प्रवाहका निम्ति सूचना प्रविधि अत्यावश्यक भएको बताए। अर्थ मन्त्रालय र मातहतका निकायहरूमा प्रयोगमा रहेका विभिन्न सूचना प्रविधि प्रणालीको अवस्था सम्बन्धमा अर्थ मन्त्रालयमा मङ्गलबार आयोजित छलफल उनले वर्तमान अवस्थामा सेवाप्रवाहलाई छरितो र प्रभावकारी बनाउन सूचना प्रविधिको प्रयोग अपरिहार्य छ भने । सेवा प्रवाहलाई भरपर्दो र अविछिन्न बनाउन अत्याधुनिक प्रविधिको प्रयोगलाई बढाउँदै जानुपर्ने, सूचना प्रणालीका कारण कुनै पनि काम प्रभावित हुन नहुने, साथै प्रविधि सञ्चालनका लागि आवश्यक जनशक्ति र प्राविधिक क्षमता विकास गर्न उनले सम्बन्धित निकायका अधिकारीहरूलाई निर्देशन दिए । हरेक निकाय ...