ब्यानर-१

दक्षिणकालीमा स्कुल बस दुर्घटना

दक्षिणकालीमा स्कुल बस दुर्घटना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२७, माघ काठमाडौं । राजधानीको दक्षिणकालीमा स्कुल बस दुर्घटना भएको छ । आइतबार अपराह्न दक्षिणकाली नगरपालिकास्थित भन्ज्याङ भन्ने स्थानमा बस दुर्घटना भएको हो । दुर्घटनामा परेको बस जुनकिरी स्कुलको भएको र त्यसमा सवार २५ जना घाइते भएका छन् । अहिले घटनास्थलमा प्रहरी पुगेर उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय काठमाडौँका एसपी अपिलराज बोहोराले जानकारी दिए ।...
ललितपुरबाट ४ वर्षीय बालकको अपहरण,भियतनामी नागरिक कलंकीबाट पक्राउ

ललितपुरबाट ४ वर्षीय बालकको अपहरण,भियतनामी नागरिक कलंकीबाट पक्राउ

अपराध, ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२७, माघ काठमाडौं । ललितपुरबाट चार वर्षीय बालकको अपहरण भएको छ । अपहरणको आरोपमा प्रहरीले एक भियतनामी नागरिकलाई पक्राउ गरेको छ । उनीमाथि बालबालिकालाई अपहरण गर्ने र कोठामा बन्धक बनाउने आरोप छ । प्रहरीको टोलीले उनीमाथि अनुसन्धान गरिरहेको जनाइएको छ ।  
आजको मौसम : यी पाँच प्रदेशमा हिमपातको सम्भावना

आजको मौसम : यी पाँच प्रदेशमा हिमपातको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२७, माघ काठमाडौं । पश्चिमी वायुको प्रभावले देशको कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराईका थोरै स्थानहरूमा भने हल्का हुस्सु तथा कुहिरो लागेको छ ।आज दिउसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने छ । राति पनि यही अवस्था कायम रहने महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू९भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना र बिहानीपख तराईका भूभागहरूमा हुस्सु लाग्ने सम्भावना रहेकोले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।...
कुनै पनि प्रकारको दबाबमा नपरी काम गर्न नेपाल प्रहरीलाई प्रधानमन्त्रीको आग्रह

कुनै पनि प्रकारको दबाबमा नपरी काम गर्न नेपाल प्रहरीलाई प्रधानमन्त्रीको आग्रह

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२६, माघ काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि प्रकारको दबाब र भनसुनमा नपरेर प्रमाण र तथ्य आधारित न्यायसङ्गत अनुसन्धान गर्न नेपाल प्रहरीलाई आग्रह गरेका छन् । भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लब परिसरमाा नवनिर्मित ‘द ब्लु प्याभिलियन’ भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रहरी ठिक ढङ्गले चलेमा सरकारको तर्फबाट कुनै हस्तक्षेप नहुने स्पष्ट गर्दै अनावश्यकरुपमा त्रसित नभई न्याय स्थापनामा दृढ ढङ्गले अगाडि बढ्न आग्रह गरेका हुन् ।...
खानेपानी मन्त्रीको कार्यकक्षमा आगलागी : पचास लाख बराबरको क्षति

खानेपानी मन्त्रीको कार्यकक्षमा आगलागी : पचास लाख बराबरको क्षति

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२६, माघ काठमाडौं । खानेपानी मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । खानेपानी मन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा दुईवटा टेलिभिजन, एउटा डेस्कटप, कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, क्लोज सर्किट क्यामेराको मनिटरलगायत सामग्री जलेका छन् । उक्त मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीका अनुसार मन्त्रीको कार्यकक्षमा रु ४० देखि ५० लाखसम्मको क्षति भएको छ । यद्यपि क्षतिको वास्तविक विवरण प्राप्त भएको छैन । आगलागीको कारण पनि यकिन भएको छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ । आगलागीबाट मन्त्रालयका कागजातमा भने क्षति नभएको छैन ।आगलागीबाट मन्त्री यादवको कार्यकक्षसहित तीनवटा कोठामा क्षति भएको छ । खानेपानी मन्त्रालयको भवनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पनि छ ।...
आजको मौसम : यी चार प्रदेशमा हिमपातको सम्भावना

आजको मौसम : यी चार प्रदेशमा हिमपातको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२६, माघ काठमाडौं । पश्चिमी वायुको प्रभावले देशको कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको छ । यी चार प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने छ । बिहानीपख तराईका भूभागहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको देखिन्छ । यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ।...
निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई समान निर्वाह भत्ता दिने निर्णय

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई समान निर्वाह भत्ता दिने निर्णय

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२५, माघ काठमाडौं । प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा शुक्रबार भएको चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह) को निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको आयोगको बैठकमा यसबिचमा सम्बन्ध पक्षसँग भएका छलफल र प्राप्त प्रतिवेदनसमेतका आधारमा आवासीय चिकित्सकको समान सुविधा (मासिक ४८ हजार सात सय रुपियाँ) कायम गर्नुपर्ने पनिर्णय भएको को हो । अन्य विषयमा थप छलफल गरी छिट्टै आयोगको बैठकबाट निर्णय लिने निष्कर्ष निकालिएको छ । बैठकले सम्बन्धित कलेजमा दुई वर्ष अध्ययन र कामकोे सम्झौता गर्न नमान्ने विद्यार्थीसँग वार्षिक २३ लाख रुपियाँ शुल्क लिने विषयमा पनि छलफल भएको छ । हाल निजी मेडिकल कलेजले मासिक २० हजार रुपियाँ निर्वाह भत्ता दिँदै आएका छन् ।...
प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्ने

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२५, माघ काठमाडौं । लुम्बिनी प्रदेश सभाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदेश सभा बैठकमा विशेष सम्बोधनका लागि निमन्त्रणा गरेको छ । फागुन ५ गते सोमवार बस्ने प्रदेश सभाको बैठकमा विशेष सम्बोधनका लागि प्रधानमन्त्री ओलीलाई निमन्त्रणा गरिएको हो ।सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्यमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष सम्बोधनका लागि निमन्त्रणा गरेका हुन् । लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम ९२० बमोजिम निमन्त्रणा गरिएको छ ।...
निर्वाचन आयोगले पुनः सुरु गर्‍यो मतदाता नामावली दर्ता तथा अद्यावधिक

निर्वाचन आयोगले पुनः सुरु गर्‍यो मतदाता नामावली दर्ता तथा अद्यावधिक

ताजा अपडेट, ब्यानर-१, समाचार
२५ माघ, काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य पुनः सुरु गरेको छ । शुक्रबार आयोगका सह—सचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले विज्ञप्ति जारी गर्दै आगामी बिहीबारदेखि सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयवाट मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य सुरु गर्ने निर्णय भएको जनाएकी छन् । कुनै व्यक्ति पेसा,व्यवसाय वा अन्य कुनै कारणले आफ्नो स्थायी ठेगानाभन्दा फरक अर्को कुनै जिल्लामा बसोवास गरिरहेको भए आवश्यक प्रमाण सहित आयोगको वेवसाईटमा रहेको प्रि–रजिष्ट्रेशन प्रणाली मार्फत आवेदन गर्न सकिन्छ ।त्यस्तो व्यक्तिको नाम र स्थायी ठेगानामा रहने गरी बाहिरी जिल्लाबाट समेत मतदाता नामावली दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । मतदाता नामावलीमा नाम दर्ता गर्नको लागि नेपाली नागरिकताको प्रमाणपत्र आवश्यक पर्दछ ।भने,नागरिकतामा उल्लिखित ठेगानाभन्दा फरक ठेगानामा मत...
टिकटक बन्द गरेका प्रचण्डले सामाजिक सञ्जाल विधेयकको विरोध गरेका छन् : महासचिव पोखरेल

टिकटक बन्द गरेका प्रचण्डले सामाजिक सञ्जाल विधेयकको विरोध गरेका छन् : महासचिव पोखरेल

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२५ माघ,काठमाडौं ।नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफै सरकारमा हुँदा टिकटक बन्द गरेका तर अहिले सामाजिक सञ्जाल विधेयकको विरोध गरेर हिंडेको बताएका छन् ।साथै प्रचण्डमा बारम्बार बोली फेर्ने प्रवृत्ति रहेको र बोलिको ठेगान नरहेको भन्दै जिम्मेवार नेताले यस प्रकारको हकर्त गर्न नहुने पनि उनले सुझाएका छन् । प्रचण्डले बिहीबार प्रतिनिधि सभा बैठकमा बोलेको विषयलाई इंगित गर्दै एमाले महासचिव पोखरेलले प्रचण्डमा आफूँ सत्तामा रहँदा एउटा र बाहिरा हुँदा अर्को बोल्ने प्रवृत्ति हाबी भएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा पोखरेलले लेखेका छन् —‘सामाजिक सञ्जाल नियमनको आवश्यकता बोध गरेर वर्तमान सरकारले संसदमा दर्ता गरेको विधेयकका सन्दर्भमा नेकपा (माओवादी केन्द्र० का अध्यक्ष तथा विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आजको प्रतिनिधि सभाक...