ब्यानर-१

आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना

आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१ फागुन काठमाडौं । पश्चिमी वायुको प्रभावले देशको कोशी , गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशका मध्य र पूर्वी तराईका केही भू-भागमा हुस्सु रकुहिरो लागेको छ। कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना र बिहानीपख तराईका केही भू-भागहरूमा हुस्सुरकुहिरो लाग्ने सम्भावना रहेको छ। यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।...
बुढानीलकण्ठ नगरपालिकाको चौथो वृत्ति तथा रोजगार मेलाको तयारी पुरा

बुढानीलकण्ठ नगरपालिकाको चौथो वृत्ति तथा रोजगार मेलाको तयारी पुरा

ताजा अपडेट, ब्यानर-१, समाचार, स्थानीय
सीता पौडेल ३० माघ,काठमाडौं । बुढानीलकण्ठ नगरपालिका (बुनपा) र शिक्षा तालिम केन्द्र धुलिखेलको आयोजनामा यहि फागुन २ र ३ गते गर्ने भनिएको  ‘चौथो वृत्ति तथा रोजगार मेला–२०८१’ को सम्पुर्ण तयारी पुरा भएको छ ।आज बुधबार बुनपाको सभाहलमा पत्रकार सम्मेलन गरेर नगरपालिकाले सो मेलाको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको हो । “शिक्षा,सीप र उद्यमशिलता,रोजगारी हाम्रो प्राथमिकता” भन्ने नारासहित हुन लागेको सो मेलामा युवा रोजगारीलाई विशेष प्राथमिकतामा राखिएको मेला मूल आयोजक समितिका संयोजक नगर प्रमुख मीठाराम अधिकारीले जानकारी दिए ।२०७८ सालदेखि यस प्रकारका मेला आयोजना गरिसकेको बुनपाले ती मेलाबाट रोजगारमूलक सीप विकासका तालिम लिन चाहने एवम् रोजगारीको खोजिमा रहेका युवाहरुको तथ्यांकसमेत संकलन गरेको र  यस वर्ष पनि उक्त कार्यलाई निरन्तरता दिएको पनि नगर प्रमुख अधिकारीले पत्रकार सम्मेलनमा बताए । युवा रोजगार...
मेलम्ची खानेपानीको पाइप फुट्दा जलमग्न बन्यो बबरमहल

मेलम्ची खानेपानीको पाइप फुट्दा जलमग्न बन्यो बबरमहल

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
३०, माघ काठमाडौं । काठमाडौँको बबरमहलस्थित मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप फुट्दा बाढी पसेर आसपासका सरकारी कार्यालय जलमग्न भएका छन् । जिल्ला अदालत अगाडि रहेको मुख्य पाइप फुटेपछि वन परिसर, विशेष अदालत, जिल्ला अदालत लगायतका सरकारी कार्यालयहरू डुबानमा परेका हुन् ।यसले काठमाडौं उपत्यकाको खानेपानी आपूर्तिमा समस्या निम्त्याउने अनुमान गरिएको छ । अहिले नेपाल प्रहरी र काठमाडौं महानगर प्रहरीले डुबान प्रभावित क्षेत्रमा उद्धार तथा व्यवस्थापनका लागि टोली परिचालन गरेको छ ।...
स्वास्थ्य मन्त्रालयले बिहीबारदेखि नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण गर्ने

स्वास्थ्य मन्त्रालयले बिहीबारदेखि नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण गर्ने

ताजा अपडेट, ब्यानर-१, समाचार, स्वास्थ्य
३०, माघ काठमाडौं । निरोधात्मक विधिबाट रोगहरुविरुद्ध प्रतिकारात्मक अभियान चलाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको घोषणाअनुसार स्वास्थ्य मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै फागुन १ गतेबाट एक महिने परीक्षण अभियान सुरु गर्ने भएको छ । गत महिना स्वास्थ्य मन्त्री पौडेलले गत मङ्सिर १६ गते निर्देशिका स्वीकृत गर्नुभएको थियो । यसलगत्तै मन्त्रालयले फागुन १ गतेबाट परीक्षण अघि बढाउने कार्यक्रम अघि बढाएको हो । ‘‘हामीले सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा उपचारात्मक सेवा व्यवस्थित गरेसँगै निरोधात्मक विधिबाट नागरिकलाई रोगको दुष्चक्रबाट यथासम्भव जोगाउने योजनाअन्तर्गत अभियान थालिएको हो,’’ मन्त्री पौडेलले भने, ‘‘नागरिकको आधारभूत स्वास्थ्य परीक्षण अनि सचेतनाका माध्यमबाट सकेसम्म रोग लाग्नै नदिने तथा लागेको खण्डमा समयमै उपचारबाट नागरिकको स्वास्थ्य र नागरिक तथा राज्य दु...
एक महिना लामो स्वस्थानी व्रत कथा आज समापन

एक महिना लामो स्वस्थानी व्रत कथा आज समापन

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
३०, माघ काठमाडौं । एक महिना लामो स्वस्थानी व्रत कथा आज समापन भएको छ । काठमाडौंको शालीनदी र हनुमानघाटस्थित त्रिवेणीधाममा आज व्रतालुहरुले स्नान एवम् पूजा गरी विधिपूर्वक व्रत समापन गरेका छन् । पुुस शुक्ल पूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म स्वस्थानी र माधवनारायण व्रत हुने गर्दछ । आज अन्तिम दिन व्रत समाप्त गर्नेहरुको शाली नदी, गौरीघाट, हनुमानघाटमा घुइँचो छ । नदी, तलाउ आदि क्षेत्रमा जान नसक्नेहरुले घरमै पूजापाठ गरी व्रत समाप्त गरेका छन् । पुुस शुक्ल पूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म स्वस्थानी र माधवनारायण व्रत हुने गर्दछ । आज अन्तिम दिन व्रत समाप्त गर्नेहरुको शाली नदी, गौरीघाट, हनुमानघाटमा घुइँचो छ । नदी, तलाउ आदि क्षेत्रमा जान नसक्नेहरुले घरमै पूजापाठ गरी व्रत समाप्त गरेका छन् । आजदेखि स्वस्थानी कथा सुन्ने र सुनाउने काम पनि सकिएको छ । स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्...
सिमेन्टको मूल्यवृद्धिलाई लिएर उद्योगमन्त्री र सांसदबिच सवाल-जवाफ

सिमेन्टको मूल्यवृद्धिलाई लिएर उद्योगमन्त्री र सांसदबिच सवाल-जवाफ

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२९, माघ काठमाडौं । सिमेन्टलगायत निर्माण सामग्री एवम् खाद्य वस्तुको मूल्यवृद्धि सम्बन्धमा छलफल गर्न बसेको राष्ट्रियसभा, सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की अछामीबिच सवाल–जवाफ भएको छ । बैठकमा सांसदहरूले उठाएको जिज्ञासाको जवाफ दिने क्रममा उद्योगमन्त्री भण्डारीले सिमेन्टको मूल्यवृद्धि हुनुमा उद्योगमा भएको ‘लोडसेडिङ’को पनि भूमिका रहेको बताएपछि माओवादी सांसद अछामीले बिचैमा प्रतिवाद गर्दै सो सम्बन्धमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग बहस गर्न आग्रह गरे। सांसद अछामीले भने “माननीयमन्त्रीज्यू, यो बहस यहाँ गर्ने होइन, त्यो बहस ऊर्जा मन्त्रालयमा गर्ने हो, हामीसँग यहाँ गर्नुपर्ने नै होइन ।” मन्त्री भण्डारीले उद्योगमा लोडसेडिङ छ, छैन भन्ने कुराको पनि तथ्यमा ...
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२९, माघ काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने बैठकमा नेपाल कानुन व्यवसायी परिषद् ९दोस्रो संशोधन० विधेयक, २०८१ मा दफावार छलफल हुँदै छ । त्यस्तै दिउँसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्याहरूको समाधानको सम्बन्धमा प्राप्त सुझावहरूमाथि छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सिमेन्ट लगायतका निर्माण सामग्री एवं खाद्य वस्तुको मूल्यवृद्धि सम्बन्धमा छलफल हुनेछ ।...

मिडिया काउन्सिल विधेयक राष्ट्रियसभाबाट पारित

कानुन, ताजा अपडेट, ब्यानर-१, समाचार
२८ माघ,काठमाडौं ।मिडिया काउन्सिल विधेयक राष्ट्रियसभाबाट पारित भएको छ ।राष्ट्रियसभाको आज सोमबार बसेको बैठकले ‘मिडिया काउन्सिल विधेयक–२०८०’ पारित गरेको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रस्तुत गरेको विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘मिडिया काउन्सिल विधेयक,२०८० पारित गरियोस्’ भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको थियो। पत्रकारिताको पेसागत तथा व्यावसायिक आचरण कायम राख्न तथा स्वनियमनलाई प्रवर्द्धन गरी स्वच्छ,स्वतन्त्र र जवाफदेही पत्रकारिताको विकास तथा संरक्षणका लागि स्वायत्त नियामक निकायको रुपमा स्थापित गर्ने उद्देश्यले मिडिया काउन्सिल विधेयक ल्याइएको बताइएको छ। राष्ट्रिय आमसञ्चार नीति,२०७३ का आधारमा प्रेस काउन्सिलललाई मिडिया काउन्सिलमा रुपान्तरण गरी सक्षम निकायको रुपमा विकास गर्न विधेयक ल्याइएको जनाइएको छ। विद्युतीय अनलाइन र छापा पत्रका...
सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनुपर्छ : राष्ट्रपति पौडेल

सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनुपर्छ : राष्ट्रपति पौडेल

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२८, माघ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन, सामाजिक न्याय र समृद्धिको अवधारणालाई मूर्त रूप दिन सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनुपर्ने बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनुपर्ने बताएका हुन् । त्यस अवसरमा राष्ट्रपति पौडेलले शक्ति र पद हुँदैमा जोकोही पनि कानुन र जबाफदेहिताबाट मुक्त हुँदैन भन्ने अख्तियारले आम नागरिकमा विश्वास जागृत गराउन सक्नुपर्ने पनि बताए ।...
आजको मौसम : वर्षा र हिमपातको सम्भावना

आजको मौसम : वर्षा र हिमपातको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२८, माघ काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराईका थोरै स्थानहरूमा हल्का हुस्सु र कुहिरो लागेको छ । कोशी प्रदेशको पहाडी भू(भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना साथै देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । बिहानीपख तराईका भू-भागहरूमा हुस्सुरकुहिरो लाग्ने सम्भावना रहेको छ। यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।...