वातावरण

स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्न महासंघको आग्रह

स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्न महासंघको आग्रह

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
७, माघ काठमाडौं । सार्वजनिक निकायमा स्वदेशी वस्तुहरूको प्रयोग अनिवार्य गर्ने सरकारको निर्णय कार्यान्वयन गराउन सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघ तथा आफ्ना सम्पूर्ण सदस्यलाई नेपाल उद्योग वाणिज्य महासंघले आग्रह गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघको आग्रहमा सरकारले ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग गर्ने निर्देशिका २०८१’ पारित भएको र यो निर्णय स्वागतयोग्य रहेको महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको भनाइ छ । सरकारले औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ६८ ले दिएको अधिकार प्रयोग गरी स्थानीय स्तरमा उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गरी स्वदेशी वस्तुको उत्पादन, रोजगारी सिर्जना, आयात व्यवस्थापन तथा उत्पादित वस्तुको बजार प्रवर्द्धन गर्न र सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगलाई प्रभावकारी बनाउन ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका-२०८१’ जारी गरेको हो ।...
प्रभु बैंकको नाफा ८४ प्रतिशत बढ्यो

प्रभु बैंकको नाफा ८४ प्रतिशत बढ्यो

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
७, माघ काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा प्रभु बैंकको नाफा गत वर्षको सोही अवधिको तुलनामा ८४.४९ प्रतिशत बढेको छ । सोमबार प्रकाशित बैंकको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार प्रभुले यस अवधिमा १ अर्ब ३४ करोड रुपैयाँ नाफा कमाएको छ । गत वर्ष त्यस अवधिमा बैंकको नाफा ७२ करोड मात्रै थियो । बैंकले खुद नाफा वृद्धि गरे पनि वितरणयोग्य नाफामा भने ठूलो गिरावट आएको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३३ करोडले ऋणात्मक छ । गत वर्ष यस्तो नाफा १ अर्ब ८६ करोडले ऋणात्मक थियो । बैंकले ब्याज आम्दानी तथा कमिसन एवम् शुल्कबापतको आम्दानी दुवै सामान्य बढाएको तथा इम्पेयरमेन्ट शुल्क घटाएकाले नाफामा वृद्धि भएको देखिन्छ । गत वर्ष १ अर्ब २६ करोड रहेको बैंकको इम्पेयरमेन्ट शुल्क अहिले ८१ करोडमा झरेको छ...
ट्रम्पको आश्वासनपछि अमेरिकामा टिकटक  सञ्चालनमा

ट्रम्पको आश्वासनपछि अमेरिकामा टिकटक सञ्चालनमा

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
७, माघ काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई प्रतिबन्ध लगाउने आदेशमा केही समयको लागि रोक लगाएका छन् । योसँगै अब अमेरिकामा टिकटक चलाउन सकिनेछ । अमेरिकामा टिकटकका १७ करोड प्रयोगकर्ता छन् । ट्रम्पले सपथलगत्तै कार्यकारी आदेश जारी गरी टिकटकलाई अस्थायी राहत दिने बताएका बीबीसीले जनाएको छ । आइतबार नै केही घन्टापछि टिकटकले सामाजिक सञ्जालमा सूचना जारी गर्दै सेवा सुरु हुने बताएको थियो । उसले अमेरिकामा टिकटक पुनः सुरु गर्न राष्ट्रपति ट्रम्पसँग मिलेर काम गर्ने बताएको हो ।...
यू-१९ महिला विश्वकपमा स्कटल्याण्डसँग खेल्दै नेपाल

यू-१९ महिला विश्वकपमा स्कटल्याण्डसँग खेल्दै नेपाल

खेलकुद, ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
७, माघ काठमाडौं । आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा आज नेपालले दोस्रो खेल खेल्दैछ। पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको नेपाल आज दोस्रो खेलमा स्कटल्याण्डसँग भिड्न लागेको हो । मलेसियामा जारी रहेको यो खेल दिउँसो सवा १२ बजेदेखि सुरु हुनेछ। विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । जस अन्तर्गत बंगलादेशसँगै अस्ट्रेलिया र स्कटल्याण्ड छन् ।...
अमेरिकामा टिकटक बन्द

अमेरिकामा टिकटक बन्द

अन्तर्राष्ट्रिय, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
६, माघ काठमाडौं । संयुक्त राज्य अमेरिकामा चिनियाँ सर्ट भिडिओ एप टिकटक बन्द भएको छ । शनिबार मध्यरातदेखि प्रयोगकर्ताहरूको डिभाइसमा टिकटक खुल्न छोडेको हो । अहिले एप्पलको आइओस एप स्टोर र गुगलको प्ले स्टोरमा टिकटक उपलब्ध छैन । अमेरिकी काँग्रेसले गत अप्रिलमा टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सलाई या त यो एप गैरचिनिया मालिकलाई बेच्नुपर्ने वा प्रतिबन्ध खेप्नुपर्ने कानून पारित गरेको थियो । टिकटकले दोस्रो विकल्प रोज्यो ।टिकटकले सुरुदेखि अमेरिकाले दिएको पहिलो विकल्पलाई अस्वीकार गर्दै आएको थियो । गैरचिनियालाई विक्री गर्ने प्रस्तावबारे उसले स्पष्ट शब्दमा भनेको थियो(व्यवसायीकरुपमा, प्राविधिकरुपमा र कानूनीरुपमा यो सम्भव छैन । कम्पनी यही अडानमा निरन्तर कायम रह्यो । अमेरिकाले पाँच वर्ष लामो कसरतपछि टिकटक बन्द गराएको हो । सन् २०२० मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो पटक कार्यकारी आदेशमार्...
पोखरामा आजदेखि दाइँ महोत्सव

पोखरामा आजदेखि दाइँ महोत्सव

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
६, माघ, कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा दाइँ गरी खेती भित्र्याउने कार्यलाई नयाँपुस्ता एवं विदेशी पर्यटकमाझ चिनाउने उद्देश्यले सो महोत्सव आयोजना गरिएको हो । पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरा ‘सबै मौसमका लागि’ भन्ने नारासहित हुने उक्त महोत्सवबाट ‘अफ सिजन’मा समेत पर्यटकलाई आकर्षित गरी पोखरालाई आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने आयोजकले जनाएको छ ।...
चिसोले सर्लाहीको जनजीवन कष्टकर

चिसोले सर्लाहीको जनजीवन कष्टकर

ताजा अपडेट, फिचर, बिशेष, वातावरण, समाचार
५, माघ सर्लाही । तराई क्षेत्रमा केही दिनयताको बाक्लो हुस्सु र कुहिरोले जनजीवन कष्टकर भएको छ । चिसो हावासँगै शीत पनि झरिरहेकाले जनजीवन कष्टकर भएको हो । खासगरी तराई क्षेत्रमा हरेक वर्ष हिउँदमा बाक्लो कुहिरो लाग्ने गरेको छ । जलवायु परिर्वतनका कारण यस वर्ष केही फरक देखिएको छ । कुनै दिन चर्को घाम लाग्ने र कुनै दिन बाक्लो कुहिरो लाग्ने गरेको छ । बाक्लो कुहिरोका कारण बिहान सवारीसाधन चलाउन कठिन भएको चालकहरुले बताएका छन् । सवारीसाधनले दिउँसै बत्ती बालेर चलाउनुपर्ने अवस्था आएको छ भने दुर्घटनाको जोखिम पनि बढेको जिल्ला ट्राफिक कार्यालय नवलपुरले जनाएको छ ।...
चन्द्रागिरिका पानी, तेल तथा डेरी उद्योगमा अनुगमन तीव्र

चन्द्रागिरिका पानी, तेल तथा डेरी उद्योगमा अनुगमन तीव्र

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
५, माघ काठमाडौं । संयुक्त बजार अनुगमन टोलीले चन्द्रागिरि नगरपालिकाभित्र सञ्चालित खाद्यन्नरकिराना पसल, पानी उद्योग, खानेतेल (तोरी मिल) उद्योग एवं दूग्धजन्य डेरी उद्योगमा अनुगमनलाई तीव्रता दिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा हालै प्रयोगमा ल्याइएको अत्याधुनिक घुम्ति प्रयोगशाला फुडल्याब भ्यान’ मार्फत स्थलगत रुपमा परीक्षण गरिएको सो अनुगमन टोलीमा चन्द्रागिरि नगरपालिका सहित जिल्ला प्रशासन कार्यालय काठमाडौँ, प्रहरी वृत्त थानकोट र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभागको प्रतिनिधि रहेका थिए । गत पुस २६ गते सो टोलीले अनुगमनका क्रममा चन्द्रागिरि –१२ स्थित बलम्बुमा रहेको ह्वाइट हिमालयन मिल्क प्रालीले बिक्रीवितरणका लागि तयार गरेको दूधको परीक्षण गर्दा अखाद्य बस्तु अर्थात ‘न्युट्रलाइजर पोजेटिभ’भेटिएको र तत्काल ६०० लिटर दूध नष्ट गरेको थिय...
आज ललितपुरका यी स्थानमा काटिँदैछ बिजुली

आज ललितपुरका यी स्थानमा काटिँदैछ बिजुली

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
५, माघ काठमाडौं । मर्मत सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत पर्ने शङ्खमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दुई बजेसम्म बिजुली कटौती हुनेछ । प्राधिकरणले निर्धारित कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न भए बिजुली प्रवाह शिघ्रसमेत हुने जनाएको छ ।...
आज ललितपुरका यी स्थानमा साढे ६ घण्टा विद्युत् आपूर्ति बन्द हुने

आज ललितपुरका यी स्थानमा साढे ६ घण्टा विद्युत् आपूर्ति बन्द हुने

ताजा अपडेट, वातावरण, समाचार
४, माघ काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज साढे ६ घण्टासम्म बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी बिजुलीको खम्बा परिवर्तन गर्ने प्रयोजनका लागि आज बिहान साढे ९ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको हो । प्राधिकरणका अनुसार पुल्चोक वितरण केन्द्रको पुलचोक फिडरअन्तर्गत पर्ने इटी, महापाल, पाटन दरबार, बङ्गलामुखी, शंखमूल, पाटनढोका, मङ्गलबजार, छवाल क्षेत्रमा बिजुली कटौती हुनेछ ।...