वातावरण

सेती जलविद्युत् आयोजनाले थाल्यो व्यापारिक उत्पादन

सेती जलविद्युत् आयोजनाले थाल्यो व्यापारिक उत्पादन

ताजा अपडेट, वातावरण, समाचार
२१, मंसिर कास्की । पच्चीस मेगावाट क्षमताको सेती जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन सुरु गरेको छ । आयोजनाको ‘पावर प्लान्ट’ र ‘इन्टरकनेक्सन’ परीक्षणपछि ‘कमिसनिङ’ को काम पूरा भएसँगै व्यापारिक उत्पादन थालिएको हो । आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा प्रवाह भइसकेको प्रवर्द्धक कम्पनीका कार्यकारी अध्यक्ष जगबहादुर पोखरेलले बताए । आयोजनाबाट उत्पादित बिजुली माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकस्थित प्राधिकरणको सबस्टेशनमा जोडिएको छ । आयोजनामा रु पाँच अर्ब बढी लगानी भएको छ ।...
विवाह पञ्चमी पर्वले राष्ट्रिय एकतालाई प्रश्रय मिल्छ : उपराष्ट्रपति यादव

विवाह पञ्चमी पर्वले राष्ट्रिय एकतालाई प्रश्रय मिल्छ : उपराष्ट्रपति यादव

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
२१, मंसिर काठमार्डौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले ‘विवाह पञ्चमी’ पर्वले सामाजिक र राष्ट्रिय एकतालाई प्रश्रय मिल्ने विश्वास व्यक्त गरेका छन् । विवाह पञ्चमीको सुखद अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सु–स्वास्थ्यका लागि शुभकामना व्यक्त गर्दै विभिन्न जाति र समुदायका मानिस सामूहिक रूपमा एकसाथ मिलेर ‘विवाह पञ्चमी’ पर्व मनाउनुले सामाजिक र राष्ट्रिय एकतालाई प्रश्रय मिल्ने विश्वास व्यक्त गरे । विवाह पञ्चमीले भगवान् श्रीराम र माता सीताको दिव्य विवाहको सम्झना गराउँदै प्रेम, आदर, सदाचार, सत्कार, विश्वास र सद्भावको भावनालाई उजागर र अनुशरण गर्नमा सहयोग पुग्ने विश्वास छ । परापूर्वकालदेखि यसको धार्मिक, सांस्कृतिक र सामाजिक महत्व एवं उपादेयता रहँदै आएको छ । विवाह पञ्चमी मनाउने परम्परा, विधि, विधान र अनुष्ठान मौलिक छन् ।...
आजको मौसम : अधिकांस भू-भागमा आंसिक बदली

आजको मौसम : अधिकांस भू-भागमा आंसिक बदली

बिशेष, ब्यानर-१, वातावरण, समाचार
२१, मंसिर काठमाडों । आज देशको कोशी प्रदेश र गण्डकी प्रदेश लगायत बागमती प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार राति कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । २४ घण्टाको पूर्वानुमानमा कोशी प्रदेशको पहाडी भेगको एकरदुई स्थानमा हल्का वर्षाको साथै बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु तथा एकरदुई स्थानमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजिवन, यातायात तथा हवाई उड्डयन सेवामा क्षणिक एवं आंशिक असर पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन मौसमविज्ञले सुझाव दिएका छन् ।...
सञ्चारकर्मीलाई धम्की दिनु प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो : महासङ्घ

सञ्चारकर्मीलाई धम्की दिनु प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो : महासङ्घ

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
२०, मंसिर काठमाडौं । नेपाल पत्रकार महासङ्घले सुनसरीस्थित धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत सञ्चारकर्मीलाई धम्की दिएको विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । धरानका प्रमुख साम्पाङले नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राई र महासङ्घका राष्ट्रिय परिषद् सदस्य गोपाल दाहाललाई समाचारको विषयलाई लिएर धम्की दिएका थिए ।“समाचारप्रति चित्त नबुझे त्यसउपर कानुनी प्रक्रिया जाने वा प्रेस काउन्सिल नेपालमा उजुरी गर्न सकिने स्थापित प्रावधान छ । यसलाई बेवास्ता गर्दै सार्वजनिक पदधारी प्रमुखजस्तो जिम्मेवार व्यक्तिबाट गरिएको यो हर्कत अन्यन्त निन्दनीय हुनुका सार्थै प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो”, महासङ्घका महासचिव रोसन पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।  ...
इतिहासकार राणाको निधन

इतिहासकार राणाको निधन

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२०, मंसिर काठमाडौं । इतिहासकार पुरुषोत्तम शमशेर राणाको ९९ वर्षको उमेरमा निधन भएको छ । उनको आज दिउँसो काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनको जन्म १९८२ साल चैत १५ गते चारबुर्जा दरबार (हाल निर्वाचन आयोगको कार्यालय रहेको बहादुर भवन) मा भएको थियो । उनले राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू र श्री ३ हरुका वृतान्त पुस्तक लेखेका छन् । उनी रुद्र शमशेरका नाति र ईश्वर शमशेरका छोरा हुन् ।...
स्नातक तह चौथो वर्षमा दुई विषय अनुत्तीर्ण विद्यार्थीलाई मौका परीक्षा दिन आवेदन माग

स्नातक तह चौथो वर्षमा दुई विषय अनुत्तीर्ण विद्यार्थीलाई मौका परीक्षा दिन आवेदन माग

ताजा अपडेट, वातावरण, शिक्षा, समाचार
२०, मंसिर काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तह चौथो वर्षमा दुई विषय अनुत्तीर्ण विद्यार्थीहरूलाई मौका परीक्षा दिन आवेदन माग गरेको छ । त्रिविको परीक्षा नियन्त्रण कार्यालय,बल्खुले आज एक सूचना जारी गर्दै स्नातक तहमा पहिलो दोस्रो तेस्रो वर्ष सबै विषय पास भएको तर नियमित चौथो वर्षमा २ विषयसम्म अनुत्तीर्ण भएका विद्यार्थीहरूको लागि मौका परीक्षा दिन आवेदन माग गरेको हो । स्नातक तह चौथो वर्षको नतिजामा दुई वटा विषयमा अनुत्तीर्ण विद्यार्थीहरूले पूरक परीक्षाको लागि मंसिर २६ गतेसम्म परीक्षा फारम भर्न सक्ने छन्।...
सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
२०, मंसिर काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज छापावाल सुन तोलामा तीन सय रुपैयाँले बढेर एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला एक लाख ५० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेर प्रतितोला एक हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
आइतबार र सोमबार वर्षाको सम्भावना

आइतबार र सोमबार वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
२०, मंसिर काठमाडौं । यो वर्षको हिउँदको पहिलो वर्षा आगामी आइतबार र सोमबार हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । वर्षापछि जाडो पनि अहिलेको तुलनामा बढ्ने छ । यो वर्षाको असर पूर्व र मध्यको तुलनामा सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा बढी पर्ने सम्भावना छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा पश्चिमको तुलनामा कम प्रभाव हुने छ । पानी परिहाले पनि हल्का खालको मात्र हुने सम्भावना छ । काठमाडौं लगायत मध्य र पूर्वी भेगमा भने बादल लाग्ने र जाडो बढी हुने पूर्वानुमान छ ।...
सुनको मूल्य बढ्यो, आज कतिमा कारोबार ?

सुनको मूल्य बढ्यो, आज कतिमा कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
१९, मंसिर काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज छापावाल सुन तोलामा एक सय रुपैयाँले बढेर एक लाख ५० हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेर प्रतितोला एक हजार ८ सय ६५रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
जाडोमा छालाको हेरचाह कसरी गर्ने ?

जाडोमा छालाको हेरचाह कसरी गर्ने ?

जीवनशैली, ताजा अपडेट, वातावरण, समाचार, स्वास्थ्य
१९, मंसिर काठमाडों । जाडोमा छाला सुक्खा हुने, फुट्ने, घाउ हुने सम्भावना बढी रहन्छ । छाला का यी समस्याबाट बच्न छालाको हेरविचार गर्नु पर्ने आवश्यक हुन्छ । जाडो महिना भ्यास्लिन अथवा कुनै पनि तेल भएको मोइस्चराइजेर छालामा लगाईराख्ने । तेल भएका मोइस्चराइजेरले छालामा तेलको पत्र बनाई छालामा पानीको मात्रा बनाई राख्छ । अल्कोहल र पानी भएका मोइस्चराइजेर लगाउनु हुन्न । यिनीहरुले छाला झन् सुक्खा बनाउने गर्दछन् ।जाडो याममा मनतातो पानीले थोरै समय लगाएर नुहाउने र नुहाउने बेला मा धेरै तातो पानीले लामो समय लगाएर ननुहाउने । धेरै तातो पानीले छालामा भएका प्राकृतिक तेलहरु लाई नाश गर्दछ र तेलको मात्रा घटाई छालालाई थप सुक्खा बनाउँछ । धेरैै मानिसहरु जाडोमा न्यानो रहनको लागि घण्टौ घाम ताप्छन् । लामो समय घाम ताप्नाले घामले छाला ढड्न गइ चायाँ पोतो समेत आउन सक्छ।यी जोखिमवाट बच्न जाडोमा धेरे बेर घाम नताप्ने, घाम ...