वातावरण

बुकीमा चरेका च्याङ्ग्राको माग उच्च

बुकीमा चरेका च्याङ्ग्राको माग उच्च

ताजा अपडेट, वातावरण, समाचार
१०, असोज म्याग्दी । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका(४ याराका डिण्डुप गुरुङको गोठमा एक सय ५० च्याङ्ग्रा छन् । घुम्ती गोठमा पालेको च्याङ्ग्रा बेचेर उनले छोराछोरी पढाउने र घरव्यवहार चलाउने खर्च जुटाउँदै आएका छन् । “वर्षमा ४० जति च्याङ्ग्रा बिक्री हुन्छ,” उनले भने “घरव्यवहार चलाउने र छोराछोरी पढाउने खर्च च्याङ्ग्रा पालनबाटै जुटाउने गरेको छु ।” ३५ वर्षीय डिण्डुपले विदेश नगई पुर्खाले गर्दै आएको च्याङग्रापालनलाई निरन्तरता दिएका हुन् । याराका डिण्डुपले जस्तै मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाको प्रायजसो घरमा च्याङ्ग्रा पालेका छन् । दसैँ तिहारमा पोखरा, काठमाडौँ लगायत देशका विभिन्न जिल्लामा मासुका लागि मुस्ताङका किसानले पालेका च्याङग्राको उच्च माग हुन्छ ।...

सांस्कृतिक कार्यक्रममा योगदान गर्ने सम्मानित

ताजा अपडेट, वातावरण, समाचार
१०, अससोज काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा यही असोज ३ गते राजधानीमा आयोजित ‘नेशनल डे कन्सर्ट’मा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज धरहरा परिसरमा एक समारोहबीच कन्सर्ट सफल बनाउन सहयोग गर्ने कलाकार, समाजसेवी, खेलाडी, साहित्यकारलागायतलाई सम्मान गरेको हो । कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव डा. कृष्णहरि पुस्करले संविधान दिवसका अवसरमा नागरिक स्तरबाटै कार्यक्रम गरिनु र व्यापक जनसहभागिताले यसलाई थप सफल र सार्थक बनाएको बताए। उनले कार्यक्रममा योगदान दिने सबैलाई धन्यवाद दिँदै देशको प्रगति र समृद्धिमा कला, साहित्य, खेलकुद, र समाजसेवाले महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।सम्मानित हुनेहरूमा कलाकार, समाजसेवी, खेलाडी, व्यापारी, साहित्यकारलगायत रहेका छन् । सो अवसरमा हास्यकलाकार केदार घिमिरेले सम्मा...
अरिंगालले टोकेर चार विद्यार्थी घाइते

अरिंगालले टोकेर चार विद्यार्थी घाइते

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१०, असोज लमजुङ । जिल्लाको बेँसीसहर नगरपालिका(३ मा रहेको गाउँसहर माध्यमिक जाँदै गर्दा बाटोमा अरिंगालले टोकेर चारजना विद्यार्थी घाइते भएका छन् । आज बिहान विद्यालय जाने क्रममा डमफुहाउस नजिककै अरिंगालले टोकेर उनीहरू घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी कार्यालयका प्रहरी निरीक्षक तुलबहादुर श्रेष्ठका अनुसार बेँसीसहर(५ बाख्रेगजतका १३ वर्षीय रीना गुरुङ, १२ वर्षीय अर्चना तामाङ, १३ वर्षीय संगीता तामाङ र १० वर्षीय करुणा गुरुङ घाइते भएका छन् । घरबाट विद्यालय जाँदै गर्दा बाटोमा अचानक आएको अरिंगालले उनीहरूको टाउको, छातीलगायत शरीरका विभिन्न भागमा टोकेको उनले बताए ।घाइते सबैको उद्धार गरी लमजुङ अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए। घरबाट विद्यालयसम्म आउँदा जंगलको बाटो पर्ने प्रहरीले जनाएको छ ।...
नेप्से परिसूचकमा ४९ अंकको वृद्धि

नेप्से परिसूचकमा ४९ अंकको वृद्धि

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
९, असोज काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक आज ४९ दशमलव १८ अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०का अनुसार आज परिसूचक ४९ दशमलव १८ अंकले उकालो लागेर दुई हजार पाँच सय १९ दशमलव ५७ विन्दुमा सीमित भएको हो । अघिल्लो दिन रु। पाँच अर्ब ६८ करोड ९५ लाख ६१ हजार तीन सय ५६ मूल्यमा खरिद बिक्री भएकामा आज भने चार अर्ब ८१ करोड ३२ लाख २३ हजार चार बराबरको कारोबार भएको छ । कुल एक करोड २४ लाख ९४ हजार नौ सय ८९ कित्ता शेयर खरिदबिक्री हुँदा अघिल्लो दिनको तुलनामा शेयर कारोबार भने खुम्चिएको नेप्सेले जनाएको छ ।...
आफ्नै छोराको कुटपिटबाट बुवाको मृत्यु

आफ्नै छोराको कुटपिटबाट बुवाको मृत्यु

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
९, असोज सिरहा । सिरहामा आफनै छोराको कुटपिटबाट बुवाको मृत्यु भएको छ । औरही गाउँपालिका(३ खजनपुर टोलकम ६५ वर्षीय भालेश्वर यादवको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डिएसपी मुक्ति सापकोटाका अनुसार घरायसी विवादमा सोमबार साँझ आफ्नै छोरा ३८ वर्षीय शैलेन्द्रकुमार यादव र बुहारी रेणुकुमारी यादवले कुटपिट गरेका थिए । मृतक भालेश्वर यादवको शव मंगलबार पोष्टमार्टमपछि उनका अर्का छोरा रामप्रताप यादवलाई जिम्मा लगाइएको छ ।...
त्रिविद्वारा एआई प्रयोगमा प्रतिबन्ध

त्रिविद्वारा एआई प्रयोगमा प्रतिबन्ध

ताजा अपडेट, ब्यानर-२, वातावरण, शिक्षा, समाचार
८, असोज काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विश्वविद्यालयद्वारा सञ्चालित जुनसुकै तहको परीक्षामा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) को प्रयोग गरेको पाइएमा परीक्षा रद्द हुने जनाएको छ । त्रिवि परीक्षा सुधार समितिका अध्यक्ष एवं शिक्षाध्यक्ष प्राडा खड्क केसीको अध्यक्षतामा सोमबार भएको बैठककाले सो निर्णय गरेको हो । त्रिविका शिक्षाध्यक्ष केसी प्रविधिको भर पर्दा विद्यार्थीमा पठन संस्कृति कमजोर हुने तथा चोर्ने प्रवृत्ति देखिएकाले परीक्षामा त्यस्ता प्रविधिको प्रयोगमा निरुत्साहित गर्ने उद्देश्यका साथ विद्यार्थीलाई सूचित गरिएको बताउँछन् । एआईका कारण विद्यार्थीको मौलिकता र सिर्जनाशीलता कमजोर हुँदै गएको तथा पढ्ने संस्कृतिलाई निरुत्साहित गरेको त्रिविको बुझाइ छ ।...

ऐतिहासिक पदक विजेता एरिकालाई विमानस्थलमा स्वागत

खेलकुद, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
८, असोज काठमाडौं । चीनको हाङ्जाउमा आयोजित २० औं एसिया सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक विजेता एरिका गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । ६८ केजी माथि तौल समूहको फाइनलमा भियतनामकी नाओन थि नुयेनसँग ६(० ले पराजित हुँदै गुरुङ रजत पदकमा सीमित भएकी थिइन् । एसियन कराँते फेडरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा सिनियरतर्फ नेपालले अहिलेसम्म कुनै पनि पदक जित्न सकेको थिएन । उनले जितेको रजत पदक नेपालका लागि ऐतिहासिक हो ।  ...

कृषि पर्यटक बढाउन ‘स्याउ टिप्ने–खाने’ मेला

ताजा अपडेट, वातावरण, समाचार
८, असोज म्याग्दी । हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका –२ मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्र, मार्फाले आयोजना गरेको एक हप्ते स्याउ टिप्ने खाने मेलाको समय एक हप्ता थपिएको छ । गएको मङ्गलबारदेखि सुरु भएको सो मेला जारी छ । एक हप्तासम्म सञ्चालन हुने सो मेलामा आगन्तुकको चाप बढेकाले एक हप्ता अझै थपिएको केन्द्रले जनाएको छ । कृषिप्रधान देश नेपालमा पर्यटन र कृषिलाई पनि सँगै जोडेर अघि बढ्दा सकारात्मक प्रभाब पर्न सक्ने सम्भावना रहेको भन्दै केन्द्रले पर्यटन प्रवर्धनका लागि स्याउ टिप्ने खाने मेला सुरु गरेको हो । स्याउका लागि नेपालमै चर्चित ब्राण्ड हो मार्फा । त्यही मार्फामा रहेको सरकारी स्वामित्वको शीतोष्ण बागवानी विकास केन्द्रका स्याउ बगैंचामा अहिले लटरम्म फलेका स्याउसँगै रमाउने फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालहरु टिकटक, फेसबुकजस्ता माध्यमबाट प्रचार हुने भएकाले स्याउ मेला...
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका टोली अनुगमनमा सक्रिय

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका टोली अनुगमनमा सक्रिय

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
८, असोज काठमाडौं । खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको नियमित अनुगमन गर्न काठमाडौँ उपत्यकामा तीनवटा टोली परिचालन गरेको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार विभागले सोमबार काठमाडौँ महानगरपालिका–२५ स्थित न्यूरोडमा रहेको गौतम स्वीट्स, महानगरपालिका–२४ स्थित इन्द्रचोकमा रहेको स्वस्तिक स्वीट्स एण्ड स्नाक्स, महानगरपालिका–२२ न्यूरोडस्थित कर्नर ताजा गुँदपाक भण्डारमा अनुगमन गरेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए । अनुगमनका क्रममा व्यक्तिगत सरसफाइमा ध्यान दिन, एकपटक प्रयोग भएको तेल बारम्बार प्रयोग नगर्न र कृत्रिम रङको प्रयोग मापदण्ड बमोजिम मात्र गर्न निर्देशन दिएको जानकारी उनले दिए । यसैगरी विभागले ललितपुरको गोदावरी नगरपालिका–११ स्थित प्रशंसा कलेक्सन एण्ड रिफाइन प्रशोधन केन्द्रमा पनि अनुगमन गरेको छ । उक्त केन्द्रमा वनस्पति घ्यूलाई खिया लागेको ड्र...
दसैँको मुखमा खानेतेलको मूल्यवृद्धि

दसैँको मुखमा खानेतेलको मूल्यवृद्धि

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
८,असोज काठमाडौं । नेपालीमा ठुलो चाडपर्व दसैँतिहार नजिकदै गर्दा खानेतेलको मूल्यमा वृद्धि भएको छ । पछिल्लो एक र डेढ साताको बिचमा खानेतेलको मूल्य प्रतिलिटर २० रुपियाँका दरले थोकमै वृद्धि भएको हो । यो मूल्य खुद्रामा पुग्दा अझै बढेको र यसको प्रत्यक्ष मार सर्वसाधारण उपभोक्तामा परेको छ । उपभोक्ताहरू मूल्यवृद्धिको मारमा परिरहे पनि सरकारी निकायले यसमाथि कुनै अनुगमन वा कारबाही अघि बढाएको छैन । पछिल्लो समयमा खानेतेलको मूल्यमा अस्वाभाविक वृद्धि भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले यसलाई नजिकबाट नियालिरहेको बताएको छ ।विभागका महानिर्देशक राजन पौडेलले मूल्यवृद्धिको विषयलाई आफूले नियालिरहेको र केही तेल उत्पादक उद्योगसँग यस विषयमा सोधपुछ गर्ने काम पनि भइरहेको बताए। बजारमा मूल्यवृद्धि हुनेबित्तिकै कारबाही गर्न नमिल्ने भन्दै विभागका महानिर्देशक पौडेलले भन्नुुभयो, “मूल्य बढ्नासाथ कारबा...