काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना(३ फिस्लिङमा सोमबार बिहान लेदोसहितको पहिरो खसेको छ ।
बिहान ५ बजे खसेको पहिरोका कारण मुग्लिङ–काठमाडौँ सडक दुइतर्फी अवरुद्ध बनेको छ। पहिरोलाई एक्स्काभेटरको सहायताले पन्छाइँदैछ ।
साउन ७, २०८१, ११:५१ मा प्रकाशितसाउन ७, २०८१, ११:५१ मा प्रकाशितसाउन ७, २०८१, ११:५१ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
काठमाडौं। सोमबार सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ४६ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसै गरी, सोमबार चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा घटेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ९० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।...
साउन ७, २०८१, ११:४१ मा प्रकाशितसाउन ७, २०८१, ११:४१ मा प्रकाशितसाउन ७, २०८१, ११:४१ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८०र८१ मा पन्ध्र प्रजातिका ७६ जनावर मरेका छन् । ती मध्ये सबैभन्दा बढी चित्तल छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आवमा कुकुरको आक्रमणबाट दुई र २२ प्राकृतिक कारणले २४ चित्तल मरेका थिए ।
यसैगरी सो अवधिमा गैँडा २१ मरेका छन् । ती मध्ये १८ प्राकृतिक कारणले हो भने दुई चोरी सिकारीले र एउटाको कारण खुल्न नसकेको उनले बताए ।
यसैगरी प्राकृतिक कारणले आठ बाघ मरेका छन् । रतुवा छवटा मरेको अवस्थामा भेटिएको उनले जानकारी दिए । ती सबै प्राकृतिक कारणले मरेका हुन् । पाँचवटा हात्ती र जरायो चारवटा प्राकृतिक कारणले मरेका छन् ।
यसै अवधिमा घडियाल गोही दुईवटा मरेका छन् । एउटा प्राकृतिक कारणले हो भने एउटाको कारण खुल्न सकेको छैन । मगर गोही दुई, बँदेल एक, लगुना एक र दुईवटा अन्य जनावर प्राकृतिक कारणले मरेको सूचना अधिकारी तिवारीले बताए । म...
साउन ७, २०८१, ०६:३२ मा प्रकाशितसाउन ७, २०८१, ०६:३२ मा प्रकाशितसाउन ७, २०८१, ०६:३२ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
म्याग्दी । अवरुद्ध बेनी–दरवाङ सडक दश दिनपछि खुलेको छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतमा गत असार २८ गते पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।
चौबीस किलोमिटर सो सडक पश्चिम म्याग्दीको ‘लाइफ लाइन’ मानिन्छ । सडक अवरुद्ध हुँदा आवतजावत, निर्माण र खाद्यान्न सामग्री ढुवानीका साथै बिरामीलाई अस्पताल पुर्याउन समस्या भएको थियो ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले भने, “सडकखण्डमा जोखिम टरेको छैन, वर्षात् र साँझबिहान आवतजावत गर्दा सतर्कता अपनाउन अनुरोध गरेका छौँ, पहिराले अवरुद्ध हुनेबित्तिकै पन्छाउने प्रयास गरे पनि पहिरो नरोकिएपछि यातायात अवरुद्ध भएका थिए । पहिरो पन्छाएपछि आइतबार साँझदेखि बेनी–दरवाङ सडक खुलेको छ ।”
मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले वैकल्पिक सडकलाई तत्काल बजेटको माग गरिएको र अबदेखि यात्रुलाई सास्ती नहुनेगरी काम गर्न सम्बन्धित निकायमा अ...
साउन ७, २०८१, ०६:२८ मा प्रकाशितसाउन ७, २०८१, ०६:२८ मा प्रकाशितसाउन ७, २०८१, ०६:२८ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
काठमाडौं । मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी,बागमती,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।कोशी,बागमती,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक – दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूवानुमान महाशाखा अनुसार राती देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशको एक – दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र कोशी,बागमती,गण्डकी र कर्णाली प्रदेशका एक – दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
यी क्षेत्रमा हुन सक्ने गेग्रान बहाव,बाढी,पहिरो तथा भ...
साउन ६, २०८१, १३:४६ मा प्रकाशितसाउन ६, २०८१, १३:४६ मा प्रकाशितसाउन ६, २०८१, १३:४६ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला १ लाख ४७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार १३ सय रुपैयाँले घट्दै १ लाख ४६ हजार २ सय रुपैयाँमा झरेको हो ।
यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा १३ सय रुपैयाँले नै घट्दै १ लाख ४५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने आज तोलामा २० रुपैयाँले घट्दै १ हजार ८ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
साउन ६, २०८१, १३:२१ मा प्रकाशितसाउन ६, २०८१, १३:२१ मा प्रकाशितसाउन ६, २०८१, १३:२१ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा भाइरल ज्वरोको बिरामी बढेका छन् । बिरामीको सङ्ख्या बढैसँगै जिल्ला अस्पतालमा शय्या अभाव भएको छ ।
अस्पताल प्रशासनका अनुसार पचास शय्या क्षमताको अस्पतालमा दैनिक तीन सय जना भाइरल ज्बरोका बिरामी आउने गरेका छन् ।पर्याप्त शय्या अभावमा उपचार गर्न कठिन भएको अस्पतालका सूचना अधिकारी रमेश श्रेष्ठले राससलाई बताए । ‘बिरामीलाई भूमिमा राखेर सेवा गर्नुपरेको छ, अन्य रोग लागेका बिरामीलाई बेड छैन । भाइरल ज्वरोका बिरामीको चाप अनपेक्षित रूपमा बढेको छ’ उनले भने ।
त्रियुगा नगरपालिका क्षेत्रको गाइघाट, पुरानो गाइघाट, असारी, मोतिगडा, देउरी, बगाहा, जलजले, राजाबास, चुहाडे, लक्ष्मीपुर, पोर्ताह, खैराहा झोडा, बिषणपुर, खैजनपुर, मोथ्याई, र जोगिदह क्षेत्रमा अहिले ब्यापक भाइरलको प्रकोप फैलिदै गएसँगै प्रत्यक घरमा एक, दुईदेखि सम्पूर्ण परिवारहरूसमेत भाइरलबाट प्रभावित भइरहेका छन...
साउन ६, २०८१, ०७:०५ मा प्रकाशितसाउन ६, २०८१, ०७:०५ मा प्रकाशितसाउन ६, २०८१, ०७:०५ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
चितवन । नारागणगढ(मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका दुई बस र बसमा सवार यात्रुको खोज तथा उद्धार कार्यमा शनिबारदेखि भारतीय टोली पनि परिचालन भएको छ ।
भारतीय नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) को १२ सदस्यीय टोली शनिबारदेखि खोजतलासका लागि घटनास्थल आइपुगेको हो ।खोजतलासमा परिचालिन हुनुअघि भारतीय टोलीले जिल्ला प्रशासन कार्यालय चितवनमा प्रमुख जिल्ला अधिकारीसहित यहाँका सुरक्षा निकायका अधिकारीहरुसँग छलफल गरेको थियो ।
छलफलपछि प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले टोलीमा रहेका १२ जनामध्ये चार जना गोताखोर रहेको बताए । टोलीले विपद् व्यवस्थापन शिक्षालय कुरिनटारका उद्धारमा खटिएकासँग छलफल गरेपछि काम सुरु गर्ने उनले बताए ।खोजतलासका लागि आएका एनडीआरएफका प्रतिनिधि कुनाल तिवारीले अब यथासक्य छिटो खोजतलासको काममा जुट्ने बताए । उनले नेपालका जस्तै नदी भारतमा पनि रहेको जनाउँदै ...
साउन ६, २०८१, ०६:५९ मा प्रकाशितसाउन ६, २०८१, ०६:५९ मा प्रकाशितसाउन ६, २०८१, ०६:५९ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
काठमाडौं । बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा परेका नेपाली विद्यार्थी तथा उनीहरूका अभिभावक एवं आफन्तहरूले अनलाइनमार्फत आवेदन दिन सक्ने भएका छ्न ।
परराष्ट्ट्र मन्त्रालयले आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि अनलाईन निवेदन दिन सकिने व्यवस्था मिलाएको शनिबार जानकारी गराएको छ । निवेदन नेपालबाट सम्बन्धित परिवारका सदस्यहरूले समेत दिन सक्नेछन् ।...
साउन ६, २०८१, ०६:४७ मा प्रकाशितसाउन ६, २०८१, ०६:४७ मा प्रकाशितसाउन ६, २०८१, ०६:४७ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
तुलसीपुर । दाङको दङ्गीशरण–७ बोगटी नजिकै जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार आज दाङको तुलसीपुरबाट सल्यानको कालीमाटी जाँदै गरेको लु१ज १३८३ नंको जिप दुर्घटना हुँदा चालक सल्यान कालीमाटी गाउँपालिका–२ का ४१ वर्षीय खिमबहादुर बोपाल मगर, जिपमा सवार कालीमाटी–३ का १६ वर्षीय किरण बोहरा, सोही ठाउँका १४ वर्षीय विपिन केसी, १० वर्षीया आरती थापा, ३० वर्षीय गणेश केसी, ५० वर्षीया धनसरी खत्री, १५ वर्षीया करिष्मा खत्री घाइते भएका छन् ।
दुर्घटनामा कालीमाटी–२ का ५४ वर्षीय हुकुमराज पुन, सोही ठाउँका ४९ वर्षीय भानुभक्त वली र बर्दियाको बासगडी नगरपालिका–४ की ३८ वर्षीया सङ्गीता राणासमेत घाइते भएका छन् । घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।...