वातावरण

आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं ।देशभर आंशिक देखि साधारणतया बदली रही देशको पाँच प्रदेशमा भारी वर्षा हुने भएको छ । कोशी र बागमती प्रदेशका पहाडी भू–भाग लगायत गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू – भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार राती देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती,गण्डकी,लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, बागमती, गण्डकी र लुम्...
नागार्जुन–७ को जगन्नाथेश्वर मन्दिरमा २७ फिटको त्रिशुल स्थापना गरियो

नागार्जुन–७ को जगन्नाथेश्वर मन्दिरमा २७ फिटको त्रिशुल स्थापना गरियो

ताजा अपडेट, पर्यटन, ब्यानर-१, वातावरण, समाचार, स्थानीय
सीता पौडेल(अर्चना) काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर–७ मा अवस्थित ऐतिहासिक सम्पदा ‘जगन्नाथेश्वर मन्दिर’ मा पञ्चधातुद्धारा निर्मित २७ फिटको त्रिशुल स्थापना गरिएको छ। उक्त त्रिशुल स्थापनार्थ वडा नं ७ को स्युचाटार,पानीटयांकीका ‘फूर्तिला महिला कृषक समुह’को आयोजना र काठमाडौंको ‘श्रीसूर्यनारायण प्रेम सेवा आश्रम’को सह–आयोजनामा गत बिहिबारदेखि शनिबारसम्म वडा नं ७ सँगको समन्य र सहकार्यमा  त्रिदिवसीय प्राण प्रतिष्ठा पुजन गरि शनिबार सो त्रिशुलसहित नन्दी,घण्टा र गजुरको स्थापना गरिएको वडा नं ७ का वडा अध्यक्ष शैलेन्द्र लामाले बताए । अध्यक्ष लामाका अनुसार त्रिदिवसीय सो धार्मिक कार्यक्रममा उपस्थित श्रद्धालुभक्तजनहरुलाई मुख्य पंडित नारायण प्रसाद खनालज्युबाट विभिन्न धार्मिक अनुष्ठानसहित शिवमहापुराणका कथाहरु श्रवण गराएर आनन्द प्रदान गरिएको थियो । उक्त समापन कार्यक्रमलाई सम्बोधन गर...
सर्पको टोकाइबाट घाइतेको हेलिकप्टरबाट उद्धार

सर्पको टोकाइबाट घाइतेको हेलिकप्टरबाट उद्धार

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
कालीकोट । सर्पको टोकाइबाट गम्भीर घाइते भएका कालीकोटको शुभकालिका गाउँपालिका–६ का २४ वर्षीय धनप्रसाद आचार्यको शनिबार हेलिकप्टरबाट उद्धार गरिएको छ । शुक्रबार आफ्नै बारीमा घाँस काट्ने क्रममा सर्पको टोकाइबाट गम्भीर घाइते भएका आचार्यको उद्धार गरेर शनिबार थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्‍याइएको हो । शनिबार बिहान जिल्ला अस्पताल पुगेका आचार्यको अस्पतालमा सर्पको विषको असरलाई नियन्त्रण गर्ने प्रतिविष ९एन्टी स्नेक भेनम० नहुँदा थप उपचारका कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ । जिल्ला अस्पतालमा सर्पदंशको उपचार सेवा नभएकाले अस्पतालले जिल्ला प्रशासन कार्यालयसँग आग्रह गरेर हेलिकप्टरमार्फत सुर्खेत पठाएको जिल्ला जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले जानकारी दिए । ‘हवाई उद्धारको शुल्क बिरामीका आफन्तले बेहोर्ने गरेर हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेतमा पठाएको हो’, उनले भने, ‘...
मेलम्चीको पानी नआएसम्म वैकल्पिक माध्यमबाट काठमाडौँमा पानी वितरण गर्न निर्देशन

मेलम्चीको पानी नआएसम्म वैकल्पिक माध्यमबाट काठमाडौँमा पानी वितरण गर्न निर्देशन

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँवासीलाई मेलम्चीको पानी उपलब्ध नभएसम्म वैकल्पिक माध्यमबाट वितरण गर्न निर्देशन दिएका छन् । आज सुन्दरी जलस्थित मेलम्ची सुरुङ आउटलेटको निरीक्षण गर्ने क्रममा उनले वर्षायाममा मेलम्चीबाट पानी ल्याउन नसकिने अवस्थामा अन्य स्रोतबाट पानी व्यवस्थापन गर्न निर्देशन दिएका हुन् । उनले काठमाडौँवासीका लागि बाह्रै महिना सफा, शुद्ध र स्वच्छ पानी उपलब्ध गराउन आग्रह गरे । उनले भने, “मानिसको जीवनमा सबैभन्दा महत्वपूर्ण पानी हो, काठमाडौँमा वर्षभरि सफा, शुद्ध र स्वच्छ पानी वितरण गर्न जे आवश्यक पर्छ, त्यो गर्नुस्, बजेट, आधुनिक उपकरण र जनशक्ति जे चाहिन्छ मन्त्रालयबाट म व्यवस्था गर्छु ।” मन्त्री यादवले हाल काठमाडौँमा पानीको अभावले जनजीवन कष्टकर बन्दै गएको उल्लेख गर्दै वैकल्पिक स्रोत प्रयोग गरेर पानी आपूर्ति गर्न निर्देशन दिए । उनले बागमती नदीको पानी र भूमिगत पानील...
काठमाडौं कोरा च्यालेन्ज–२०२४(फोटो फिचर)

काठमाडौं कोरा च्यालेन्ज–२०२४(फोटो फिचर)

ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-१, वातावरण, समाचार
सीता पौडेल (अर्चना) काठमाडौं।नेपालको पर्यापर्यटनको विकास र प्रवद्र्धनका लागि सामाजिक संस्था ‘ सोसल टुर्स एण्ड ट्राभल्स’ ले आज श्रावण ५ गते शनिबार ललितपुरको पाटन दरबार स्क्वायरबाट बृहत साइकल ¥याली ( काठमाडौं कोरा च्यालेन्ज) आयोजना गरको छ।उक्त ¥यालीमा विश्व साइकल यात्री ज्ञान महर्जन लगायत विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुले सहभागिता जनाएका छन्। विश्व साइकल यात्री एवं वल्ड साइकलिष्ट क्लब नेपालका सल्लाहकार महर्जनका अनुसार सो साइकल ¥याली बिहान ७ बजे ललितपुरको पाटन दरबार स्क्वायरमा शुरु भएर बौद्धको समता स्कुलसम्म गएर अन्त्य हुने छ। ¥यालीमा ५० कि.मि.,७५ कि.मि.र १०० किलोमिटर यात्रामा स्वइच्छाले सहभागिता जनाइएको छ।सो ¥याली सकिएपछि पाटनको नागबाहलमा औपचारिक कार्यक्रम सहित पुरस्कार तथा प्रमाणपत्र वितरण गरेर समापन  गर्ने सहआयोजक ललितपुर महानगरपालिकाले जनाएको छ । सो साइकल ¥...
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्यो

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्यो

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा हालसम्मकै धेरै पर्यटक भित्रिएका छन् । गत आर्थिक वर्षमा हालसम्मकै धेरै पर्यटक निकुञ्ज प्रवेश गरेका हुन् । भरतपुर महानगरपालिकाले घोषणा गरेको भरतपुर भ्रमण वर्षको प्रभावका कारण पनि थप पर्यटक आएका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आर्थिक वर्षमा तीन लाख छ हजार आठ सय ३७ पर्यटक निकुञ्ज प्रवेश गरेका छन् । अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या दुई लाख ९९ हजार चार सय १२ रहेको थियो । निकुञ्जले यो सङ्ख्या नै हालसम्मको उच्च रहेको जनाएको थियो । त्यो तथ्याङ्कलाई पार गर्दै गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षकोभन्दा सात हजार चार सय २५ बढी पर्यटक निकुञ्ज भित्रिएका हुन् । तिवारीका अनुसार गत आर्थिक वर्षमा नेपाली एक लाख ७६ हजार तीन सय १६ भित्रिएका थिए । अघिल्लो आर्थिक वर्षमा नेपालीको सङ्ख्या दुई लाख पाँच हजार छ सय पाँच थियो । यसैगरी गत आर्थिक वर्षमा...
मनसुनको एक महिना, बाढी, पहिरो, चट्याङबाट मानवीय क्षति बढी

मनसुनको एक महिना, बाढी, पहिरो, चट्याङबाट मानवीय क्षति बढी

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं । नेपालमा मनसुन सुरु भएको एक महिनामा मनसुनजन्य विपद् (मुख्यगरी बाढीपहिरो र चट्याङ) का घटना तथा मानवीय क्षति बढी भएको भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक गरेको मनसुनको ३० दिनको अवस्था प्रतिवेदनअनुसार गत वर्षभन्दा यस वर्षको मनसुनको ३० दिनमा दुई सयभन्दा बढीले बाढी, पहिरो, चट्याङ तथा भारी वर्षका घटना वृद्धि भएको हो । मानवीय क्षति पनि उल्लेख्य वृद्धि भएको पाइएको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ । प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले यसपालि नेपालले बाढी, पहिरो, चट्याङबाट जनधनको बढी क्षति बेहोरेको बताए । प्रतिवेदन अनुसार गत वर्ष यो अवधिमा ती विपद्का चार सय ५१ वटा घटना भएको थियो । यसपालि भने ६ सय ९१ वटा घटना भएको पाइएको छ । जसमा गत वर्ष ४२ जनाको मृत्यु भएकामा यसपालि सो अवधिमा ६९ जनाले ज्यान गुमाएका छन् । गत वर्ष बेपत्ता २५ जना रहेकामा यस व...
शनिबार कुन विदेशी मुद्राको मूल्य कति ?

शनिबार कुन विदेशी मुद्राको मूल्य कति ?

अर्थतन्त्र, जीवनशैली, बिशेष, वातावरण, समाचार
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.५७ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.१७ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५.४७ रुपैयाँ रहेको छ भने बिक्री दर १४६.१२ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.६१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.४९ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६२ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७२.६२ रुपैयाँ रहेको छ भने बिक्री दर १७३.३९ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८९.४४ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.८४ रुपैयाँ रहेको छ ।...
सहकारीमार्फत आलुको कारोबार

सहकारीमार्फत आलुको कारोबार

ताजा अपडेट, वातावरण, समाचार
तनहुँ । कृषि ज्ञान केन्द्र तनहुँले आलु प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेपछि जिल्लामा प्रशोधन योग्य आलु उत्पादनमा वृद्धि भएको छ । कार्यालयले चालु आर्थिक वर्षमा समुदायस्तरमा प्रशोधन योग्य आलु प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेपछि जिल्लाका १२ सहकारीमार्फत रु एक करोड २१ लाखको आलुको कारोबार भएको छ । कार्यालयले आलु प्रवर्द्धन कार्यक्रमअन्तर्गत १२ सहकारीलाई रु एक करोड चार लाख ९५ हजार अनुदान उपलब्ध गराएको कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए । उक्त कार्यक्रमका लागि रु एक करोड ४० लाख विनियोजन गरिएको थियो । सहकारीलाई ७५ देखि ८५ प्रतिशतसम्म अनुदान दिइएको छ । सहकारीमार्फत एक हजार रोपनी क्षेत्रफलमा आलुखेती गरिएको र त्यसबाट पाँच सय २९ मेट्रिकटन प्रशोधनयोग्य आलु उत्पादन भएको प्रमुख लामिछानेले बताए। सो कार्यक्रममार्फत सहकारीले प्रशोधनयोग्य ९१ दशमलव ८८ मेट्रिकटन बीउ खरिद गरी कृ...
आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं । मनसुनी प्रणालीको प्रभावले शनिबार देशभर आंशिक देखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम तथा क्षतिबाट बच्न आवश...