वातावरण

बालाजु–बाइसधाराको शीतलामाई मन्दिरमा श्रावण १७ गते क्षमा पुजा हुने,सरसफाई गरि चिटिक्क पारियो

बालाजु–बाइसधाराको शीतलामाई मन्दिरमा श्रावण १७ गते क्षमा पुजा हुने,सरसफाई गरि चिटिक्क पारियो

ताजा अपडेट, पर्यटन, ब्यानर-२, वातावरण, समाचार, स्थानीय
सीता पौडेल(अर्चना) काठमाडौं।काठमाडौंको धार्मिक,सांस्कृतिक तथा ऐतिहासिक र पर्यटकीय स्थल बालाजु–बाइसधारा उद्यान परिषरमा रहेको श्री शीतलामाई (प्याथ अजिमा) देवीको मन्दिरमा यो वर्षको क्षमा पूजा यहि श्रावण १७ गते बिहिबार गरिने भएको छ । क्षमा पूजाका अवसरमा शुक्रबार श्री शितलामाई भजन मण्डल र बालाजु–बाइसधारा मेला व्यवस्थापन समितिले नेप्सेम्याकसँगको प्राविधिक सहयोगमा मन्दिरको व्यापक सरसफाई गरेर मन्दिरलाई चिटिक्क पारेको छ । भजन मण्डलका अध्यक्ष कृष्णलाल मानन्धरका अनुसार शीतलामाई दर्शन र क्षमा पूजाको धेरै महत्व छ । सरसफाई कार्यक्रमका क्रममा उनले सगरमाथाप्रेस डटकमसँग कुरा गर्दै भने, ‘देशमा कोही कसैलाई छाला सम्बन्धी रोग नलागोस् र जान–अन्जानमा गरेका गल्तीहरुको पनि माफी होस् भन्ने उद्देश्यले हरेक वर्ष क्षमा पूजा गर्ने चलन छ ।विगतमा रणबहादुर शाहका पालामा देशमा विफर रोगको महामारी फैलिएको र य...
चुरे संरक्षणको माग गर्दै काठमाडौंमा प्रदर्शन

चुरे संरक्षणको माग गर्दै काठमाडौंमा प्रदर्शन

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं। तराई (मधेशमा चुरे संरक्षण र पानीको अभाव समस्या समाधान गर्न माग गर्दै माइतीघरदेखि बानेश्वरसम्‍म मधेशवासीहरू पुनस् प्रदर्शनमा उत्रिएको छ । शुक्रबार माइतीघरदेखि बानेश्वरसम्‍म उनीहरूले प्रदर्शन गरेका हुन् । उनीहरूको प्रदर्शनमा बृहत् नागरिक आन्दोलन पनि समर्थन जनाउँदै ब्‍यानरसहित सडकमा उत्रिएको छ ।‘सरकार पानी देऊ, वनलाई डढेलोमुक्त बनाऔ, भूमिविहीनका नाममा चुरे अतिक्रमण बन्द गर, खानीका खातिर रुख रोपौं’ लगायतका नाराहरू मधेशवासी र वृहत नागरिक आन्दोनलमा सहभागीहरूले नारा लगाइरहेका छन् । वैशाख १६ गतेदेखि पैदल हिंडेर मधेशको पानीको समस्याबारे सरकारलाई जानकारी गराउन र समस्या सम्बोधनका लागि दबाब दिन काठमाडौं आएका मधेशका विभिन्न जिल्लाका बासिन्दा करिब ३ महिनाअखि माइतीघरमा धर्ना बसिरहेका थिए ।...
ढिस्कोमा पुरिएर मुस्ताङमा दुई मजदुरको मृत्यु

ढिस्कोमा पुरिएर मुस्ताङमा दुई मजदुरको मृत्यु

बिशेष, वातावरण, समाचार
पोखरा । मुस्ताङमा ढिस्कोले पुरिएर २ मजदुरको मृत्यु भएको छ । घरपझोङ गाउँपालिका ५ ढुम्बामा गुम्बाको नाला खन्ने क्रममा शुक्रबार अचानक ढिस्को झरेर उनीहरू पुरिएका थिए । मृत्यु हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका १५ का २३ वर्षीय होमबहादुर बुढाथोकी र दाङको गढवा गाउँपालिका १ घर भएका २३ वर्षकै रवि दर्लामी छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको मुस्ताङ प्रहरी प्रमुख डीएसपी भोजराज पाण्डेले जानकारी दिए । दुवै शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ । ...
ओलम्पिकमा सहभागी हुन जाने नेपाली टोलीको बिदाइ

ओलम्पिकमा सहभागी हुन जाने नेपाली टोलीको बिदाइ

खेलकुद, ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौंं। राष्ट्रपति रामचन्द्र पौडेलले ३३ औँं गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी हुन जाने नेपाली खेलाडीलाई सफलताको शुभकामना प्रदान गर्दै बिदाइ गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले खेलाडीलाई शुभकामनासहित बिदाइ गरेका हुन् । सो अवसरमा उनले खेल राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने सबैभन्दा उपयुक्त माध्यम भएको बताउँदै उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्न आग्रह गरे । राष्ट्रपति पौडेलले गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी खेलाडीले देशको प्रतिष्ठा उँचो बनाउने विश्वास व्यक्त गरे। उनले दृढ सङ्कल्प र अठोटका साथ ओलम्पिकमा सहभागी हुन खेलाडीलाई सुझाव दिए। सोही कार्यक्रममा राष्ट्रपति पौडेलले पेरिस ओलम्पिकको ‘सेभ द मिसन’ रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरेका थिए । युवा तथा खेलकुदमन्त्री तेजुल...
हात्तीको आक्रमणबाट कोशी प्रदेशमा १० जनाको मृत्यु, २५ घाइते

हात्तीको आक्रमणबाट कोशी प्रदेशमा १० जनाको मृत्यु, २५ घाइते

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
झापा । हात्तीको आक्रमणबाट गत आर्थिक वर्षमा कोशी प्रदेशमा १० जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन् । सोही अवधिमा पाँच वटा हात्ती मरेका प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरीका अनुसार गत आवमा हात्तीको आक्रमणबाट झापा, मोरङ र सुनसरीका १० जनाको मृत्यु भएको हो । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता भीमबहादुर दाहालले हात्तीको आक्रमणबाट ज्यान गुमाउनेमा सबैभन्दा बढी झापा जिल्ला रहेको जानकारी दिए । उनले झापामा एक वर्षको अवधिमा छ, सुनसरीमा तीन र मोरङमा एक जनाको ज्यान गएको बताए । ‘झापाको मेचीनगर नगरपालिका–४ स्थित प्रसाद गौडाबाट गत वर्षको कात्तिकमा पसेका रैथाने हात्ती ३५ भन्दा बढी हात्तीको समूहले ठूलो धनजनको क्षति गरेको थियो । सोही अवधिमा झापामा चार वटा र मोरङमा एउटा हात्ती मरेका थिए’, प्रवक्ता दाहालले भने । उनले एक वर्षको अवधिमा हात्तीको आक्रमणबाट झापामा १४, इलाममा एक, मोरङमा ती...
ट्रक सहचालकले त्रिशूलीमा हामफाले

ट्रक सहचालकले त्रिशूलीमा हामफाले

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट ज्वाङखोला नजिकबाट एक ट्रक सहचालकले त्रिशूलीमा हामफालेका छन् । शुक्रबार बिहान करिब ८ बजे मकवानपुरगढी गाउँपालिकाका ३२ वर्षीय वीरबहादुर योञ्जनले त्रिशूलीमा हामफालेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । उनी ना ६ ख ४९४७ नम्बरको ट्रकमा सहचालकको रूपमा काम गर्दै आएका छन् । प्रहरीले उनको खोजी भइरहेको र ट्रकका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।...
पहिरोले साँफे(मार्तडी राजमार्ग अवरुद्ध

पहिरोले साँफे(मार्तडी राजमार्ग अवरुद्ध

ताजा अपडेट, वातावरण, समाचार
बाजुरा । अविरल वर्षापछि आएको पहिरोले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगङ्गा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका–४ रिला र बडिमालिका–९ कारागार नजिकै पहिरो गएको बताए । राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारीसाधन आवतजावत ठप्प भएका छन् । सवारीसाधन नचल्दा यात्रु अलपत्र परेका छन् । अवरुद्ध राजमार्ग खुलाउन पहल भइरहेको प्रहरीले जनाएको छ । जिल्लामा वर्षा भइरहेको छ । यस्तै जिल्लाको पूर्वी उत्तरी भेग जोड्ने मार्तडी कोल्टी सडक दुई सातादेखि अवरुद्ध भएको छ ।बडीमालिका नगरपालिका–७ जिल्लीमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो ।...
सिमलताल दुर्घटना : दुई शव भारतको चम्पारणमा फेला

सिमलताल दुर्घटना : दुई शव भारतको चम्पारणमा फेला

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं । सिमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता भएका बसका २ जना यात्रुको शव भारतीय भूमिमा फेला परेको छ । भारतीय सीमा सुरक्षा बल ९एसएसबी०को टोलीले फेला पारेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार बिहिबार राति करिब साढे ९ बजेको समयमा भारतको चम्पारण नगाहा स्थित नारायणी नदीमा २ वटा शव फेला पारेको हो । शवको पहिचान भइसकेको छैन ।सशस्त्र प्रहरी बलका अनुसार भारतीय भूमिमा फेला परेकामध्ये एउटा शव ल्याइएको र एउटा ल्याउन बाँकी रहेको जानकारी दिए । योसँगै हालसम्म २३ जना यात्रुको शव फेला परेको छ ।...
तोलामा २ हजार घट्यो सुन

तोलामा २ हजार घट्यो सुन

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा २ हजारले घटेर १ लाख ४७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बिहीबार १ लाख ४९ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । बुधबार हालसम्मकै उच्च मूल्य प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेको थियो ।यस्तै,चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १८६० रुपैयाँमा कारोबार भएको चाँदी आज १८३० रुपैयाँ कायम भएको छ ।...
पहिरोले फक्ताङलुङ गाउँपालिका केन्द्रमा क्षति

पहिरोले फक्ताङलुङ गाउँपालिका केन्द्रमा क्षति

ताजा अपडेट, वातावरण, समाचार
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको आवासीय क्षेत्रमा पहिराले क्षति भएको छ । गए राति वर्षासँगै खसेको पहिराले गाउँपालिकाको सभाकक्षसहित आवासीय क्षेत्रमा क्षति भएको हो । अविरल वर्षासँगै राति २ बजे गएको पहिराले फक्ताङलुङ गाउँपालिका भवनसँगै रहेका घरमा क्षति भएको फक्ताङलुङका अध्यक्ष राजन लिम्बूले जानकारी दिए। गाउँपालिका कार्यालयसँगैको सुवास लिम्बूको घर तथा होटल पूर्ण रूपमा क्षति भएको छ । पार्किङ गरिएका गाउँपालिकाका गाडी र मोटरसाइकल पुरिएका गाउँपालिका अध्यक्ष लिम्बूले बताए । अध्यक्ष लिम्बूले भने, “सामान्य पहिरो राति १२ बजेदेखि सुरु भए पनि ठूलो पहिरो राति २ बजे गएको थियो । पालिका केन्द्र आवासीय क्षेत्रका बासिन्दा समयमै सुरक्षित क्षेत्रमा जान सफल भएकाले मानवीय क्षतिबाट बच्न सकियो ।” बाढीले बिजुलीको पोल बगाएको, पशुचौपाया पहिरामा परेका तथा क्षतिको विवरण सङ्कलन हुन बाँकी रहेको तापेथ...