वातावरण

सिमलताल पहिरो : विकका परिवारलाई दुई लाख सहयोग

सिमलताल पहिरो : विकका परिवारलाई दुई लाख सहयोग

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
चितवन । भरतपुर महानगरपालिकाले गत असार २८ गते नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा बससँगै त्रिशूली नदीमा बगेर ज्यान गुमाएका सुदीप विकका परिवारलाई किरिया खर्च प्रदान गरेको छ । महानगरपालिका प्रमुख रेनु दाहालले बिहीबार विकका परिवारलाई उक्त रकमको चेक हस्तान्तरण गरेकी हुन् ।पहिरोले बगाएका दुई बसमा ६२ जनाभन्दा बढी यात्री रहेका बताइको छ । बसमा यात्रा गरिरहेकामध्ये २० जनाको शव भेटिएका सुरक्षाकर्मीले बताएका छन् ।...
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं । सङ्घीय सांसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक सङ्घीय संसद् भवन बानेश्वरमा आज दिउँसो सवा १ बजे सुरु हुनेछ । बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयकहरू प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।...
नागार्जुन–७ को जगन्नाथेश्वर मन्दिरमा २७ फिटको त्रिशुल स्थापना गरिदैं, त्रिदिवशिय प्राणप्रतिष्ठा पुजन जारी

नागार्जुन–७ को जगन्नाथेश्वर मन्दिरमा २७ फिटको त्रिशुल स्थापना गरिदैं, त्रिदिवशिय प्राणप्रतिष्ठा पुजन जारी

कला, ताजा अपडेट, पर्यटन, ब्यानर-२, वातावरण, समाचार, स्थानीय
सीता पौडेल(अर्चना) काठमाडौं ।काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर–७ मा अवस्थित ऐतिहासिक मन्दिर ‘जगन्नाथेश्वर मन्दिर’मा पञ्चधातुद्धारा निर्मित २७ फिटको त्रिशुल स्थापना गरिने भएको छ । बिहिबार वडा नं ७,स्युचाटार,पानीटयांकीका ‘फूर्तिला महिला कृषक समुह’को आयोजना र काठमाडौंको ‘श्रीसूर्यनारायण प्रेम सेवा आश्रम’को सह–आयोजनामा वडा नं ७ सँगको समन्य र सहकार्यमा उक्त मन्दिरमा २७ फिट अग्लो त्रिशुलसहित नन्दी,घण्टा र गजुरको प्राण प्रतिष्ठा पुजनको शुरु गरेको समुहकी अध्यक्ष सुष्मा दवाडीले जानकारी दिइन्।साथै उनले १०८ त्रिशूल महाअभियानबाट सौजन्य स्वरुप सो त्रिशुल प्राप्त भएको बताइन्। त्रिदिवशिय सो कार्यक्रममा साउन ३ गते बिहिबार पहिलो दिन कलशयात्रा गरेर उल्लेख्य सहभागितामा भव्यताका साथ सम्पन्न गरेको समुहकी सचिव उर्मिला दवाडीले बताइन् ।सचिव दवाडीले सो कलशयात्रा जगन्नाथेश्वर मन्दिरबाट शुरु भ...
तीस हजार पर्यटकद्वारा म्याग्दी भ्रमण

तीस हजार पर्यटकद्वारा म्याग्दी भ्रमण

पर्यटन, बिशेष, वातावरण, समाचार
म्याग्दी । एक वर्षको अवधिमा ३० हजार पर्यटकले म्याग्दी भ्रमण गरेका छन् । म्याग्दी जिल्ला प्रहरी कार्यालयका अनुसार गत आवमा २४ हजार एक सय ३० जनाले यो जिल्लाका र बाहिरिनेको पाँच हजार सात सय ८९ जना रहेको छ । घोडेपानी र दरवाङमा रहेको इलाका प्रहरी कार्यालयले जिल्ला भित्रने र बाहिरिने पर्यटकको विस्तृत विवरणसहितको तथ्याङ्क राख्ने गर्छन् । आव २०७९/८० मा २९ हजार तीन सय २८ र २०७८/७९ मा सात हजार नौ सय २६ विदेशी पर्यटकले भ्रमण गरेका थिए । म्याग्दीमा आउने पर्यटकमध्ये ९० प्रतिशतभन्दा बढी पर्यटकको रोजाइमा अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी, पुनहिल क्षेत्र पर्ने गरेको छ । धवलागिरि र अन्नपूर्ण हिमाल आरोहण, प्राकृतिक तातोपानी कुण्ड, खोपारा, अन्नपूर्ण धवलागिरि, धवलागिरि सेञ्चुरी, धवलागिरि चक्रीय, धवलागिरि आइसफल, टोड्के, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, बेनीबजारलगायत धार्मिक, प्राकृतिक र ऐतिहासिकस्थ...
चितुवाको आक्रमणबाट बालकको मृत्यु

चितुवाको आक्रमणबाट बालकको मृत्यु

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–५ फलाम डाँडामा चितुवाको आक्रमणबाट बिहीबार साँझ एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा १३ वर्षीय सुन्दर अछामी रहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए । घर नजिकै चितुवाको आक्रमणमा परेका अछामीलाई बन्दीपुर अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । अध्यक्ष थापाले भने, “साँझको बेला घर नजिकैबाट चितुवाले आक्रमण गरेर लगेछ, थाहा पाउने बित्तिकै जाँदा बालक गम्भीर घाइते अवस्थामा भेटिएका थिए ।” मृतक बालकको शव अस्पतालमा राखिएको छ । सो वडाका अध्यक्ष ध्रुवप्रसाद लामिछानेले साँझका बेला घरबाहिर ननिस्कन तथा बालबालिकालाई एक्लै नछाड्न आग्रह गरेका छन् ।...
आजको विदेशी मुद्राको मूल्य कति ?

आजको विदेशी मुद्राको मूल्य कति ?

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.५५ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.१५ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५.९८ रुपैयाँ रहेको छ भने बिक्री दर १४६.६४ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७३.३७ रुपैयाँ रहेको छ भने बिक्री दर १७४.१५ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८९.८९ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.३० रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.६१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.६१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.७४ रुपैयाँ रहेको छ ।...
आजको मौसम : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं । मनसुनी प्र(णालीको प्रभावलृे शुक्रबार देशभर आंशिक देखि साधारणतया बदली रही सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती ,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार राति देशभर आंशिक देखि साधारणतया बदली रही बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्...
वर्षायामभर पृथ्वी राजमार्ग स्तरोन्नति नहुने

वर्षायामभर पृथ्वी राजमार्ग स्तरोन्नति नहुने

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा खण्ड वर्षायामभर स्तरोन्नति नहुने भएको छ । वर्षायामभर कालोपत्र तथा सडक विस्तारको काम रोकेर पानीले असर नगर्ने नाला, कर्ल्भट र पर्खाल निर्माणमात्रै गरिने आयोजनाले जनाएको छ ।असारदेखि असोज महिनासम्म मनसुन सक्रिय रहने भएकाले कालोपत्र र सडक विस्तार रोकी अन्य निर्माणलाई प्राथामिकता दिइएको मुग्लिन–पोखरा सडक आयोजनाअन्तर्गत पूर्वी खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिए । उनका अनुसार पहिरो जान सक्ने स्थानमा भूक्षय रोक्ने किसिमका बिरुवा लगाउने, सडकको छेउमा दुबो रोप्नेलगायत कार्य भइरहेको छ । ‘बाढीपहिरोले राजमार्गमा अवरुद्ध हुनसक्छ, पहिरोले भौतिक तथा मानवीय क्षतिसमेत हुनसक्ने भएकाले दिउँसोको समयमा सर्तकता अपनाएर काम गर्ने गरिएको छ,’ इन्जिनियर पाण्डेले भने, ‘हालसम्म पूर्वीमा ६२ र पश्चिम खण्डमा २८ प्रतिशत कार्यप्रगति भएको छ ।’ राजमार्गको ८० किलोमिटर...
खोपारा जोड्ने पदमार्ग बन्यो

खोपारा जोड्ने पदमार्ग बन्यो

ताजा अपडेट, पर्यटन, बिशेष, वातावरण, समाचार
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित पर्यटकीयस्थल खोपारा जोड्ने पदमार्ग निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिका, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ९युएनडिपी० र पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले दुई किलोमिटरभन्दा बढी पदमार्ग, दुईवटा आश्रयस्थल, खानेपानी, दृश्यावलोकन स्थललगायत पूर्वाधार निर्माण गरेका हुन् । प्रदेश सरकारको १३ लाख रुपैयाँ, गाउँपालिका र युएनडीपीको १२र१२ लाख रुपैयाँमा बजेटमा पदमार्ग, आश्रयस्थल, दृश्य अवलोकनस्थल र खानेपानीको पूर्वाधार निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद तिलिजाले जानकारी दिए । पूर्वाधारबाट खोपारा भ्रमणमा आउने पर्यटक, खयर ताल जाने भक्तजन, तीर्थयात्रीहरुलाई सुविधा पुगेको छ । उद्योग तथा पर्यटन कार्यालयमार्फत विनियोजन भएको बजेटबाट खोपारादेखि खयरतर्फ जाने पदमार्गमा एक किलोमिटर २ सय मिटर माटो काटेर र दुई सय ४५ मिटर ढुंगा छापेको पदमा...
देशभर ९ लाख ५९ हजार हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न

देशभर ९ लाख ५९ हजार हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न

कृषि, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं । देशभर ९ लाख ५९ हजार हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ । यो वर्ष १३ लाख ९८ हजार हेक्टर क्षेत्रफल बर्खे धान रोपाई हुने सरकारी अनुमान रहेको मध्ये ९ लाख ५९ हजार हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको हो । सबैभन्दा धेरै रोपाई मधेस प्रदेश हुन्छ । यहाँ ३ लाख ८३ हजार हेक्टर क्षेत्रफलमा जमिनमध्ये २ लाख ३५ हजार हेक्टर क्षेत्रफलमा रोपाई भइसकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । यस्तै, कोशीको २ लाख ७६ हजार हेक्टर क्षेत्रफलमध्ये १ लाख ७० हजार हेक्टर क्षेत्रफलमा रोपाई भइसकेको छ । बाग्मती प्रदेशमा १ लाख ४५ हजार हेक्टर क्षेत्रफलमा रोपाई हुने अनुमान गरिएको छ । यसमध्ये ७९ हजार हेक्टर क्षेत्रफलमा रोपाई भइसकेको छ । यस्तै, गण्डकी प्रदेशमा ९६ हजार हेक्टर क्षेत्रफलमा रोपाई हुने अनुमान गरिएको छ । यसमध्ये ६४ हजार हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भइसकेको छ । लुम्बिनी प्रद...