वातावरण

धारिलो हतियार प्रहार गरी युवकको हत्या

धारिलो हतियार प्रहार गरी युवकको हत्या

ताजा अपडेट, वातावरण, समाचार
रौतहट । रौतहटको इशनाथ नगरपालिकामा गएराति एक युवकको हत्या भएको छ । हत्या हुनेमा इशनाथ–९, लवतनाका १८ वर्षीय सहबाज मिया आलम रहेकोे प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आलमको शव शनाथ नगरपालिका–२, औरैयामा रहेको नगरपालिकाको कार्यालय अगाडिको आप बगंैचामा फेला परेको हो । मियालाई अज्ञात समूहले धारिलो हतियारले पेटमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ‘एकै समूहमा बसेर लागुऔषध सेवन गर्ने क्रममा विवाद भएपछि धारीलो हतियार प्रहार भएको आशंका छ’, जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक दिलिप घिमिरेले भने, ‘घटनाको सम्बन्धमा हिजो राति देखिनै अनुसन्धान सुरु गरेका छौं ।’मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको एसपी घिमिरेले बताए ।...
काठमाडौंमा गुडिरहेको बसको इन्जिन पड्किँदा एकजना घाइते

काठमाडौंमा गुडिरहेको बसको इन्जिन पड्किँदा एकजना घाइते

ताजा अपडेट, वातावरण, समाचार
काठमाडौंं । काठमाडौंमा गुडिरहेको बसको इन्जिन पड्किँदा बसमा सवार एकजना घाइते भएका छन् । घाइते हुनेमा दोलखा घर भई हाल काठमाडौं माकलबारी बस्ने ५४ वर्षीय दावा लामा छन् । प्रहरीका अनुसार बुधबार बिहान बौद्ध पीपलबोट सडकखण्डमा प्र।३(०१(००५ख ९८६६ न।को बाबा गोकर्णेश्वर बस गुडिरहेको अवस्थामा एक्कासि इन्जिन पड्किएको थियो । घाइते लामाको अर्थपेडिक अस्पताल नारायणटारमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।...
पृथ्वीराजमार्ग एकतर्फी खुल्यो

पृथ्वीराजमार्ग एकतर्फी खुल्यो

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं । भारी वर्षाले अवरुद्ध बनेको पृथ्वीराजमार्ग एकतर्फी खुलेको छ । तनहुँ म्याग्दे गाउँपालिका–६ मौरीओढार पहिरो खस्दा बिहानैदेखि सडक पूर्ण रुपमा अवरुद्ध थियो । बाटोमा लेदोसहितको पहिरो खस्दा राजमार्ग अवरुद्व भएको थियो । पृथ्वीराजमार्गअन्तर्गत पर्ने बन्दीपुर–५ याम्पा नजिक खसेको पहिरा पन्छाएर एकतर्फी सवारीसाधन सञ्चालनमा ल्याएको प्रहरीले जनाएको छ ।...
सुनको मूल्य स्थिर

सुनको मूल्य स्थिर

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार तोलामा १ लाख ४४ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो । सोमबार भने सुनको मूल्य तोलामा १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो ।यस्तै चाँदीको मूल्य भने सामान्य घटेको छ । मंगलबार तोलामा १ हजार ८८५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर तोलामा १ हजार ८७० रुपैयाँमा कारोबार भएको हो । ...
पहिरोले अरनिको राजमार्ग पुनः अवरुद्ध

पहिरोले अरनिको राजमार्ग पुनः अवरुद्ध

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काभ्रेपलाञ्चोक । अरनिको राजमार्ग अवरुद्ध भएको छ । निरन्तरको वर्षाले निर्माणाधीन धुलिखेल–खावा सडकखण्डमा पहिरो गएकाले राजमार्ग आज पुनः अवरुद्ध भएको हो । स्तरोन्नतिका लागि निर्माणाधीन सडकमा पानी परेका कारण हिलो–लेदो माटोमा मालवाहक गाडी अड्किएपछि त्यसलाई निकाल्न नसकिएको र खावा नजिक सडकमा पहिरो खसिरहेकाले राजमार्ग बन्द रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ...
मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिका ६ स्यालामा मिनी ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो । तरकारी लिनका लागि गएको रा१ख २१३१ नम्बर मिनीट्रक मंगलबार राति साढे ११ बजे गाडी फर्किने क्रममा दुर्घटना भएको हो । मृत्यु हुनेमा रुन्टीगढी गाउँपालिका(६ निगालपानी निवासी अन्दाजी ३२र३३ वर्षीय महेश थापा रहेको इप्रका होलेरीका इञ्चार्ज देवीप्रसाद गैरेले जानकारी दिए ।रातिको समय भएको हुँदा के कति कारणले गाडी दुर्घटना भयो भन्ने कुरा अहिलेसम्म खुल्न नआएको र त्यस विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।...
चार दिनदेखि अवरुद्ध बुद्धसिंह मार्ग खुल्यो

चार दिनदेखि अवरुद्ध बुद्धसिंह मार्ग खुल्यो

जीवनशैली, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
तनहुँ । पृथ्वीराजमार्गको वैकल्पिक सडकका रूपमा विकास गर्न लागिएको बुद्धसिंह मार्गको पहिरो हटाइएको छ । तनहुँको सदरमुकाम दमौलीबाट चितवनको घुमाउने निस्किने उक्त मार्गको विभिन्न ठाउँमा गएको पहिरो हटाउन सोमबार साँझदेखि काम सुरु गरिएको थियो । पहिराले विभिन्न ठाउँमा ठूलाठूला ढुङ्गा खसेपछि गत शनिबारदेखि उक्त मार्ग अवरुद्ध थियो । स्थानीयवासी सिद्धान्त थापामगरका अनुसार व्यास नगरपालिका–१३ बेलबास निउरोघारीमा गएको पहिरो सोमबार नै हटाइएको छ भने साना पहिरा मङ्गलबार बिहानबाट हटाइएको थियो । उनले भने, “ठूला ठूलो ढुङ्गा खसेका ठाउँमा सोमबार नै पहिरा हटाइएको छ, अरु सहायक बाटोमा मङ्गलबार बिहानदेखि काम सुरु गरिएको थियो ।” गण्डकी प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको बुद्धसिंह मार्गले तनहुँको सदरमुकाम दमौली र चितवनको घुमाउने जोड्छ । उक्त सडक हुँदै बन्दीपुर, देवघाट र आँबुखैरेनी गाउँपालिका केही वडाका हजारौँ नाग...
दाउरा निकाल्ने क्रममा नदीले बगाउँदा एक जना बेपत्ता

दाउरा निकाल्ने क्रममा नदीले बगाउँदा एक जना बेपत्ता

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
तनहुँ । बाढीले बगाएर ल्याएको दाउरा सेतीनदीबाट झिक्ने क्रममा आज बिहान एक जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार व्यास नगरपालिका–१ भादगाउँ का ५५ वर्षका तालबहादुर थापा छाब्दीखोला दोभानमा बाढीले बगाएर ल्याएको दाउरा तान्दै गर्दा नदीमा बेपत्ता भएका हुन् । कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले थापाको खोजी जारी रहेको जानकारी दिए । बाढीले बगाएर ल्याएको दाउरा निकाल्न नदी किनार आसपासका मानिसको भीड लाग्ने गर्दछ ।...
इच्छाकामनाका २२ चेपाङ परिवारले पाए नयाँ घर

इच्छाकामनाका २२ चेपाङ परिवारले पाए नयाँ घर

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, बिशेष, वातावरण, समाचार, स्थानीय
चितवन।चेपाङ आवास कार्यक्रम अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका छन। हिजो मङ्गलबार गाउँपालिकाको वडा नं ७ मा आयोजित एक कार्याक्रम मार्फत गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले सबै वडामा निर्माण भएका घरको साँचो हस्तान्तरण गरेका थिए । सङ्घीय सरकारको एक करोड ५० लाख सशर्त अनुदानबाट विपन्न समुदायको उत्थानको लागि त्यस ठाउँमा आवास निर्माण गरिएको हो। साँचो हस्तान्तरण गर्दै अध्यक्ष गुरुङले गाउँपालिकाका सातै वडामा आर्थिक अवस्था कमजोर भएका चेपाङ समुदाय छनोट गरेर घर निर्माण गरिएको बताए।उनले भने, ‘पालिकाले चेपाङ समुदायको घर निर्माणको योजना बनाएर सरकारलाई अनुरोध गरेपछि अनुदान प्राप्त भएको हो’ । ‘टोल र वडाको छनोटका आधारमा उनीहरुको घर निर्माण गरेका हौं।’ अध्यक्ष गुरुङले गाउँपालिकाले खरको छाना भएका र आर्थिक अवस्था कमजोर भएका चेपाङ परिवारलाई टिनको छानाको व्यवस्था गरिदिएको बत...
ताप्लेजुङको तापेथोक केन्द्रबिन्दु भएर भूकम्प

ताप्लेजुङको तापेथोक केन्द्रबिन्दु भएर भूकम्प

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौँ । ताप्लेजुङको तापेथोक वरपर केन्द्रबिन्दु बनाएर गएराति भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति १:४६ बजे ४.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का ताप्लेजुङ र आसपासको जिल्लामा समेत महसुस गरिएको थियो ।