वातावरण

एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भुसाल सर्वसम्मत

एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भुसाल सर्वसम्मत

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, वातावरण, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्ष र महासचिव सर्वसम्मत चयन भएका छन् । जारी १०औं राष्ट्रिय महाधिवेशनले बिहीबार अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भूसाललाई सर्वसम्मत चयन गरेको हो । झलनाथ खनाल सम्मानित नेता चयन भएका छन् । यी तीन पद महाधिवेशन हलले सर्वसम्मत भएको घोषणा गरेको हो ।
दुई दर्जन निर्माण व्यवसायीको लाइसेन्स

दुई दर्जन निर्माण व्यवसायीको लाइसेन्स

ताजा अपडेट, बिशेष, राजनीति, वातावरण, समाचार
काठमाडौं । दुई दर्जन निर्माण व्यवसायीको इजाजत पत्र (लाइसेन्स) एकैपटक खारेज भएको छ । निर्माण व्यवसाय ऐन २०५५ को प्रावधान अनसार चैत २०८० सम्म नवीकरण नगरेका २३ निर्माण कम्पनीको इजाजत स्वतः खारेज गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाका अनुसार यसरी लाइसेन्स स्वतः रद्द हुने निर्माण कम्पनीमा फ्युचर स्टार कन्स्ट्रक्सन प्रालि, हिमालयन इन्फ्रास्ट्रक्चर कम्पनी, भूमि इन्फ्रास्ट्रक्चर प्रालि र मदन कन्स्ट्रक्सन छन् । यसैगरी असन बालकुमारी कन्स्ट्रक्सन, ढोरफिर्दी निर्माण सेवा, द राइजिङ कन्स्ट्रक्सन, सिरोहिया कन्स्ट्रक्सन र त्रिशूल निर्माण सेवाको लाइसेन्स समेत रद्द भएको छ ।...
कृषि मन्त्रालयका कर्मचारी आज पनि आन्दोलनमा

कृषि मन्त्रालयका कर्मचारी आज पनि आन्दोलनमा

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, वातावरण, समाचार
काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा कार्यरत कर्मचारीहरूले आज पनि मन्त्रालयमा धर्ना दिएका छन् । बिहीबार पनि अधिकृत स्तरका कर्मचारीहरूले मन्त्रालयको प्रवेश द्वारमा धर्ना दिएका हुन् । २०७५ सालमा सरकारले समायोजन अध्यादेश ऐनमार्फत समायोजन गरेपछि संघमा समायोजित भए पनि विभिन्न बहानामा आफूहरूको वृत्ति विकासका लागि नियमित रूपमा लोकसेवा नखोलिएको र ओएनएम पनि नभएकाले साङ्केतिक विरोध स्वरूप धर्नामा बसेको कर्मचारीहरूको भनाइ छ । कृषि मन्त्रालयमा समायोजन भएका प्राविधिक कर्मचारीहरूले आफ्नो वृत्ति विकास रोकिएकाले वृत्ति विकाससहितको दरबन्दी यकिन गर्न माग गर्दै धर्ना दिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका कृषि अधिकृत माधव पौडेलले बताए । ...
विषालु च्याउ खादाँ एकै परिवारका सातजना बिरामी

विषालु च्याउ खादाँ एकै परिवारका सातजना बिरामी

जीवनशैली, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं । जङ्गली विषालु च्याउ खाँदा मकवानपुरको भिमफेदी गाउँपालिकामा एकै परिवारका सातजना बिरामी परेका छन् । जङ्गलबाट ल्याएको च्याउ खाँदा भिमफेदी–६ उर्लाघारी निवासी ६५ वर्षीया मङ्गली स्याङतान, उहाँका ३२ वर्षीय छोरा बुद्धिबहादुर स्याङतान, बुहारी ३० वर्षीया पासाङमाया स्याङतान, नाति सात वर्षीय लासाङ स्याङतान, बुद्ध स्याङतानकी छोरी १९ वर्षीया लक्ष्मीमाया स्याङतान, १५ वर्षीया पार्वती स्याङतान र सात वर्षीया छोरी आरती स्याङतान सिकिस्त बिरामी परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिइन् । प्रनाउ भण्डारीका अनुसार विषालु च्याउ खाएर बिरामी परेको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले उद्धार गरी पाँच जनालाई उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल पठाएको छ । बिरामीमध्ये मङ्गली र लक्ष्मीमायाको हेटौँडास्थित अस्पतालमा उपचार भइर...

७३ जिल्लामा फैलियो डेंगु

ताजा अपडेट, वातावरण, समाचार, स्वास्थ्य
काठमाडौँ । डेंगु सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको हो । जुम्ला, हुम्ला, डोल्पा र मुस्ताङबाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको हो । ईडीसीडीको पछिल्लो तथ्यांकअनुसार सन् २०२४ को जनवरीदेखि जसलाई ३ सम्म देशभरका १४ सय ३१ जनामा डेंगु पुष्टि भएको छ । मनसुन सक्रिय भएसँगै डेंगु सङ्क्रमण पनि फैलिँदै गएको बताइएको छ । ...
जिल्ला प्रशासन कार्यालय नुवाकोटमा स्वास्थ्य सहायता केन्द्र सञ्चालन

जिल्ला प्रशासन कार्यालय नुवाकोटमा स्वास्थ्य सहायता केन्द्र सञ्चालन

ताजा अपडेट, बिशेष, वातावरण, समाचार, स्थानीय
नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटमा ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षणको लागि स्वास्थ्य सहायता केन्द्र सञ्चालनमा ल्याइएको छ । प्रशासन कार्यालयमा सेवा लिन पुग्ने ज्येष्ठ नागरिकलाई लक्षित गर्दै त्रिशूली अस्पतालसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य परीक्षण र औषधि वितरणको लागि स्वास्थ्य सहायता केन्द्र सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए । उनका अनुसार सेवा लिन पुग्ने ज्येष्ठ नागरिकको परीक्षणसहित स्वास्थ्यसम्बन्धी परामर्श सेवा उपलब्ध गराइएको छ ।...
नागढुंगा–नौबिसे सडक खण्ड दुई दिन राती ५ घण्टा बन्द हुने

नागढुंगा–नौबिसे सडक खण्ड दुई दिन राती ५ घण्टा बन्द हुने

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
मनिषा गुरुङ काठमाडौं । त्रिभुवन राजपथ अनतगर्तको नागढुंगा–नौबिसे सडक खण्ड दुई दिन राती १० बजेदेखि देखि बिहान ३ बजेसम्म बन्द हुने भएको छ। राजमार्गको नौबिसे खोलको पुलको गर्डर लन्च गर्न लागिएकाले सडक प्रयोगकर्ताहरुलाई हुन सक्ने जोखिम तथा यातायात आवागमनमा समेत बाधा पर्ने देखिएकोले सो समयमा सडक बन्द गर्न लागिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । प्रहरी कार्यालय धादिङका सूचना अधिकारी मकेन्द्र कुमार मिश्रद्धारा जारी सूचनामा उल्लेख भए अनुसार सो समयमा एम्बुलेन्स र सुरक्षा निकायका सवारी बाहेक अन्य साधन चल्न पूर्णरुपमा रोक लगाइएको छ ।साथै दुइपांग्रे र साना सवारी साधन प्रयोगकर्ताहरुले बैकल्पिक मार्गको रुपमा धार्के– सितापाइला सडक प्रयोग गर्न समेत अनुरोध गरिएको छ ।– फाइल तस्विर...
नौबिसे नागढुङ्गा सडक राति बन्द हुने

नौबिसे नागढुङ्गा सडक राति बन्द हुने

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं । नौबिसे नागढुङ्गा सडकखण्ड राति बन्द गरिने भएको छ । त्रिभुवन राजथपअन्तर्गत पर्ने नौबिसे खोलामा बन्दै गरेको पुलको काम गर्न लागिएकाले सम्भावित जोखिमलाई मध्यनजर गरी आज पनि राति १० बजेदेखि बिहान ३ बजेसम्म दुईतर्फी सडक बन्द गर्न लागिएको हो । दिउँसोको समयमा गाडीको चाप बढी हुने भएकाले रातिको समयमा पाँच घण्टा सवारी आवागमन बन्द गरेर काम गर्न लागिएको नागढुङ्गा मुग्लिन सडक आयोजना पूर्वी खण्डका सिनियर डिभिज्नन इञ्जिनियर ईश्वरबहादुर रिजालले जानकारी दिए ।“पुलको आरसिसी विम ९प्रिकास्ट ब्रिज गर्डर पुलभन्दा बाहिरको जमिनमा बनाइएको छ । त्यसलाई क्रेनले उचालेर पुलको दुवैतर्फको पिल्लर एभिडमेन्टमा राख्नुपर्नेछ”, इञ्जिनियर रिजालले भने, “नयाँ पुलमा का गर्ने भए पनि पुरानो पुलसँगै रहेकाले आइपर्नसक्ने जोखिमलाई मध्यनजर गरी सवारी रोकेर काम गर्न लागिएको हो ।”...
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
बाँके । नेपालगन्ज उपमहानगरपालिका(२० मनिकापुरस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । नेपालगन्जबाट कोहललपुरतर्फ जाँदै गरेको बा ५५ प २२६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक प्युठान घर भएका ३२ वर्षीय पूर्ण बहादुर घर्तीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिंङ होम नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।...
भासिएको सडक तत्काल मर्मत गर्न केयुकेयलले असहयोग ग¥यो : १६ नं वडा अध्यक्ष महर्जन

भासिएको सडक तत्काल मर्मत गर्न केयुकेयलले असहयोग ग¥यो : १६ नं वडा अध्यक्ष महर्जन

ताजा अपडेट, ब्यानर-१, वातावरण, स्थानीय
 सीता पौडेल(अर्चना) काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ को नयाँबजार स्थित पुरानो धारा अगाडीको नयाँबजार–सोह्रखुट्टे सडकमा खानेपानीको पाइप फुटेर पानीको फ्लोका कारण सडक भासिएको करिब ७ घण्टा भयो तर यो सडकको मर्मत अझै हुन सकेको छैन । आज बुधबार बिहान करिब ५ः३० बजेतिरको समयमा सडक भासिएको देखेपछि कार्यवाहक वडा अध्यक्ष पुष्प महर्जनलाई मनिङ वाक गरिरहेका एक स्थानीयले फोन गरेर जानकारी दिए । त्यसलगतै अध्यक्ष महर्जन त्यहाँ पुगे र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का एक इन्जिनियरलाई फोन गरे । तर उनको फोन उठेन ।फेरी उनले ८ः३० बजेतिर फोन गरेपछि ती इन्जीनियरले फोन त उठाए तर त्यस क्षेत्रको पानीको लाइनको बन्द गर्ने पोइन्ट थाहा नभएको बताए ।कार्यवाहक अध्यक्ष महर्जनका अनुसार सडक करिब ८  फिट गहिराइ र ८  फिट लम्बाइ जति भासिएको छ ।भासिएको सडकमा दुईजना सवार मोटरसाइकल पनि परेको थियो ।उ...