वातावरण

बालिकामाथि जबरजस्ती करणी

बालिकामाथि जबरजस्ती करणी

अपराध, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
अर्घाखाँची । अर्घाखाँचीमा ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मालारानी गाउँपालिका(६ साकिन्धारा बस्ने ४३ वर्षीय आत्म बहादुर भलामी मगरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । मगरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय खनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ...
बबई नदीमा एक महिला बेपत्ता

बबई नदीमा एक महिला बेपत्ता

बिशेष, वातावरण, समाचार
दाङ । दाङमा बबई नदीले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । बबई नदीले बगाउँदा तुलसीपुर उपमहानगरपालिका(१४ की २० वर्षीय सम्भना चौधरी आज बिहान बेपत्ता भएकी हुन् । बुधबार बिहान पौने ८ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका(१४ मटेरास्थित आफन्तको घरमा जाने क्रममा नदीले बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले बताए । उनको खोजी कार्य भइरहेको छ ।...
बेँसीसहर(चामे सडक खुल्यो

बेँसीसहर(चामे सडक खुल्यो

जीवनशैली, ताजा अपडेट, पर्यटन, वातावरण, समाचार
लमजुङ । अविरल वर्षाले विभिन्न ठाउँमा पहिरो जाँदा मङ्गलबार साँझदेखि अवरुद्ध बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ खण्ड सञ्चालन भएको छ । यस सडक खण्डअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–६ खरखरे र मर्स्याङ्दी गाउँपालिका–९ गोपालडाँडामा आएको पहिरो आज बिहानदेखि हटाएसँगै लमजुङ सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक थानेश्वर चपाईले उक्त स्थानको पहिरो हटाएर र अक्टोपस झरनामा पानी कम भएपछि सवारी साधन सञ्चालनमा आएको बताए । लमजुङ खण्डमा सडक सञ्चालन भए पनि मनाङ खण्ड भने अवरुद्ध भइरहेको छ । मङ्गलबार राति चामे गाउँपालिका–१ तिमाङ खोलाले काठे पुल बगाएपछि हालसम्म सवारी सञ्चालन हुन सकेको छैन ।...
काठमाडौंको सोह्रखुट्टेमा भासियो सडक

काठमाडौंको सोह्रखुट्टेमा भासियो सडक

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार, स्थानीय
काठमाडौं । काठमाडौंको सोह्रखुट्टेमा सडक भासिएको छ । सोह्रखुट्टे चोकबाट बालाजुतर्फ करिब १०० मिटर अगाडी सडक भासिएर पानी निस्किरहेको छ । बिहान करिब साढे ६ बजेतिर सडक भासिँदा दुईजना सवार बाइक पसेको थियो । सवार यात्रु र चालकलाई तत्कालै निकालिएको भए पनि बाईक भने केही घण्टा पछि निकालिएको थियो । सडक भासिएसँगै यातायात आवागमनमा असर परेको छ । अहिले भासिएको ठाउँमा घेरा हालेर मर्मतको तयारी गरिएको छ ।...
नुनको मूल्य वृद्धि

नुनको मूल्य वृद्धि

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नुनको मूल्य बढाएको छ ।मंगलबार बसेको साल्ट ट्रेडिङ सञ्चालक समितिको बैठकले नुनको मूल्यवृद्धि गर्ने निर्णय गरेको नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले बताए । बढेको मूल्य आज मध्यरातिदेखि लागू हुनेछ । नयाँ मूल्यसूचीअनुसार प्रतिकिलो २२ रुपैयाँ पर्ने आयो नुनलाई अब उपभोक्ताले २६ रुपैयाँ तिर्नुपर्नेछ । यस आधारमा ४ रुपैयाँ प्रतिकिलोका दरले मूल्य बढेको छ।...

आजको मौसम : चार प्रदेशमा अति भारी वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं । मनसुनी वायको प्रभावले देशभर साधारणतयादेखि पूर्णतया बदली रही बागमती,गण्डकी,लुम्बिनी र सूदुरपश्चिम प्रदेशका एक– दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका धेरै स्थानहरूका मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ  साथै कोशी, बागमती,गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागमा अनुसार राती देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ।देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती,गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ।बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। विभागले जनाए अनुसार हाल देशभर सा...
आजको मौसम : तीन प्रदेशमा अति भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशमा अति भारी वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं । मनसुनी वायुको प्रभावले देशभर साधारणतयादेखि पूर्णतया बदली रही देशैभरका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै बागमती,गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा कोशी र मधेश प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।बागमती,गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।  राती देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ।देशका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै सबै प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ। गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । आज बिहानैदेखि देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ...
नागार्जुनको स्वीजरल्याण्ड पार्कलाई ‘छापेचौर’कै नामले प्रचार–प्रसार गरिदिन वडा अध्यक्ष शैलेन्द्र लामाको आग्रह

नागार्जुनको स्वीजरल्याण्ड पार्कलाई ‘छापेचौर’कै नामले प्रचार–प्रसार गरिदिन वडा अध्यक्ष शैलेन्द्र लामाको आग्रह

ताजा अपडेट, पर्यटन, ब्यानर-१, वातावरण, समाचार, स्थानीय
सीता पौडेल (अर्चना) काठमाडौं ।संघिय राजधानी काठमाडौंको नागार्जुन नगरपालिका वडा नं ७ मा अवस्थित स्वीजरल्याण्ड पार्कको वास्तविक नाम ‘छापेचौर’ नै कायम गरिने भएको छ। शनिबार वडाले वडा भित्रका विभिन्न धार्मिक,सांस्कृतिक,ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरुको प्रचार–प्रसार गरि पर्यापर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरेको ‘पदयात्रा’कार्यक्रममा वडा अध्यक्ष लामाले सो कुरा उल्लेख गरेका हुन् । पदयात्रामा उनले सो ‘छापेचौर’लाई स्वीजरल्याण्ड पार्क नभनेर यसको वास्तविक नामबाटै चिनाउन प्रयास गरिएको उद्घोष गरे।साथै उनले यस स्थानलाई ‘छापेचौर’कै नामले प्रचार प्रसार गरिदिन आमसञ्चार माध्यम,पत्रकार,स्थानीयवासी लगायत अवलोकन भ्रमणमा आउने सम्बन्धित सबैलाई आग्रह समेत गरेका छन्। पदयात्राका क्रममा सगरमाथाप्रेस डटकमसँग कुरा गदै उनले ‘छापेचौर’ सहित यहाँका अन्य पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण...
बिहीबारसम्म मनसुन थप सक्रिय हुने

बिहीबारसम्म मनसुन थप सक्रिय हुने

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं । आगामी बिहीबारसम्म देशभर मनसुन थप सक्रिय हुने भएको छ । मनसुन न्यूनचापीय रेखाका कारण यो सक्रिय हुन थालेको हो । जल तथा मौसमविज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यूनचापीय रेखा आगामी केही दिन नेपालको दक्षिणी भागरसिमाना आसपास रहने भएकाले मनसुन थप सक्रिय हुने सम्भावना कायमै रहेको हो । यही असार २० गतेसम्म आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।...
पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोल र डिजेलमा मूल्य बढेर आएको भन्दै निगमले मूल्य बढाएको हो । आइतबार बसेको निगम सञ्चालक समितिको बैठकले सोमबार बिहानदेखि लागू हुने गरी पेट्रोल,डिजेल र मट्टितेलको मूल्य बढाएको हो । निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको हो ।...