वातावरण

आजको मौसम : तीन प्रदेशमा अति भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशमा अति भारी वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं ।मनसुनी वायुको प्रभावले देशभर साधारणतयादेखि पूर्णतया बदली रही देशको केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ ।देशका केही स्थानहरूका मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ। माहाशाखाका अनुसार आज दिउँसो कोशी,बागमती,गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको  सम्भावना रहेको छ।कोशी,बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। राती देशभर  मौसम साधारणतयादेखि पूर्णतया बदली रहने छ।कोशी,मधेश,बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा देशका बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ। साथै कोशी,मधेश,बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका...

नागार्जुन वडा नं ७,को पहिलो चरणको पदयात्रा सम्पन्न

ताजा अपडेट, पर्यटन, ब्यानर-१, वातावरण, समाचार, स्थानीय
सीता पौडेल(अर्चना) काठमाडौं ।नागार्जुन नगरपलिका वडा नं ७ ले  “ घुमौं नागार्जुन,चिनौं नागार्जुन ” भन्ने मूल नाराका साथ पहिलो चरणको पदयात्रा सम्पन्न गरेको छ। शनिबार बिहान ७ बजे वडाको न्यौपाने खोल्सीबाट शुरु भएको सो पदयात्रा वडा नं ७ कै खट्कीले चौर,विन्दवासिनी मन्दिर हुदै जंगलै जंगल केही उकालो र कही तरपाए तरपाए बाटो हुँदै छापे चौर (स्वीजरल्याण्ड पार्क)सम्म पुगि विविध सांस्कुतिक कार्यक्रम तथा झाँकी प्रस्तुत गरेर सम्पन्न भएको वडा अध्यक्ष शैलेन्द्र लामाले जानकारी दिए । अध्यक्ष लामाका अनुसार वडाले नगरपालिका र जिल्ला समन्वय समितिसँगको समन्वयमा न्यौपाने खोल्सीदेखी छापेचौरसम्म पुग्न सुन्दर जंगलको बीचबाट करिब २ किलो मिटर दुरीको पदमार्ग निर्माण गरि पहिलो चरणको पदयात्रा सम्पन्न गरेको हो ।सो पदमार्ग निर्माणको लागि नसिङ दल गणले श्रमदान गरेको थियो ।गणका प्रमुख सेनानी गणेश खड्काले उक्त पद...
मदन भण्डारी जयन्तीमा ‘म्हेपीमा’ वृक्षारोपण,यसरी सम्झिए मदन भण्डारीलाई

मदन भण्डारी जयन्तीमा ‘म्हेपीमा’ वृक्षारोपण,यसरी सम्झिए मदन भण्डारीलाई

ताजा अपडेट, राजनीति, वातावरण, समाचार
काठमाडौं ।नेकपा एमाले काठमाडौं महानगर कमिटीले तत्कालीन महासचिव ‘जननेता’ मदन भण्डारीको ७३ औँ जन्मजयन्ती वृक्षारोपण गरी मनाएको छ। मदन जयन्तीका अवसरमा महानगर कमिटीले ‘म्हेपी आजिमा मन्दिर’परिसरमा शुक्रबार विभिन्न नेताहरूको सहभागितामा कार्यक्रम गरेको हो ।काठमाडौं महानगरपालिका वडा १६ नम्बर वडाले व्यवस्थापन गरेको कार्यक्रममा एमालेका नेताहरूले विरुवा रोपे ।साथै नेताहरूले मदन भण्डारीको योगदानलाई स्मरण गरे । कार्यक्रममा नेकपा एमाले नेता तथा प्रतिनिधिसभा सांसद रघुजी पन्तले विश्वभरि कम्युनिस्ट आन्दोलन कस्तो हुने भन्ने चर्चा भइरहेको बेला भण्डारीले सिर्जनात्मक ढङ्गले नेपालको कम्युनिस्ट आन्दोलन उचाइमा पुर्‍याएको स्मरण गरे ।‘‘मदन भण्डारीले समकालीन राजनीतिमा मार्क्सवाद र लेनिनवाद सिद्धान्तलाई तत्कालीन परिस्थितिअनुसार वैज्ञानिक ढङ्गबाट बुझेर त्यस अनुरूप लागू गर्नुभएको थियो । जनताको बहुदलीय जनबाद ९...

भोलि नागार्जुनको वडा नम्बर ७ मा पदयात्रा हुँदै,न्यौपाने खोल्सीबाट शुरु हुने

ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-२, वातावरण, समाचार, स्थानीय
सीता पौडेल(अर्चना) काठमाडौं ।“घुमौ नागार्जुन चिनौ नागार्जुन” भन्ने नाराका साथ नागार्जुन नगरपालिका वडा नं ७ मा भोलि असार १५ गते शनिबार विभिन्न सांस्कृतिक कार्यक्रम सहित पदयात्रा हुने भएको छ । नागार्जुन नगरभित्रका पर्यटकीय स्थलहरुलाई विश्वभर चिनाउने र पर्यापर्यटनको प्रबद्र्धन गर्ने उद्देश्यले सो पदयात्रा आयोजना गरिएको वडा नं ७ का वडा अध्यक्ष शैलेन्द्र लामाले बताए ।अध्यक्ष लामाका अनुसार नगरपालिकाले तय गरेको ‘समृद्ध नागार्जुनको आधार,पर्यटन सहितको पूर्वाधार र आवसीय नगर’ भन्ने नारालाई सार्थक तुल्याउन पनि सो पदयात्रा गर्न लागिएको हो। यस पदयात्राले  नागार्जुन नगरभित्रका पर्यटकीय गन्तव्य तथा संभावनाहरुको थप खोजि गरि प्रचार प्रसारमा टेवा प¥याउने आशा लिइएको उनको भनाई छ । पुरातात्विक सम्पदा,बस्ती,धार्मिक,ऐतिहासिक तथा सांस्कृतिक धरोहरहरुको पहिचान गरि संरक्षण तथा सम्बद्र्धन गर्ने नगरपालिकाक...

एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, शिक्षा, समाचार
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले आज नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए । कुनै प्राविधिक समस्या नआएमा आज अपराह्नसम्म नतिजा प्रकाशित भइसक्ने बताएका छन् । 

२० वर्षपछि विवाह गर्ने किशोरीलाई २० हजार दिने

ताजा अपडेट, बिशेष, वातावरण, समाचार, स्थानीय
सप्तरी । सप्तरीको बोदेबरसाइन नगरपालिकाले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई रु २० हजार प्रदान गर्ने भएको छ । नगरपालिकाले ११औँ नगरसभामा बालविवाह न्यूनीकरणका लागि उक्त निर्णय गरेको जनाएको छ । बालविवाहविरुद्धको साझा अभियानलाई सफल बनाउन उक्त कार्यक्रम सहयोग हुने विश्वास व्यक्त गरिएको छ । “यहाँका अधिकांश स्थानमा बालविवाह गर्ने चलन छ, यस अभियानले बालविवाह कम हुने अपेक्षा गरेका छौँ”, नगरप्रमुख आतेशकुमार सिंहले भने, “उमेर नपुगी विवाह गर्ने चलन अन्त्यका लागि यो अभियानलाई जिल्लाभर लैजान जरुरी छ ।” दलित समुदायका उमेर पुगेर विवाह गर्ने महिलालाई रु बीस हजार नगद दिने तथा स्नातक पास गरी विवाह गर्ने महिलालाई पनि सहयोग गर्ने उनको भनाइ छ ।...

मेलम्ची खानेपानी आजदेखि बन्द हुने

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं। मेलम्ची खानेपानी आजदेखि बन्द हुने भएको छ ।मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्न लागेको छ । मेलम्ची नदीको बहाब बढेर नदीमा बाढी आई धमिलिन थालेपछि आयोजना बन्द गर्न लागिएको हो ।समितिका कार्यकारी निर्देशक रत्न लामिछाने मेलम्ची नदीमा बाढीसँगै पानी धमिलिन थालेको बताउँदै आयोजनाको संरचनालाई सुरक्षित गर्न आजैदेखि बन्द गर्न लागिएको जानकारी दिए ।...
बाजुरामा नुन अभाव

बाजुरामा नुन अभाव

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
बाजुरा । बाजुरामा नुनको अभाव भएको छ । नुन अभाव भएसँगै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड बाजुराले हप्तामा एकदिन मात्र वितरण गर्ने गरेको छ । जसले गर्दा बाजुराबासी मानिसलाई बिक्री केन्द्रमा घण्टौं लाइन बस्दा पनि खाली हात फर्कनुपर्ने अवस्था सिर्जना भएको छ । भीडभाड भएपछि साल्ट ट्रेडिङले प्रहरीको सुरक्षामा नुन बिक्री कार्य गरिरहेको छ । कोटा कम हुँदा, वर्षात्‌को समयमा नुन ढुवानी गर्न समस्या हुँदा र तस्करीले गर्दा अभाव भएको साल्ट ट्रेडिङ कार्यालय बाजुराका प्रमुख टेकबहादुर बोहोराले बताएका छन् । बाजुरामा गत चैतदेखि नै नुन अभाव छ ।...
महाकाली नदीमा डुबेर एक किशोरीको मृत्यु, अर्का एक जना अझै  बेपत्ता

महाकाली नदीमा डुबेर एक किशोरीको मृत्यु, अर्का एक जना अझै बेपत्ता

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
बैतडी । महाकाली नदीमा डुबेर बैतडीका एक किशोरीको मृत्यु भएको छ भने अर्का एकजना बेपत्ता भएकी छन् । मृत्यु हुनेमा शिवनाथ गाउँपालिका–१ स्वालाकी १५ वर्षीया रजनी चाँड रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए । शिवनाथ गाउँपालिका–१ कुस्मतघाटस्थित महाकाली नदीमा आज विहान १० बजेतिर नुहाउने क्रममा रजनी बेपत्ता भएको र केही समयपछि नेपाल प्रहरी र स्थानीयले मृतावस्थामा फेला पारेको बताए ।  शिवनाथ गाउँपालिकाको स्वाला बस्ने १३ वर्षीया रजनी चाड र १२ वर्षीया अस्मिता चाड महाकाली नदीमा नुहाउन क्रममा बेपत्ता भएका थिए । बेपत्ता अस्मिता चाडको भने खोजी कार्य भइरहेको जनाएको छ ।  ...

पहिरोले डुम्रे–बेँसीसहर सडक फेरी अवरुद्ध

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
लमजुङ । गएरातिदेखि भएको निरन्तरको वर्षाले पहिरो जादा फेरी डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ । यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक थानेश्वर चपाईँले पानी परिरहेका र पहिरो पनि निरन्तर खसिरहेकाले बाटो खुल्न समय लाग्ने बताए । सडक अवरुद्ध भएपछि लमजुङबाट सङ्घीय राजधानी काठमाडौँ,गण्डकी प्रदेश राजधानी पोखरा तथा चितवन, भैरहवालगायत स्थान जानेआउने र बेँसीसहरतर्फको सवारी आवागमन बन्द भएको छ।बाटोमा सयौँ यात्री अलपत्र परेका छन् ।यसअघि यही असार ४ गते पनि पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।...