वातावरण

हिउँदमा सिँचाइ गर्न पोखरी निर्माण

ताजा अपडेट, वातावरण, समाचार
पर्वत । वर्षायाममा पानी सञ्चित गरी सुक्खायाममा सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले पर्वतको फलेवासमा सिँचाइ पोखरी निर्माण गरिएको छ । खाद्यान्न उत्पादनका लागि जिल्लाकै अब्बल मानिएको फलेवासमा हिउँदयाममा भने सिँचाइ गर्न सकस हुदैँ आएकाले पोखरी निर्माण गरिएको हो । फलेवास सिँचाइ योजनाको मुहान रहेको लमाए खोलामा पानीको मात्रा कम हुँदा हिउँदमा खेतबारी बाँझै राख्नुपर्ने बाध्यता भएका बेला सिँचाइ पोखरी बनाएपछि बाह्रैमास सिँचाइ गर्न सकिने भएको छ । फलेवास नगरपालिका–६ देवीस्थानमा पोखरी निर्माण गरिएको हो । हिउँदे सिँचाइका लागी पानी सङ्कलन गर्न पोखरी निर्माण गरिएको हो । सुक्खायाममा बाँझो जमिनमा सिँचाइ सुविधा पुर्याउन पोखरी निर्माण गरिएको देवीस्थानका वडाध्यक्ष नवीनकुमार श्रेष्ठले जानकारी दिए । करिब १२ हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने गरी पोखरी निर्माण गरिएको छ । स्थानीय चौविस कुरिया टोलको फ...
नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार उक्त सडक खण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा गए राति १.३० बजेदेखि सडक दुइतर्फी अवरुद्ध भएको थियो । पहिरो पञ्छाएसँगै अवरुद्ध सडक आज बिहान ५ :३० बजेदेखि दुइतर्फी सञ्चालनमा आएको हो । सडक अवरुद्ध हुँदा रोकिएका सबै सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन् ।...
आजको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

आजको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं । मनसुनी वायुको प्रभावले आज बाग्मती,गण्डकी र लुम्बिनी प्रदेशका केही,कोशी र मधेश प्रदेशको थोरै तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको  जल तथा मौसम विज्ञान विभागले जनाएको छ।    साथै कोशी,मधेश,बागमती,गण्डकी र लुम्बिनी प्रदेश लगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। आज राति कोशी,मधेस, बागमती,गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा,कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। भोलि कोशी,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको स...

आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस,योगाभ्यास गरेर मनाइँदै

जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं। आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस । संयुक्त राष्ट्रसंघको महासभाबाट पारित प्रस्ताव अनुसार २१ जुनलाई विश्व योग दिवस मनाउन थालिएको हो । नेपाल सरकारले पनि २६ जेठ २०७३ मा सो प्रस्ताव स्वीकृत गरेर २१ जुनलाई विश्व योग दिवस मनाउने निर्णय गरेको थियो।यस दिवसको अवसरमा आज शुक्रबार नेपालमा विभिन्न कार्यक्रमका साथ योगाध्यास गरेर यो दिवस मनाइँदै छ। सरकारले ‘आफ्नो लागि र समाजको लागि योग’भन्ने नाराका साथ यो दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति पनि गठन गरेको छ।समितिले भक्तपुरको एसओएस बालग्राममा विशेष कार्यक्रमको आयोजना गरेको छ। उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथिका रूपमा सहभागी रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।कार्यक्रममा सरकारका विशिष्ट पदाधिकारी,कूटनीतिक निय...
मौसम पूर्वानुमान : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं।हाल देशमा मनसुनी प्रणालीको प्रभाव रहेको छ  जसका कारण मौसम बदली भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाको जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली बदलीदेखि मौसम मुख्यतया सफा रहेको जनाएको छ।विभागका अनुसार गण्डकी प्रदेशका केही तथा कोशी,मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो पनि कोशी,मधेस, बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागको भनाइ छ ।कोशी,बागमती र गण्डकी प्रदेशका केही,मधेस र लुम्बिनी प्रदेशका एक–दुई स्थान तथा बाँकी भू–भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । उता आज राति भने गण्डकी प्रदेशका केही स्थानमा ठूलो...
पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध

पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
लमजुङ ।पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बेँसीसहर नगरपालिका वडा नं ६,खरखरे भिरमा ठूलो ढुंगासहितको पहिरो खसेपछि सडक अवरुद्ध भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपागाइँ अनुसार खरखरे भिरमा सडक माथिबाट ठूलो ढुंगासहित पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।   हरेक वर्ष वर्षायाममा यो सडक पहिरोले अवरुद्ध हुने गरेको छ । यहाँ पहिरो नियन्त्रणका निम्ति संघीय सरकारले १६ करोड ४८ लाख रुपैयाँ लागतमा आयोजना सञ्चालन गरेको छ तर आयोजना पुरा भइसकेको छैन् ।काम ढीला हुँदा समस्या भइरहेको छ ।...
आगामी शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द हुने

आगामी शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द हुने

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं। मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै शुक्रबारदेखि आयोजनाअन्तर्गत सुरुङको मूलद्वार बन्द गरिने जनाएको छ । बागमती प्रदेशमा मनसुन सक्रिय भइसकेकाले मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा बाढीको खतराका साथै नदी धमिलिन सक्ने भन्दै सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार बन्द सम्भावना रहेको समितिले जनाएको हो । योसँगै उपत्यकावासी यही शुक्रबार (पर्सि) देखि मेलम्चीको खानेपानी प्रयोग गर्न पाउने छैनन् । मनसुन अवधिमा विपत्तिको जोखिम कायमै रहने भन्दै मनसुन कम भए मात्रै मेलम्चीको पानी उपत्यका पठाउन सुरु गर्नेगरी तयारी गरिएको खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बताए । मनसुनी जोखिम सकिएपछि मात्रै उपत्यकावासीले फेरि मेलम्चीको पानी उपभोग गर्न पाउने उनको भनाइ छ ।...
आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं ।हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।जसको प्रभावले मौसम बदली भइरहेको छ । अहिले देशको कोशी र मधेश प्रदेशमा पूर्णतया बदली,बाग्मती र गण्डकी प्रदेशमा साधारणतयादेखि पुर्णतया बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ।कोशी,बाग्मती र कर्णाली प्रदेशका थोरै तथा गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी ,मधेश ,बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही  कोशी,बागमती र गण्डकी प्रदेशका केही तथा मधेश प्रदेश लगायत बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको भनाई छ ।  साथै कोशी प्रदेशका ए...

तारकेश्वर नगरपालिकाले लगायो नदीजन्य पदार्थ उत्खननमा रोक

ताजा अपडेट, बिशेष, वातावरण, समाचार, स्थानीय
जमुना धमला काठमाडौं । तारकेश्वर नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन कार्यमा रोक लगाएको छ । नगरपािलकाले बिहीबार एक सूचना नै जारी गरेर तीन महिनाका लागि सो कार्य बन्द गरेको जनाएको हो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश राज पन्तद्वारा जारी सूचनामा यही असार १ गतेदेखि विसं २०८१ भदौ मसान्तसम्मका लागि नदीजन्य पदार्थ उत्खनन,संकलन बन्द गरिएको उल्लेख छ ।     नगरले सोबारे नगरको राजस्व शाखा, सबै वडा कार्यालय, इलाका प्रहरी कार्यालय, प्रहरी चौकी, सशस्त्र प्रहरीको बिओपीहरूलाई समेत ढुंगा, गिटी, बालुवा उत्खनन, बिक्री बन्द गरिएको जानकारी गराएको छ ।...
घर-घरमा तुलसीको बीउ राखेर आज निर्जला एकादशी मनाइयो

घर-घरमा तुलसीको बीउ राखेर आज निर्जला एकादशी मनाइयो

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं। आज निर्जला एकादशी, घर–घरमा तुलसीको बीउ राखेर निर्जला एकादशी मनाइएको छ।  प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरको मठमा तुलसीको दल राख्ने गरिन्छ । तुलसीको दल राख्ने दिनलाई निर्जला एकादशी  भनिन्छ । यस दिन राखेको दलबाट बनेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ ।कार्तिक शुक्ल एकादशीका दिन तुलसीलाई हुर्काइ बढाइ दामोदरसँग विवाह गरिदिने प्रचलन छ ।यो चार महिनालाई चर्तुमास भनिन्छ ।भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले यी चार महिनामा विवाह,व्रतबन्ध आदि गर्न नहुने शास्त्रीय मान्यता रहिआएको छ ।  ...