वातावरण

सुदुरपश्चिमबाट पूर्वी भू–भागमा फैलियो मनसुन,यी प्रदेशमा वर्षाको सम्भावना

सुदुरपश्चिमबाट पूर्वी भू–भागमा फैलियो मनसुन,यी प्रदेशमा वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
मनिषा गुरुङ काठमाडौ।अघिल्लो हप्त सुदुरपश्चिम प्रदेशबाट भित्रिएको मनसुनी प्रणाली हाल देशको पूर्वी भू–भाग देखिएको छ ।यस मनसुनी प्रणालीको प्रभावले आज कोशी,मधेस,बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ। आज विहानैदेखि कोशी,मधेस प्रदेश,बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार  दिउँसो कोशी,मधेस,बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहने सम्भावना छ।कोशी,बागमती र गण्डकी प्रदेशका थोरै र मधेस प्रदेशलगायत बाँकी भू–भागका केही स्थानहरुमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उता राति पनि कोशी,मधेस,बागमती र गण्डकी प्रदेशमा मौसम आंशिकदेखि साधरणतया बदली रहने महाशाखाले जनाएको छ। कोशी प्रदेशका थोरै तथा मधेस,ब...
जंगली च्याउ खाँदा तनहुँमा ५ जना बिरामी

जंगली च्याउ खाँदा तनहुँमा ५ जना बिरामी

ताजा अपडेट, वातावरण, समाचार
तनहुँ।जंगली च्याउ खाँदा तनहुँमा ५ जना बिरामी परेका छन्। आँबुखैरेनी गाउँपालिका वडा नं.६ हिलेखर्कका ५४ वर्षीय डिलबहादुर गुरुङले नजिकै रहेको जंगलबाट ल्याएको च्याउ खाँदा बिरामी परेका हुन्।जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बिरामी पर्नेमा उनीसहित ५७ वर्षीया मधु गुरुङ,९२ वर्षीय रणबहादुर गुरुङ,८५ वर्षीया द्रोणपती गुरुङ र ५८ वर्षीया पम्फी गुरुङ छन्। उनीहरूको नयाँ मेडिकल कलेज भरतपुर चितवन र आबुखैरेनी अस्पताल तनहुँमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले जानकारी दिएका छन्।...
प्रथम नेपाल इन्टरनेसनल टुरिजम एक्स्पो –२०२४ सम्पन्न

प्रथम नेपाल इन्टरनेसनल टुरिजम एक्स्पो –२०२४ सम्पन्न

अर्थतन्त्र, कला, ताजा अपडेट, पर्यटन, ब्यानर-२, वातावरण, समाचार
सीता पौडेल(अर्चना)  काठमाडौं ।आगामी वर्ष (मे ३०–३१ तारिख २०२५) मा दोस्रो संस्करण आयोजना गर्ने घोषणासहित काठमाडौंमा जारी प्रथम नेपाल इन्टरनेसनल टुरिजम एक्स्पो (नाइट–२०२४) सम्पन्न भएको छ । समिट इभेन्ट्स एन्ड मार्केट्सको आयोजना,नेपाल पर्यटन बोर्डको प्रवद्र्धन,काठमाण्डौं महानगरपालिकाको सहयोग एवंं विभिन्न संघ संस्थाहरुको सहकार्यमा नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा सो दुई दिने एक्सपो सञ्चालन भएको थियो।  संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले शुक्रवार उद्घाटन गरेको नाइट–२०२४को  काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले शनिवार समापन गरेकी थिइन् । कार्यक्रममा  उपमेयर डङ्गोल र नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा (कमल) ले  नेपालको पर्यटन प्रवद्र्धनका लागि यस्ता कार्यक्रमको निरन्तरता आवश्य...
गर्मीमा दैनिक दही खानुका फाइदा

गर्मीमा दैनिक दही खानुका फाइदा

ताजा अपडेट, बिशेष, वातावरण, समाचार, स्वास्थ्य
काठमाडौं । दही मानिसको लागि फाइदाजनक खाने कुरा मानिन्छ । अझ गर्मीमा दैनिक दही खानु निकै फाइदाजनक मानिन्छ । गर्मीमा दही खानु र मही पिउनु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । तर यस कुरामा ध्यान राख्नुपर्छ कि दही दिउँसो मात्र खानुपर्छ, राति होइन, किनकि दिउँसो दही खानु स्वास्थ्यको लागि बढी फाइदाजनक मानिन्छ । दहीले हाम्रो पाचन प्रणालीलाई स्वस्थ राख्न धेरै प्रभावकारी छ । त्यसैले दैनिक खाना पछि कम्तिमा दुई चम्चा दही खानु स्वाथ्यको लागि फाइदा हुन्छ । दहीमा पाचनयोग्य प्रोटिन र लाभकारी ब्याक्टेरिया पाइन्छन्, जसले भोक मेढाउन मदत गर्छ । दहीको नियमित सेवनले आन्द्रा र पेटको रोग लाग्दैन र धेरै प्रकारका भिटामिन बन्न थाल्छन् । दहीमा हुने ब्याक्टेरियाले ल्याक्टोज ब्याक्टेरिया उत्पादन गर्छ ।हरेक बिहान दही–चिनी खाँदा हाम्रो शरीरलाई तुरुन्तै ग्लुकोज प्राप्त हुन्छ । दही–चिनीबाट प्राप्त हुने ग्लु...

काठमाडौंका सार्वजनिक स्थानमा धूम्रपान,मद्यपान र लागु औषध प्रयोगमा पूर्ण बन्देज,खुला मञ्चलाई खुला व्यायाम र खेलकुद स्थलका रूपमा विकास गरिदै

ताजा अपडेट, ब्यानर-१, वातावरण, स्थानीय
सीता पौडेल(अर्चना) काठमाडौं।काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र धूम्रपान,मद्यपान र लागु औषध प्रयोगमा पूर्ण बन्देज लगाउने भएको छ।खुला मञ्चलाई खुला व्यायाम र खेलकुद स्थलका रूपमा विकास गर्ने पनि महानगरको नीति तथा कार्यक्रम रहेको छ। आगामी आर्थिक वर्ष २०८१ ÷८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले धूम्रपान,मद्यपान र लागु औषध प्रयोगमा पूर्ण बन्देज लगाउने घोषणा गरेका हुन्।महानगरले जंक फुड प्रयोगलाई समेत निरुत्साहित गर्ने रणनीति पनि लिएको उनको भनाई छ। महानगर क्षेत्र भित्रिने खाद्य पदार्थको गुणस्तर र स्वच्छता कायम गर्न आवश्यक प्रबन्ध मिलाने,स्वास्थ्य संस्थाको दर्ता प्रक्रियालाई सूचनाप्रविधिमा आधारित बनाउनने नीति महानगरले लिएको छ। साथै मेयर बालेन्द्र शाह (बालेन)ले कामपा–३२ तीनकुनेमा रहेको जग्गाका लागि कामपाले बजेटको व्यवस्था गर्ने बताएका छन् ।त...
आजको मौसम : यी प्रदेशमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं । मनसुनी प्रणालीको प्रभावले आज देशको केही स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी, मधेश र बागमती प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी र बागमती प्रदेशका केही स्थानहरुमा, मधेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । भोलि आइतबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेश लगायत बाँकी भू(भागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।...
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

ताजा अपडेट, वातावरण, समाचार
काठमाडौँ ।बझाङमा गएराति दुई पटक भूकम्प गएको छ ।पाँच मिनटेको अन्तरमा दुई पटक भूकम्प गएको हो। बझाङको सुर्मा केन्द्र बनाएर गएराति ११ः२५ मा ३.७ र ११ः३० मा ३.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
मौसमा पूर्वानुमान : यी तीन प्रदेशमा वर्षाको सम्भावना

मौसमा पूर्वानुमान : यी तीन प्रदेशमा वर्षाको सम्भावना

ताजा अपडेट, वातावरण, समाचार
काठमाडौं ।कोशी,मधेश र बागमती प्रदेश तथा गण्डकी प्रदेशको पहाडी भू–भागमा आज बिहानैदेखि आंशिकदेखि साधरणतया बदली भइरहेको छ। दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी,बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ। उता राति पनि कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।...
नेपाल इन्टरनेशनल टुरिजम एक्स्पो–२०२४को तयारी पुरा,आज बिहान ९ बजे उद्घाटन गरिदै

नेपाल इन्टरनेशनल टुरिजम एक्स्पो–२०२४को तयारी पुरा,आज बिहान ९ बजे उद्घाटन गरिदै

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं । नेपालमा आयोजना हुन गइरहेको ‘नेपाल इन्टरनेशनल टुरिजम एक्स्पो (नाइट)–२०२४’ को सम्पूर्ण तयारी पुरा भएको छ । हिजो बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर सो नाइटको सम्पूर्ण तयारी पुरा भएको आयोजक संस्था समिट इभेन्ट्सका प्रबन्ध निर्देशक तथा नाइटका संस्थापक÷संयोजक विष्णु पाण्डेले जानकारी दिए।उनका अनुसार नेपालमा पहिलो पटक आयोजना हुन गइरहेको दुई दिने (जेष्ठ ३२ र असार १ गते (१४–१५ जुन २०२४) सो नाइटको आज शुक्रबार बिहान ९ बजे काठमाडौंको भृकुटीमण्डप स्थित प्रदर्शनी हलमा उद्घाटन हुँदैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री हितबहादुर तामाङले उद्घाटन गर्ने उक्त नाइटलाई काठमाडौं महानगरपालिकाले सहयोग गरेको छ।भने,नेपाल पर्यटन बोर्डको प्रवद्र्धन र विभिन्न संघसंस्थाहरुले सहकार्य गरेका छन्। नेपालको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय बिटुबी र बिटुसी पर्यटन प्रदर्शनी...
मन्त्री तामाङद्वारा ग्लान थातथलोको अवलोकन, ङारदिमको संरक्षण संवर्द्धन गरिने

मन्त्री तामाङद्वारा ग्लान थातथलोको अवलोकन, ङारदिमको संरक्षण संवर्द्धन गरिने

अर्थतन्त्र, ताजा अपडेट, पर्यटन, वातावरण, समाचार, स्थानीय
काठमाडौं ।संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री हितबहादुर तामाङले ग्लान बंशको थातथलोको अवलोकन गरेका छन् । मन्त्री तामाङ हालै नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नं. ४बेतिनिस्थित ग्लान वंशको थातथलो नाम्सापुरान पुगेर थातथलोको अवलोकन गरेका हुन् ।मन्त्री तामाङको आफ्नै वंशको थातथलो पुगेर नाम्सापुरानलाई पहिचानको रुपमा ग्लान सांस्कृतिक सङ्ग्राहलय बनाउने उद्घोषगरेका छन् । मन्त्री तामाङले यो वर्षको बजेटमार्फत त्यस स्थानमा सङ्ग्राहलयबनाउन ग्लान समाजको संयोजनमा ‘ग्लान उद्गमथलो ङारदिमसंरक्षण तथा प्रवर्द्वन केन्द्र’शिर्षकमा ९० लाख रुपैयाँ बजेटसमेत विनियोजन गरेको जानकारी दिएका छन् ।यसैबीच थातथलो अवलोकनको क्रममा बागमती जिल्ला समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित ग्लानले यसकोठाउँको संस्कृति जोगाउनुपर्ने बताएका छन् । उनले भने,‘ग्लानहरुले खोज्दैआउँदा ग्लानको थ...