वातावरण

बन्दीपुर केबलकार सञ्चालनमा

बन्दीपुर केबलकार सञ्चालनमा

ताजा अपडेट, पर्यटन, ब्यानर-१, वातावरण, समाचार, स्थानीय
काठमाडौं ।तनहुँको बन्दीपुरमा केबलकार सञ्चालनमा आएको छ । उक्त केबलकार आज बिहीबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो ।अन्तर्राष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र (टीयूभी सर्टिफिकेट) प्राप्त गरेपछि व्यावसायिक रुपमा बिहीबारदेखि सञ्चालनमा ल्याइएको बन्दीपुर केबलकारका कार्यकारी अधिकृत किरण पोख्रेलले जानकारी दिएका छन् । अधिकृत पोख्रेलका अनुसार पर्यटकीय आकर्षण बन्दीपुरमा १ वैशाखबाटै केबलकार आंशिक रुपमा चलाइएको भएता पनि बिहीबारदेखि व्यावसायिक सञ्चालनमा ल्याइएको हो ।तीन चरणमा परीक्षणकाल सकिएपछि कम्पनीलाई व्यावसायिक ‘अप्रेसन टीयूभी’ प्रमाणपत्र प्राप्त भएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिएका छन् । केबलकारबाट ९० डिग्रीको ठाडो चट्टान आरोहण गरेझैँ साहसिक अनुभूति लिन सकिने बताइएको छ।कम्पनीका अनुसार बन्दीपुर गाउँपालिका–४ को डुम्रेबजार नजिकै केबलकार चोकबाट मन्दिरसम्...
मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं ।मनसुनी प्रणालीको प्रभावका कारण कोशी प्रदेशका केही स्थानमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी,मधेश र बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा बिहान आंशिकदेखि साधारणतया बदली भएको छ।भने,बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।आज दिउँसो कोशी,बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ।भने, बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी,बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ।तर,कोशी र मधेश प्रदेशका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। उता राति भने,कोशी,बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेक...

नार्क बुलेटिन : मनसुनमा बढी वर्षा हुने हुँदा पानी निकासको उचित व्यवस्था समयमै गर्नु

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं ।सोमबारदेखि नेपालको कोशी प्रदेशको पूर्वी भू–भागबाट मनसुन भित्रिएको छ।मनसुनमा बढी वर्षा हुने हुँदा सबै बालीका लागि जमिन तयारी गर्दा पानी निकासको उचित व्यवस्था गर्न नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले सुझाव दिएको छ। नार्कले सार्वजनिक गरेको कृषि–मौसम सल्लाह बुलेटिन मार्फत आगामी मनसुन सिजनमा देशका अधिकांश स्थानमा सरदर वा सरदरभन्दा बढी वर्षा हुने सम्भावना देखिएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न पानी निकासको उचित व्यवस्था गर्न सुझाव दिएको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार यसले देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको जनाएको छ।मनसुनको सुरुवातमा सुक्खा तथा उत्तरा क्षेत्रमा बढी पानी पर्ने देखिएकाले सुक्खा र डुबान सहन सक्ने धानका जातहरू रोपाइँ गर्न पनि नार्कले सुझाएको छ। नार्कले खासगरी मध्य पहाडी क्षेत्रमा अत्यधिक वर्षाले निम्त्याउन स...
त्रिभुवन विमानस्थल आज आधा घण्टा बन्द हुने

त्रिभुवन विमानस्थल आज आधा घण्टा बन्द हुने

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज सोमबार दिउँसो आधा घण्टाका लागि बन्द गरिने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयद्वारा जारी सूचना अनुसार दिउँसो १ बजेदेखि साढे १ बजेसम्मका लागि विमानस्थल बन्द गर्न लागिएको हो ।विमानस्थल सङ्कटकालीन योजना अनुसार गरिने विभिन्न अभ्यासहरू मध्ये ‘विमानस्थलमा विमान दुर्घटना’ सम्बन्धी पूर्णकालीन अभ्यास गरिने भएका कारण सो समयमा विमानस्थल बन्द गर्न लागिएको सुचनामा उल्लेख छ । हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बद्ध विभिन्न निकायहरूको सहभागितामा हुन लागेको सो अभ्यास सङ्कटको अवस्थामा सहभागी हुने विभिन्न निकायहरूबीच सहयोगको अभिवृद्धि गराउने तथा सहभागी निकायहरूले निर्वाह गर्ने भूमिका र जिम्मेवारीको मूल्याङ्कन गरी सम्बद्ध पक्षको क्षमतामा अभिवृद्धि गराई दुर्घटना न्यूनिकरणका गराउने मुख्य उद्देश्य रहेको जनाइएको छ ...
आँबुखैरेनी –मुग्लिन सडक खण्ड १० बजेदेखि १ बजेसम्म बन्द हुने

आँबुखैरेनी –मुग्लिन सडक खण्ड १० बजेदेखि १ बजेसम्म बन्द हुने

ताजा अपडेट, ब्यानर-२, राजनीति, वातावरण, समाचार
तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड आज तीन घण्टा बन्द हुने भएको छ । आँबुखैरेनी गाउँपालिका–४ साँखर ड्याम नजिक भासिएको सडक मर्मत भइरहेकाले सडक डिभिजन कार्यालयले आइतबार बिहान १० बजेदेखि १ बजेसम्म सडक बन्द गरेर काम गर्न लागेको जनाएको हो । सडक डिभिजन कार्यालय दमौलीका प्रमुख पशुपति ज्ञवालीका अनुसार उक्त ठाउँको हिलसाइडमा चर्किएर बसेको ढुङ्गाहरु झार्नुपर्ने भएकाले बन्द गर्नु परेको हो । विसं २०७९ जेठ २७ गते वर्षाका कारण भासिएको सडकमा मर्मत सम्हारको काम भइरहेको छ ।  ...
मौसम पूर्वानुमान : आज यी प्रदेशमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान : आज यी प्रदेशमा वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं। हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको कारण देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरू र बाँकी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। उता राती पनि कोशी र सुदूरपश्चिम प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रहने छ। भने,कोशी प्रदेशको केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानहरुमा चट्याङ्गसहित हल्कादेखि म...

मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं।हाल देशमा स्थानीय तथा पश्चिमि वायुको प्रभाव रहेको छ।जसको प्रभावले मौसम बदली भइरहेको छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शनिबार कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। आज बागमती,गण्डकी र कोशी प्रदेशका केही स्थानहरु तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भने,हावाहावाहुरीको सम्भावना रहेको महाशाखाको भनाइ छ। भोलि आइतबार पनि आज शनिबारको जस्तै मौसम रहने सम्भावना रहेको महाशाखाले जनाएको छ। ...
गौतमबुद्धको मावली देवदहमा भेटियो प्राचीन इनार

गौतमबुद्धको मावली देवदहमा भेटियो प्राचीन इनार

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
रुपन्देही । गौतमबुद्धको मावली कोलीय गणराज्यको दरबार क्षेत्र रुपन्देहीको देवदहस्थित खयरडाँडामा प्राचीन इनार फेला परेको छ । देवदह नगरपालिकाको आर्थिक सहयोगमा लुम्बिनी विकास कोष,पुरातत्व विभागले उत्खननका क्रममा इँटाबाट निर्मित दुई मिटर चौडाइ र साढे तीन मिटर गहिराइ भएको प्राचीन इनार भेटिएको लुम्बिनी विकास कोषका वरिष्ठ पुरातत्व अधिकृत हिमालकुमार उप्रेतीले जानकारी दिएका छन् । यही जेठ १६ गतेदेखि शुरु गरिएको उत्खननका क्रममा सो इनार भेटिएको हो ।लुम्बिनी विकास कोषले गत वर्ष पनि उत्खनन गर्दा इँटाको माथिल्लो भाग फेला पारेको थियो ।“गत वर्ष इनारको माथिल्लो भाग मात्रै भेटिएको थियो, यस वर्ष इनारको बेस(तल्लो भाग)सम्म जाने योजना अनुसार उत्खनन गर्दा इनारको पूर्ण आकार भेटिएको छ”, उप्रेतीले भने । इनारको दक्षिणतर्फ पर्खालका भग्नावशेष र खयरडाँडा क्षेत्रमा माटाका भाँडा, पर्खालका भग्नावशेष भेटिएका छन् ।पु...
मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षाको सम्भावना

ब्यानर-१, वातावरण, समाचार
काठमाडौं ।हाल देशमा स्थानीय र पश्चिमी वायूको प्रभाव रहेको छ।जसको प्रभावले मौसम बदली भइरहेको छ। आज विहानैदेखि बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा पनि भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। भने,बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। आज शुक्रबार दिउँसो कोशी,बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ।बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। बागती,कोशी र गण्डकी प्रदेशका थोरै तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।मधेश प्रदेशका एक–दुई स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। उता राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ।...
विश्व वातावरण दिवश २०२४ : ‘हाम्रो भूमि,हाम्रो भविष्य’

विश्व वातावरण दिवश २०२४ : ‘हाम्रो भूमि,हाम्रो भविष्य’

अन्तर्राष्ट्रिय, ताजा अपडेट, फिचर, ब्यानर-१, वातावरण, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं । ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने नाराका साथ आज बुधबार विश्व वातावरण दिवस मनाइँदै छ। संयुक्त राष्ट्रसंघले १६ जुन १९७२ मा विश्व वातावरण सम्मेलनको आयोजना गरेपछि विश्वभर वातावरण संरक्षणका लागि जनचेतना जगाउनु पर्ने अन्तराष्ट्रिय ऐक्यबद्धता बनेको थियो ।त्यसै अनुरुप यस दिवसलाई संस्थागत गर्न ५ जून,१९७३ मा विश्वकमा पहिलो पटक विश्व वातावरण दिवस अन्तराष्ट्रियकरण गरिएको हो ।यसरी संयुक्त राष्ट्रसंघले आह्वान गरे अनुसार नै प्रत्येक वर्ष जुन ५ मा विश्व वातावरण दिवस मनाउन थालियो । नेपालको  संविधानले मौलिक हकका रुपमा वातावरण सम्बन्धी हकको व्यवस्था गरेको छ । संविधाको धारा ३० मा प्रत्येक नागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारको प्रत्याभूत गरिएको छ । यो वर्षको वातावरण दिवस भूमि बचाउसँग केन्द्रित छ। भूमि पुनःस्थापना,मरुभूमिकरण र खडेरी प्रतिरोधात्मकतामा दिवसला...