वातावरण

हिमानी शाह र हृदयेन्द्रले गरे निजी गुठीद्वारा निर्मित सिँचाइ पोखरीको उद्घाटन

हिमानी शाह र हृदयेन्द्रले गरे निजी गुठीद्वारा निर्मित सिँचाइ पोखरीको उद्घाटन

ताजा अपडेट, वातावरण, समाचार
२७,जेठ काठमाडौं । जुम्लामा पूर्व युवराज्ञी हिमानी शाह र पूर्व नवयुवराज हृदयेन्द्र शाहले निजी गुठीद्वारा निर्मित सिँचाइ पोखरीको उद्घाटन गरेका छन् । रोजि राणा प्रभु शमशेर राणा निजी गुठीद्वारा जुम्लाको हिमा गाउँपालिका वडा नम्बर ७ मा निर्माण गरिएको उक्त सिँचाइ पोखरीबाट सयौँ हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने बताइएको छ । यस पोखरीको निर्माणले जुम्लाका किसानलाई स्याउ, आलु र मार्सी धानजस्ता बाली उत्पादनमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ । जुम्लाका सांसद ज्ञानेन्द्र शाहीले यस सिँचाइ आयोजनाले स्थानीय कृषि उत्पादनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।...
अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

ताजा अपडेट, ब्यानर-२, वातावरण, शिक्षा, समाचार
२७, जेठ काठमाडौं । बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी र कर्मचारीको स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई मध्यनजर गरी आज र भोलि नगरभित्र विद्यालय बिदा दिने निर्णय गरिएको हो । नगरप्रमुख स्तरीय निर्णयअनुसार विद्यालयमा बिदा दिइएको नगरप्रमुख पोतिलाल चौधरीले जानकारी दिए । बर्खे बिदाबाट मिलान हुने गरी नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिइएको उनले बताए । गर्मी बढेसँगै सर्वसाधारणलाई बाह्य क्षेत्रमा हिँडडुल गर्न समस्या हुने गरेको छ । दिउँसोका बेला बजार तथा राजमार्ग क्षेत्रमा सर्वसाधारणको आगमन कम हुँदै गएको छ । गर्मीका कारण रिंगटा लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, आँखा पाक्नेलगायत स्वास्थ्य समस्या लिएर अधिकांश बिरामी स्वास्थ्य संस्थामा पुग्ने गरेका स्वास्थ्यकर्मीले बताएका छन् ।...
७२ जिल्लामा फैलियो डेंगी

७२ जिल्लामा फैलियो डेंगी

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार, स्वास्थ्य
२६, जेठ काठमाडौं । मनसुन लागेसँगै डेंगी संक्रमण देखिन थालेको छ । जुनदेखि अगस्टसम्म असार–भदौ सम्मलाई डेंगी सङ्क्रमणको जोखिम कायम रहने समयका रूपमा लिइन्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्कअनुसार जनवरी १ देखि जुन ८ सम्म एक हजार दुई सय ५५ सङ्क्रमित भेटिएका छन् भने ७२ वटा जिल्लामा डेंगी सङ्क्रमण पुष्टि भइसकेको छ । सबैभन्दा धेरै सङ्क्रमितको सङ्ख्या काठमाडौँमा देखिएको छ । काठमाडौँमा १३२, कास्कीमा ९०, सुनसरीमा ८७, चितवनमा ६१, पाल्पामा ५१, रुपन्देहीमा ४७, कञ्चनपुरमा ३७, दाङमा ३२ र भक्तपुरमा ३० वटा सङ्क्रमित भेटिएका छन् । ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले डेंगीलाई शून्यमा नै ल्याउने र डेंगी गराउने लामखुट्टे सखाप नै पार्न भन्ने अवस्था सिर्जना गर्न नसकिए पनि नियन्त्रण भने गर्न सकिने बताए । उनले भने, “डेङ्गीको सङ्क्रमण र मृत्युदर घटाउन सक...
९ दिनयता महासचिव वैद्यको आईसीयूमा उपचार हुँदै

९ दिनयता महासचिव वैद्यको आईसीयूमा उपचार हुँदै

ताजा अपडेट, राजनीति, वातावरण, समाचार
२६, जेठ काठमाडौं । श्वास प्रश्वाससम्बन्धी रोगले च्यापेपछि क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरण त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ९ दिनयता उपचार भईरहेको छ । दम बढेपछि जेठ १८ गते शिक्षण अस्पताल महाराजगन्जको आईसीयूमा भर्ना भएका वैद्यको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ । ‘उनको दम बढेर अस्पताल भर्ना गरिएको हो । अहिले आईसीयूमा राखेर उपचार भइरहेको छ । अहिले स्वास्थ्य अवस्था स्थिर छ ।...
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
२६, जेठ काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक सय रुपैयाँले घटेर आज एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन तोलाको एक लाख ९० हजार सात सय रुपैयाँमा कायम भएको थियो । यस्तै, चाँदी मूल्य भने आज बढेको छ । चाँदी तोलामा पाँच रुपैयाँले बढेर दुई हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य तोलाको दुई हजार एक सय ४५ रुपैयाँमा कायम भएको थियो ।...
कोशीका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव

कोशीका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव

ताजा अपडेट, वातावरण, समाचार
२६, जेठ काठमाडौं । हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहने जनाएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदली रहने छ । कोशी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।...
बुढानीलकण्ठको नीति तथा कार्यक्रमस् ‘ बुढानीलकण्ठ’ बनाउन वहुआयामिक क्षेत्रलाई समेट्ने प्रयास

बुढानीलकण्ठको नीति तथा कार्यक्रमस् ‘ बुढानीलकण्ठ’ बनाउन वहुआयामिक क्षेत्रलाई समेट्ने प्रयास

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार, स्थानीय
२६, जेठ काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ (सन् २०२५र२६) का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । “स्वच्छ, शान्त, समृद्ध, पर्यटकीय नगर बुढानीलकण्ठ” को मूल मन्त्रलाई आत्मसात् गर्दै नगरपालिकाले पूर्वाधार विकास, सुशासन प्रवर्द्धन र नवप्रवर्तनमैत्री प्रविधिको प्रयोगमार्फत समृद्ध नगर निर्माण गर्ने लक्ष्य राखेको छ । नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रमले आर्थिक, सामाजिक, पर्यावरणीय र प्राविधिक क्षेत्रलाई समेट्दै नगरवासीको जीवनस्तरमा परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ । नगरपालिकाले यो नीति नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४, संघीय तथा बागमती प्रदेशका नीति र दिगो विकास लक्ष्यमा आधारित रहेर तयार गरेको जनाएको छ । विभिन्न समितिका सिफारिस, राजस्व सुधार कार्य योजना र नगरपालिकाको दीर्घकालीन योजनालाई समेत समावेश गरिएको छ। नीतिमा सहभागितामूलक योजना निर्म...
नागढुंगा नौबिसे सडकखण्ड थप ५ दिन बन्द हुने

नागढुंगा नौबिसे सडकखण्ड थप ५ दिन बन्द हुने

ताजा अपडेट, वातावरण, समाचार
२५, जेठ काठमाडौं । त्रिभुवन राजपथअन्तर्गत नागढुंगा नौबिसे खण्ड थप ५ दिन बन्द हुने भएको छ । निर्माण कार्य गरिरहेको हुँदा थपा ५ दिन आवश्यक परेकाले जेठ २६ गतेदेखि जेठ ३० गतेसम्म बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुने आयोजनाले जनाएको छ । नागढुंगा मुग्लिङ सडक योजना पूर्वी खण्डले सूचना जारी गर्दै सो अवधिभर काठमाडौँबाट नौबिसेतर्फ जाने सवारीसाधन नागढुंगा चेकपोष्टमा रोकिने र नौबिसेबाट काठमाडौँतर्फ जाने सवारी खानीखोला बजारमा रोकिने जनाइएको छ । रोकिएका सबै सवारी साधनहरुलाई ३ बजेपछिमात्रै छोडिने जनाएको छ । तर रोकिएको समयमा सवारीसाधन चलाउँदा आफ्नो लेनअनुसाशन पालना गर्न र लामबद्ध भएको अवस्थामा जथाभाबी ओभरटेक नगर्नसमेत अनुरोध गरेको छ । यसैगरी दमकल एम्बुलेन्स र सुरक्षा निकायका सवारी साधन निर्बाध रूपमा सञ्चालन हुने जनाएको छ । साथै साना तथा मझौला सवारी साधनको लागि सीता पाइला–रामकोट–धार्के सड...
सुनचाँदी व्यवसायीको प्रदर्शन

सुनचाँदी व्यवसायीको प्रदर्शन

ताजा अपडेट, वातावरण, समाचार
२५, जेठ काठमाडौं। सुनचाँदी व्यवसायीहरूले विलासिता कर खारेज गर्न माग गर्दै प्रदर्शन गरेका छन् । आर्थिक वर्ष २०८२/ ८३ को बजेटमार्फत सुनमा लगाइएको २ प्रतिशत विलासिताको कर र हिरा जुवाहरत र पत्थरको १३ प्रतिशत कर खारेज गर्न माग गर्दै आइतबार काठमाडौँमा प्रदर्शन गरेका हुन् । उनीहरूले उपभोक्ता कर्मचारी र कालिगढ तथा व्यवसायी मैत्री ऐन जारी गर्न पनि माग गरेका छन् ।...
बूढानीलकण्ठ नगरपालिकाले उन्नत बोका वितरण गर्ने

बूढानीलकण्ठ नगरपालिकाले उन्नत बोका वितरण गर्ने

ताजा अपडेट, बिशेष, वातावरण, समाचार, स्थानीय
२५, जेठ काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले चालू आर्थिक वर्ष २०८/८२ अन्तर्गत सञ्चालन हुने उन्नत बोका वितरण कार्यक्रममा सहभागी हुन इच्छुक किसान, फार्म, समूह तथा सहकारी संस्थाहरूलाई आवेदन दिन आह्वान गरेको छ । पशु सेवा शाखाले सार्वजनिक सूचना जारी गर्दै ५० प्रतिशत लागत साझेदारीमा आधारित उक्त कार्यक्रमका लागि सात दिनभित्र आवेदन दिन आग्रह गरेको हो । नगरपालिकाभित्र व्यावसायिक बाख्रापालन गरिरहेका किसान, दर्ता भएका निजी फार्महरू तथा सहकारी संस्थाहरूलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिनेछ । पशु सेवा शाखाले गुणस्तरीय उन्नत बोका वितरणमार्फत बाख्रापालन व्यवसायलाई व्यवसायिक र आत्मनिर्भर बनाउन यो कार्यक्रम ल्याएको जनाएको छ। आवेदन दिन चाहनेहरूले आफ्नो नेपाली नागरिकताको प्रमाणपत्र, व्यवसाय दर्ता तथा नविकरण प्रमाणपत्र, प्यान दर्ता तथा कर चुक्ता प्रमाणपत्र, संक्षिप्त कार्ययोजना, कार्यान्वयन क्षेत्रको जग...