वातावरण

एकतर्फी सञ्चालनमा आयो दाउन्ने सडक

एकतर्फी सञ्चालनमा आयो दाउन्ने सडक

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
१०, जेठ काठमाडौं । शुक्रबार रातिदेखि अवरुद्ध पुर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ । बर्दघाट नगरपालिका वडा नम्बर ४ खुर्सानी खोला नजिकै सडक भत्किएपछि सवारी साधन आवागमन बन्द भएको थियो । आज बिहान ७ बजेबाट भत्किएको सडक मर्मतको काम सुरु गरी १० बजेदेखि तत्कालका लागि एकतर्फी सडक सञ्चालनमा ल्याइएका इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक दीपेन्द्र वानियाले जानकारी दिए ।  ...
नागढुंगा सुरूङमार्ग आगामी पुसभित्र सञ्चालनमा ल्याइने

नागढुंगा सुरूङमार्ग आगामी पुसभित्र सञ्चालनमा ल्याइने

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
१०, जेठ काठमाडौं । आगामी पुसपछि नागढुंगा सुरूङमार्ग सञ्चालनमा आउने भएको छ । पहिलेकै गतिमा काम गर्ने वातावरण भएमा आगामी छ महिनाभित्र सुरूङमार्ग सञ्चालनमा आउने गरी तयारी गरिएको हो । कूल ९० प्रतिशत भौतिक प्रगति गरी हाल १० प्रतिशतको काम बाँकी रहेको नागढुंगा सुरूङमार्गमा उपकरणहरूको संयोजन चलिरहेको आयोजनाको परामर्शदाता संस्था निप्पन कोइका इञ्जिनियर रमेशप्रसाद कोइरालाले बताए । “अहिले उपकरणहरूको परीक्षण र समग्र सुरूङमार्गको कार्यमा त्यसलाई संयोजना सम्झौताअनुसार आगामी कात्तिकको पहिलो साता निर्माण सम्पन्न गरी सञ्चालक निकायलाई हस्तान्तरण गर्ने लक्ष्यमा छौँ,” इञ्जिनियर कोइरालाले भने, “अहिले उक्त सञ्चालक निकायको छनोटको प्रक्रिया अघि बढिरहेको छ र त्यो निकाय छनोट भएपछि पनि त्यसपछि तालिम लिनुपर्ने हुन्छ । त्यसमा पनि दुई महिना जति लाग्न सक्छ ।” उनका अनुसार आयोजनाले सुरूङमार्गको सुरक्षा, सहज आवागम...
आजको मौसम : सातै प्रदेशमा वर्षाको सम्भावना

आजको मौसम : सातै प्रदेशमा वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
१०, जेठ काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसकासाथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । सो प्रणालीको प्रभावले कोशी, मधेस र बागमती प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको छ । बागमती प्रदेशको थोरै स्थानहरूमा तथा कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। बङ्गालको खाडीको उत्तर पश्चिमका केही क्षेत्र तथा दक्षिण पश्चिमका अधिकांश क्षेत्रहरूमा साथै मालदिभ्स, श्रीलङ्का लगायतका भूभागसम्म मनसुनको आगमन भएको र बङ्गालको खाडीबाट जमिनको भूभागतर्फ मनसुन अगाडि बढ्ने क्रममा रहेको छ । दिउसो सातै प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही एक–दुई स्थानमा चट्याङ्गसहित ...
राष्ट्रिय ललितकला प्रदर्शनीमा ‘कलामा विविधता’ थप्नेगरी तयारी

राष्ट्रिय ललितकला प्रदर्शनीमा ‘कलामा विविधता’ थप्नेगरी तयारी

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
९, जेठ काठमाडौं । नेपाली ललितकलाको महाउत्सव मानिने यसपालिको राष्ट्रिय ललितकला प्रदर्शनीमा कलामा विविधता दिने प्रयास गरिने बताइएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा यही जेठ १५ देखि ३० गतेसम्म आयोजना हुने प्रदर्शनीमा सातै प्रदेशका विविधता झल्किने गरी प्रदर्शनी गर्ने अन्तिम तयारी भइरहेको प्रदर्शनी संयोजक एवं प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले जानकारी दिए । उनले भने- ‘नेपालमा अभ्यासमा रहेका रैथाने कलादेखि हालका समसामयिक कलालाई एकै ठाउँमा राखेर प्रदर्शनी हुँदैन । पहिलो अभ्यासका रुपमा यसपटक हरेक प्रदेशको छुट्टाछुट्टै ग्यालरीमा कला प्रदर्शनी हुनेछ । जसबाट प्रदेशको कला अवलोकनका साथै अध्ययन पनि गर्न सकिनेछ । प्रदर्शनीमा करिब ६०० कलाकारका ६५० हाराहारीका कलाकृतिहरु समावेश गरिनेछ ।’ राष्ट्रिय प्रदर्शनीको पूर्वसन्ध्यामा यसअघि फागुनमा सातै प्रदेशमा कला प्रदर्शनी गरिएको थियो ।...
पाँचौँ पटक सगरमाथा आरोहण गरेर फर्किइन् पूर्णिमा

पाँचौँ पटक सगरमाथा आरोहण गरेर फर्किइन् पूर्णिमा

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
९, जेठ काठमाडौं । फोटो पत्रकार पूर्णिमा श्रेष्ठ सर्वोच्च शिखर सगरमाथा पाँचौँ पटक आरोहण गरेर काठमाडौँ फर्किएकी छन् । उनी आज बिहान लुक्लाबाट काठमाडौँ आइपुगेकी हुन् । उनले आइतबार बिहान ३:३७ बजे पाँचौँ पटक सगरमाथा शिखर चुमेकी थिइन् । उनी सतोरी एड्भेञ्चर प्रालिमार्फत सगरमाथा चढेकी हुन् । यसअघि गत वर्ष यही सिजनमा श्रेष्ठले दुई हप्ताको अन्तरालमा तीन पटक सगरमाथा आरोहण गरी रेकर्ड कायम गरेकी थिइन् । त्यसअघि उनले सन् २०१८ मा पहिलो पटक सगरमाथा आरोहण गरेकी थिइन् । आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरिसकेकी श्रेष्ठले दोस्रो अग्लो माउण्ट केटु, ल्होत्से, मनासलु, अन्नपूर्ण, धौलागिरि लगायतका हिमाल आरोहण गरिसकेकी छन् ।...
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
९, जेठ काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार एक सय रुपैयाँले घटेर एक लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार भने सुन प्रतितोला एक लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी २० रुपैयाँले घटेर प्रतितोला २ हजार पाँच रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। बिहीबार चाँदी एक हजार २५ रुपैयाँमा कायम भएको थियो ।...
आजदेखि पोखरामा होमस्टे मार्ट

आजदेखि पोखरामा होमस्टे मार्ट

ताजा अपडेट, पर्यटन, ब्यानर-२, वातावरण, समाचार
९, जेठ काठमाडौं । आजदेखि पोखरामा होमस्टे मार्ट हुँदै छ । गाउँलाई सहरसँग जोड्ने उद्देश्यले शुक्रबार र शनिबार मार्ट आयोजना गरिएको हो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजना तथा गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) को सहआयोजनामा हुने २ दिने मार्टमा प्रदेशभित्रका विभिन्न होमस्टेहरू सहभागी हुँदै छन् । होमस्टे सञ्चालकहरूले आफ्नो होमस्टेबाट प्रदान हुने प्याकेजबारे प्रचार गर्नेछन् । ‘होमस्टेलाई वास्तवमा सहरसँग जोड्नुपर्छ । सहरका मान्छे गएर त होमस्टे चल्छ,’ बोर्डका पोखरा कार्यालय प्रमुख मणिराज लामिछाने भन्छन्, ‘हामी गाउँ र सहरलाई जोड्न होमस्टे मार्ट गर्न गैरहेका छौं ।’ मार्टमा सामुदायिक होमस्टे तथा गाउँको पर्यटन व्यवसायीका स्टल, गाउँ पर्यटन प्रवर्द्धनमा उद्योग र व्यवसायीको भूमिका, गाउँ पर्यटन प्रवर्द्धनमा सञ्चार क्षेत्रको भूमिकाबारे छुट्टाछुट्टै बहस पनि हुनेछ । साथै विभि...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
९, जेठ काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ २८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ९६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ २५ पैसा र बिक्रीदर १८५ रुपैयाँ ०५ पैसा, स्वीस फ्रयांकएकको खरिददर १६६ रुपैयाँ १६ पैसा र बिक्रीदर १६६ रुपैयाँ ८९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ २६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ०५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, चिनि...
आजको मौसम  : यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
९, जेठ काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  महाशाखाका अनुसार आज राति कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी , मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।...
नवराजपुरमा मैथिली भाषाको पाठ्यपुस्तक लागू

नवराजपुरमा मैथिली भाषाको पाठ्यपुस्तक लागू

ताजा अपडेट, वातावरण, समाचार, स्थानीय
८, जेठ काठमाडौं । सिरहाको नवराजपुर गाउँपालिकाले मैथिली भाषाको स्थानीय पाठ्यपुस्तक निर्माण गरी कक्षा १ देखि कक्षा ३ सम्म पठनपाठन गराउन थालेको छ । गाउँपालिकाले चालु शैक्षिक सत्रदेखि ‘हमर नवराजपुर’ (हाम्रो नवराजपुर) नामक पाठ्यपुस्तक तयार गरी २० वटै सामुदायिक विद्यालयमा पठनपाठन गराउन सुरु गरेको हो । गाउँपालिकाका अध्यक्ष शिव उदगार यादवका अनुसार एक सय पूर्णांकसम्मको स्थानीय भाषामा पाठ्यपुस्तक तयार गरेर पढाउन पाइने प्रावधानअनुसार पाठ्यपुस्तक तयार गरी लागू गरिएको हो । आगामी वर्षको शैक्षिक सत्रदेखि कक्षा ६ सम्म स्थानीय भाषाको पाठ्यक्रम तयार गरी कार्यान्वयन गरिने उनले जानकारी दिए । अध्यक्ष यादवले भने, “अहिले कक्षा १ देखि ३ सम्म स्थानीय पाठ्यपुस्तक लागू गरेका छौँ । संविधान अनुसार मौलिक भाषा, कला र संस्कृतिको संरक्षण र संवर्द्धन गर्नुपर्ने दायित्व स्थानीय तहको भएकाले सोहीअनरुप काम गरिएको हो । आ...