वातावरण

महिला टी-२० विश्वकप छनोट :नेपालले पहिलो खेल हङकङसँग खेल्ने

महिला टी-२० विश्वकप छनोट :नेपालले पहिलो खेल हङकङसँग खेल्ने

खेलकुद, ब्यानर-२, वातावरण, समाचार
२२, वैशाख काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप छनोटअन्तर्गत नेपालले पहिलो खेल हङकङसँग खेल्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले सोमबार नेपालको खेल तालिका सार्वजनिक गरेको छ । जसअनुसार समूह सी मा नेपाल, हङकङ र बहराइन रहेका छन् । समूह चरणमा डबल राउण्ड रोविनमा खेल हुनेछ । शीर्ष स्थानमा रहने टोली सुपर राउण्डमा पुग्नेछ । छनोटमा सहभागी ९ टिमलाई तीन समूहमा विभाजन गरिएको छ । तीनवटै समूहको शीर्ष टोलीले सुपर राउण्ड लिग खेल खेल्नेछन् । त्यसबाट शीर्ष दुई टोली ग्लोबल क्वालिफायरमा पुग्नेछन् । मे ९ मेदेखि २० सम्म थाइल्यान्डमा हुने छनोट प्रतियोगितामा घरेलु टोली थाइल्याण्डसहित नेपाल, हङकङ, बहराइन, भुटान, कुवेत, मलेसिया, कतार र युएईले प्रतिस्पर्धा गर्नेछन् ।...
सडकको चट्टान फोर्न ‘केमीकल’ प्रयोग गरिने

सडकको चट्टान फोर्न ‘केमीकल’ प्रयोग गरिने

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
२२, वैशाख काठमाडौं । मोलुङ करिडोर सडक निर्माणमा हरिबोले भीरको चट्टान फोर्न केमीकलको प्रयोग गरिने भएको छ । लामो समयसम्म चट्टान फोर्न नसकेपछि, केमीकलको प्रयोग गर्नुपर्ने अवस्था भएको हो । सुनकोशी गाउँपालिका–६ काउसेदेखि वडा नं ८ भाल्दीप आँपस्वारासम्म तीन किलोमिटर नयाँ ट्रयाक निर्माण गर्नुपर्नेमा, हरिबोले भीरमा २०० मिटर चट्टान फोर्न नसक्दा सडक ट्रयाक खुल्न सकेको छैन । उक्त चट्टानलाई लामो समयसम्म ब्रेकर लगाउँदा पनि कटान गर्न नसकेकाले केमीकल प्रयोग गरी चट्टान फोर्ने तयारी गरिएको हो । कम प्रेसर मेसिन ल्याइसकेकाले चट्टानलाई ड्रिल गरी केमीकल प्रयोग गरिने निर्माण कम्पनी महालक्ष्मी भुजेल जेभी निर्माण सेवाका प्रोपाइटर तेजबहादुर भुजेलले जानकारी दिए ।...
यस्तो छ आजको  विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
२२, वैशाख काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्र‍ाको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३५ रूपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रूपैयाँ ६४ पैसा कायम भएको छ । त्यसैगरी युरोपियन युरो एकको खरिददर १५२ रूपैयाँ ५४ पैसा र बिक्रीदर १५३ रूपैयाँ २२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रूपैयाँ २३ पैसा र बिक्रीदर १८० रूपैयाँ ०३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६३ रूपैयाँ ३४ पैसा र बिक्रीदर १६४ रूपैयाँ ०६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ०२ पैसा र बिक्रीदर ८७ रूपैयाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ७१ पैसा र बिक्रीदर ९८ रूपैयाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ ०७ पैसा र बिक्रीदर १०४ रूपैयाँ ५३ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले जापानी येन १० को ख...
आजको मौसम : यी प्रदेशमा चट्यांगसहित मध्यम वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा चट्यांगसहित मध्यम वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२२, वैशाख काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ। लुम्बिनी प्रदेशका केही स्थानहरूमा, सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सोमबार सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक...
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
२१, वैशाख काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार १०० रुपैयाँ कायम भएको हो । यसअघि शुक्रबार छापावाल सुन तोलामा १ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको थियो । यस हिसाबले छापावाल सुन तोलामा ६०० रुपैयाँ वृद्धि भएको छ । यस्तै आइतबार चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलामा १ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार तोलामा १ हजार ९१० रुपैयाँ कायम भएको हो ।  ...
नागढुंगा-नौबिसे सडक खण्ड रातिमा बन्द गरिने

नागढुंगा-नौबिसे सडक खण्ड रातिमा बन्द गरिने

ताजा अपडेट, वातावरण, समाचार
२१, वैशाख काठमाडौं । त्रिभुवन राजपथको नागढुंगा-पिप्लामोड सडक निर्माण तथा सुधार गर्नुपर्ने भएकाले नागढुंगा-नौबिसे खण्ड यही वैशाख २२ गतेदेखि रातिमा बन्द गरिने भएको छ । नागढुंगा-मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले उक्त जानकारी गराएकाले सोहीअनुसारको व्यवस्था मिलाउने गरी आवश्यक तयारी थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । नागढुंगा-मुग्लिङ सडक योजना .(पूर्वी खण्ड) ले आज एक सूचना जारी गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयको समन्वयमा वैशाख २२ देखि वैशाख ३१ गते राति ११ बजेदेखि ३ बजेसम्म उक्त सडकमा सवारीसाधन आंशिक रूपमा रोकी निर्माण गर्नुपर्ने भएकाले सार्वजनिक सूचना प्रकाशित गरी जानकारी गराएको उनले उल्लेख गरे । काठमाडौँबाट जाने सवारीसाधन नागढुंगा चेकपोस्टमा रोकिने र नौबिसेबाट काठमाडौँतर्फ आउने सवारीसाधन खत्रपौवा पुलमा रोकिने जनाइएको...
यस्तो छ आजको  विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
२१, वैशाख काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ६४ पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ १३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८१ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १७९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १८० रुपैयाँ ३५ पैसा, स्वीस फ्र्यांक एकको खरिददर १६३ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ६४ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९८ रुपैयाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ १९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, केन्द्रीय बैंकले जापानी ...
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ

डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ

अन्तर्राष्ट्रिय, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२१, वैशाख काठमाडौं । अमेरिकाको इ- डिभी लोटरीको नतिजा प्रकाशित भएको छ । अमेरिकाको न्युयोर्क समय अनुसार मध्यान्ह १२ बजे (नेपाली समय अनुसार गए राति पौने १० बजे) सन् २०२६ को इ(डिभी लोटरीको नतिजा प्रकाशित गरिएको हो । नतिजा अनलाइनमा हेर्न सकिने अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । नयाँ विजेताहरुले आगामी अक्टोबर १ देखि भिसा पाउन सुरु गर्नेछन् । उनीहरूले सन् २०२६ को सेप्टेम्बरको अन्त्यसम्म भिसा पाइसक्नुपर्नेछ । विद्यमान कानुन अनुसार उक्त अवधिभित्र भिसा नपाउनेहरू स्वतः अयोग्य हुनेछन् । गत वर्षको अक्टोबर २ देखि नोभेम्बर ७ सम्म इ(डिभी लोटरी भरेकाहरूले आफू छनोट भए नभएको हेर्न सक्नेछन् । इ(डिभी परे नपरेको अमेरिकी विदेश मन्त्रालयको वेबसाइटबाट हेर्न सकिनेछ ।...
आजको मौसम : यी तीन प्रदेशमा वर्षाको सम्भावना

आजको मौसम : यी तीन प्रदेशमा वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२१,वैशाख काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ । दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । कोशी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्यांगरहावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा हिमपातको सम्भावना रहेको छ । आज राती देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागको एक-दुई स्थानमा मेघगर्जनरचट्याङ  सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको हिमाली भू(भागका एक(दुई स्थानमा स्थानमा हल्का वर्षा हिमपातको ...
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२०, वैशाख काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव नेपालमा रहेको छ। जसको प्रभावले हाल कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णा...