वातावरण

पानी पार्ने बादल सुदूरपश्चिमबाट पूर्वतिर सर्दै, सतर्कता अपनाउन मौसमविदको अनुरोध

पानी पार्ने बादल सुदूरपश्चिमबाट पूर्वतिर सर्दै, सतर्कता अपनाउन मौसमविदको अनुरोध

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१९, वैशाख काठमाडौं । पानी पार्ने मौसमी प्रणाली सुदूरपश्चिम, कर्णाली प्रदेश हुँदै पूर्वतिर सरिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका पश्चिमी भूभागमा पानी परिरहेको छ । विभागले पानी पार्ने बादल पश्चिमबाट लुम्बिनी प्रदेशतिर सरिरहेको औल्याएको छ । ‘मेघगर्जनरचट्याङ्ग सहित वर्षा गराउने बादल पश्चिमबाट नेपाल प्रवेश गरिरहेकाले अझै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित वर्षा हुने सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउनु होला,’ विभागले भनेको छ । विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । यसका साथै बंगालको खाडीबाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव परेको छ । यिनै प्रभावका कारण बादल लाग्ने र पानी पर्ने भइरहेको हो । यस्तो अवस्था अझै केही दिन रहीरहने सम्भावना रहेको मौसमविद बताउँछन् । &nbs...
वन श्रमिकका समस्या : न बीमा न सुरक्षा

वन श्रमिकका समस्या : न बीमा न सुरक्षा

ताजा अपडेट, वातावरण, समाचार
१९, वैशाख काठमाडौं । नेपालको वन क्षेत्रमा काम गर्ने अनौपचारिक श्रमिकहरूको बीमाको सुनिश्चितताका लागि वर्षौँदेखि माग गरिए पनि सुनुवाइ भने हुन सकेको छैन । वन क्षेत्रमा कार्यरत हजारौँ श्रमिक ज्यान जोखिममा राखेर दैनिक जोखिमपूर्ण वातावरणमा काम गर्ने भएकाले उनीहरूलाई राज्यले बीमाको व्यवस्था गरिदिनुपर्ने भन्दै माग गरिएको हो । वन श्रमिकले जङ्गलका रूख काट्ने, काठ बोक्ने, उकालो–ओरालो जङ्गलमा हिँड्ने, चिप्लो बाटोमा काम गर्ने र जङ्गली जनावरका आक्रमणको सामना गर्नुपर्ने, डढेलोजस्ता विपद्मा काम गर्नुपर्नेलगायत जोखिम सामना गर्नुपर्दा उनीहरूको जीवन र स्वास्थ्यको सुरक्षा सुनिश्चित गर्न बीमा अपरिहार्य रहेको सरोकारवालाको माग छ । वन अधिकारकर्मीले पनि बीमाले दुर्घटना, अपाङ्गता वा मृत्युको अवस्थामा श्रमिक र उनको परिवारलाई आर्थिक सहायता प्रदान गर्ने र यसले आकस्मिक घटनाको सामना गर्न सहयोग पुर्‍याउने बताएका छन् ।...
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
१९, वैशाख काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलरको भाउ स्थिर हुँदा युरोको भाउ घटेको छ । विहीबार जस्तै आज शुक्रबार पनि अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४९ पैसा कायम छ । यस्तै, शुक्रबार युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा कायम भएको छ । विहीबार भने युरो एकको खरिददर १५३ रुपैयाँ ४६ पैसा र बिक्री दर १५४ रुपैयाँ १४ पैसा थियो । आज युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १७९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८० रुपैयाँ ७६ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १६३ रुपैयाँ २१ पैसा र बिक्रीदर १६३ रुपैयाँ ९३ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ २७ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६५ पैसा तथा क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९८ रुप...
आजको मौसम : बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभावले वर्षाको सम्भावना

आजको मौसम : बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभावले वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१९, वैेशाख काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाकोसमेत नेपालमा आंशिक प्रभाव रहेको छ । सो प्रणालीको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी प्रदेशलगायत देशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। कोशी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ।आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक ब...
सुनको मूल्य ह्वात्तै घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य ह्वात्तै घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१८, वैशाख काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । आज सुन तोलामा ४ हजार ६ सय रुपैयाँले घटेर एक लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन तोलामा १ लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १ हजार ९६५ रुपैयाँ कारोबार भएको चाँदीको मूल्य ५० रुपैयाँले घटेर १ हजार ९१५ रुपैयाँ कायम छ।...
सात महिनादेखि तलबविहीन चिकित्सक

सात महिनादेखि तलबविहीन चिकित्सक

ताजा अपडेट, वातावरण, समाचार, स्वास्थ्य
१८, वैशाख काठमाडौं । जिल्ला अस्पताल हुम्लाका चिकित्सकले सात महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । गत कात्तिक महिनादेखि जिल्ला अस्पताल हुम्लामा कार्यरत चार जना चिकित्सकले अस्पतालमा सेवा दिएबापत रकम नपाएको गुनासो गरेका हुन् । छात्रवृत्ति करारमा कार्यरत एमडिजिपी एक जना र मेडिकल अधिकृत तीन जना चिकित्सकले तलब नपाएको बताएका छन् । सङ्घीय सरकार र कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको लापर्बाहीका कारण उनीहरूले तलब नपाएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका सूचना अधिकारी नन्दबहादुर शाहीले जानकारी दिए । उनका अनुसार पटक पटक कर्णाली प्रदेश सरकारलाई अनुरोध गर्दा समेत सुनुवाइ नभएको हो । सात महिनादेखि तलब नपाउँदा व्यक्तिगत काममा खर्च तथा खटनपटन गर्नलाई निकै समस्या परेको जिल्ला अस्पताल हुम्लामा कार्यरत चिकित्सक एमडिजिपी हिमविक्रम शाहीले गुनासो गरे । तलब नआएकै कारण घरखर्चसमेत टार्न गाह्रो भ...
स्वास्थ्य बिमा सुविधा अव तुरुन्तै

स्वास्थ्य बिमा सुविधा अव तुरुन्तै

ताजा अपडेट, बिशेष, वातावरण, समाचार, स्वास्थ्य
१८, वैशाख काठमाडौं । अब स्वास्थ्य बिमा गर्नेले आफू बसेकै स्थानमा प्रस्थान बिन्दु कायम गरेर सुविधा लिन सक्ने भएका छन् । आफू रहेकै स्थानमा प्रस्थान बिन्दु कायम गर्ने गरी स्वास्थ्य बिमा नियमावली संशोधन गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको प्रस्ताव मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो । यसअघि मन्त्री पौडेलले स्वास्थ्य बिमामा सहजताका लागि बिमा गरेको स्थानबाट अन्यत्र गएका व्यक्तिले आफू बसेकै स्थानमा प्रथम बिन्दु कायम गर्न सक्ने व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका थिए । सोही अनुसार मन्त्रालयले नियमावली संशोधन प्रस्ताव लगेकामा बुधवारको मन्त्रीपरिषद् बैठकले स्वीकृत गरेको मन्त्री पौडेलले जानकारी दिए । यसले रेफर लिनका लागि बिमा गराएकै स्थानमा पुग्नुपर्ने झन्झट कम हुने अपेक्षा गरिएको छ । स्वास्थ्य बिमामा आबद्ध हुने धेरै नागरिकले यस्तो व्यवस्था गर्न माग गर्दै आएका थिए । यसै ग...
अझै दुई दिनसम्म पानी पर्ने सम्भावना

अझै दुई दिनसम्म पानी पर्ने सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१८, वैशाख काठमाडौं । जल तथा मौसम विज्ञान विभागले अझै दुई दिनसम्म बदली र वर्षाको सम्भावना रहेको बताएका छन् । बंगालको खाडीबाट विकसित प्रणाली पूर्व नेपालबाट भित्रिएको र पश्चिमी वायुको प्रभाव पनि कायमै रहेकाले मौसमविदले पानी पर्ने सम्भावना बताएका हुन् । अहिले पनि काठमाडौं उपत्यकासहित कोशी र मधेश प्रदेशका जिल्लाहरुमा पानी परिरहेको छ । एक घण्टाको अवधिमा सिन्धुपाल्चोकमा सबैभन्दा धेरै २४.२ मिलिमिटर वर्षा भएको छ । यसैगरी मकवानपुरमा ११.४ मिलिमिटर वर्षा मापन भएको छ । सिन्धुपाल्चोककै बाह्रबिसेमा ७ र भक्तपुरमा ५ मिलिमिटर वर्षा भएको छ । ‘अझै दुई–तीन दिनसम्म पानी पर्ने सम्भावना छ,’ मौसमका अध्येता एवम् विपदविज्ञ डा। धर्मराज उप्रेतीले भने, ‘देशभरी नै यस्तै अवस्था हुने सम्भावना छ ।’ केही स्थानमा हावाहुरी चल्ने सम्भावना पनि रहेको उनले बताए । जल तथा मौसम विज्ञान विभागको बुलेटिनमा पनि शुक्रबारसम्मै पा...
आजको मौसम : यी चार प्रदेशमा बिहानैदेखि वर्षा

आजको मौसम : यी चार प्रदेशमा बिहानैदेखि वर्षा

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१८, वैशाख काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पश्चिमी तथा स्थानीय वायु तथा बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एकदुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानमा तथा बाँकी भू-भागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका हिमाली भू-भागका थोरै स्थानमा हिमपातको पनि सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना छ । राति देशको पहाडी भू-भागका एकदुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका एकदुई स्थानमा...
सुनको मूल्य बढ्यो,आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो,आज कतिमा हुँदैछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
१६, वैशाख काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य सामान्य वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँ वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन आज तोलामा १ लाख ८८ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुन तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँ कायम भएको थियो । यस्तै मंगलबार चाँदीको मूल्य तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको छ । सोमबारकै मूल्यमा मंगलबार पनि चाँदी कारोबार भएको हो ।...