वातावरण

जनकपुरमा जानकी जन्मोत्सव सुरु

जनकपुरमा जानकी जन्मोत्सव सुरु

ताजा अपडेट, वातावरण, समाचार
१६, वैशाख काठमाडौं । पवित्र जानकी जन्मोत्सवका अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा सोमबारदेखि औपचारिक कार्यक्रम सुरु भएको छ । जानकी मन्दिरले आयोजना गरेको कार्यक्रमअनुसार आजदेखि प्रत्येक दिन दिउँसो ४ बजे श्रीराम कथा वाचन र साँझ ७ बजे गर्भ गृहमा जानकी जन्म बधाई मंगलगान तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले बताए । साथै, अखण्ड रामायण पाठ पनि नियमित रूपमा जारी रहनेछ । जन्मोत्सवको मुख्य दिन वैशाख २३ गते मंगलबार बिहान ५ बजे जानकी मन्दिरबाट दूधमती नदीमा जानकीको शाही स्नान गरिनेछ । सोही दिन अपराह्न १२ बजे जन्म आरती तथा बधाई मंगलगान, दिउँसो ४ बजे डोला शोभा यात्रा र साँझ ७ बजे विशेष आरतीसहित दीपोत्सव आयोजना गरिने कार्यक्रम तय भएको छ । जानकी जन्मदेखि छठिहारसम्म हरेक दिन साँझ ७ बजे जानकी मन्दिरको गर्भ गृहमा जन्म बधाई गान गाइन्छ । मन्दिर व्यवस्थापन समि...
यस्तो छ आजको  विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
१६, वैशाख काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ७६ पैसा र बिक्रीदर १३६ रुपैयाँ ३६ पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ६९ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८१ रुपैयाँ ८५ पैसा, स्वीस फ्र्यांक एकको खरिददर १६३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६४ रुपैयाँ १३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८७ रुपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९८ रुपैयाँ ३० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ३० पैसा र बिक्रीदर १०३ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, केन्द्रीय बैंकले जापान...
आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना

आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१६, वैशाख काठमाडौं। हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको साथै बङ्गालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौुसम विज्ञान विभागले जनाएको छ । जसको प्रभावले हाल सुदूर पश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा साधरणतया बदली रहेको छ । कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। दिउसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहनेछ। कोशी, मधेस, बागमती प्रदेश र गण्डकी प्रदेश थोरै स्थानहरू तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको छ। यो सिलसिला राति पनि जारी रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी...
सुनको मूल्य घट्यो,आज कतिका हुदैँछ कारोबार ?

सुनको मूल्य घट्यो,आज कतिका हुदैँछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१५, वैशाख काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँ कायम भएको हो । आइतबार भने मूल्य १४०० बढी अर्थात् तोलामा १ लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको हो ।...
अभिभावकको दबाबले खुल्न थाले सामुदायिक विद्यालय

अभिभावकको दबाबले खुल्न थाले सामुदायिक विद्यालय

ताजा अपडेट, वातावरण, शिक्षा, समाचार
१५, वैशाख काठमाडौं । शिक्षकहरूको आन्दोलनका कारण बन्द भएका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार भएको भन्दै पठनपाठन सुरु गर्न दबाब बढाएपछि आइतबारदेखि केही विद्यालय सञ्चालनमा आएका हुन् । इलाम नगरपालिकाले आइतबार एक विज्ञप्ति जारी गरी विद्यालय खुलाउन आह्वान गरेको थियो । इलाम नगरपालिका(३ पुवामझुवास्थित विणापाणी माध्यमिक विद्यालय आइतबारदेखि सञ्चालनमा आएको विद्यालयका शिक्षक विष्णुभक्त भण्डारीले बताए । “विद्यालयमा आज केही विद्यार्थी आए, नाम लेखाउने र पुस्तक वितरण गरियो”, उनले भने । इलाम-१ स्थित नेपाल टार माध्यमिक विद्यालयका शिक्षक निर्मल तिम्सिनाले अभिभावकको दबाबपछि आजदेखि विद्यालय सञ्चालनमा ल्याउनुपरेको बताए । देउमाई नगरपालिका-९ जितपुरस्थित खान्द्रुङ माध्यमिक विद्यालय पनि आइतबारबाटै सञ्चालनमा आएको छ ।इलाम नगरपालिका–५ को अमर माध्यमिक वि...
आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर

आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१५, वैशाख काठमाडौं । चर्चित पर्वतारोही कामीरिता शेर्पाले केही दिनअघि सगरमाथा आधार शिविरबाट ‘माउन्टेन घर’ भनेर सामाजिक सञ्जालमा एउटा भिडियो पोष्ट गरे । रङ्गी चङ्गी पालले सजाइएका चिटिक्कका पाल ९टेन्ट०हरु उक्त भिडियोमा देखिन्छ । शिविरको दृश्य हेर्दा लाग्छ आधार शिविर यतिखेर विश्वको सुन्दर गाउँको रुपमा परिणत भएको छ । विश्वभरका आरोही यतिखेर सगरमाथा आरोहणका लागि आधार शिविर पुगेका छन् । आरोहीको भीडभाड र चहल पहलले बेग्लै रौनकता छाएको छ । ‘सगरमाथा आधार शिविर सानो संसारै जस्तो छ, विश्वभरिका मानिस जम्मा भएका छन्’, सगरमाथा आधार शिविरमा रहेका पर्वतारोही लाक्पा शेर्पाले भने, ‘आधार शिविर विश्वको कुनै एउटा गाउँजस्तो भएको छ । उल्लासमय वातावरण छ ।’ ३० पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाउनुभएका कामीरिता आफ्नै कीर्तिमानी तोडेर ३१औं आरोहणका लागि सगरमाथा पु गेका हुन् । आधारशिविर रङ्गीचङ्गी पाल र ...
पाल्पामा जिप दुर्घटना हुँदा तीनको मृत्यु, दुई जना घाइते

पाल्पामा जिप दुर्घटना हुँदा तीनको मृत्यु, दुई जना घाइते

ताजा अपडेट, वातावरण, समाचार
१५, वैशाख काठमाडौं । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१, सिद्धेश्वरमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । गए राति सवा १० बजेतिर सिद्धेश्वरको असारे स्थित भित्री सडक खण्ड हुँदै ठूलापोखरीतर्फ जाँदै गरेको लु १ ज २३७७ नम्बरको जिप दुर्घटनामा परेको हो । जिप सडकदेखि दुई सय मिटर तल खस्दा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा–१, असारेका २३ वर्षीय जनक रेगामीमगर, सोही स्थानका ३६ वर्षीय दीपेन्द्र बुढा र ३१ वर्षीय चेतनारायण विक रहनुभएको छ । यस्तै सोही स्थानका जिप चालक २७ वर्षीय रञ्जन रेश्मी र २३ वर्षीय सरोज बुढा गम्भीर घाइते भएको छ । घाइतेहरूको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ । दुर्घटनाको कारणबाट अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।...
गोरखामा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते

गोरखामा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
१५, वैशाख काठमाडौं। गोरखामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । सहिद लखन गाउँपालिका–१, बक्राङका ४२ वर्षका राजु खनालको चट्याङ लागेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धुब्रप्रसाद शर्माले जानकारी दिए । आइतबार साँझ अन्दाजी ७ः५० बजे घरमा बसिरहेका बेला एक्कासी परेको चट्याङ लागेर खनाल गम्भीर घाइते भएका थिए । घाइते खनाललाई प्रदेश अस्पताल गोरखामा उपचारका लागि ल्याएको भएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक शर्माले जानकारी दिए । मृतकको शव अहिले परीक्षणका लागि अस्पतालमा राखिएको छ । त्यस्तै आइतबार साँझ नै पालुङटार नगरपालिका–७ स्थित च्याङलीमा चट्याङ लागेर ५० वर्षकी सुकमायाँ आले, १८ बर्षिया विपना आले घाइते भएका छन् । घाइते दुवैजनाकोे चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  ...
बाढीसम्बन्धी पूर्व सूचना दिन साइरन जडान

बाढीसम्बन्धी पूर्व सूचना दिन साइरन जडान

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१४, वैशाख काठमाडौं । नासो गाउँपालिका-१ तालगाउँमा मर्स्याङ्दी नदी तटीय क्षेत्रका बासिन्दालाई प्राकृतिक विपद्बाट बचाउन मानव विकास तथा सामुदायिक सेवा केन्द्र (एचडिसिएस) ले बाढीसम्बन्धी सूचना दिने साइरन जडान गरेको छ । गाउँपालिका र एचडिसिएसको सहकार्यमा रु. २६ लाखको लागतमा तालगाउँमा साइरन जडान गरेपछि स्थानीय विपद्बाट बच्ने भन्दै खुसी भएका छन् । विसं २०७८ असार १ मा मनाङमा भीषण वर्षा भयो । वर्षासँगै आएको बाढीले मर्स्याङ्दी नदी किनारका कैयौँ स्थानीयलाई घरबार विहीन बनायो । बाढीले क्षतिग्रस्त भएपछि लामो समयसम्म गाउँले पालमुनि बस्न बाध्य भएका थिए । बाढीले सबैभन्दा बढी नासो गाउँपालिका–१ ताल गाउँमा क्षति पु¥याएको थियो । नासो(१ का वडाध्यक्ष मीनरासी गुरुङका अनुसार तालगाउँमा ६३ परिवार छन् । मर्स्याङ्दी नदी किनारसँगको बस्ती भएकाले यहाँका अधिकांश घरमा बाढी पसेको थियो । पटक पटक बाढी आउँदा लाखौँक...
लेक लागेर मुस्ताङमा एक तिर्थयात्रुको मृत्यु

लेक लागेर मुस्ताङमा एक तिर्थयात्रुको मृत्यु

ताजा अपडेट, वातावरण, समाचार
१४, वैशाख काठमाडौं । प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ दर्शनका लागि मुस्ताङमा गएका एक नेपाली तिर्थयात्रुको लेक लागेर मृत्यु भएको छ । स्याङ्जाको काली गण्डकी गाउँपालिका–२ का ७५ वर्षीय गोपीराम गाहाको प्रदेश अस्पताल जोमसोममा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विशाल अधिकारीले बताएका छन् । सूचना अधिकारी समेत रहनुभएका प्रहरी निरीक्षक अधिकारीले दिएको जानकारी अनुसार घरपझोङ गाउँपालिका–२ मार्फामा टाउको दुख्ने, शरीरमा असहज महसुस भएपछि तत्कालै अस्पतालमा ल्याए पनि चिकित्सकले मृत घोषित गरेका थिए । मृतक गाहा २३ जनाको टोलीका साथमा गाहा मुस्ताङ आउनुभएको थियो । जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कमा अघिल्लो बर्ष बि।स २०८१ सालमा लेक लागेर ज्यान गुमाउनेहरूमा ८ जना भारतीय, २ जना नेपाली र १ जना अमेरिकन नागरिक रहेका छन् ।...