वातावरण

बालाजु बाईसधारा (ल्हुती पुन्ही) मेलामा भक्तजनहरुको बिहानैदेखि भीड

बालाजु बाईसधारा (ल्हुती पुन्ही) मेलामा भक्तजनहरुको बिहानैदेखि भीड

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
३०, चैत काठमाडौं । काठमाडौंको बालाजु बाइसधारामा (ल्हुती पुन्ही) मेलामा आज बिहानदेखि श्रद्दालु भक्तजनहरुको भीड लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ मेला लाग्दै आएको छ ।    बालाजु बाइसधारा मेला बालाजु बाइसधारा (ल्हुति पुन्ही) मेला भर्नका लागि बिहानैदेखि बालाजु बाइसधारामा भक्तजनको घुइँचो लागेको बताएको छ । बाइसधारामा स्नान गरे मुक्तिनाथ तथा गोसाइँकुण्डमा स्नान गरेबराबरको पुण्य प्राप्त हुने जनविश्वास छ । भक्तजनलाई स्नान गर्न सहज होस् भन्ने उद्देश्यले २२ वटै धाराबाट जल प्रवाहको व्यवस्था मिलाइएको छ ।...
दुई प्रदेश जोड्ने कालीगण्डकीमा बन्यो पक्की पुल

दुई प्रदेश जोड्ने कालीगण्डकीमा बन्यो पक्की पुल

ताजा अपडेट, वातावरण, समाचार
२९, चैत काठमाडों । कालीगण्डकी नदीमा पक्की पुल निर्माण भएको छ । गण्डकी प्रदेशको तनहुँ र लुम्बिनी प्रदेशको पाल्पा जोड्ने पक्की पुल निर्माण भएसँगै दुई वटा प्रदेशका नागरिकलाई आवतजावतमा सहज बनेको छ । तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टार र पाल्पाको रामपुर नगरपालिका–१ स्याउली बजार जोड्ने गरी कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण गरिएको हो । पुलबाट यातायातका साधन सञ्चालन हुन थालेका छन् । पुलबाट यातायातका साधन सञ्चालन हुन थालेको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले जानकारी दिए । सिग्देलका अनुसार तनहुँतर्फको भाग पुलसँग जोडिएको छ । पाल्पातर्फको भागमा माटोले सतह मिलाएर यातायात सञ्चालनमा ल्याइएको छ । पुल निर्माणको ठेक्का युनाइटेड बिल्डर्सले पाएको थियो । कुल २१० मिटर लामो उक्त पुल पश्चिम क्षेत्र सेक्टर नम्बर ४ को प्रत्यक्ष निर्देशन र निरीक्षणमा पुल निर्माण गरिएको हो । सङ्घीय सरक...
सुनको मूल्यमा नयाँ कीर्तिमान,आज कतिमा हुदैँछ कारोबार ?

सुनको मूल्यमा नयाँ कीर्तिमान,आज कतिमा हुदैँछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२९, चैत काठमाडौं। नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्यले एक पछि अर्को रेकर्ड बनाउने क्रममा अघिल्लो दिनको तुलनामा शुक्रबार तोलामा ३ हजार ९०० रुपैयाँ बढेको हो । यससँगै छापावाल सुनको मूल्य १ लाख ८५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ८१ हजार १०० रुपैयाँ कायम थियो । आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ९०० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ९०५ रुपैयाँ पुगेको हो। अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेकाले स्थानीय बजारमा पनि यसको प्रभाव परेको बताइएको छ ।  ...
आजदेखि तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन आयोजना हुँदै

आजदेखि तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन आयोजना हुँदै

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
२९, चतै काठमाडौं । सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालको आयोजनामा आजदेखि यहाँ तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन–२०२५ आयोजना हुने भएको छ । सम्मेलन आगामी चैत २९ देखि ३१ गतेसम्म चल्ने छ । सम्मेलन सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालको आयोजना, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयको सहआयोजना रहेको छ । सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियरर्स नेपालका अध्यक्ष डा हरेराम श्रेष्ठले यातायात सुरक्षालाई प्राथमिकतामा राख्दै दिगो र सुरक्षित यातायातको नीति निर्माण तर्जुको पक्षपोषण गर्नु सम्मेलनको उद्देश्य रहेको जानकारी दिए । यातायातका विज्ञ, नीति निर्माता, प्रविधि, नवप्रवर्तनकर्ता र सरोकारवाला निकायबीच सहकार्यको माध्यमबाट प्रभावकारी समाधानको उपाय पहिचान गर्दै समग्र यातायातको सुधार, भविष्यमा अपनाउनुपर्ने रणनीतिबारे गहन छलफल गरिने छ । सार्वजनिक यातायात सुधार याता...
आजको मौसम : देशभर हल्कदेखि मध्यम वर्षाको सम्भावना

आजको मौसम : देशभर हल्कदेखि मध्यम वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२९, चैत काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । उक्त प्रणालीको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदलीको अवस्था रहेको छ। कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । आज दिउसो सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेस प्रदेश बाहेक अन्य ६ प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रही हल्का हिमपातको समेत सम्भावना रहेको छ । सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षा र देशको उच्च पहाडी तथा हिमाली भूभागका हिमपातको सम्भावना रहेको कारण स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।...
बुटवल–नारायणगढ सडक अवरुद्ध

बुटवल–नारायणगढ सडक अवरुद्ध

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार, स्थानीय
२८ चैत्र,काठमाडौं ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ ।वर्षाका कारण दाउन्नेमा बाटो हिलो र चिप्लो भएकाले सवारीआवतजावत गर्न कठिनाइ भएपछि राजमार्ग अवरुद्ध भएको नवलपरासी उबर्दघाट सुस्तापूर्वए जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन र यात्रु बीच सडकमा अलपत्र परेका छन् । दाउन्ने क्षेत्रमा बुधबारदेखि आगामी चैत ३१ गतेसम्मका लागि दिनको ११ः०० देखि ३ः०० बजेसम्म आवागमन बन्द गरेर मर्मत सुरु गरिएको र आगामी वैशाख १ गतेदेखि १५ गतेसम्म राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म आवागमन रोकेर विस्तार गरिने तयारी भएको पनि प्रहरीले जानकारी दिएको छ।...
काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा वर्षा

काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा वर्षा

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२७, चैत काठमाडौ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अहिले काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भइरहेको बताएको छ । महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार अहिले काठमाडौँ उपत्यकाको त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थल क्षेत्र र ललितपुरको फुलचोकी आसपासको क्षेत्रमा वर्षा भइरहेको छ । यसैगरी, कोशी प्रदेशको झापा, सुनसरी, सोलुखुम्बु क्षेत्रमा वर्षा भइरहेको छ ।उनका अनुसार खासगरी, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको लमजुङ क्षेत्रमा मेघ गर्जनसहित वर्षा भइरहेको छ । उनले यो वर्षा केही बेरमा रोकिने सम्भावना रहे पनि बिहीबार र शुक्रबारसम्म नै वर्षाको सम्भावना रहेको जानकारी दिए ।  ...
दाउन्ने खण्ड सडक आजदेखि चार घण्टा बन्द

दाउन्ने खण्ड सडक आजदेखि चार घण्टा बन्द

ताजा अपडेट, वातावरण, समाचार
२७, चैत चितवन । नारायणगढ–बुटवल खण्डको दाउन्नेमा सडक मर्मत तथा विस्तारका लागि आजदेखि अत्यावश्यक बाहेकका सवारी साधनको आउ–जाउ बन्द गरिँदै छ । सडक आयोजनाले आज चैत २७ गतेदेखि चैत ३१ गतेसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म चार घण्टा सडक बन्द गर्न लागेको हो । त्यसपछि पनि २०८२ वैशाख १ गतेदेखि वैशाख १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म ६ घण्टा सडक बन्द गरिने छ । यी मिति र समय अवधिमा एम्बुलेन्स, दमकल, प्रहरी लगायतका अत्यावश्यक सेवाका सवारी साधनलाई भने रोक लगाइने छैन । बर्खायाम सुरु हुनुभन्दा अगाडि नै राजमार्गमा सहज यात्राका लागि दाउन्ने खण्डमा सडक बन्द गरेर सडक विस्तारको काम गर्न लागिएको पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताए । अत्यन्तै संवेदनशील र जोखिम क्षेत्र मानिने दाउन्नेमा पहाडको भित्ता काट्ने, पर्खाल लगाउने तथा कल्भर्टका कामहरू भैरहेका छन् । साँघुरो सडक र कामस...

तीनकुने घटनामा थप २ जना पक्राउ

ताजा अपडेट, वातावरण, समाचार
२७, चैत काठमाडौं । तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा सहभागी थप दुई आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भोजपुरको अरुण गाउँपालिका-५ घर भएका ४५ वर्षीय दिलकुमार श्रेष्ठ र सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका-४ का ३० वर्षीय जितबहादुर श्रेष्ठ छन् । पक्राउ परेका उनीहरुविरुद्ध आपराधि उपद्रव र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट २० दिनको म्याद थप भएको छ । यो घटनामा पक्राउ पर्नेको संख्या ७५ पुगिसकेको छ ।...
पोखरामा सवा अर्ब लगानीमा टेम्पल बेल बुटिक होटल

पोखरामा सवा अर्ब लगानीमा टेम्पल बेल बुटिक होटल

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२७, चैत काठमाडौं । पर्यटन राजधानी पोखराको लेकसाइडमा रु. एक अर्ब २५ करोड लगानीमा ‘टेम्पल बेल बुटिक होटल एण्ड स्पा प्रालि’ सञ्चालनमा आएको छ । पर्यटन व्यवसायी विश्वराज पौडेल र भीष्मराज पौडेल नेतृत्वको चिल्ली ग्रुपले होटल सञ्चालनमा ल्याएको हो । नेपाली मौलिकता र अन्तर्राष्ट्रिय स्तरको सुविधासहितको होटल ‘बुटिक’ अवधारणामा निर्माण गरिएको होटलका अध्यक्ष विश्वराज पौडेलले जानकारी दिए। पोखराको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र आतिथ्य परम्परालाई समेट्दै ‘टेम्पल बेल बुटिक होटल’ सञ्चालनमा ल्याइएको उनले उल्लेख गरे । होटलमा नेपाली काष्ठकला, ढुंगा, ढाका, थान्का, झुमर तथा पेन्टिङले सजाइएको छ । पर्यावरणमैत्री शैलीमा सजाइएको कोठा, करिडोर र खुला क्षेत्रले आगन्तुकलाई आत्मियता र मौलिकता प्रदान गर्ने विश्वास लिइएको छ । करिब साढे दुई रोपनी क्षेत्रफलमा निर्माण भएको होटलमा दुई वटा इन्टरकनेक्टेड ब्लकह...