वायु प्रदूषण : मोबाइल र कम्प्युटर चलाउँदा आँखा निम्तिन्छ थप समस्या
२७ चैत काठमाडौं । वितग केही समययता वायु प्रदूषणका कारणले गर्दा जनजिवन प्रभावित बन्दै गएको छ । वायु प्रदूषणले शरीरका सम्पूर्ण भागमा असर गरेपनि विशेषगरी, आँखा र श्वासप्रश्वासमा बढी प्रभाव पार्ने चिकित्सकहरु बताउछन् ।
वायु प्रदूषण बढेसँगै आँखा पोल्न, आँखा रातो हुने, चिलाउने जस्ता समस्या बढ्दो क्रममा छ । यस्तो समस्या बिहानभन्दा दिउँसो र बेलुकाको समयमा बढी देखिन्छ । रोड छेउमा काम गर्ने, पसलमा बस्ने वा धेरै धुलोको एक्स्पोज हुने मानिसमा यस्तो समस्याबाट बढी प्रभावित हुने गरेको चिकित्सक बताउँछन् ।
वायु प्रदूषणको कारण आँखाबाट आँसु आइरहने, आँखा पोल्ने, आँखा रातो हुने, चिलाउने दुख्ने जस्ता समस्या लिएर बिरामी अस्पताल पुग्ने गरेको छ । यस्तो समस्या अन्य समयको तुलनमा चैत, वैशाखमा बढी देखिने गर्छ । यो मौसममा फुल फुल्ने हुँदा फुलको कणले एलर्जी हुने बिरामी बढ्ने गर्छन् । एलर्जी हुने बिरामीलाई प्रदूषण...









