साना तथा मझौंला होटल व्यवसायीहरु भन्छन् : सरकारी नीतिगत अस्पष्टता र व्यवहारगत अप्ठयाराका कारण व्यवसाय सञ्चालनमा समस्या भयो
सीता पौडेल (अर्चना)
१८ फगुन,काठमाडौं ।साना तथा मझौंला होटल व्यवसायीहरुले सरकारी नीतिगत अस्पष्टता र व्यवहारगत अप्ठयाराका कारण व्यवसाय सञ्चालनमा समस्या भएको बताएका छन् ।
शनिबार काठमाडौंमा सम्पन्न नेपाल राष्ट्रिय होटल व्यवसायी संघको प्रथम अधिवेशनको उद्घाटन सत्रमा उपस्थिति सम्बन्धित विभिन्न संगसंगठनका नेतृत्वकर्ताहरुले होटल व्यवसाय सञ्चालनका लागि देखिएका समस्याहरुको समाधानको लागि सरकारको ध्यानाकर्षण समेत गरे ।
सरकारमा मुख्य भूमिकमा रहेको पार्टी नेकपा (एमाले) का महासचिव शंकर पोखरेल प्रमुख अतिथि रहेको सो कार्यक्रममा उनिहरुले व्यवसायगत समस्या प्रस्तुत गर्नुका साथै समाधानका उपायहरु सहित सरकारको ध्यनाकर्षण गराएका थिए ।
सो कार्यक्रममा संघका अध्यक्ष पदम लिम्बुले साना तथा मझौला होटल व्यवसायीहरुबिच संघले एकताको भावना जागृत गर्ने काम गर्दै आएको र होटल व्यवसायीहरुकाबिच हरेक कुरामा एकमत रहे...





