अर्थतन्त्र

लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु

लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
८, मंसिर काठमाडौं । मनाङ मर्स्याङ्दी जलविद्युत् कम्पनीद्वारा प्रवर्दित एक सय ३५ मेगावाट क्षमताको अर्धजलाशययुक्त मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनसँगै निर्माण प्रारम्भ भएको छ । आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन भएसँगै निर्माण प्रारम्भ भएको आयोजनाको लगानीकर्तामध्येको एक कम्पनी बुटवल पावर कम्पनी लिमिटेडले प्रेस विज्ञप्ति निकालेर जनाएको छ । गत महिना चीनको एक्जीम बैंकसँग कर्जा सम्झौता भएको थियो । सम्झौताअनुसार एक्जीम बैंकले एक अर्ब २४ करोड २५ लाख चिनियाँ युआनअर्थात् १७ करोड ५२ लाख ५० हजार अमेरिकी डलर ऋण लगानी गर्नेछ । बाँकी ऋण रकम अन्य स्रोतबाट जुटाइएको छ । आयोजनाको अनुमानित लागत ३२ करोड ३० लाख अमेरिकी डलर रहेको छ ।...
सुनको मूल्य बढ्यो, आज कतिमा कारोबार हुँदैछ ?

सुनको मूल्य बढ्यो, आज कतिमा कारोबार हुँदैछ ?

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
७, मंसिर काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । शुक्रबार सुन तोलामा १ हजार पाँच सय रुपैयाँले बढेर एक लाख ६५ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६४ हजार रूपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी दश रुपैयाँले घटेर प्रतितोला एक हजार नौ सय ४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो।...
सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

अर्थतन्त्र, ताजा अपडेट, समाचार
६, मंसिर काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार रुपैयाँले बढेर १ लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको मूल्य तोलामा १ लाख ६३ हजार रुपैयाँमा कारोबार भइरहेको थियो । आज यस्तै चाँदीको मूल्य भने सामान्य घटेको छ। आज चाँदी ५ रुपैयाँले घटेर प्रतितोला चाँदी १ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।...
बजार अनुगमनबाट १३ लाख जरिवाना असुल

बजार अनुगमनबाट १३ लाख जरिवाना असुल

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
६, मंसिर काठमाडौं । सरकारले नियम विपरीत व्यवसाय गर्ने ५७ फर्मलाई १३ लाख २० हजार जरिवाना गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कार्तिक महिनाभरिमा गरेको बजार अनुगमनका क्रममा नियमविपरीत व्यवसाय गर्दै आएका उक्त फर्मलाई कारबाही स्वरूप जरिवाना गरेको जनाएको छ । विभागले कार्तिकमा ५२० वटा फर्मको अनुगमन गरेको थियो । जसमध्ये नियम विपरीत काम गर्ने ५७ फर्मलाई कारबाही स्वरूप जरिवाना गरेको विभागले जनाएको छ ।...
नेप्से परिसूचक नौ अंकले बढ्यो

नेप्से परिसूचक नौ अंकले बढ्यो

अर्थतन्त्र, ब्यानर-२, राजनीति, समाचार
५, मंसिर काठमाडौं । मंगलबार करिब दुई प्रतिशतले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज भने सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक नौ दशमलव ०९ अंकले बढेर दुई हजार सात सय ११ दशमलव ७५ बिन्दुमा कायम भएको हो । आज तीन सय २३ कम्पनीको एक करोड ५४ लाख ६४ हजार पाँच सय ५२ कित्ता शेयर ७४ हजार तीन सय तीन पटक खरिदबिक्री हुँदा रु सात अर्ब नौ करोड २८ लाख ७९ हजार नौ सय ४६ बराबरको कारोबार भएको छ । आज बैंकिङ समूह शून्य दशमलव २६, जीवन बिमा शून्य दशमलव १८, निर्जीवन बिमा शून्य दशमलव २१ र अन्य समूह शून्य दशमलव ०७ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूह तीन दशमलव ३८ प्रतिशतले बढेको छ । वित्त एक दशमलव ६६, होटल तथा पर्यटन शून्य दशमलव ४५, जलविद्युत् एक दशमलव २८, लगानी शून्य दशमलव २०, लघुवित्त शून्य दशमलव ०७, म्युचुअल फण्ड शून्य दशमलव ३८ र व्यापार समूह शून्य ...
सुनको मूल्य बढ्यो, आज कतिमा कारोबार  ?

सुनको मूल्य बढ्यो, आज कतिमा कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
५, मंसिर काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख ६३ हजार रुपैयाँमा कारोबार भएको हो । मंगलबार सुनको मूल्य तोलामा १ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको थियो । जसआधारमा अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ९ सय रुपैयाँ बढेको हो । यसैगरी बुधबार चाँदीको मूल्य तोलामा १ हजार ९५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ९५५ रुपैयाँ कायम थियो ।...
अर्थ मन्त्रालयद्वारा विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा

अर्थ मन्त्रालयद्वारा विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
४, मंसिर काठमाडौं । अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपियाँ जम्मा गरेको छ । मङ्गलवार प्रेस नोट जारी गर्दै मन्त्रालयले उक्त रकम जम्मा गरेको जनाएको हो । गत असोज दोस्रो हप्ताको बाढी पहिरोले जनधनमा क्षति पुर्‍याएपछि मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयबाट विपद् कोषमा सो रकम जम्मा गर्ने निर्णय गरेको थियो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार कोषमा जम्मा भएको रकम खर्च हुनेछ ।  ...
सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
४, मंसिर काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार एक सय रुपैयाँले बढेर एक लाख ६२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।आज चाँदी प्रतितोला एक हजार ९२० रुपैयाँमा कारोबार भएको थियो ।...
सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

अर्थतन्त्र, ताजा अपडेट, समाचार
२, मंसिर काठमाडों । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । तोलाको एक सय रुपैयाँले घटेर आज प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि घटेको छ । पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ९१० रुपैयाँ कारोबार भएको थियो ।...
करका लक्ष्य पूरा इमान्दारी पूर्वक काम गर्न कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

करका लक्ष्य पूरा इमान्दारी पूर्वक काम गर्न कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१, मंसिर काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले करका लक्ष्य पूरा इमान्दारी पूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।‘राष्ट्रिय कर दिवस, २०८१’ का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले आन्तरिक राजस्व विभाग र मातहत कार्यालयमा कार्यरत कर्मचारीले कार्य सम्पादन कमजोर बनाउनु हुँदैन भने । उनले भने, “विभाग र मातहतका कार्यालयको कार्यसम्पादन सूचक सन्तोषजनक छैनन् । गत आर्थिक वर्षको तुलनामा अहिले प्रगति कमजोर देखिएको छ । तोकिएको कार्य सम्पादनमा थप गम्भीर भएर लाग्नुहोस् ।” असामान्य अवस्थामा सामान्य तरिकाको काम गराइले लक्षित राजस्व सङ्कलन हुन नसक्ने जनाउँदै अर्थमन्त्री पौडेलले कर प्रशासनलाई आधुनिकीकरण गर्ने, लागत घटाउने, प्रविधिमैत्री जनशक्ति विकास गर्ने, करको दायरा विस्तार गर्ने, कर प्रशासनसँग जोडिएका काममा समय र लागत घटाउने गरी काम गर्नुपर्ने बताए । अनिवार्य प्रकृ...