अर्थतन्त्र

नेप्से परिसूचक ५ अंकले बढ्यो

नेप्से परिसूचक ५ अंकले बढ्यो

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं । प्री(ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। आज प्री ओपन सेसनमा नेप्से परिसूचक ५।६५ अंकले बढेर २८०२।०४ विन्दुमा कायम भएको हो। यो समयमा ९७ वटा स्क्रिप्सको २९ हजार ९३१ कित्ता सेयर १ करोड ४९ लाख ८२ हजार ६०४ रुपैयाँमा खरिदबिक्री भएको छ । कारोबारमा आएका ५२ स्टक्सको मूल्य बढ्दा २१ वटा घटेको छ । बाँकी २१ स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ ।...
सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा २ हजार ३ सय रुपैयाँले घटेर १ लाख ४७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।सोमबार भने १ लाख ५० हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको थियो। सुनको भाउ घटेसँगै चाँदी पनि घटेको छ। आज चाँदी तोलाको १ हजार ७२५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।सोमबार एक तोला चाँदीको मूल्य १ हजार ७८५ रुपैयाँ कायम भएको थियो।...
आजको विदेशी मुद्राको मूल्य कति  ?

आजको विदेशी मुद्राको मूल्य कति ?

अर्थतन्त्र, बिशेष, वातावरण, समाचार
२२ साउन,काठमाडौं ।नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.८६ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.४६ रुपैयाँ रहेको छ । त्यस्तैगरी युरोपियन युरो एकको खरिद दर १४६.५६ रुपैयाँ रहेको छ भने बिक्री दर १४७.२१ रुपैयाँ रहेको छ । यस्तैगरी साउदी रियाल एकको खरिद दर ३५.६६ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८२ रुपैयाँ रहेको छ ।यस्तै मलेसियन रिंगिट एकको खरिद दर २९.२५ रुपैयाँ रहेको छ भने बिक्री दर २९.३९ रुपैयाँ रहेको छ । त्यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.६२ रुपैयाँ रहेको छ भने बिक्री दर १७१.३९ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६.३१ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.७० रुपैयाँ रहेको छ ।...
बैंकहरूले एक वर्षमा कमाए ६४ अर्ब नाफा

बैंकहरूले एक वर्षमा कमाए ६४ अर्ब नाफा

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
२१ साउन, काडमाडौं । बैंकहरूले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । विवरणअनुसार सबै वाणिज्य बैंकहरूको औसत खुद नाफा एक वर्षको अवधिमा १३.४० प्रतिशत बढेको छ ।  सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले गत आर्थिक वर्षमा ६४ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ५६ अर्ब ५८ करोड रुपैयाँ थियो । गत आर्थिक वर्षमा नबिल बैंकले सबैभन्दा धेरै ७ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ भने माछापुच्छ्रे बैंकको नाफा सबैभन्दा कम १ अर्ब २५ करोड रुपैयाँ छ । १० बैंकको नाफा बढेको देखिन्छ भने १० को घटेको छ । यद्यपि मर्ज तथा एक्वीजिसनका कारण केही बैंकको नाफा बढेको देखिए पनि वास्तविकतामा घटेको छ । प्रभु बैंकको नाफा वृद्धिदर सबैभन्दा उच्च छ । सो बैंकको नाफा एक वर्षकै अवधिमा १६ गुणा बढेको छ । एनआईसी एसिया बैंकको नाफा भने सबैभन्दा धेरै ६८.९ प्रतिशत घटेको ...
सुनको मूल्यमा नयाँ कीर्तिमान

सुनको मूल्यमा नयाँ कीर्तिमान

अर्थतन्त्र, ताजा अपडेट, समाचार
२१ साउन,काठमाडौं।नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च १ लाख ५० हजारको रेकर्ड राखेको छ। अघिल्लो साताको शुक्रबार १ लाख ४९ हजार ९ सय रुपैयाँको रेकर्ड बनाएको छापावाला सुनको मूल्यले सोमबार सो रेकर्ड तोडेर अहिलेसम्मकै उच्च मूल्य कायम गरेको हो। छापावाला सुनको मूल्य अघिल्लो दिन प्रतितोला २ सय रुपैयाँले घटेर १ लाख ४९ हजार ७ सय रुपैयाँमा झरेको थियो तर आज तोलामा ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि बढेको छ।आज तोलामा ३ सय रुपैयाँले बढेर १ लाख ४९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।भने, चाँदीको मूल्य स्थिर छ।चाँदी प्रतितोला १ हजार ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।...
नबिल बैंकको नाफा १० प्रतिशत बढ्यो,थप लगानी गर्न स्रोत पर्याप्त भएको दाबी

नबिल बैंकको नाफा १० प्रतिशत बढ्यो,थप लगानी गर्न स्रोत पर्याप्त भएको दाबी

अर्थतन्त्र, ब्यानर-२, समाचार
२१ साउन,काठमाडौं।नबिल बैंकको खुद नाफा १० प्रतिशत बढेको छ।योसँगै बैंकले थप लगानी गर्न स्रैतको प्रयाप्त भएको दाबी पनि गरेको छ । आर्थिक वर्ष २०८०÷८१ को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकले यस अवधिमा ७ अर्ब ६ करोड रुपैयाँ खुद नाफा कमाएको जनाएको छ।जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १०.२३ प्रतिशत बढी हो।अघिल्लो आर्थिक वर्ष २०७९÷८० मा बैंकले ६ अर्ब ४० करोड रुपैयाँ खुद नाफा नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी घट्दा पनि नाफा बढेको र बैंकको खुद ब्याज आम्दानी ८.६ प्रतिशत घटेको छ ।बैंकको निष्क्रिय कर्जा सामान्य घटेको छ ।अघिल्लो पटक यस्तो कर्जा कुल कर्जामा १।१८ प्रतिशत रहेकोमा अहिले १।०७ प्रतिशत छ । त्यस्तै सीडी रेसियो ८३ प्रतिशत छ ।यसले बैंक थप लगानी गर्नका लागि स्रोत पर्याप्ततामा रहेको जनाउँछ । आधार कर ७.६३ प्रतिशतमा झरेको छ ।साथै अघिल्लो पटक यस्तो आधार दर ९.५२ प्रतिशत थियो ।२७ ...
सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२० साउन,काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। शुक्रबार प्रतितोला पाँच सय रुपैयाँ बढेर ऐतिहासिक विन्दुमा पुगेको सुनको मूल्य आज तोलामा दुई सय रुपैयाँ घटेको हो। आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार सात २५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार नौ सय १० रुपैयाँमा कारोबार भएको थियो।आज चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।...
आज कुन विदेशी मुद्राको मूल्य कति ?

आज कुन विदेशी मुद्राको मूल्य कति ?

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
२० साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.७१ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.३१ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.८८ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.५३ रुपैयाँ रहेको छ । यस्तैगरी साउदी रियाल एकको खरिद दर ३५.६३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७९ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २९.७३ रुपैयाँ रहेको छ भने बिक्री दर २९.८६ रुपैयाँ रहेको छ । यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.४६ रुपैयाँ रहेको छ भने बिक्री दर १७१.२३ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७.१० रुपैयाँ रहेको छ भने बिक्री दर ८७.४९ रुपैयाँ रहेको छ ।...
भरपर्दो आम्दानीको स्रोत बन्दै सुपारीखेती

भरपर्दो आम्दानीको स्रोत बन्दै सुपारीखेती

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
झापा । झापामा नगदेबालीका रुपमा लगाइने सुपारीखेती भरपर्दो आम्दानीको स्रोत बन्दै गएको छ । कम लगानीमा राम्रो प्रतिफल दिने भएकाले यहाँका किसान सुपारीखेतीतर्फ आकर्षित भएका हुन् । झापाको बुद्धशान्तिका रुद्रप्रसाद पोखरेलले दुई बिघाभन्दा बढी जमिनमा सुपारीखेती गरेका छन् । “व्यापारी बगानमै आएर सुपारी खरिद गर्ने भएकाले बजारको चिन्ता छैन । वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी भइरहेको छ । मेहनत गर्ने हो, गोडमेल गर्ने हो भने आम्दानी अझै बढाउन सकिन्छ”, उनले भने । सुपारीले अन्य बालीलाई असर नगर्ने भएकाले यसतर्फ आकर्षण बढेको बुद्धशान्तिका चन्द्रशेखर पौडेल बताउछन् । “मैले एक बिघा १२ कट्ठा जमिनमा सुपारीखेती गरेको छु, सुपारीको बारी भित्रै सिजनअनुसार तरकारी, रोपाइँ र मकै खेती गर्ने गरेको छु । सुपारीबाट मात्रै वार्षिक रु तीन लाखभन्दा बढी आम्दानी भइरहेको छ”, उनले भने । अरु खेती लगाउँदा हात्तीले नोक्सान गर...
सुनको मूल्यमा उच्च रेकर्ड

सुनको मूल्यमा उच्च रेकर्ड

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं । सुनको मूल्यमा शुक्रबार नयाँ रेकर्ड बनेको छ । तोलामै मूल्य करिब डेढ लाख पुगेको छ । यसअघि साउन २ गते भाउ प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँको उच्च रेकर्ड रहेकोमा सो रेकर्ड शुक्रबार तोडिएको हो । यस दिन सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ ५ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन तोलाको १ लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ प्रतितोला १७९५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा चाँदी ५ रुपैयाँ घटेको हो ।...