अर्थतन्त्र

बागमतीको नीति तथा कार्यक्रम तत्काल हुने, कहिले ?

बागमतीको नीति तथा कार्यक्रम तत्काल हुने, कहिले ?

अर्थतन्त्र, ताजा अपडेट, राजनीति, समाचार
मकवानपुर।बागमती प्रदेश सरकारले प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ। यहि जेठ १४ गते प्रदेश सरकारको आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रमलाई सार्वजनिक गर्न दलहरु बीचमा सहमति भएको सभामुख भुवनकुमार पाठकले जानकारी दिएका छन्। उनका अनुसार बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले सरकारको नीति तथा कार्यक्रमलाई सार्वजनिकरण गर्ने कार्यसूची रहेको छ।  ...
जलवायुबारे अन्तर्राष्ट्रिय विज्ञ संवाद आजदेखि

जलवायुबारे अन्तर्राष्ट्रिय विज्ञ संवाद आजदेखि

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, कृषि, ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-१, समाचार
काठमाडौं।हिमाल,जनता र जलवायुबारे अन्तर्राष्ट्रिय विज्ञ संवाद कार्यक्रम आज बुधबारदेखि शुरु हुँदैछ।वन तथा वातावरण मन्त्रालयले चन्द्रागिरिमा दुई दिने संवाद कार्यक्रम गर्न लागेको हो। कार्यक्रमको उद्घाटन अहिले बिहान ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने तयारी छ ।कार्यक्रममा सहभागी हुन बंगालादेशका वातावरण,वन तथा जलवायुमन्त्री सबेर होसैन चौधरी र भुटानका कृषि तथा पशुपक्षीमन्त्री योन्तेन फुन्टसो,संयुक्त राष्ट्रसंघिय जलवायु परिवर्तन सम्बन्धी वैज्ञानिक र प्राविधिक सल्लाहका लागि सहायक निकाय (साब्टा) का अध्यक्ष ह्यारी ब्रेउल्स नेपालमा आएका छन्। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक र प्राविधिक सल्लाहका लागि सहायक निकाय (साब्टा) को ६० औँ सत्रमा आयोजना हुने हिमाल र जलवायु परिवर्तनसम्बन्धी विशेषज्ञको संवादमा पर्वतीय समस्या समाधान गर्न ठोस मार्गचित्र तयार गर्नु संवादक...
ग्लोबल आइएमई बैङ्क र सिमेक्स इंकबीच सम्झौता,बीवाईडी गाडीमा सहज कर्जा

ग्लोबल आइएमई बैङ्क र सिमेक्स इंकबीच सम्झौता,बीवाईडी गाडीमा सहज कर्जा

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं।ग्लोबल आइएमई बैङ्क लिमिटेड र सिमेक्स इंक प्रालिबीच सहज रूपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ। समझदारी पत्रमा बैङ्कले,सिमेक्स इंक प्रालि तथा उक्त कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने बिवाईडि ब्राण्डका विद्युतीय सवारी साधन खरिद गर्न इच्छुकहरूले आवश्यक कागजात तथा विवरणसहित बैङ्कको शाखा कार्यालयमा निवेदन दिएपछि उचित ग्राहकलाई ३ दिन भित्रमा सहज रूपमा सवारी साधन कर्जा प्रवाह गर्ने उल्लेख  छ। बैङ्कले व्यक्तिगत प्रयोजनका सवारी साधनलाई न्यूनतम ब्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ। ग्राहकको सुविधालाई मध्यनजर गरी बैङ्कले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको जनाएको छ। बैङ्कका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र सिमेक्स इंक प्रालिका तर्फबाट सेल्स तथा सोरुम म्यानेजर स...
सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ हुँदै,कहाँ र कहिले ?कसरी लिने जानकारी?

सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ हुँदै,कहाँ र कहिले ?कसरी लिने जानकारी?

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
सीता पौडेल( अर्चना)  काठमाडौं । नेपालका सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना हुने भएको छ। श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्यले ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्ने भएको हो। मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन मार्फत मेलाको बारेमा जानकारी दिएको हो । पत्रकार सम्मेलनमा श्रममन्त्री डोलप्रसाद अर्यालले  यस मेलालाई विस्तारै जिल्ला,स्थानीय र वडा तहसम्मै सञ्चालन गरिने बताए। मेलामा रोजगारीको खोजी गरी रहेका व्यक्ति,रोजगारदाता,तालिम प्रदायक संस्था तथा वैदेशिक रोजगारी सम्बन्धी सबै खालको जानकारी दिइने उनको भनाई छ।मेलाबारे थप जानकारी दिंदै उनले भने, ‘मेलामा रोजगारीको खोजीमा रहेका व्यक्तिले रोजगारदातासम्म कसरी पुग्ने,अवसरको कसरी पहिचान गर्ने भन्ने विषयमा जानकारी पाउन सक्नेछन...

जेठ २१ मा हुँदै चौथो अन्नपूर्ण म्याराथन

अर्थतन्त्र, पर्यटन, समाचार
काठमाडौँ । चौथो अन्नपूर्ण म्याराथन चैतमा हुने भएको छ । पदयात्राका लागि विश्वकै १० गन्तव्यमध्ये अन्नपूर्ण पदमार्ग पर्ने हुँदा चौथो संस्करणको अन्नपूर्ण म्याराथन २०८१ हुने भएको आयोजकले जनाएको छ। ‘पर्यटनका लागि सबै मौसम’ भन्ने मूल नाराका साथ जुन थर्ड अर्थात् अन्नपूर्ण आरोहण दिवसको अवसर पारेर अन्नपूर्ण सेन्चुरी पर्यटन समिति, घान्द्रुक, कास्कीको आयोजना तथा अन्नपूर्ण गाउँपालिका कास्कीको व्यवस्थापनमा म्याराथन हुने भएको हो। अन्नपूर्ण आधार शिविरको पूर्वाधार विकास, पर्यटन प्रवर्द्धनसँगै खेल पर्यटनको विकास र विस्तार गर्ने उद्देश्यसहित म्याराथन आयोजना गर्दै आएको आयोजक समितिका अध्यक्ष एवं म्याराथन मूल आयोजक समितिका संयोजक ललित गुरुङले जानकारी दिए। ३ जुन १९५० का दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी विश्वका आठ हजारभन्दा अग्लो हिमाल आरोहण गरी विश्वकीर्त...

एक हप्ताभित्र सञ्चालन गरिँदै कान्तिलोकपथ

अर्थतन्त्र, समाचार
काठमाडौँ । काठमाडौँबाट हेटौँडा जाने कान्तिलोकपथ अन्तर्गतको सडक एक हप्ताभित्र सञ्चालनमा ल्याउने गरी मर्मत गरिने भएको छ । निर्माण आयोजनाका सूचना अधिकारी तथा इञ्जिनीयर रवीन्द्र महर्जनले विसं २०८० साल चैत १ गतेदेखि बन्द भएको सडक एक हप्ताभित्र सञ्चालनमा ल्याउने गरी मर्मतसम्भार प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । उनले एक हप्ताभित्र झाँक्रीडाँडाबाट छपेलीतर्फ कार्कीबास र काल्चे क्षेत्रमा सडक फराकिलो बनाउने र ललितपुरतर्फको ‘सिङ्गल लेन’ भएको ठाउँमा पनि यसै आर्थिक वर्षमा सडक फराकिलो बनाउने काम हुन्छ । सोहअनुसार हामीले तयारी गरेका छौँ”, महर्जनले भने । गत वैशाख १५ गतेदेखि आंशिक रूपमा खुला गरिएको सडक मर्मतसम्भारका क्रममा माथिबाट ढुङ्गा खसेर पूर्णरूपमा क्षति पुगेपछि काल्चे सडकखण्ड वैशाख २१ गतेदेखि पूर्णरूपमा बन्द भएको थियो । काठमाडौँलाई हेटौँडासँग जोड्ने छोटो दूरीको यो सडक निर्माण थालिएको ६७ व...

चालु आवको १० महिना : १४ अर्ब एक करोडभन्दा बढी स्मार्टफोन भित्रिए

अर्थतन्त्र, समाचार
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ का १० महिनामा २४ अर्बभन्दा बढी रुपैयाँका स्मार्टफोन नेपाल भित्रिएको छ । भन्सार विभागको तथ्यांकानुसार, वैशाख मसान्तसम्म १४ अर्ब एक करोड २४ लाख २२ हजार रुपैयाँका १५ लाख २८ हजार ६४४ स्मार्टफोन आयात गरिएको छ । त्यसबापत सरकारले चार अर्ब ४७ करोड १३ लाख ३१ हजार रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ ।...
एकैदिन १२ सयले घट्यो सुनको मूल्य

एकैदिन १२ सयले घट्यो सुनको मूल्य

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भएको थियो ।...

रारा तालः दश महिनामा पुगे दश हजार भन्दा बढी पर्यटक

अर्थतन्त्र, पर्यटन, समाचार
मुगु । चालु आर्थिक वर्षको दश महिनामा दश हजार भन्दा बढी पर्यटक रारा ताल पुगेका छन् । गत साउनदेखि वैशाख मसान्तसम्ममा १० हजार तीन सय ४१ आन्तरिक पर्यटक, ४३ सार्क मुलुकबाट र एक सय ९५ अन्य विदेशी मुलुकका गरी १० हजार पाँच सय ७९ पर्यटकले रारा भ्रमण गरेको रारा राष्ट्रिय निकुञ्ज कार्यालय हुटुका सूचना अधिकारी जयहरि धितालले बताए । उनका अनुसार दसैँ(तिहार बिदामा सबैभन्दा धेरै आन्तरिक पर्यटक रारा घुम्न आएका हुन् । यसवर्ष सबैभन्दा धेरै कात्तिक महिनामा तीन हजार चार सय ९२ पर्यटक रारा घुम्न आएका थिए । सबैभन्दा कम साउनमा एक सय २६ जना रारा आएका थिए । चालु आवको वैशाख मसान्तसम्म रारा आउने पर्यटकबाट उठाइएको प्रवेश शुल्क, डुङ्गा चढेको शुल्क र अन्य शुल्क गरि निकुञ्जले रु तीस लाख ६३ हजार सात सय ९१ राजस्व सङ्कलन गरेको छ । राजश्व मध्ये रु २५ लाख ३० हजार पर्यटकबाट र बाँकी रु पाँच लाख ३३ हजार सात सय ८१ दण्ड, जर...
नेप्सेमा २७.५७ अंकको वृद्धि

नेप्सेमा २७.५७ अंकको वृद्धि

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौँ । आइतबार उकालो यात्रा गरेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज पनि उकालो लागेको छ । नेप्सेमा २७.५४ अंकको वृद्धि आएको हो । कारोबार समयदेखि नै बढ्न थालेको नेप्से परिसूचक अन्तिमसम्ममा १.३३ प्रतिशतले बढेर बन्द भयो । कारोबार अवधिमा परिसूचक बढेर २११९ अंकसम्म पुगेको थियो । यससँगै पछिल्लो दुई दिनमा नेप्से परिसूचक ७२ अंकको वृद्धि आएको छ । यसक्रममा सोमबार १३५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १०७ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै ४ कम्पनीको सेयर मूल्य स्थिर छ । परिसूचक बढ्दा सोमबार ५ अर्ब ८५ करोड रुपैयाँ बराबरको १ करोड ४३ लाख ७० हजार कित्ता सेयर किनबेच भएको छ । आज तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सामुदायिक लघुवित्त वित्तीय संस्था, बुद्धभूमि नेपाल हाइड्रोपावर र भगवती हाइड्रोपावर विकास कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो । यसबाहेक नेरुडे मिरमिरे लघुवित्त,...