जेठ २६ गतेबाट अन्तर्राष्ट्रिय चिया महोत्सव हुने
इलाइ । यही जेठ २६ गतेबाट अन्तर्राष्ट्रिय चिया महोत्सव हुने भएको छ । चियाको राजधानीको नामले चिनिने इलाममा जेठ २६ देखि २८ गतेसम्म चिया महोत्सव आयोजना हुन लागेको इलाम नगरपालिकाले बताएको छ ।
नेपाली चियाको गुणस्तर विश्वमाझ पुर्याउन अन्तर्राष्ट्रिय चिया महोत्सव गर्न लागिएको इलाम नगपालिकाका प्रमुख केदार थापाले बताए । उनले चिया उद्योगी, व्यवसायी किसान तथा अन्तर्राष्ट्रिय चिया पारखी र व्यवसायीलाई समेट्ने गरी महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए ।
‘नेपालको चिया विश्वमा नै स्वादिष्ट र अग्र्यानिक मानिए पनि प्रचारप्रसार नहुँदा किसान तथा व्यापारीले कम मूल्यमा बिक्री गर्नुपरिरहेको गुनासो बढेपछि नगरपालिकाको अगुवाइमा चिया महोत्सव आयोजना गरेका हौँ’, नगरप्रमुख थापाले भने, ‘कृषिजन्य उत्पादन चियालाई विदेश निर्यात गर्न सके विदेशी मुद्रा आर्जन प्रमुख स्रोत बन्ने थियो ।’
चियाको बजारीकरण गर्ने र किसान...






