अर्थतन्त्र

एकैदिन १८ सयले घट्यो सुनको मूल्य

एकैदिन १८ सयले घट्यो सुनको मूल्य

अर्थतन्त्र, समाचार
काठमाडौँ । नेपाली बजारमा एकैदिन सुनको मूल्यमा एक हजार आठ सयले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायिक महासंघका अनुसार बुधबार छापावाला सुन एक लाख चालिस हजार भएको थियो आज एक लाख ३८ हजार सात सयमा कारोबार भइरहेको महासंघले बताएको छ । काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार ८०० रुपैयाँले घटेर करोबार भएको हो । यस दिन छापावाल सुन प्रतितोला एक लाख ३८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महसंघले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ घटेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ८६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ९००...

२५ प्रतिशत घट्यो शेयर बजारबाट संकलित पुँजीगत लाभकर

अर्थतन्त्र, समाचार
काठमाडौँ । शेयर बजारबाट संकलित पुँजिगत लाभकर २५ प्रतिशतले घटेको छ । धितोपत्र बोर्डका अनुसार बैशाख महिनामा पुँजिगत लाभकरमा गिरावट आएको हो । बोर्डका अनुसार दोस्रो बजारबाट वैशाख महिनामा कुल ३६ करोड २७ लाख ४२ हजार रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ । सीडीएस एण्ड क्लियरिङको तथ्यांकअनुसार वैशाख महिनामा संकलित पुँजीगत लाभकर चैतको तुलनामा २४.९ प्रतिशत कम हो । चैत महिनामा ४८ करोड ३४ लाख ३९ हजार रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो । वैशाख महिनामा कुल ५४ अर्ब ९१ करोड रुपैयाँ बराबरको धितोपत्र दोस्रो बजारबाट कारोबार भएको छ । सो कारोबारका क्रममा लगानीकर्ताले नाफा लिएर बेचेको धितोपत्रबाट ३६ करोड २७ लाख कर संकलन भएको हो । बजारमा हुने धितोपत्र कारोबारमा नाफाबाट दीर्घकालीन लगानीकर्ताले ५ र अल्पकालीन कारोबारीले ७.५ प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था छ । १ वर्षभन्दा कम समय सेयर होल्ड गरेर बेच्दा ना...

बागमती प्रदेशको बजेट ३६ प्रतिशतले बढ्ने अनुमान

अर्थतन्त्र, ब्यानर-१, समाचार
काठमाडौँ । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षमा बागमती प्रदेशको अर्थतन्त्रको आकार २० खर्ब ७४ अर्ब बढी पुग्ने अनुमान गरेको छ। प्रदेश अनुसार चालु वर्षको लेखा अनुमान सार्वजनिक गर्दै बागमती प्रदेशले मात्रै नेपालको कुल अर्थतन्त्रमा ३६ प्रतिशत बढी योगदान गर्ने कार्यालयले अनुमान गरेको हो । चालु आर्थिक वर्ष २०८०र८१ मा राष्ट्रिय वार्षिक कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब ५७ खर्ब ५ अर्ब हुने अनुमान गरिएकोमा बागमती प्रदेशले ३६.४ प्रतिशत, कोशी प्रदेशको १५.८ प्रतिशत योगदान रहने देखिएको छ। त्यस्तै, लुम्बिनी प्रदेशले १४.३ प्रतिशत, मधेश प्रदेशले १३.१ प्रतिशत, गण्डकी प्रदेशले ९.१ प्रतिशत, सुदूरपश्चिम प्रदेशले ७.१ प्रतिशत र कर्णाली प्रदेशले ४.३ प्रतिशत योगदान पुर्‍याउने प्रारम्भिक अनुमान रहेको छ। चालु वर्षमा प्रदेशअनुसार सुदूरपश्‍चिमको चार खर्ब चार अर्ब, कर्णालीको दुई खर्ब ४...
अदानीले एकैदिनमा कमाए २६ खर्ब ४० अर्ब भारु

अदानीले एकैदिनमा कमाए २६ खर्ब ४० अर्ब भारु

अर्थतन्त्र, बिशेष, समाचार
एजेन्सी । भारतीय खर्बपति व्यापारी गौतम अदानीले २४ घण्टामा २६ खर्ब ४० अर्ब भारु कमाएका छन् । मंगलबार भारतीय शेयर बजारमा कमी देखिएपनि अदानीको व्यापारिक समूह अदानी ग्रुपका कम्पनीको शेयर मूल्य भने तीब्र रुपमा बढेको थियो । शेयरमा देखिएको व्यापक वृद्धिसँगै अदानीले एकै दिनमा ३ अर्ब १७ करोड डलर अर्थात् २६ खर्ब ४० लाख भारु कमाएका हुन् । मंगलबार भएको कारोबारमा विश्वका सबैभन्दा धनी १५ व्यापारीहरूमाझ अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्क पछि अदानी सबैभन्दा धेरै कमाउने व्यवसायी बनेका थिए । २४ घण्टामा एलन मस्कको सम्पत्ति ८ अर्ब ३३ करोड डलर अर्थात् ६९ खर्ब ३० अर्ब भारुले बढेको थियो । योसँगै मस्कको नेटवर्थ बढेर १ खर्ब ९६ अर्ब डलरमाथि पुगेको छ ।...
सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट

अर्थतन्त्र, समाचार
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक सयले घटेको हो । छापावाल सुन प्रतितोला एक लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला १५ रुपैयाँ बढेर एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो ।  ...

बालेनको अर्काे काम : अब सबै पेट्रोल पम्पमा एउटै संकेत रङ्ग

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले काठमाडौँ महानगरलाई व्यवस्थित गराउन विभिन्न सुधारका कामहरु गर्दै आएका छन् । ती कामहरुमध्ये हाल महानगरभित्र सञ्चालित पेट्रोल पम्पहरुमा सबै पम्पहरुले एउटै संकेत रङ्ग (पहेँलो) राख्ने र निःशुल्क शौचालयलाई व्यवस्थित बनाउने काम गरिसकेका छन् । तत्काल सुुधार गर्न सकिने कामको अध्ययन गर्न महानगरपालिकाको संयोजकत्वमा नेपाल आयल निगम, सडक विभाग, नेपाली सेना, नेपाल प्रहरी, उपत्यका ट्राफिक प्रहरी, सडक विभाग, जिल्ला प्रशासन कार्यालय र पट्रोलियम डिलर्स एशोसिएसनका प्रतिनिधिसहितको टोलीले दिएको प्रतिवेदनमा दिएको सुझावका आधारमा काम अघि बढाइएको थियो । हाल महानगरभित्रका ५० वटा पम्पहरुले सबैका लागि सफा शौचालय निःशुल्क रुपमा उपलब्ध गराएका छन् । यसको संकेत चिन्हका रुपमा महानगरपालिकाले नीलो पृष्ठभूमिमा निःशुल्क शौचालय लेखिएको गोलो परिचय पाटी राखेको छ ।...
डेढ लाख मेट्रिक टन रासायनिक मल ल्याइदै

डेढ लाख मेट्रिक टन रासायनिक मल ल्याइदै

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, कृषि, ताजा अपडेट, बिशेष, समाचार
काठमाडौं । सरकार–सरकारबीचको (जीटूजी)सम्झौता मार्फत भारतबाट रासायनिक मल अर्का महिना नेपाल आउने भएको छ । मंगलबार रासायनिक मलको वर्तमान अवस्थाबारे जानकारी दिँदै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जीटूजीतर्फको २५ हजार मेट्रिक टन डायमिनयम फस्फेट (डीएपी)सोमबारदेखि स्रोत मुलुकबाट चलान हुने र असारको पहिलो हप्तादेखि नेपाल भित्रिने जनाएको हो। मन्त्रालयका अनुसार ५१ हजार मेट्रिक टन डीएपी र ३६ हजार मेट्रिक टन युरिया विशाखापट्टनमबाट नेपालतर्फ निर्यात हुने क्रममा छ।२० हजार मेट्रिक टन डीएपी र ७ हजार मेट्रिक टन युरिया भारतको कोलकाताबाट यही हप्ता नेपाल भित्रिन थाल्नेछ।चालु आर्थिक वर्षमा ३ लाख ६३ हजार ११७ मेट्रिक टन मल आयात भइसकेको उल्लेख गरेको छ । हाल दुवै कम्पनीसँग युरिया ७८ हजार ३३९ डीएपी ९ हजार १४९ र पोटास ११ हजार ७३६ गरी ९९ हजार २२५ मेट्रिक टन मल मौज्दात छ। चालु आर्थिक वर्षमा ३ लाख ३३ हजार ७२...
बागमतीको नीति तथा कार्यक्रम तत्काल हुने, कहिले ?

बागमतीको नीति तथा कार्यक्रम तत्काल हुने, कहिले ?

अर्थतन्त्र, ताजा अपडेट, राजनीति, समाचार
मकवानपुर।बागमती प्रदेश सरकारले प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ। यहि जेठ १४ गते प्रदेश सरकारको आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रमलाई सार्वजनिक गर्न दलहरु बीचमा सहमति भएको सभामुख भुवनकुमार पाठकले जानकारी दिएका छन्। उनका अनुसार बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले सरकारको नीति तथा कार्यक्रमलाई सार्वजनिकरण गर्ने कार्यसूची रहेको छ।  ...
जलवायुबारे अन्तर्राष्ट्रिय विज्ञ संवाद आजदेखि

जलवायुबारे अन्तर्राष्ट्रिय विज्ञ संवाद आजदेखि

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, कृषि, ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-१, समाचार
काठमाडौं।हिमाल,जनता र जलवायुबारे अन्तर्राष्ट्रिय विज्ञ संवाद कार्यक्रम आज बुधबारदेखि शुरु हुँदैछ।वन तथा वातावरण मन्त्रालयले चन्द्रागिरिमा दुई दिने संवाद कार्यक्रम गर्न लागेको हो। कार्यक्रमको उद्घाटन अहिले बिहान ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने तयारी छ ।कार्यक्रममा सहभागी हुन बंगालादेशका वातावरण,वन तथा जलवायुमन्त्री सबेर होसैन चौधरी र भुटानका कृषि तथा पशुपक्षीमन्त्री योन्तेन फुन्टसो,संयुक्त राष्ट्रसंघिय जलवायु परिवर्तन सम्बन्धी वैज्ञानिक र प्राविधिक सल्लाहका लागि सहायक निकाय (साब्टा) का अध्यक्ष ह्यारी ब्रेउल्स नेपालमा आएका छन्। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक र प्राविधिक सल्लाहका लागि सहायक निकाय (साब्टा) को ६० औँ सत्रमा आयोजना हुने हिमाल र जलवायु परिवर्तनसम्बन्धी विशेषज्ञको संवादमा पर्वतीय समस्या समाधान गर्न ठोस मार्गचित्र तयार गर्नु संवादक...
ग्लोबल आइएमई बैङ्क र सिमेक्स इंकबीच सम्झौता,बीवाईडी गाडीमा सहज कर्जा

ग्लोबल आइएमई बैङ्क र सिमेक्स इंकबीच सम्झौता,बीवाईडी गाडीमा सहज कर्जा

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं।ग्लोबल आइएमई बैङ्क लिमिटेड र सिमेक्स इंक प्रालिबीच सहज रूपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ। समझदारी पत्रमा बैङ्कले,सिमेक्स इंक प्रालि तथा उक्त कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने बिवाईडि ब्राण्डका विद्युतीय सवारी साधन खरिद गर्न इच्छुकहरूले आवश्यक कागजात तथा विवरणसहित बैङ्कको शाखा कार्यालयमा निवेदन दिएपछि उचित ग्राहकलाई ३ दिन भित्रमा सहज रूपमा सवारी साधन कर्जा प्रवाह गर्ने उल्लेख  छ। बैङ्कले व्यक्तिगत प्रयोजनका सवारी साधनलाई न्यूनतम ब्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ। ग्राहकको सुविधालाई मध्यनजर गरी बैङ्कले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको जनाएको छ। बैङ्कका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र सिमेक्स इंक प्रालिका तर्फबाट सेल्स तथा सोरुम म्यानेजर स...