अर्थतन्त्र

सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ हुँदै,कहाँ र कहिले ?कसरी लिने जानकारी?

सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ हुँदै,कहाँ र कहिले ?कसरी लिने जानकारी?

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
सीता पौडेल( अर्चना)  काठमाडौं । नेपालका सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना हुने भएको छ। श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्यले ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्ने भएको हो। मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन मार्फत मेलाको बारेमा जानकारी दिएको हो । पत्रकार सम्मेलनमा श्रममन्त्री डोलप्रसाद अर्यालले  यस मेलालाई विस्तारै जिल्ला,स्थानीय र वडा तहसम्मै सञ्चालन गरिने बताए। मेलामा रोजगारीको खोजी गरी रहेका व्यक्ति,रोजगारदाता,तालिम प्रदायक संस्था तथा वैदेशिक रोजगारी सम्बन्धी सबै खालको जानकारी दिइने उनको भनाई छ।मेलाबारे थप जानकारी दिंदै उनले भने, ‘मेलामा रोजगारीको खोजीमा रहेका व्यक्तिले रोजगारदातासम्म कसरी पुग्ने,अवसरको कसरी पहिचान गर्ने भन्ने विषयमा जानकारी पाउन सक्नेछन...

जेठ २१ मा हुँदै चौथो अन्नपूर्ण म्याराथन

अर्थतन्त्र, पर्यटन, समाचार
काठमाडौँ । चौथो अन्नपूर्ण म्याराथन चैतमा हुने भएको छ । पदयात्राका लागि विश्वकै १० गन्तव्यमध्ये अन्नपूर्ण पदमार्ग पर्ने हुँदा चौथो संस्करणको अन्नपूर्ण म्याराथन २०८१ हुने भएको आयोजकले जनाएको छ। ‘पर्यटनका लागि सबै मौसम’ भन्ने मूल नाराका साथ जुन थर्ड अर्थात् अन्नपूर्ण आरोहण दिवसको अवसर पारेर अन्नपूर्ण सेन्चुरी पर्यटन समिति, घान्द्रुक, कास्कीको आयोजना तथा अन्नपूर्ण गाउँपालिका कास्कीको व्यवस्थापनमा म्याराथन हुने भएको हो। अन्नपूर्ण आधार शिविरको पूर्वाधार विकास, पर्यटन प्रवर्द्धनसँगै खेल पर्यटनको विकास र विस्तार गर्ने उद्देश्यसहित म्याराथन आयोजना गर्दै आएको आयोजक समितिका अध्यक्ष एवं म्याराथन मूल आयोजक समितिका संयोजक ललित गुरुङले जानकारी दिए। ३ जुन १९५० का दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी विश्वका आठ हजारभन्दा अग्लो हिमाल आरोहण गरी विश्वकीर्त...

एक हप्ताभित्र सञ्चालन गरिँदै कान्तिलोकपथ

अर्थतन्त्र, समाचार
काठमाडौँ । काठमाडौँबाट हेटौँडा जाने कान्तिलोकपथ अन्तर्गतको सडक एक हप्ताभित्र सञ्चालनमा ल्याउने गरी मर्मत गरिने भएको छ । निर्माण आयोजनाका सूचना अधिकारी तथा इञ्जिनीयर रवीन्द्र महर्जनले विसं २०८० साल चैत १ गतेदेखि बन्द भएको सडक एक हप्ताभित्र सञ्चालनमा ल्याउने गरी मर्मतसम्भार प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । उनले एक हप्ताभित्र झाँक्रीडाँडाबाट छपेलीतर्फ कार्कीबास र काल्चे क्षेत्रमा सडक फराकिलो बनाउने र ललितपुरतर्फको ‘सिङ्गल लेन’ भएको ठाउँमा पनि यसै आर्थिक वर्षमा सडक फराकिलो बनाउने काम हुन्छ । सोहअनुसार हामीले तयारी गरेका छौँ”, महर्जनले भने । गत वैशाख १५ गतेदेखि आंशिक रूपमा खुला गरिएको सडक मर्मतसम्भारका क्रममा माथिबाट ढुङ्गा खसेर पूर्णरूपमा क्षति पुगेपछि काल्चे सडकखण्ड वैशाख २१ गतेदेखि पूर्णरूपमा बन्द भएको थियो । काठमाडौँलाई हेटौँडासँग जोड्ने छोटो दूरीको यो सडक निर्माण थालिएको ६७ व...

चालु आवको १० महिना : १४ अर्ब एक करोडभन्दा बढी स्मार्टफोन भित्रिए

अर्थतन्त्र, समाचार
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ का १० महिनामा २४ अर्बभन्दा बढी रुपैयाँका स्मार्टफोन नेपाल भित्रिएको छ । भन्सार विभागको तथ्यांकानुसार, वैशाख मसान्तसम्म १४ अर्ब एक करोड २४ लाख २२ हजार रुपैयाँका १५ लाख २८ हजार ६४४ स्मार्टफोन आयात गरिएको छ । त्यसबापत सरकारले चार अर्ब ४७ करोड १३ लाख ३१ हजार रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ ।...
एकैदिन १२ सयले घट्यो सुनको मूल्य

एकैदिन १२ सयले घट्यो सुनको मूल्य

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भएको थियो ।...

रारा तालः दश महिनामा पुगे दश हजार भन्दा बढी पर्यटक

अर्थतन्त्र, पर्यटन, समाचार
मुगु । चालु आर्थिक वर्षको दश महिनामा दश हजार भन्दा बढी पर्यटक रारा ताल पुगेका छन् । गत साउनदेखि वैशाख मसान्तसम्ममा १० हजार तीन सय ४१ आन्तरिक पर्यटक, ४३ सार्क मुलुकबाट र एक सय ९५ अन्य विदेशी मुलुकका गरी १० हजार पाँच सय ७९ पर्यटकले रारा भ्रमण गरेको रारा राष्ट्रिय निकुञ्ज कार्यालय हुटुका सूचना अधिकारी जयहरि धितालले बताए । उनका अनुसार दसैँ(तिहार बिदामा सबैभन्दा धेरै आन्तरिक पर्यटक रारा घुम्न आएका हुन् । यसवर्ष सबैभन्दा धेरै कात्तिक महिनामा तीन हजार चार सय ९२ पर्यटक रारा घुम्न आएका थिए । सबैभन्दा कम साउनमा एक सय २६ जना रारा आएका थिए । चालु आवको वैशाख मसान्तसम्म रारा आउने पर्यटकबाट उठाइएको प्रवेश शुल्क, डुङ्गा चढेको शुल्क र अन्य शुल्क गरि निकुञ्जले रु तीस लाख ६३ हजार सात सय ९१ राजस्व सङ्कलन गरेको छ । राजश्व मध्ये रु २५ लाख ३० हजार पर्यटकबाट र बाँकी रु पाँच लाख ३३ हजार सात सय ८१ दण्ड, जर...
नेप्सेमा २७.५७ अंकको वृद्धि

नेप्सेमा २७.५७ अंकको वृद्धि

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौँ । आइतबार उकालो यात्रा गरेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज पनि उकालो लागेको छ । नेप्सेमा २७.५४ अंकको वृद्धि आएको हो । कारोबार समयदेखि नै बढ्न थालेको नेप्से परिसूचक अन्तिमसम्ममा १.३३ प्रतिशतले बढेर बन्द भयो । कारोबार अवधिमा परिसूचक बढेर २११९ अंकसम्म पुगेको थियो । यससँगै पछिल्लो दुई दिनमा नेप्से परिसूचक ७२ अंकको वृद्धि आएको छ । यसक्रममा सोमबार १३५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १०७ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै ४ कम्पनीको सेयर मूल्य स्थिर छ । परिसूचक बढ्दा सोमबार ५ अर्ब ८५ करोड रुपैयाँ बराबरको १ करोड ४३ लाख ७० हजार कित्ता सेयर किनबेच भएको छ । आज तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सामुदायिक लघुवित्त वित्तीय संस्था, बुद्धभूमि नेपाल हाइड्रोपावर र भगवती हाइड्रोपावर विकास कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो । यसबाहेक नेरुडे मिरमिरे लघुवित्त,...
चट्याङबाट एकै गोठका ७२ भेडा मरे

चट्याङबाट एकै गोठका ७२ भेडा मरे

अर्थतन्त्र, समाचार
संखुवासभा । संखुवासभामा चट्याङका कारण एकै गोठका ७२ वटा भेडा मरेका छन् । सभापोखरी गाउँपालिका–५ फाकुवामा शनिबार राति चट्याङ परेको थियो । सभापोखरी गाउँपालिका उपाध्यक्ष लक्ष्मी चापागाईंका अनुसार सभापोखरी–५ का सोमबहादुर लिम्बूको चारसय भेडामध्ये ७२ वटा भेडा मरेका हुन् । रातको समयमा हुरीसँगै असिना परेपछि रुखको फेदमा बसेका ती भेडा एकैठाउँ मरेको भेटिएको उपाध्यक्ष चापागाईंले बताइन् । घटनास्थल सभापोखरी गाउँपालिकाको केन्द्र बाह्रबीसे बजारदेखि एक दिनको पैदल दूरीमा पर्छ। सभापोखरी गाउँपालिकाको माथिल्लो भेगमा एकल र संयुक्त ६० भन्दा बढी भेडीगोठहरु छन्। सभापोखरी गाउँपालिकाको माथिल्लो भेग नेपालको ताप्लेजुङ र चीनसँग जोडिएको छ।...
०.२५ प्रतिशतले बढ्यो बैंक तथा वित्तिय संस्थाको खराब कर्जा

०.२५ प्रतिशतले बढ्यो बैंक तथा वित्तिय संस्थाको खराब कर्जा

अर्थतन्त्र, समाचार
काठमाडौँ । नेपाल राष्ट्र बैंकको तथ्यांकले बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जाको दर (एनपीएल) झन् बढेको देखाएको छ । गत महिना महिना ३.७३ प्रतिशत रहेको बैंकहरूको औसत खराब कर्जाको दर चैत मसान्तसम्ममा थप वृद्धि भएर ३.९८ प्रतिशत पुगेको हो । यो गत महिनाभन्दा ०.२५ प्रतिशतले बढी हो । यसबाट बैंकहरूमाथि वित्तीय व्यवस्थापन (लोन लस प्रोभिजन) मा चुनौती थपिएको देखिन्छ । चैत मसान्तसम्म बैंकहरूले कूल ४५ अर्ब ४३ करोड १० लाख रुपैयाँ नाफा कमाएका छन् । यसै अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ५१ खर्ब २० अर्ब ३४ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । यसमध्येको औसत ३.९८ प्रतिशत खराब कर्जामा रुपान्तरण भएकोमा करिब २ खर्ब ३ अर्ब ७८ करोड रुपैयाँ बराबरको लगानी जोखिममा परेको छ । जोखिममा परेको लगानीका लागि बैंक तथा वित्तीय संस्थाहरूले नाफाबाट २ खर्ब ३२ अर्ब बढी रकम प्रोभिजन (वित्तीय व्यवस्थापन) का लागि छुट्...
दोस्रो दिन पनि सुनको मूल्यमा नयाँ कीर्तिमान

दोस्रो दिन पनि सुनको मूल्यमा नयाँ कीर्तिमान

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौँ । आइतबार नयाँ कीर्तिमान कायम गरेको सुनको मूल्यले आज पनि अर्काे कीर्तिमान कायम गरेको छ । सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको सुनको मूल्य आज पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नौ सय रुपैँयाँले बढेको हो । आइतबार एक लाख चालिस हजार नौ सयमा कारोबार भएको सुनको मूल्य आज एक लाख एक चालिस हजार आठ सयमा कारोबार भइरहेको महासंघले बताएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। सोमबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ४० रूपैयाँ पुगेको नेप...