अर्थतन्त्र

आज प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने

आज प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिदैं छन्।नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम उनले प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका हुन्।  प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था छ। वर्तमान सरकारमा सहभागी तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन् ।यसका लागि प्रस्ताव प्रतिनिधिसभामा कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन पर्ने व्यवस्था रहेको छ । प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल गर्न आजै विहान १० बजे संसद भवन बानेश्वसरमा कार्यव्य...
दमौलीको मुख्यचोकका २० वटा सटरमा आगलागी

दमौलीको मुख्यचोकका २० वटा सटरमा आगलागी

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार, स्थानीय
तनहुँ।तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए राति आगलागी भएको छ। व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा रहेका सटरमा गए राति १२ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए।आगलागीका कारण यहाँका करिब २० वटा सटर पूर्णरुपमा जलेका छन्। आगलागीबाट लाखौँको क्षति भएको अनुमान गरिएको छ।तीन घण्टाको प्रयासपछि आगलागी पूर्णरुपमा नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक रायले बताए। चार वटा दमकल,नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा बिहानपख आगलागी नियन्त्रण भएको उनले जानकारी दिए। विद्युत् चुहावट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ।आगलागीका कारण भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। जिल्ला समन्वय समितिको स्वामित्वमा रहेका भाडाका ती सटरमा विभिन्न पसल सञ्चालनमा थिए।...
शेयर बजारमा फर्कियो रौनक

शेयर बजारमा फर्कियो रौनक

अर्थतन्त्र, समाचार
काठमाडौँ । शेयर बजारमा रौनक फर्किएको छ । बजार साताको पहिलो करोबार दिन आइतबार बढेको हो । यस दिन नेप्से सूचक ४५.६९ विन्दुले बढेर २०६४.४५ अंकमा आएको छ । ५ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचक बढेका छन् । मौद्रिक नीति समीक्षापछि आम लगानीकर्ताको आत्मविश्वासमा केही बढोत्तरी भएको देखिन्छ । विशेषगरी मौद्रिक नीतिको समिक्षामार्फत बैंकहरुलाई आफूले लगानी गरेको धितोपत्रहरु (सेयर) एक वर्ष पुगेपछि २० प्रतिशतसम्म बिक्री गर्न दिने भएपछि लगानीकर्ता उत्साहित देखिएका छन् । यसअघि १ प्रतिशतमात्र बिक्री गर्न पाइन्थ्यो । यस दिन ३२३ कम्पनीको १ करोड २२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७४ हजार ९ ९१ वटा कारोबार भएको हो ।...
मालपोत कार्यालयका तत्कालीन प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मालपोत कार्यालयका तत्कालीन प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अर्थतन्त्र, समाचार
काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा मालपोत कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख सहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन प्रमुख मोहन स्नेही रसाईलीसहित नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत मानबहादुर चन्दसहित ८ जनाविरूद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर भएको हो । अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार मालपोत कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख, नायब सुब्बा अग्नी बहादुर शाही र नायब सुब्बा अग्नी बहादुर शाही, टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत मान बहादुर चन्द र सर्भेक्षक दशरथ मण्डल, आफ्नो नाममा जग्गाधनी दर्ता प्रमाणपूर्जा बनाउने विन्द्रा रावल, कमल बहादुर रावल, सुशील बहादुर रावल र बिमल बहादुर रावलविरूद्ध अख्तियारले विशेष अदालतमा मुद्...
विस्तार हुँदै ‘पेट्रोलियम पाइप लाइन’

विस्तार हुँदै ‘पेट्रोलियम पाइप लाइन’

अर्थतन्त्र, ताजा अपडेट, समाचार
हेटौँडा । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम छिटै सुरु हुने भएको छ । मोतीहारी–अमलेखगञ्जको पाइप लाइनको काम पूरा भएपछि त्यसलाई लोथरसम्म विस्तार गरिने नेपाल आयल निगमले जनाएको छ । अमलेखगञ्ज–लोथर ६९ किलोमिटरमा पाइप लाइनको काम प्रारम्भ गर्न प्राविधिक टोलीबाट अध्ययन भइरहेको निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख विनितमणि उपाध्यायले जानकारी दिए । “नेपाल र भारत दुवै देशका उच्चस्तरीय प्राविधिक टोलीबाट अध्ययन भइरहेको छ”, उनले भने, “टोलीको प्रतिवेदन प्राप्त भएपछि काम थालिन्छ ।” पाइप लाइन विस्तार गरी लोथरमा एक लाख लिटर पेट्रोलियम पदार्थ भण्डारण गरिने छ । मोतिहारी–अमलेखगञ्ज पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको ७० प्रतिशतभन्दा बढी काम पूरा भएको छ । दोस्रो चरणमा भारतीय आयल निगमले बाराको अमलेखगञ्जस्थित डिपोमा चार हजार एक सय किलोलिटर क्षमताका दुई ...
सुनको मूल्यमा नयाँ किर्तिमान

सुनको मूल्यमा नयाँ किर्तिमान

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । लगातार बढिरहेको सुनको मूल्यले आज नयाँ किर्तिमान राखेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १६ सयले बढेको हो । आज छापावाला सुन एक लाख ४० हजार नौ सयमा कारोबार भइरहेको महासंघले बताएको छ । यस्तै, तेजाबी सुन एक लाख ४० हजार दुई सयमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ३९ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य समेत बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य एक हजार नौ सय १० पुगेको छ ।...
बैशाख महिनामा मात्र १६ सय विपद्का घटना

बैशाख महिनामा मात्र १६ सय विपद्का घटना

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौँ । यस वर्षको बैशाख महिनामा मात्र देशभर १६ सय विपद्का घटनाहरु घटेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आगलागी, वन्यजन्तुको आक्रमण, वन डँढेलो लगायतका घटनाहरु घटेका हुने । ती घटनाबाट ४२ जनाको मृत्यु भएको छ भने १६७ जना घाइते भएका छन् । यस्तै २ हजार ९ परिवार प्रभावित बनेका छन् । त्यसबाट ६० करोड बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ। यसबीचमा आगलागीबाट २३ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । एक हजार ४१५ जना घाइते भएका छन्। वन डढेलोबाट ६ जनाको मृत्यु भएको छ भने ४०७ जना घाइते भएका छन् । चट्याङबाट ९ जनाको मृत्यु भएको छ। यसबीचमा अविरल वर्षात्का कारण बाढी पनि आएको थियो। जसमा एक जनाको मृत्यु भएको छ। प्राधिकरणको तथ्यांकअनुसार जनावरको आक्रमणबाट १ जनाको मृत्यु भएको छ भने लेक लागेर २ जनाको मृत्यु भएको छ।...
लघु,घरेलु तथा साना उद्योग र मझौला उद्योगलाई ब्याज अनुदान दिइँदै

लघु,घरेलु तथा साना उद्योग र मझौला उद्योगलाई ब्याज अनुदान दिइँदै

अर्थतन्त्र, कृषि, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
काठमाडौं।सरकारले लघु,घरेलु तथा साना उद्योग र मझौला उद्योगलाई व्यावसायिक कर्जाको ब्याजमा अनुदान दिने भएको छ । चालु आर्थिक वर्ष (आव) २०८० ÷०८१ को बजेटमा घोषणा गरिएको ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम’ कार्यान्वयन गर्दै सरकारले लघु,घरेलु तथा साना उद्योग र अधिकतम २० करोडसम्म स्थिर पूँजी भएकालाई कर्जाको ब्याज अनुदानमा दिने तयारी गरेको हो। सरकारले हालै ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम कार्यान्वयन कार्यविधि २०८१’ स्वीकृत गरेको छ। कार्यविधि अनुसार उत्पादनमूलक,कृषि तथा वन पैदावारमा आधारित लघु,घरेलु तथा साना उद्योग र २० करोडसम्म स्थिर पूँजी भएका मझौला उद्योगले सम्बन्धित उद्योगबाट उत्पादन हुने वस्तु उत्पादन वा प्रशोधनका लागि लिएको व्यावसायिक कर्जामा ब्याज अनुदान पाउने भएका हुन् । कार्यविधि अनुसार विनियोजित बजेटको ६० प्रतिशत ब्याज अनुदान...
बूढानीलकण्ठ नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

बूढानीलकण्ठ नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार, स्थानीय
 सीता पौडेल(अर्चना) काठमाडौं ।बूढानीलकण्ठ नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आज शुक्रवार बूढानीलकण्ठ नगरपालिकाको हात्तीगौंडामा अवस्थित नगरकार्यपालिकाको कार्यालयको प्रांगणमा उक्त सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको थियो । नगरपालिकाले आर्थिक वर्ष ०८० ÷०८१को स्वीकृत वार्षिक कार्यक्रम अनुसार सञ्चालन गरेका विकास निर्माण,सेवाप्रवाह तथा आर्थिक वर्ष २०८१÷०८२को नीति तथा कार्यक्रम तर्जुमा र बजेट निर्माणका सम्बन्धमा नगरवासीहरुको प्रतिक्रिया र सुझाब संकलनका लागि सो सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेर सम्पन्न गरेको प्रवक्ता नवराज भट्टराईले जानकारी दिए। नगरपालिकाले सेवा प्रवाहलाई चुस्त र दुरुस्त र वित्तिय पारदर्शीता कायम गर्न तथा नगरवासीहरुप्रति जवाफदेही र उत्तरदायी बन्नका लागि प्रत्येक ४ महिनामा सार्वजनिक सुनुवाई गर्ने गरेको उनको भनाई छ।  आ.व.२०८०र८१को श्...
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले सुुरु गर्याे पुनर्जागरण अभियान

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले सुुरु गर्याे पुनर्जागरण अभियान

अर्थतन्त्र, समाचार
काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बिमालेखका लागि शतप्रतिशत विलम्ब शुल्क छुटसहितकोे पुनर्जागरण अभियान सुरु गरेको छ । उक्त पुनर्जागरण अभियान यही १ जेठदेखि २५ गतेसम्म लागू हुनेछ । पुनर्जागरण अभियानअन्तर्गत बिमालेख अवधिभित्र एकपटक मात्र ब्याज छुटको सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ । कुनै पनि बिमालेख व्यतीत रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै विलम्ब शुल्क पनि व्यहोर्नुपर्ने भएकाले यो अवसरको फाइदा लिई बिमालेख नवीकरण गर्न कम्पनीले अनुरोध समेत गरेको छ ।...