अर्थतन्त्र

वीरगञ्जबाट ४० अर्ब भन्दा बढी राजस्व सङ्कलन

वीरगञ्जबाट ४० अर्ब भन्दा बढी राजस्व सङ्कलन

अर्थतन्त्र, समाचार
वीरगञ्ज । सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको १० महिनामा रु ४० अर्ब तीन करोड ८३ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ। साथै उक्त कार्यालयले आर्थिकमन्दीको कारणले बजार सुस्ताएको समयमा पनि लक्ष्यको ६० दशमलव ७२ प्रतिशत राजस्व सङ्कलन गरेको जनाएको छ। सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख डा रामप्रसाद मैनालीले चालु आर्थिक वर्षमा समग्र बजार सुस्ताएकाले अपेक्षाकृत रुपमा राजस्व सङ्कलन हुन नसकेको बताए। ‘अहिले समग्र मुलुकको बजार सुस्ताएको छ’, उनले भने, ‘माग कम भएपछि आयात पनि स्वतः घट्ने भयो।’ भन्सार विभागले कार्यालयलाई चालु आवको १० महिनाको अवधिमा रु ५४ अर्ब २७ करोड २१ लख ३५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो भने कार्यालयले १० महिनाको अवधिमा भने रु ४० अर्ब तीन करोड सङ्कलन गरेको छ।...
फेरि बढ्यो सुनको मूल्य

फेरि बढ्यो सुनको मूल्य

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौँ । नेपाली बजारमा फेरि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक हजार छ सयले बढेर एक लाख ४० हजारमा कारोबार भइरहेको छ । बुधबार सुन एक लाख ३८ हजार चार सयमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन तोलामा १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य पनि बिहीबार तोलामा १ हजार ८०५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ७४५ रुपैयाँ कारोबार भएको छ ।...
घट्यो डिजेल र पेट्रोलको मूल्य

घट्यो डिजेल र पेट्रोलको मूल्य

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौँ । सरकार डिजेल, मट्टीलेल र पेट्रोलको मूल्य घटाएको छ । बिहिबार बिहान १ बजेबाट लागू हुनेगरी नेपाल आयल निगमले मूल्य घटाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर सात रूपैयाँ र डिजेल तथा मट्टीतेल पाँच रूपैयाँ घटाएको छ। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ६ रूपैयाँ ७५ पैसा र डिजेलमा ५ रूपैयाँ ०९ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ। खाना पकाउने ग्यासको मूल्य भने यथावत छ।...

यस्ता छन् सरकारले प्रस्तुत गरेका नीति तथा कार्यक्रमहरु

अर्थतन्त्र, ब्यानर-१, राजनीति, समाचार
काठमाडौँ । सरकारले मंगलबार आगामी वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । जेठ १५ बजेट प्रस्तुत गर्नुअघि संघीय संसदको दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने चलन रहँदै आएको छ। यस्ता छन् सरकारले प्रस्तुत गरेका नीति तथा कार्यक्रमहरुः १. सहकारी व्यवस्थापनका लागि चार वटा संस्था स्थापना गरिने सहकारी संस्थाहरूमा देखिएको समस्या समाधानका लागि सरकारले विभिन्न संस्था स्थापना गर्ने भएको छ। सहकारी संस्थाको सघन नियमन र सुपरिवेक्षणका लागि विशिष्टिकृत नियामक निकाय स्थापना गरिने, सहकारी बचत तथा कर्जा सुरक्षण कोष, सहकारी कर्जा सूचना केन्द्र, सहकारी कर्जा असुली न्यायाधीकरण स्थापनामार्फत् बचत तथा लगानीको सुरक्षा गरिने भएको हो। त्यस्तै, अब स...
‘१० महिनामा ६० प्रतिशत बजेट खर्च’

‘१० महिनामा ६० प्रतिशत बजेट खर्च’

अर्थतन्त्र, राजनीति
काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा सरकारको बजेट खर्च ६० प्रतिशत मात्र देखिएको छ । वैशाख मसान्तसम्ममा वार्षिक विनियोजनको ६० दशमलव ३५ प्रतिशत अर्थात् १० खर्ब ५६ अर्ब ८९ लाख २४ हजार रुपैयाँ बराबर खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको छ । सरकारले चालु आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । वैशाख मसान्तसम्ममा चालुगततर्फ वार्षिक विनियोजनको ६५ दशमलव ९१ प्रतिशत खर्च भएको छ । चालु शीर्षकमा ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख रुपैयाँ बराबर वार्षिक विनियोजन भएकोमा हालसम्म सात खर्ब ५२ अर्ब ५५ करोड ७३ लाख रुपैयाँ बराबर खर्च भएको छ ।...
ग्लोबल आइएमईले पायो ‘बेस्ट बैंक अवार्ड’

ग्लोबल आइएमईले पायो ‘बेस्ट बैंक अवार्ड’

अर्थतन्त्र, समाचार
काठमाडौँ । ग्लोबल आइएमई बैँकले ‘बेस्ट बैंक अवार्ड’ पाएको छ । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागेजिनको ‘बेस्ट बैंक अवार्ड–२०२४’ बाट सम्मान गरेको हो । ग्लोबल फाइनान्स म्यागेजिनले विश्वभरिका सर्वश्रेष्ठ बैंकहरू छनोट गरी सम्मानित गरेको हो । बैंकको विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाको विकास, क्रेडिट रेटिङलगायतका मापदण्डमा ग्लोबल आइएमई बैंक सन् २०२४ का लागि नेपालको उत्कृष्ट बैंक भएको बताइएको छ । म्यागेजिनले अफ्रिका, एसिया प्यासिफिक, क्यारिबियन, मध्य–अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्यपूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकहरूलाई सम्मान गरेको हो । ग्लोबल आइएमई ग्लोबल फाइनान्सको यो अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक हो । ग्लोबल फाइनान्सले यस वर्ष हङकङको एचएसबिसी, ...
सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट

अर्थतन्त्र, समाचार
काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूूल्यमा सामान्य गिरावट भएको छ । आज सुनको मूूल्यमा सात सयले गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३७ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार एक सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार चार सय ५० रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने बढेको छ । सोमबार प्रतितोला १७ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १७ सय ४० रूपैयाँमा किनबेच भइरहेको छ।...
वाणिज्य बैंकहरुले घटाए ब्याजदर

वाणिज्य बैंकहरुले घटाए ब्याजदर

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
काठमाडौँ । विभिन्न वाणिज्य बैंकहरुले  ब्याजदर घटाएका छन् ।जसअनुसार बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ७ प्रतिशत कायम गरेका छन् । निक्षेप बढ्दै गएपछि बैंकहरूले ब्याजदर घटाउँदै गएका हुन् । गत वैशाख महिनामा औसत ब्याजदर ७.५ प्रतिशत रहेकोमा चैतमा घटाएर ७ प्रतिशत कायम गरेको हो ।सोमबार वाणिज्य बैंकहरूले जेठका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार कुल २० वाणिज्यमध्ये नौ बैंकहरूले घटाएका हुुन् । जसमा नबिल बैंक, एभरेष्ट र सिटिजन्स इन्टरनेसनल बैंकले ब्याजददर ०.५ प्रतिशत विन्दुका दरले घटाएका छन् ।यस्तै,एनएमबि बैंक,सिटिजन्स इन्टरनेसनल बैंक,सिद्धार्थ बैंक,प्राइम कमर्सियल बैंक,सानिमा बैंक, एभरेष्ट बैंक र नेपाल एसबिआई बैंकले जेठ महिनाका लागि ब्याजदर घटाएका छन् भने एनआइसी एसिया बैंक र ग्लोबल आइएमई बैंकले भने ब्याजदर बढाएका छन् । यसैगरी हिमालयन बैंक,प्रभु बैंक, कुमारी बैंक,माछापुच...

नीति तथा कार्यक्रम सार्वजनिक गरिँदै

अर्थतन्त्र, राजनीति, समाचार
काठमाडौँ । आज सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम मंगलबार सार्वजनिक गर्दैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीइ संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुुहुनेछ । वार्षिक बजेट अघि संघीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सरकारले अभ्यास गर्दै आएको छ। सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम आज ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । संघीय संसद्का सबै सदस्यलाई दिनको २ः४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थिति भई आ–आफ्नो आसन ग्रहण गरिसक्न आह्वान गरिएको छ।...
प्रभु इन्स्योरेन्सको अध्यक्षमा मल्ल चयन

प्रभु इन्स्योरेन्सको अध्यक्षमा मल्ल चयन

अर्थतन्त्र, ताजा अपडेट, समाचार, स्वास्थ्य
काठमाडौं । प्रभु इन्स्योरेन्सको अध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन् । प्रभु इन्स्योरेन्सको २८औं वार्षिक साधारणसभाले मल्ललाई अध्यक्षमा चयन गरेको हो ।निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष र नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष समेत रहेका मल्ल निर्जिवन व्यवसायको क्षेत्रमा लामो समयदेखि संलग्न छन् । उनले अन्य विभिन्न व्यावसायिक संघ, संस्था तथा कम्पनीको नेतृत्व गरिरहेका छन् । अध्यक्षमा चयन भएपछि उनले कम्पनीको व्यावसायिक क्षमता अभिवृद्धिका साथै निर्जीवन बीमा क्षेत्रमा जनचेतना अभिवृद्धिका थप योजना अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । इन्स्योरेन्स सदस्यहरूमा सञ्चालकको तर्फबाट मिजास भट्टचन,राहुल थोकर लामा र शान्ता गौतम चयन भएका छन् । त्यस्तै सर्वासाधरण सेयर धनीका तर्फबाट रामेश्वर सापकोटा र साङगे लामा चयन भएका छन् ।    ...