अर्थतन्त्र

विश्व बैंकले भन्यो–नेपालको वित्तीय संघीयता कार्यान्वयन प्रगति मध्यम ,प्रदेश र स्थानीय तहमा वित्तीय घाटा

विश्व बैंकले भन्यो–नेपालको वित्तीय संघीयता कार्यान्वयन प्रगति मध्यम ,प्रदेश र स्थानीय तहमा वित्तीय घाटा

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
काठमाडौं ।विश्व बैङ्कले नेपालमा वित्तीय संघीयता कार्यान्वयनको गति मध्यम रहेको निष्कर्ष निकालेको छ। विश्व बैङ्कले‘नेपाल फिस्कल फेडेरालिजम अपडेट,२०२४’ सार्वजनिक गर्दै नेपालमा वित्तीय संघीयता कार्यान्वयनका लागि कानुनी तथा संस्थागत सुधार र प्रदेश र स्थानीय तहमा सार्वजनिक वित्त व्यवस्थापनको काम जारी रहे तापनि समग्रमा कार्यान्वयनको अवस्था भने मध्यम रहेको जनाएको हो। बैंकको निष्कर्षसहितको प्रतिवेदनमा संघीय सरकारको राजस्व घट्दा प्रदेश र स्थानीय तहले पाउने वित्तीय स्रोतसमेत घटेपछि संघीयता कार्यान्वयनपछि पहिलोपटक गत आर्थिक वर्ष २०७९÷८० (सन् २०२३)मा प्रदेश र स्थानीय तहका सरकारमा वित्त घाटा देखिएको उल्लेख छ । गत आर्थिक वर्षमा प्रदेश सरकारले भोगको वित्तघाटा कूल गार्हस्थ्य उत्पादन (जीडिपी) को ०.३ प्रतिशत र स्थानीय तहले भोगेको घाटा जिडिपीको ०.४ प्रतिशत बराबर रहेको देखिएको छ।भने, थोक तथा खुद्रा व...
बागमती प्रदेशसभाको बैठक आज बस्दै

बागमती प्रदेशसभाको बैठक आज बस्दै

अर्थतन्त्र, ताजा अपडेट, राजनीति, समाचार
मकवानपुर ।बागमती प्रदेशसभाको बैठक आज बस्दै छ ।बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज दिउँसो १ बजे बस्ने गरी प्रदेशसभाको बैठक आह्वान गरेका छन्। प्रदेशसभाको आजको बैठकमा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुले शुभकामना मन्तव्य दिने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।आजको बैठकमा बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले प्रदेश उच्च शिक्षा ऐन,२०७८ लाई संशोधन गर्न बनेको अध्यादेश प्रस्तुत गर्ने कार्यसूची तय भएको बताइएको छ । प्रदेशसभाको बैठक अघि बसेको प्रदेश कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेशसभा बैठकको कार्यसूची तय गरेको थियो ।यही प्रदेशसभा अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति, कार्यक्रम तथा बजेट पारित गर्न तायरी छ ।...
महिलाको अर्थपूर्ण सहभागिता र सशक्तीकरण आवश्यक छ : उपराष्ट्रपति यादव

महिलाको अर्थपूर्ण सहभागिता र सशक्तीकरण आवश्यक छ : उपराष्ट्रपति यादव

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं।उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मुलुकको आर्थिक उत्पादकत्व बढाउन,लैङ्गिक असमानतालाई सम्बोधन गर्न र दिगो विकासका लक्ष्यहरू हासिल गर्नका लागि आर्थिक क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता र महिला सशक्तीकरणको महत्त्वपूर्ण आवश्यकता औंल्याएका छन्। नेपालसहित दक्षिण एसियाली मुलुकका अगुवा महिलाको सहभागितामा ललितपुरमा सुरु भएको ‘साउथ एसियन वुमन्स कन्फेरेन्स अन इकोनमिक इम्पावरमेन्ट (२०२४)’ सम्मेलनको आइतबार उद्घाटन गर्दै उनले डिजिटल रूपान्तरण मार्फत महिला सशक्तीकरण आजको आवश्यकता भएको बताए। उपराष्ट्रपति यादवले केही सामाजिक मान्यताहरू लैङ्गिक समानताका लागि बाधक भएको उल्लेख गर्दै दक्षिण एसियामा आर्थिक वृद्धि, बढ्दो शिक्षा, र घट्दो प्रजनन क्षमताको बाबजुद अधिकांश विकासोन्मुख मुलुकहरूको तुलनामा महिला आर्थिक अवसरबाट वञ्चित हुनु चिन्ताको विषय भएको बताएका छन्। । ‘आर्थिक सशक्तीकरणमा महिलाको ...
दक्षिण एसियाली महिला सम्मेलन आजबाट शुरु हुँदै

दक्षिण एसियाली महिला सम्मेलन आजबाट शुरु हुँदै

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
काठमाडौं ।दक्षिण एसियाली महिलाहरुको सम्मेलन आज वैशाख ३०गते आइतवारदेखि शुरु हुँदै छ।सम्मेलन आज,भोली र पर्सि जेठ १ मा गरि तीन दिनसम्म काठमाडौंमा सञ्चालन हुने आयोजक–ललितपुरस्थित अन्तर्राष्ट्रिय विकास संस्था,भारतको नयाँदिल्लीस्थित दक्षिण एसियाली महिलाहरुको सञ्जाल र हिमालपार वातावरण तथा जीविकोपार्जन कार्यक्रम नेपालले जानकारी दिएका छन्। ‘ग्रामीण पर्यटनमा दिगो विकास र महिला सशक्तीकरण’लाई मुख्य विषयवस्तु बनाएर सम्मेलन आयोजना गरिएको आयोजकको भनाई छ । सम्मेलनले ‘दक्षिण एसियाभरका महिलाहरुले आर्थिक सशक्तीकरणका विषयमा झेलेका र भोगिरहेका अप्ठेरोको विषयवस्तुलाई लक्षित गरिएका विषयबस्तुमा जोड दिने र त्यसमा वित्तीय पहुँच, बजारीकरण, डिजिटल प्रविधि र व्यवसायिक विकासका विषयमा छलफल हुने छन् । विषेश गरि लघु, साना र मध्यमस्तरका व्यवसायहरुलाई प्राथमिकतामा राखेर ग्रामीण पर्यटन, कृषि र जलवायु परिवर्तन जस्ता ...
नवीकरणको शुल्क बुझाएपछि नेपाल टेलिकमलाई अनुमति दिन प्राधिकरणलाई सरकारको निर्देशन

नवीकरणको शुल्क बुझाएपछि नेपाल टेलिकमलाई अनुमति दिन प्राधिकरणलाई सरकारको निर्देशन

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं।नेपाल टेलिकमले नवीकरणको सम्पूर्ण शुल्क बुझाएपछि सरकारले नयाँ अनुमपति पत्र प्रदान गर्न निर्देशन दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले निर्णय बमोजिम टेलिकमलाई नयाँ अनुमति प्रदान गर्न नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हो ।टेलिकमको लाइसेन्सको २५ वर्षे अवधि सकिन एक दिन मात्रै बाँकी रहँदा सरकारले दूरसञ्चार ऐनको दफा २० बमोजिम सरकारले प्राधिकरणलाई निर्देशन निर्देशन गरेको हो । नेपाल टेलिकमले २०५६ वैसाख २९ गते जीएसएम सेलुलर मोबाइल सेवाको अनुमति पत्र लिएको थियो । दूरसञ्चार ऐन २०५३ को दफा २५का अनुसार टेलिकमको अवधि वैशाख २८ अर्थात शुक्रबार सम्म मात्रै छ । टेलिकमले नवीकरणका लागि बुझाउन बाँकी रहेको १९ अर्ब ८१ करोड १० लाख रुपैयाँ नियामक प्राधिकरणको खातामा एकमुष्ट जम्मा गरिसकेको जनाएको छ ।...
एटीआईको क्षेत्रीय प्राविधिक बैठक नेपालमा,१६ देशका कर प्रशासक र विज्ञ सामेल

एटीआईको क्षेत्रीय प्राविधिक बैठक नेपालमा,१६ देशका कर प्रशासक र विज्ञ सामेल

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, बिशेष, समाचार
काठमाडौं।नेपालमा आन्तरिक राजस्वको प्रभावकारी कार्यान्यवन क्षेत्रमा सहकार्य गर्दै आएको अन्तर्राष्ट्रिय संस्था एडिस टयाक्स इनिसिएटिभ (एटीआई)को क्षेत्रीय प्राविधिक बैठक बसेको छ। बुधबार काठमाडौंमा सुरु भएको बैठकमा एटीआई सदस्य १६ मुलुकका कर प्रशासक,विज्ञ र विकास साझेदारका प्रतिनिधि गरी ६० जना सहभागी भएका छन् । बैठकको व्यवस्था काउन्सिल अन इकोनोमिक पोलिसी (सीईपी) र जर्मन इन्स्टिच्युट फर डेभलपमेन्ट एन्ड सस्टेने बिलिटीसँगको सहकार्यमा आन्तरिक राजस्व विभागले गरेको छ ।कर प्रणालीको निष्पक्षता,पारदर्शिता,दक्षता र प्रभावकारितामा सुधारका लागि सहकार्य गर्नु छफफलको प्रमुख उद्देश्य रहेको विभागले जनाएको छ । गत वर्ष फिलिपिन्सको मनिलामा सम्पन्न क्षेत्रीय कार्यशालाले एटीआईको कार्यशालामा काठमाडौँमा गर्ने निर्णय गरेको थियो।यसलेसदस्य मुलुकहरूबीचको सहकार्य थप बलियो बनाउन,कर प्रशासनलाई पारदर्शी,जवाफदेही र प्...
शपथलगत्तै इलाम विकासको कार्य योजना लिएर अर्थमन्त्री भेट्न पुगे सुहाङ

शपथलगत्तै इलाम विकासको कार्य योजना लिएर अर्थमन्त्री भेट्न पुगे सुहाङ

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, राजनीति, समाचार
काठमाडौं ।इलाम–२ का नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले अर्थमन्त्री वर्षमान पुनलाई भेटेका छन् । प्रतिनिधिसभा सदस्यको शपथ लिएलगत्तै उनी इलाम विकासको कार्य योजनाको सूचि लिएर अर्थमन्त्री भेट्न अर्थमन्त्रालय पुगेका हुन्। उनले विभिन्न मन्त्रालयमा मन्त्री,सचिवलाई भेटेर आफ्ना क्षेत्रका समस्याबारे जानकारी गराउँदै सहयोगका लागि आवश्यक बजेट पहल गरिदिन आग्रहसमेत गरेका छ।पूर्वाधार,कृषि,खानेपानी,पर्यटन,सामाजिक विकासलाई प्राथमिकता राखेका उनले अर्थमन्त्रीसमक्ष विभिन्न योजना पेश गरेको स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार अर्थमन्त्री पुनले सांसद नेम्वाङका माग सम्बोधनका लागि आफू सकारात्मक रहेको बताएका छन्। इलामको विकासका लागि नवनिर्वाचित सांसद सुहाङले अल्पकालीन र दीर्घकालीन रणनीतिका साथ अघि बढ्ने योजना बनाएका छन्।  ...
मुलुकको औद्योगिक विकासका लागि साना तथा घरेलु उद्यमशिलता बढाउनुपर्छ : राष्ट्रपति

मुलुकको औद्योगिक विकासका लागि साना तथा घरेलु उद्यमशिलता बढाउनुपर्छ : राष्ट्रपति

अर्थतन्त्र, कृषि, ब्यानर-१, समाचार
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई औद्योगिक विकासतर्फ अग्रसर गराउन साना तथा घरेलु उद्यमशिलतालाई बढवा दिनुपर्ने बताउनु भएको छ। बुधवार नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको ‘१७औँ अन्तर्राष्ट्रिय औद्यौगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव’लाई सम्बोधन गर्दै राष्ट्रपति  पौडेलले गरिबी न्युनिकरण,रोजगारी अभिवृद्धि गरी आत्मनिर्भर बनाउन योगदान दिने मुलुकको अर्थतन्त्रको जगका रुपमा रहेको लघु,घरेलु तथा साना उद्योगलाई प्राथमिकतामा राख्नु पर्ने  आवश्यक्ता औल्याउनु भयो ।  साना तथा घरेलु उद्योग क्षेत्रको विद्यमान पुँजी,कच्चा पदार्थ,प्रतिष्पर्धात्मक क्षमता,बजारीकरण र दक्ष जनशक्ति लगायतका समस्या समाधानमा सरकार र व्यवसायीहरुले हातेमालो गरेर अघि बढ्नुपर्ने उहाँको भनाई छ ।  उहाँले प्राकृतिक स्रोतको उपयोगले परम्परागत कृषिलाई औद्योगिक कृषिमा बदल्न सहयोग गर्ने  र यसले  समावेश...
भृकुटीमण्डपमा यामाहाको ‘महाएक्सचेन्ज मेला २०८१’

भृकुटीमण्डपमा यामाहाको ‘महाएक्सचेन्ज मेला २०८१’

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौं।एमएडब्लू राइड्स प्रालिले यामाहा काठमाडौको भृकुटी मण्डपमा ‘महाएक्सचेन्ज मेला २०८१’ शुभारम्भ गरेको छ। काठमाडौंको भृकुटीमण्डपमा सोमबारदेखि सुरु भएको यस मेला वर्षकै सबैभन्दा ठूलो मेला भएको कम्पनीले जनाएको छ,नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालका अनुसार यामाहा महाएक्सचेन्ज मेलामा ग्राहकले आफ्नो सवारी अपग्रेड गर्ने अवसरसमेत प्राप्त गर्नेछन्। सहभागीहरूले आफ्नो ब्रान्ड–न्यु यामाहा बाइकको खरिदमा एक लाख रूपैयाँसम्मको ग्यारेन्टी नगद छुट प्राप्त गर्न सक्ने बताइएको छ।साथै जुनसुकै ब्रान्डका पुराना मोटरसाइकलको ट्रेड–इनका लागि अधिकतम मूल्य सुनिश्चित गर्दै एक लाख रुपैयाँसम्मको अतिरिक्त मूल्याङ्कन  प्रदान गरिने भनिएको छ।  मेलामा सहभागीहरूले निःशुल्क बाइक हेल्थ कार्डबाट आफ्नो नयाँ सवारी राम्रो अवस्थामा रहेक...
एलओडी क्लब विश्वकै उत्कृष्ट क्लबमध्ये ५० औं स्थानमा

एलओडी क्लब विश्वकै उत्कृष्ट क्लबमध्ये ५० औं स्थानमा

अर्थतन्त्र, जीवनशैली, पर्यटन, ब्यानर-१, मनोरन्जन, समाचार
काठमाडौं ।ठमेलस्थित एलओडी अर्थात् लड अफ द ड्रिंक्स् क्लब विश्वकै उत्कृष्ट क्लबमध्ये ५० औं स्थानमा परेको छ। केही समय अघि क्लब डिजे म्याग टप १०० को नोमिनेसनमा परेको यो नाइट क्लब क्लब युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२३ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ५० औं स्थानमा परेको हो। यसअघि क्लब ४९ र ५२ औं स्थानमा परेको थियो। विश्वभरका सय उत्कृष्ट डिजे क्लबको सहभागीता रहने डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ।यस वर्ष क्याम्पियनमा पाँच सय क्लब सहभागी भएको क्लबका अध्यक्ष रूदीप बल्ल श्रेष्ठले जानकारी दिए। सरकारले पछिल्लो समय ठमेललाई २४ घण्टा खुला गर्ने अनुमति दिएको छ।...