शिक्षा

त्रिविमा आजदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि अनलाइन सेवा सुरु

त्रिविमा आजदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि अनलाइन सेवा सुरु

ताजा अपडेट, ब्यानर-२, शिक्षा, समाचार
२, वैशाख काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि आजदेखि अनलाइन सेवा सुरु गरेको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आज बिहान ११ बजेदेखि अनलाइन सेवा सुरु गरिएको हो । अनलाइन सेवा सुरु भएपछि परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेर अब कागजी फारम भर्ने र त्यो बुझाउन लाइन लाग्नुपर्ने झन्झटबाट मुक्ति मिल्ने छ । परीक्षा नियन्त्रक जोशीले आफ्नै पद्धती तयार गरी अनलाइन सेवा कार्यान्वयनमा ल्याइएको बताए । तत्कालका लागि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवदेनका लागि अनलाइन सेवा सुरु गरिएको र अन्य सेवाहरु क्रमशः लागू गर्दै लैजाने योजना रहेको उनले बताए । उनका अनुसार आगामी जेठ १५ गतेदेखि परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट दिइने सम्पूर्ण सेवा अनलाइनबाट सञ्चालन गरिने छ ।...
त्रिवि उपकुलपतिविहीन भएपछि प्रशासनिक काम रोकियो

त्रिवि उपकुलपतिविहीन भएपछि प्रशासनिक काम रोकियो

ताजा अपडेट, शिक्षा, समाचार
२९, चैत काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) उपकुलपति विहीन भएको छ । प्रा.डा केशरजंग बरालले उपकुलपतिबाट राजीनामा दिएपछि त्रिवि उपकुलपति विहीन भएको हो। बरालले १५ चैतमा राजीनामा दिएका थिए । उनको राजीनामा बिहीबार प्रधानमन्त्री एवं कुलपति केपी ओलीले स्वीकृत गरे । बरालको राजीनामा स्वीकृत भएपनि निमित्त उपकुलपति तोकिएको छैन । त्रिवि नियम अनुसार तीन महिनासम्म रेक्टरलाई निमित्त दिने सकिने छ । प्रधानमन्त्री ओलीको सचिवालयका एक सदस्यका अनुसार बरालको राजीनामा स्वीकृत भए पनि स्वीकृत भएको पत्र प्रा। डा। बरालले बुझ्न बाँकी भएकाले निमित्त नतोकिएको हो । राजीनामा स्वीकृत भएको पत्र मेलबाट पठाउन बरालले भनेका छन् । ‘म पत्र बुझ्न आउँदिनँ । मेलबाट पठाउन भनेको छु,’ बरालले भने । चार वर्षको कार्यकाल भए पनि बरालले १३ महिनामै राजीनामा दिएर पोखरा गएका छन् । त्रिविमा उपकुलपति नहुँदा प्रशासनिक काम रोकिएको ...
निमावि तहको कोटामा ६८६ शिक्षक पदका लागि आवेदन माग

निमावि तहको कोटामा ६८६ शिक्षक पदका लागि आवेदन माग

ताजा अपडेट, बिशेष, वातावरण, शिक्षा, समाचार, साहित्य
१४, चैत काठमाडौं । शिक्षक सेवा आयोगले विभिन्न विषयका लागि ६८६ कोटामा निमावि तहको शिक्षक पदको लागि आवेदन खुला गरेको छ । सामुदायिक विद्यालयको निम्न माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले आवेदन आह्वान गरिएको सूचनामा उल्लेख छ । न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणालीबाट अनलाइन दरखास्त दिन आग्रह गरिएको छ ।...
दुर्गमको विद्यालयमा आवासीय सुविधा

दुर्गमको विद्यालयमा आवासीय सुविधा

ताजा अपडेट, बिशेष, वातावरण, शिक्षा, समाचार
१३, चैत काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीको हल्जीमा रहेको सामुदायिक विद्यालयमा आवासीय सुविधाको व्यवस्था गरिएको छ । चीनसंगको सिमाना रहेको दुरदराजका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि विद्यालयमै बस्ने व्यवस्था गरिएको हो । लिमीको हल्जी गाउँको सुनखानी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आवासीय सुविधा प्रदान गरिएको विद्यालयका शिक्षक विकल तामाङले बताएका छन् । यसअघि विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावक मिलेर बिहान एक छाक खाना विद्यालयमै गर्ने व्यवस्था गरिँदै आएकोमा अब भने विद्यालयमै आवासीय सुविधा प्रदान गरिएको हो । उहाँले विद्यालयमा बालविकासदेखि कक्षा ७ सम्म २५ जना बालबालिका रहेको र ती विद्यार्थीमध्ये कक्षा १ देखि ७ सम्मका २० जना विद्यार्थीलाई विद्यार्थीलाई विद्यालयमै आवासीय सुविधा दिएर राख्ने कार्य भइरहेको बताए । यस वर्षबाट अभिभावकलाई...
कामपाले गर्‍यो कारागारभित्र सञ्चालित विद्यालयहरूको आधारभूत तह परीक्षाको अनुगमन

कामपाले गर्‍यो कारागारभित्र सञ्चालित विद्यालयहरूको आधारभूत तह परीक्षाको अनुगमन

ताजा अपडेट, ब्यानर-२, राजनीति, वातावरण, शिक्षा, समाचार
१२, चैत काठमाडौं । काठमाडौँ महानगरपालिकाले केन्द्रीय कारागारभित्रका विद्यालयहरूमा सञ्चालन गरिएको आधारभूत तह अन्तिम परीक्षाको अनुगमन गरेको छ । महानगरपालिकाको शिक्षा विभागका टोलीले आज मंगलबार ३ वाट विद्यालयको भौतिक अवस्था, विद्यालयमा उपलब्ध सुविधा, पठन प्रक्रियासँगै आधारभूत तह अन्तिम परीक्षाको अनुगमन गरेको हो । त्यहाँ ३ वटा विद्यालय छन् । जगन्नाथ माध्यमिक विद्यालय कक्षा १२ सम्म सञ्चालित छ । बन्दी विकास आधारभूत विद्यालय कक्षा ८ सम्म सञ्चालित छ । यस्तै श्री महिला बन्दी आधारभूत विद्यालय कक्षा ५ सम्म सञ्चालन भएको छ । यी विद्यालयमा बालिग परीक्षार्थी छन् । जगन्नाथ माध्यमिक विद्यालयबाट २० जना परीक्षार्थीले आवेदन दिएका थिए । उनीहरूमध्ये श्री महिला बन्दी आधारभूत विद्यालयका १० जना महिला विद्यार्थी छन् । विद्यालय कक्षा ५ सम्म मात्र भएकोले उनीहरूले जनन्नाथबाट परीक्षा आवेदन दिए । परीक्षा भने महिला ...
एसइईमा मर्यादाविपरीत काम गर्ने चार निरीक्षकलाई जिम्मेवारीबाट हटाइयो

एसइईमा मर्यादाविपरीत काम गर्ने चार निरीक्षकलाई जिम्मेवारीबाट हटाइयो

ताजा अपडेट, ब्यानर-२, वातावरण, शिक्षा, समाचार
१०, चैत पर्सा । जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मर्यादाविपरीत कार्य गर्ने सहायक केन्द्राध्यक्षसहित चार निरीक्षकलाई जिम्मेवारीबाट हटाइएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा शनिबार साँझ बसेको एसइई परीक्षा समन्वय समितिको बैठकले उनीहरुलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । प्रजिअ अर्यालले माइस्थान विद्यापिठ माध्यमिक विद्यालय वीरगन्जका केन्द्राध्यक्ष मुनिलाल कर्णले परीक्षाको मर्यादा र अनुशासन परिपालनामा पर्याप्त सावधानी तथा सतर्कता अपनाएको नदेखिएकाले निजलाई सचेत गराउने निर्णय गरिएको बताए। सोही केन्द्रका सहायक केन्द्राध्यक्ष जयप्रकाश सर्राफको गतिविधि संकास्पद देखिएकाले निजलाई परीक्षा अवधिभर उक्त परीक्षा केन्द्रमा प्रवेश नगराउने निर्णय भएको उनले बताए । बैठकले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, मसिहानी र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, निचुटा परीक्ष...
एसईई परीक्षा : जनकपुरमा एक घण्टा नबित्दै  प्रश्न पत्र बाहिरियो

एसईई परीक्षा : जनकपुरमा एक घण्टा नबित्दै प्रश्न पत्र बाहिरियो

ताजा अपडेट, बिशेष, ब्यानर-२, शिक्षा, समाचार
७, चैत काठमाडौं । जनकपुरमा एसईई परीक्षा सुरु भएको एक घण्टा नबित्दै अंग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको छ । प्रश्नपत्र सामाजिक सन्जाल फेसबुकमार्फत् सार्वजनिक भएको छ । जनकपुरको एक परीक्षा केन्द्रबाट उक्त प्रश्नपत्र आउट भएको भनिए पनि कुन केन्द्रबाट आउट भएको हो भन्नेबारे अहिलेसम्म खुलिसकेको छैन । यसबारे अनुसन्धान भइरहेको परीक्षा नियन्त्रण कार्यालयका एक अधिकारीले बताए । आज बिहान ८ बजेदेखि अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ । परीक्षा शान्तिपूर्ण रुपमा सञ्चालन भइरहेको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।...
नेपाल शिक्षक महासङ्घले सुरु गर्‍यो रिले अनसन

नेपाल शिक्षक महासङ्घले सुरु गर्‍यो रिले अनसन

ताजा अपडेट, ब्यानर-१, राजनीति, शिक्षा, समाचार
७, चैत काठमाडौं । नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलन अन्तर्गत रिले अनसन सुरु गरेको छ । सरकारले महासङ्घसँग सहमति कार्यान्वयन गर्न दबाब दिने उद्देश्यले महासङ्घले रिले अनसन सुरु गरेको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा आज बिहान ८ बजेदेखि सुरु गरिएको अनसन बेलुका ६ बजेसम्म रहने महासङ्घले जनाएको छ । आज पहिलो दिन महासङ्घका सहअध्यक्ष एवम् आन्दोलन परिचालन समितिका संयोजक नानुमाया पराजुलीको नेतृत्वमा १५ जना महिला शिक्षक–कर्मचारी अनशनमा बसेका छन् । हरेक दिन अनशन बिहान ८ बजेबाट सुरु भई बेलुका ६ बजेसम्म चल्ने महासङ्घले जनाएको छ ।रिले अनसन चैत १५ गते सम्म चल्नेछ । त्यसपछि चैत २० गतेदेखि काठमाडौँ केन्द्रित शिक्षक कर्मचारीको आन्दोलन हुनेछ ।...
आजदेखि एसइई-पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी हुँदै

आजदेखि एसइई-पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी हुँदै

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, शिक्षा, समाचार
७, चैत काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि सुरु हुँदैछ । पहिलो दिन आज अनिवार्य अंग्रेजी तथा संस्कृत वेदविद्याङमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा(१० का अनुसार यसपटक ५ लाख १४ हजार ७१ जना विद्यार्थी परीक्षामा सहभागी हुने लागेका छन् । गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार २८६ जना बढेको छ । परीक्षाका लागि २०७९ परीक्षा केन्द्र तोकिएको छ । १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एकजना निरीक्षक खटाउने प्रबन्ध गरिएको छ । परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्य...
स्ववियुमा  अनेरास्ववियुको अग्रता,हालसम्म ७१  क्याम्पसमा सभापति निर्वाचित (सूचीसहित)

स्ववियुमा अनेरास्ववियुको अग्रता,हालसम्म ७१ क्याम्पसमा सभापति निर्वाचित (सूचीसहित)

ब्यानर-२, राजनीति, शिक्षा, समाचार
६ चैत,काठमाडौं ।त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सम्बन्ध प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन प्रक्रिया थालिएदेखि मंगलवार रातिसम्मको पछिल्लो मतगणना अनुसार एमालेनिकट अनेरास्ववियुले देशभर अग्रता लिएको छ । धेरै विद्यार्थी संख्या भएका आंगिक तथा सम्बन्ध प्राप्त कलेजहरुमध्ये राति ९ बजेसम्म अनेरास्वविुयुले ६८ वटामा सभापति जितेको छ।पछिल्लो विवरण अनुसार अनेरास्ववियु पहिलो,नेविसंघ दोस्रो र अखिल क्रान्तिकारी तेस्रो स्थानमा रहेका छन् । अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलले अहिलेसम्म ७१ क्याम्पसमा आफ्नो संगठनले सभापति जितेको बताएका छन् ।काठमाडौंको ललितकला, वन विज्ञान अध्ययन संस्थापन पोखरा,पोखरा नर्सिङ,नेपालगन्ज नर्सिङ क्याम्पसमा प्यानलै जितेको अनेरास्ववियुले हालसम्म जितेका क्याम्पस र सभापति यस प्रकार छन् । कोशी प्रदेश १ संखुवासभा ब। क्याम्पस संखुवासभा( चेतन भण्डारी) २ मादी बहुम...